बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

कास्कीको पोखरामा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भने तोकिएकै समयमा सम्पन्न हुने

कास्कीको पोखरामा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भने तोकिएकै समयमा सम्पन्न हुने

समाचार, समाज
राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति सन्तोषजनक नरहेको अवस्थामा कास्कीको पोखरामा निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भने तोकिएकै समयमा सम्पन्न हुने भएको छ । अहिले भइरहेको कामहरूको प्रगतिको आधार हेर्दा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलभन्दा पहिले नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने देखिएको खबर आर्थिक अभियान दैनिकमा छ । विमानस्थल आयोजनाका अनुसार विमानस्थलको ६८ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । यस्तै करीब ५१ प्रतिशत वित्तीय प्रगति भएको छ । तोकिएको काम सम्पन्न भएपछि मात्रै ठेकेदारलाई पूरा भुक्तानी दिइने भएकाले वित्तीय प्रगति कम देखिएको तर त्यो भुक्तानी गर्दा स्वतः वित्तीय प्रगति पनि माथि पुग्ने विमानस्थल आयोजनाले जानकारी दिएको छ । आयोजनाका अनुसार हाल २ हजार ५ सय मिटरको धावनमार्ग, एटीसी टावर, सात ओटा भवन, एउटा ह्याङगरलगायत निर्माण कार्य सम्पन्न भएका छन् । यी पूर्व...
राष्ट्रियसभाको बैठक आज बिहिवार बस्दै

राष्ट्रियसभाको बैठक आज बिहिवार बस्दै

समाचार, समाज
राष्ट्रियसभाको बैठक आज बिहिवार बस्दै छ । पुस १७ गतेबाट शुरु भएको राष्ट्रिय सभाको हिउँदे अधिवेशन आज पुनः बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मधेशी आयोगको वार्षिक प्रतिवेदन, २०७६/०७७’ पेश गर्ने र राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गतका विषयगत समितिमा सदस्यको नाम मनोनयनको लागि प्रस्ताव गर्ने कार्यतालिका रहेको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि राष्ट्रिय सभाको हिउँदे अधिवेशन शुरु भएको हो । ...
निर्यात प्रबर्द्धनका लागि हातेमालो गर्दै अघि बढनु पर्नेमा नेपाल निर्यात परिषदको जोड (सन्दर्भ : पाचौँ निर्यात दिवस)

निर्यात प्रबर्द्धनका लागि हातेमालो गर्दै अघि बढनु पर्नेमा नेपाल निर्यात परिषदको जोड (सन्दर्भ : पाचौँ निर्यात दिवस)

आर्थिक, समाचार
काठमाडौँ, २२ पौष – निर्यात प्रबर्द्धनका लागि हातेमालो गर्दै अघि बढनु पर्नेमा नेपाल निर्यात परिषदले जोड दिएको छ । पाँचौं निर्यात दिवसको अवसरमा बुधबार राजधानीमा परिषदद्वारा आयोजित कार्यक्रम समारोह माझ परिषदका तर्फबाट अध्यक्ष हरिबहादुर कार्कीले सो कुरा राखेका हुन । अध्यक्ष कार्कीले उद्योगी व्यवसायीहरुले नेपाली वस्तुको निर्यात प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु ल्याउनुपर्ने र आपसी समन्वयका साथ हातेमालो गर्दै अघि बढनुपर्नेमा जोड दिदै निर्यात परिषद्ले सोही भावना अनुरुप काम गर्दै आएको बताए । अध्यक्ष कार्कीले निर्यात व्यवसायमा आइपर्ने समस्याहरुलाई व्यवस्थित रुपबाट समाधान गरी निर्यात व्यवसायीको हित संरक्षण गर्न र व्यवसायिक क्षमता अभिवृद्धि गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको पनि उल्लेख गरे । निर्यात व्यापार राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड समेत रहेकाले यसको विस्तार र प्रवद्र्धनका लागि निजी क्...
माल्टा–नेपाल संसदीय मैत्री समूह गठन

