बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

अत्याधुनिक प्रविधि जडान गरेर पेट्रोलियम लोड–अनलोड गर्ने कार्य शुभारम्भ

अत्याधुनिक प्रविधि जडान गरेर पेट्रोलियम लोड–अनलोड गर्ने कार्य शुभारम्भ

समाचार, समाज
 नेपाल आयल निगमले लुम्बिनी प्रादेशिक कार्यालयमा अत्याधुनिक प्रविधि जडान गरेर पेट्रोलियम लोड–अनलोड गर्ने कार्य शुभारम्भ गरेको छ । उक्त प्रविधिको आज एक कार्यक्रमको आयोजना गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले उद्घाटन गरे । सचिव अर्यालले पेट्रोलियम पदार्थको कारोवारलाई व्यवस्थित र सहज बनाउन सो प्रविधि जडान गरिएको बताए । उक्त प्रविधि जडान गर्दा कार्यालय क्षेत्र वरिपरि भएका बस्तीसमेत सुरक्षित र विकास तथा विस्तारका लागि सहयोग आवश्यक रहेको बताए । निगमका कार्याकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले आधुनिक प्रविधिमार्फत पेट्रोलियम पदार्थको कारोवारलाई व्यवस्थित र सुरक्षित बनाउँदै लैजाने जानकारी दिए । उनले लुम्बिनी प्रदेशसँगै अन्य कार्यक्षेत्रमा पनि आधुनिक प्रविधिको प्रयोग गरी पेट्रोलियम पदार्थको कारोवारलाई अगाडि बढाउने बताए । निगमले अन्तर्राष्ट्रिय मापदण्डअ...
करिब आठ दशकको कम्युनिस्ट इतिहास चकनाचुर

करिब आठ दशकको कम्युनिस्ट इतिहास चकनाचुर

राजनीति, समाचार
डा.डिआर उपाध्याय प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरे पछि समस्या उत्पन्न भएको छ । नेकपाको दाहाल–नेपाल समूह आन्दोलित छन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका केहि दलहरु पनि सडकमा छन । परिस्थिती जटिल मोडमा छ । नेकपाका अध्यक्षद्वय ओली र दाहालबीचको व्यक्तिगत र गुटगत शक्ति संघर्ष र स्वार्थको राजनीतिले यो स्थिती आएको हो । ओलीलाई यस किसिमको गैरसंवैधानिक, कठोर र अप्रिय निर्णय लिनका लागि कस्ले बाध्य बनायो ? यो बिषय बिस्तारै खुल्दै जाला । यसमा दाहाल–नेपालको भूमिका के छ ? प्रतिनिधिसभा विघटन संविधानविपरीत कार्य हो र संवैधानिक रूपमा यो निन्दनीय र भत्र्सनीय घटना हो। यस घटनाले करिब आठ दशक लामो कम्युनिस्ट आन्दोलन र आन्दोलनका उपलब्धिलाई धरापमा पारेको छ । कांग्रेसलगायत गैरकम्युनिस्ट कित्ताका शक्तिहरू नेकपा बिभाजनमा रमिते छन । कम्युनिस्ट पार्टीले दुईतिहाइ नजकिको मत...
प्रसिद्ध गीतकार लोकराज अधिकारीको शब्द रहेको “हेप्नी मलाई हेप्नी ” बोलको नयाँ गीत अर्को शुक्रबार रिलिज हुने

प्रसिद्ध गीतकार लोकराज अधिकारीको शब्द रहेको “हेप्नी मलाई हेप्नी ” बोलको नयाँ गीत अर्को शुक्रबार रिलिज हुने

मनोरन्जन, समाचार
नेपाली गीति लेखनमा नाम कमाएका प्रसिद्ध गीतकार लोकराज अधिकारीको शब्द रहेको “हेप्नी मलाई हेप्नी ” बोलको नयाँ गीत अर्को शुक्रबार रिलिज हुने भएको छ । योगेश काजी को संगीत र एरेन्ज रहेको अडियोमा योगेश र एलिना चौहानको स्वर सुन्न सकिन्छ । गीतको म्युजिक भिडियो तयार भैसकेको र शुक्रबार रिलिज गर्ने तयारी भएको गीतकार अधिकारीले जानकारी दिएका छन । भिडियोमा बर्षा सिवाकोटी , नबराज न्यौपाने, शिबहरी बैरागी ,रश्मि भट्ट , योगेश काजी , मनिशा सिलवाल, र रिब्सन , निब्सन न्यौपाने को अभिनय हेर्न सकिन्छ । अजय रेग्मीले खिचेको भिडियोलाई सम्पादन र निर्देशन क्रान्ति केसिले गरेका हुन । वाइटिच युट्युब च्यानलबाट रिलिज हुने भिडियोको निर्माण नबराज न्यौपानेले गरेका हुन । सामाजिक सन्जालको प्रयोग र प्रेम मा हुने द्वन्दलाई शब्दमा उतारेका गीतकार लोकराज अधिकारीले रमाइलो अडियो भिडियो दुबैले दर्शक श्रोताको मन जित्ने बिश्वास गरेका...
पेट्रोलियम पाइपलाइनबाट रु. साढे एक अर्ब बचत :नेपाल आयल निगम

