जनकपुर विमानस्थल सङ्घ, प्रदेश र स्थानीय तहको मित्रताको सेतु र सुन्दर उपहार:संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जनकपुरधामको उच्चतम ढङ्गले पूर्वाधारको विकासका लागि सरकार क्रियाशील रहेको बताएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा जनकपुर विमानस्थलमा निर्माण गरिएको टर्मिनल भवन र कन्ट्रोल टावरको आज मन्त्री भट्टराईले उद्घाटन गर्दै उद्घाटित भवन र टावर सङ्घ, प्रदेश र स्थानीय तहको मित्रताको सेतु र सुन्दर उपहार भएको धारणा राखे ।
सङ्घ र प्रदेश नं २ सरकारबीच घनिष्ठ सम्बन्ध रहेको चर्चा गर्दै उनले ‘निर्माण गरिएको भवन र टावर सङ्घीयताको विशेषतासँग गाँसिएको प्रतीक हो’ भने । सभ्यता र संस्कृतिको केन्द्र भएको जनकपुरधामको गरिमा र महत्व सन्दर्भमा जनकपुर विमानस्थलको नाम जनकपुरधाम विमानस्थल नामकरण राख्नुपर्ने मागप्रति सरकार सकारात्मक रहेको बताउँदै भन्दै उनले यसका लागि नीतिगत प्रक्रिया अघि बढाउनु आवश्यकता औंल्याए।
मन्त्री भट्टराईले जनकपुरधामबाट अन्तरप...