माल्टा–नेपाल संसदीय मैत्री समूह गठन

समाचार
गणतन्त्र माल्टाले माल्टा–नेपाल संसदीय मैत्री समूह स्थापना गरेको छ । नेपाल र माल्टाका सांसदहरुबीच संस्थागत सम्बन्ध स्थापना तथा दुवै मुलुकका सम्मानित संसद्का सदस्यहरुबीच भ्रमण, अनुभव तथा विचारको आदानप्रदान गर्ने उद्देश्यले बुधबार संसदीय मैत्री समूह गठन गरिएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । गठित संसदीय मैत्री समूहमा माल्टाका तर्फबाट गणतन्त्र माल्टाका प्रतिनिधिसभाका सांसदहरु डेभिड एगिएस, क्रिस फिअर्न, एडवर्ड ज्यामीट र रोबर्ट क्याटाजार सदस्य रहेका छन् । संयुक्त अधिराज्य तथा माल्टाका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी तथा माल्टाका प्रतिनिधिसभाका सभामुख एन्जेलो फारुजियाको पहलमा संसदीय मैत्री समूह गठन गरिएको नेपाली दूतावासका प्रवक्ता रोशन खनालले जानकारी दिए । युरोपेली युनियनको सदस्यसमेत रहेको गणतन्त्र माल्टा र नेपालबीच २५ सेप्टेम्बर १९८३ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भ...
‘फेसन हेरिटेज’ को प्रथम अडिसन सम्पन्न, दोश्रो अडिसन पुस २५ गते हुने

‘फेसन हेरिटेज’ को प्रथम अडिसन सम्पन्न, दोश्रो अडिसन पुस २५ गते हुने

मनोरन्जन, समाचार
काठमाडौं — पुस २२, २०७७। जाएन्ट हाउस प्रोडक्सनको आयोजनामा हुन लागेको सौन्दर्य प्रतियोगिता ‘फेसन हेरिटेज’ को पहिलो अडिसन सम्पन्न भएको छ । राजधानीमा पुस १८ गते सम्पन्न भएको पहिलो अडिसनमा सहभागी भएका प्रतिस्पर्धीहरु मध्येबाट कुल ९ जना प्रतिस्पर्धीले अडिसन राउण्ड पार गर्दै प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरेको आयोजक संस्थाका प्रमुख सन्देश सिंहले जनाएका छन । आयोजक सिंहले पहिलो अडिसनको समाप्तीसँगै रहर हुँदाहुदै विभिन्न बाध्यता तथा कार्यव्यस्तताले गर्दा छनौट प्रक्रियामा सम्मिलित हुन नसक्नेहरुलाई मध्यनजर गर्दै प्रतियोगिताको दोश्रो चरणको अडिसन पुस २५ गते युनिभर्सल क्याफे, एकान्तकु्नामा हुनेछ । प्रतियोगिताको विजेताले अष्ट्रेलियामा हुने प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै भाग लिन पाउनुको साथै ३०,०००/- रुपैयाँ सहित विभिन्न गिफ्ट ह्याम्पर पुरस्कार प्राप्त गर्ने छन। प्रतियोगिताको विजेता साथै उत...
पोर्चुगलको अस्पतालमा पहिलो नेपाली परिचारिका

पोर्चुगलको अस्पतालमा पहिलो नेपाली परिचारिका

समाचार
काठमाडौंकी इन्दिरा ब्यञ्जन्कारले पोर्तुगलमा नर्सको लाइसेन्स पाउने पहिलो नेपाली नर्सको रुपमा आफ्नो पहिचान बनाउन सफल भएकी छिन् । बाल्यकालमा आफ्नो आमाले घर छिमेकीमा सामान्य घाउचोट र सामान्य रुवाखोकीको बिरामीलाई घरमा बोलाई प्राथमिक उपचार गरेका ारण आफूलाई स्वास्थ क्षेत्रमा लाग्ने प्रेरणा मिलेको उनले बताइन् । त्यही सपना पूरा गर्ने उद्देश्यसहित चाँदनी उच्च माध्यमिक विद्यालयबाट १२ कक्षा पास गरेकी ब्यन्जन्कार भारतको राजीव गान्धी विश्व विद्यालयको स्वास्थ र विज्ञानअन्तर्गत रवण क्याम्पसबाट ब्याचलर (स्नातक) डिग्री हासिल गरी नर्सिङ पेशामा आवद्ध भएकी हुन् । आफ्नो आकांक्षा पूरा गर्न उनी ललितपुर जिल्ला पुल्चोकस्थित निदान अस्पताल तथा नेपाल अर्बुद हस्पिटल तथा अनुसन्धान केन्द्र हरिसिद्धिमा र केही समय स्वयंसेवक रुपमा काम गरेपछि उनको भूमिकाको उचित मूल्याङ्कन गरी उनलाई नर्सिङ पेशामा कार्य गर्न अस्पताल ...
अनेरास्वीयू काठमाडौँ क्याम्पस जिल्ला कमिटीको भेला सम्पन्न