पेट्रोलियम पाइपलाइनबाट रु. साढे एक अर्ब बचत :नेपाल आयल निगम

आर्थिक, समाचार
नेपाल आयल निगमले गत वर्षदेखि सञ्चालनमा ल्याएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट रु. साढे एक अर्ब बचत गरेको छ । निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक आर्थिक प्रतिवेदनअनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानीबापतको रु एक अर्ब ४७ करोड बचत भएको हो । उक्त प्रतिवेदनअनुसार प्रति महिना पाइपलाइनमार्फत इन्धन ढुवानी हुँदा रु १४ करोड ७० लाख बचत हुँदै आएको छ । गत वर्षको भदौ २४ गतेबाट मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको थियो ।  इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट ट्याङ्करमार्फत इन्धन ढुवानी गर्दै आएको निगमले गत वर्षबाट पाइपलाइनमार्फत डिजेल ढुवानी शुरु गरेका थियो । पाइपलाइनमार्फत डिजेल ढुवानी गर्न थालेपछि ठूलो रकम बचत हुन थालेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा पछिल्ला वर...
प्राविधिक समस्या आएकाले बत्ती गएको;नेपाल विद्युत प्राधिकरण

प्राविधिक समस्या आएकाले बत्ती गएको;नेपाल विद्युत प्राधिकरण

समाचार, समाज
नेपाल विद्युत प्राधिकरणले विद्युतका पोलहरू सार्दा, ट्रान्सफर्मर प्रतिस्थापन गर्दा, वितरण प्रणालीका पुराना संरचनाहरू मर्मत संभार तथा बदली गर्दा बेला बेलामा बिजुली गएको बताएको छ । विद्युत प्रवाह भैरहेका संरचनाहरूमा प्राकृतिक वा आकस्मिक समस्याहरू आउँदा र सो समस्या समाधानार्थ मर्मत गर्दा समस्या आएको उसको भनाइ छ । यस्ता स्थानमा विद्युत आपूर्ति काटेर तत्कालै मर्मत संभार गरी विद्युत आपूर्ति सूचारु गर्ने गरिएको प्राधिकरणले आज शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । विद्युतका उपभोक्ताहरूको माग (म्झबलम) भन्दा आपूर्ति कम भएको अवस्थामा मात्र लोडसेडिङ गर्नुपर्ने बाध्यता रहन्छ । हाल नेपालको विद्युत प्रणालीमा प्राधिकरणको आन्तरीक उत्पादन, निजी क्षेत्रको उत्पादन र नपुग हुँदा भारतबाट आयात गरी विद्युत माग बराबर नै आपूर्ति गरिराखेको कारणले लोडसेडिङ नभएको र भविष्यमा पनि गरिने अवस्था नरहेको प्र...
नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि

नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि

आर्थिक, समाचार
 नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ । बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९४ हजार १ सय रहेको थियो । भने तोलामा प्रतितोला छापावाला सुन ४ सयले बृद्धि भइ सुनको मूल्य ९४ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९४ हजार रहेको छ । महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय रहेको छ । यसअघि बिहीवार पनि चाँदीको मूल्य १ हजार ३ सय नै कायम भइ कारोबार भएको थियो । ...
तेस्रो मुलुकबाट आयात हुने सवारी साधनमा कमी आएका कारण चालु आर्थिक वर्षको  भन्सार राजस्व प्रभावित

तेस्रो मुलुकबाट आयात हुने सवारी साधनमा कमी आएका कारण चालु आर्थिक वर्षको भन्सार राजस्व प्रभावित

