बुध, मंसिर १०, २०८३
Wed, November 25, 2026
Shadow

समाचार

जीप दुर्घटनामा परी दुई जनाको मृत्यु

जीप दुर्घटनामा परी दुई जनाको मृत्यु

समाचार, समाज
 बाग्लङ राजमार्गमा शनिबार साँझ भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए। प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ। जीपमा नौ जना सवार रहेकामा घाइतेको हाल सहारा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताए। पोखरा–२५ हेमजाबाट पोखराबजारतर्फ आउँदै गरेको बा२च ७४१० नंको जीप राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। जीप अनियन्त्रित भएपछि सडकबाट अन्दाजी २५ मिटर तल खसेको बताइन्छ। यसैबीच सुनसरीको इटहरी उपमहानगरपालिका–१ आँपगाछीमा शनिबार साँझ सवारी दुर...
प्रतिनिधिसभा विघटनविरुद्ध  रिटमा संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनविरुद्ध रिटमा संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ हुने

राजनीति, समाचार
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ हुने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आइतबारबाट विषयवस्तुमा प्रवेश गरेर बहस शुुरु हुनेछ। उक्त विवादमा संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भनेर गत पुस २२, २९ गते हुँदै यही माघ १ गते संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय भएको हो । रिट निवेदक १३ जनामध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएकाले क्षेत्राधिकारका विषयमा लामै बहस र छलफल भयो । गत १० पुस गते सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सर...
कच्चा पदार्थ र ढुवानी महँगो भएपछि चामल र तेल जस्ता खाद्यान्नको उच्च मूल्य वृद्धि

कच्चा पदार्थ र ढुवानी महँगो भएपछि चामल र तेल जस्ता खाद्यान्नको उच्च मूल्य वृद्धि

आर्थिक, समाचार
 कच्चा पदार्थको मूल्य बढेपछि आधारभूत खाद्यान्नको मूल्यमा चाप परेको छ । कच्चा पदार्थ र ढुवानी महँगो भएपछि चामल र तेल जस्ता खाद्यान्नको मूल्य बढेको हो । भारतमा किसान आन्दोलनका कारण धानको मूल्य बढेकाले त्यसको प्रभाव चामलको मूल्यमा देखिएको उद्योगी सुरेश रूङ्गटाले बताए । विगत १ महिनायता चामलको भाउ किलोमै ४ रुपैयाँसम्म बढेको उनले बताए । नेपालमा हुने चामलको अधिकांश उत्पादन भारतीय धानको भरमा छ । भारतबाट आउने धानको मूल्य प्रतिक्वीन्टल २०० रुपैयाँसम्म बढेको आयातकर्ताले बताएका छन् । विगतमा भारत सरकारले तोकेको समर्थन मूल्यभन्दा कम भाउमा धान पाइएकोमा अहिले महँगो परेको रूङ्गटाले बताए । केही समयअधिसम्म १ हजार ८ सय रुपैयाँमा पाइएको धान अहिले भारतको सीमावर्ती शहर रक्सौलसम्म ल्याउन २ हजार रुपैयाँसम्म परेको उद्यमीले बताएका छन् । भारतमा धानको समर्थन मूल्य १ हजार ८५० रुपैयाँ छ । धानको भाउ बढ्...
मिस एण्ड मिसेस व्यूटिफुलको पहिलो अडिसनबाट २२ जना प्रतिस्पर्धी छनौट,दोश्रो अडिसन माघ १० मा

मिस एण्ड मिसेस व्यूटिफुलको पहिलो अडिसनबाट २२ जना प्रतिस्पर्धी छनौट,दोश्रो अडिसन माघ १० मा

मनोरन्जन, समाचार
बिगत ५ बर्ष देखि लगातार आयोजना हुदै आएको “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल-२०२१ को छनौट प्रक्रिया अन्तर्गत पहिलो अडिसन पौष २५ गते नयां बानेश्वर स्थित रोयल एलिनाज क्याफेमा सम्पन्न भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै उत्कृष्ट कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्दै आईरहेको दक्ष इन्टरनेशनल प्रालिको “मिस एण्ड मिसेस व्युटिफुलको पहिलो अडिसनबाट २२ जना सहभागी छनौट भएका छन । नेपालका ख्याती प्राप्त व्यक्तित्वहरु नायिका संचिता लुईटेल,नायक तथा मोडल शितल केसी,मिसेस व्यूटिफुल नेपाल २०२० की विजेता उर्मिला भण्डारीको निर्णायक मण्डलले प्रतिस्पर्धि छनौट गरेका थिए । थुप्रै ईच्छुक सहभागीले अडिसनमा उपस्थिती जनाउन नसकेका कारण पून अर्को अडिसन माघ १० गते शनिवार सोही स्थान रोयल एलिनाज बानेश्वरमा हुने आयोजक तथा मेकअप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिए । उक्त प्रतियोगिता...
ललितपुर चेम्बर अफ कमर्शको प्रथम वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा शाक्य निर्वाचित