अनेरास्वीयू काठमाडौँ क्याम्पस जिल्ला कमिटीको भेला सम्पन्न

समाचार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्ष निकट अनेरास्वीयू काठमाडौँ क्याम्पस जिल्ला कमिटीद्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । बुधवार काठमाडौँको नेपाल कमर्स क्याम्पस मिनभवनमा भेला सम्पन्न भएको हो । कार्यक्रममा अनेरास्वीयूका पूर्वअध्यक्ष तथा ओली पक्षीय नेकपाका केन्द्रीय सदस्य किशोर विक्रम मल्लको प्रमुख आतिथ्य थियो । भेलालाई सम्बोधन गर्दै मल्लले संसद् विघटनप्रति (प्रचण्ड– नेपाल) पक्षीय विद्यार्थीहरूले गरेको आन्दोलनप्रति ध्यानाकर्षण भएको बताउदै  केही विद्यार्थीहरूले सङ्गठन विपरीतका काम गरेको भन्दै सच्चिन आग्रह गरेका थिए  । उनले भने ‘हाम्रो पार्टी नेतृत्वको सरकारले संसद् विघटन गरिसकेको छ। निर्वाचनको मिति तय भइसकेपछि चुनावी तयारीमा लागौँ । तर केही साथीहरू दिउँसै लालटिन चाल्नेलगायतका नौटकी गरेमा सङ्गठनात्मक कारबाही गने छौँ । संगनको सम्पत्ति सुरक्...
गैँडाको आक्रमणबाट महिलाको मृत्यु

गैँडाको आक्रमणबाट महिलाको मृत्यु

समाचार
गैँडाको आक्रमणबाट एकको मृत्युु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–७ मालपुरकी ४० वर्षीया माया तामाङ रहेकी छन् । चितवन राष्ट्रिय निकुञ्जमा घाँस दाउरा काट्न गएकी तामाङलाई आज दिउँसो गैँडाले आक्रमण गरेको थियो । गैँडाको आक्रमणबाट उनको घटनास्थलमा नै मृत्यु भएको निकुञ्जले जनाएको छ । स्थानीय छ जना महिला मिलेर घाँस दाउरा काट्न गएकोमा उनलाई गैँडाले आक्रमण गरेको हो । मृतक तामाङको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ । ...
सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

समाचार
पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनी चाेकमा सेनाको गाडीले आज दिउँसो मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।  मृत्यु हुनेमा मोटरसाइकलचालक सप्तरी अग्निसाइर कृष्णसवरण गाउँपालिका– २ का ६५ वर्षीय रामचन्द्रप्रसाद चौधरी थारू रहेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिए।  ठक्करबाट गम्भीर घाइते भएका चौधरीको उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अदलीबदली गर्नका लागि सूर्य दल गण विराटनगरबाट भैरवदल गण ललितपुरका लागि ३२ जनासहितको टोली लिएर हिँडेको बा१ग १९८१ नम्बरको नेपाली सेनाको वानटनले सोही दिशाबाट जाँदै गरेको स.५प ५०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलचालक चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक साहले बताए।  सेनाको गाडीचालक सुनसरीको धरान उपमहानगरपालिका–...
संसद विघटनविरुद्धको रिटमाथि सुनुवाइ आगामी बुधवार

संसद विघटनविरुद्धको रिटमाथि सुनुवाइ आगामी बुधवार

समाचार
 संसद विघटनविरुद्धको सर्वोच्च अदालतमा परेका मुद्धाहरुमाथिको सुनुवाइ आगामी बुधवार हुने भएको छ ।बुधवार (आज) बाट संसद विघटनविरुद्ध सर्वोच्चमा परेका रिटहरुको बृहत छलफल एवम् अन्तिम सुनुवाई शुरु भएको छ । त्यस्तै आजको संवैधानिक इजलास अर्को सुनुवाइ पुस २९ गते बुधबार गर्ने निर्णय गरेको हो ।सुनुवाइका क्रममा वकिलहरुले संसद विघटनविरुद्धका मुद्धाहरु बृहत पूर्ण इजलासमा पठाउनुपर्ने माग राखेका थिए । बृहत पूर्ण इजलासले संवैधानिक इजलासले भन्दा राम्ररी निर्णय गर्न सक्ने भन्दै वकिलहरुले पूर्ण इजलासमा पठाउनुपर्ने माग राखेका थिए ।आज वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले उक्त मुद्धाहरु बृहत पूर्ण इजलासमा पठाउन निवेदन पेस गरेका थिए। संसद् विघटन विरुद्धको रिटको संवैधानिक इजलासबाट न्यायाधीश हरिकृष्ण कार्की बाहिरिएका छन् ।वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि न्यायाधीश कार्की संवैधानिक इजलासबाट बाहिरिएका हुन् । अ...