आर्थिक, समाचार
 विश्वोयापी महामारी बनिरहेकाे कोरोना सङ्क्रमणका कार०ा लामो समय नेपाल भारत सीमानाका बन्द हुँदा भारतलगायत तेस्रो मुलुकबाट आयात हुने सवारी साधनमा कमी आएका कारण चालु आर्थिक वर्षको मङ्सिर महिनासम्म भन्सार राजस्व प्रभावित भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार भारत तथा तेस्रो मुलुकबाट आयात भई नेपाल भित्रिने सवारी साधन सोचेजस्तो आउन नसकेको कारण चालु आवको मङ्सिर महिनासम्मा सोचेजस्तो राजस्व उठन नसकेको भन्सार अधिकृत शैलेन्द्र अधिकारीले बताए। चालु आवको मङ्सिर महिनासम्ममा वीरगञ्ज नाका भएर तीन अर्ब २९ करोड रुपैयाँ मूल्य बराबरको ३७ हजार ६७१ थान मोटरसाइकल र दुई अर्ब ८२ करोड रुपैयाँ मूल्य बराबरको दुई हजार ५७४ थान जीप, कार र भ्यान आयात भएको छ। जबकी गत आवको यसै अवधिमा चार अर्ब १२ करोड मूल्य बराबरको चार हजार २५१ थान विभिन्न प्रकारका सवारी साधन आयात भएका थिए। समग्रमा हेर्दा चालु आवको मङ्सिर महिन...
नेपालमा ५ हजार २२५ जनाको पीसीआर परिक्षण गर्दा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा ५ हजार २२५ जनाको पीसीआर परिक्षण गर्दा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
 शुक्रबार नेपालमा ५ हजार २२५ जनाको पीसीआर परिक्षण गर्दा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ४८ रहेको छ । पछिल्लो २४ घण्टामा ७४८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५३हजार १०७ पुगेको छ । पछिल्लो २४ घण्टामा ८ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८६४ पुगेको छ। यस्तै हालसम्म ३६७ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा हालसम्म १९ लाख ३७ हजार ७०२ जनाको पीसीआर परीक्षण गरिएको छ । नेपालमा निको हुने दर ९७ प्रतिशत रहेको छ। ...
चीनमा पनि कोरोना भाइरसको नयाँ संक्रमित भेटिए

चीनमा पनि कोरोना भाइरसको नयाँ संक्रमित भेटिए

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
चीनमा पनि कोरोना भाइरसको नयाँ संक्रमित भेटिएको छ । कोरोना भाइरसको सुरुवात एक वर्ष अगाडी चीनबाट नै भएको थियो । चीनबाट नै विश्वभर कोरोना फैलिएको हो । तर कोरोना भाइरसको नयाँ प्रकारका संक्रमित अहिलेसम्म धेरै बेलायतमा देखिएको छ । रोटर्सका अनुसार चीनमा कोरोना भाइरसको नयाँ प्रकार देखिएको पुष्टि चाइनिज सेन्टर फर डिजिटल कन्ट्रोल एन्ड प्रिभेशन पब्लिकेशनले गरेको हो । कोरोनाको नयाँ भाइरस फैलनबाट रोक्नको लागि विश्वका धेरै देशहरुलाई आवाजजावतमा बेलायतले प्रतिबन्ध लगाएको छ । यो नयाँ प्रकारको भाइरस पहिलाको भाइरसको तुलनामा ४० देखि ७० प्रतिशत छिटो फैलिरहेको अनुसन्धाले जनाएको छ । ...
प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशको छनोट खेलमा काठमाडौँ र ललितपुर विजयी

प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशको छनोट खेलमा काठमाडौँ र ललितपुर विजयी

खेलकुद, समाचार
प्रधानमन्त्री राष्ट्रिय पुरुष क्रिकेटअन्तर्गत वाग्मती प्रदेशको छनोट खेलमा काठमाडौँ र ललितपुर विजयी भएका छन् । बिहीबार भएको छनोट खेलमा काठमाडौँले भक्तपुरलाई चार विकेटले तथा ललितपुरले त्रिभुवन विश्वविद्यालयको टोलीलाई २९१ रनले पराजित गरेको हो । काठमाडौँको मुलपानीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको भक्तपुरले ३३ दशमलव ४ ओभरमा ९७ रन बनायो । अन्ठानब्बे रनको विजय लक्ष्य काठमाडौँले २३ दशमलव पाँच ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । काठमाडौँका लागि जितेन्द्रसिंह ठकुरीले ३८, रविन जोशीले २७ तथा विभत्सु थापाले १६ रन बनाए । बलिङतर्फ भक्तपुरका सुवास खत्रीले चार तथा धिरज अधिकारीले दुई विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा भक्तपुरका लागि अदित सुवेदीले ३६, कृष कार्कीले २७ तथा सुवास खत्रीले १४ रन बनाए । बलिङतर्फ काठमाडौँका ईशान पाण्डेले ७ दशमलव ४ ओभरमा २८ रन खर्चेर ५ विकेट लिए । यस्तै सुमन उद...