नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तीन महिनाको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स १२ दशमलव ६ प्रतिशतले बढेर दुई खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स ५ दशमलव १ प्रतिशतले घटेको थियो ।  

अमेरिकी डलरमा रेमिट्यान्स ७ दशमलव ६ प्रतिशतले बढेर दुई अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो रकम ४ दशमलव ७ प्रतिशतले घटेको थियो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ९६ दशमलव ८ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ३ दशमलव ७ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या तीन महिनामा ७८ दशमलव ६ प्रतिशतले घटेको छ ।   

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here