ललितपुर चेम्बर अफ कमर्शको प्रथम वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा शाक्य निर्वाचित

आर्थिक, समाचार
ललितपुर, ३ माघ -ललितपुर चेम्बर अफ कमर्शको प्रथम वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । उक्त साधारण सभा कार्यक्रम अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यता र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको बिशेष आतिथ्यता माझ जावलाखेलमा सम्पन्न भएको हो । साधारण सभाको उदघाटन गर्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रका समस्या समाधान गर्न सरकार प्रयत्नशिल रहेको बताउनुका साथै वैशाख १७ र २७ गते तोकिएको निर्वाचन सफल पार्न चेम्बर लगायत समग्र निजी क्षेत्रको साथ उत्तिकै आवश्यक रहने औल्याए । साथै मन्त्री पौडेलले सरकारले कोभिड १९ विरुद्धको भ्याक्सिन निशुल्क उपलब्ध गराउने उल्लेख गर्दै भ्रमको पछि नलाग्न पनि आग्रह गरे । सोही अवसर माझ मन्त्री पौडेलले ललितपुर चेम्बर अफ कमर्श स्मारिका को विमोचन समेत गरे । त्यसै गरि, बिशेष अतिथीको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्य...
के कुनै नेताको सनकले मुलुकलाई अन्योलमा धकेल्न मिल्छ ?

के कुनै नेताको सनकले मुलुकलाई अन्योलमा धकेल्न मिल्छ ?

राजनीति, समाचार
डा.डिआर उपाध्याय/ मुलुक राजनीतिक अस्थिरता तर्फ जाने खतरा बढेर गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको प्रावधान प्रयोग गरी प्रतिनिधि सभा विघटन गरेपछि यो अवस्था सृजना भएको हो । मुलुकको राजनीतिक अवस्था बिग्रियो । अहिलेको गतिविधिले राजनीति संकट निम्त्याउँदै छ । सरकार गठनको सुरुवातबाटै सत्तारुढ दलभित्र खटपट हुन थालेको थियो । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यवहार र कार्यशैलीमा दम्भ र अहङ्कार बढेकोले बिभाजनको रेखा कोरिएको हो । ओलीले आफ्नै ढिपी छोडेनन् । प्रचण्डले ओलीलाई ‘साइज’मा ल्याउने कसरत गरे । जसले गर्दा अन्ततः सत्तारुढ दल नेकपा दुई खेमामा विभाजन हुने अवस्थामा पुग्यो । नेतृत्वको अहङ्कार र सर्वसत्तावादी चिन्तनले नेकपालाई सिद्धायो । अध्यक्षद्वय एक अर्काप्रति कटाक्ष गर्दै हिँड्ने अवस्थामा पुगे । प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशले नयाँ ज...
फाइजरको कोरोना खोप लगाउँदा नर्वेमा २१ जनाको मृत्यु

फाइजरको कोरोना खोप लगाउँदा नर्वेमा २१ जनाको मृत्यु

समाचार
नर्वेमा अमेरिकी कम्पनी फाइजरको कोरोना खोप लगाएका २१ जनाको मृत्यु भएको छ। उनीहरुको खोपको साइड इफेक्टका कारण मृत्यु भएको आशंका गरिएको छ। कोरोना भाइरस विरुद्ध निर्मित विभिन्न खोप हाल विभिन्न देशले प्रयोगका लागि अनुमति दिइसकेका छन्। नर्वेमा ३३ हजार जनालाई भ्याक्सिन दिइसकिएको छ। सो क्रममा २१ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। नर्वेका अधिकारीहरुका अनुसार मृत्यु हुनेमध्ये धेरैजसोको उमेर ८० वर्ष माथि हो। अनुसन्धानमा यीमध्ये कैयौं अस्पतालमा भर्ना भएको पाइएको छ। केहीमा भ्याक्सिन लगाएपछि ज्वरो र सास फेर्न समस्या जस्ता साइड इफेक्ट देखिएका थिए । त्यसपछि उनहिरुको स्वास्थ्य बिग्रिएको थियो। नर्वेमा साइड इफेक्टका कारण मानिसको ज्यान गएपछि चिनियाँ स्वास्थ्य विशेषज्ञहरूले फाइजरको एमआरएनए भ्याक्सिन वृद्धवृद्धालाई लगाउने कार्य स्थगित गर्न आग्रह गरेको गोल्बल टाइम्स...
नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय वार्ता

नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय वार्ता

समाचार
सीमा विवादको विषय प्राथमिकताका साथ उठाउने योजनासहित नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय छैठौँ वार्तामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली योजनाअनुरूप सफल हुन सकेनन् । नेपालले सीमा विवादमा प्राथमिकताका साथ छलफल गर्ने भने पनि भारतले यो विषय हेर्ने अर्कै संयन्त्र रहेको बताएपछि सीमा विवादको विषयले मन्त्रीस्तरीय वार्तामा अपेक्षा अनुरूप प्रवेश पाएन । मन्त्रीस्तरीय वार्तापछि नेपालका तर्फबाट जारी गरिएको विज्ञप्तिमा सीमा समस्या चाँडै समाधान गर्ने, नेपाल भारतबीचको १९५० को सन्धि पुनरावलोकन गर्ने र प्रबुद्ध व्यक्ति समूहले तयार पारेको प्रतिवेदन बुझ्ने प्रतिबद्धता भारतले जनाएको भएको उल्लेख गरिएको छ । भारतले जारी गरेको विज्ञप्तिमा ‘सीमा व्यवस्थापनका विषयमा छलफल भएको’ भनिएको छ । यसअघि गत मंसिर ११ मा काठमाडौँमा भएको परराष्ट्र सचिवस्तरीय वार...
नवनिर्वाचित सङ्घको टोली निर्माणाधीन विमानस्थलमा

नवनिर्वाचित सङ्घको टोली निर्माणाधीन विमानस्थलमा

समाचार
पोखरा उद्योग वाणिज्य सङ्घको नवनिर्वाचित कार्यसमितिको टोलीले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षण गरेको छ । पर्यटकीय नगरी पोखराको समृद्धि र विकाससँग प्रत्यक्ष जोडिएको विमानस्थलको निर्माणमा चासो दिदै सङ्घले शुक्रबार स्थलगत निरीक्षण गरी भइरहेको कार्यप्रगतिबारे जानकारी लिएको हो ।  सङ्घका नवनिर्वाचित अध्यक्ष नारायण कोइराला नेतृत्वको टोलीले निर्माणमा भइरहेको प्रगति, त्यसको अवस्थालगायतका विषयमा जानकारी लिएको महासचिव सुरेन्द्रमान विजुक्छेले जानकारी दिए । प्रतिनिधिमण्डललाई आयोजनाका वरिष्ठ अधिकृत इञ्जिनीयर कृष्ण पौडेलले विमानस्थल निर्माणका विविध पक्षबारे जानकारी गराएका थिए । सङ्घका अध्यक्ष कोइरालाले विमानस्थल निर्माणका लागि पोखरा उद्योग वाणिज्य सङ्घले २०३३ सालदेखि गरेको पहल र त्यस यताका रिले अनशनलगायतको स्मरण गर्दै निर्धारित मितिमा विमानस्थल सञ्चालनमा आउ...
यि सुन्दरीसँग विबाह गर्दैछन् प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले, लामो समयदेखि थिए यि दुई प्रेममा

यि सुन्दरीसँग विबाह गर्दैछन् प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले, लामो समयदेखि थिए यि दुई प्रेममा

समाचार
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई माघ ११ गते बिवाह बन्धनमा बाधिने भएकी छन् । उनले सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग बिबाह गर्न लागेको बताइएको छ । यो जोडी लामो समय देखी प्रेममा रहेको बताइएको छ । राईको विवाहबारे उनको सचिवालयले पुष्टि गर्दै विवाहको मिति सार्वजनिक गरेको हो। संखुवासभाकी जाङ्मु हाल काठमाडौंमा बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा बस्दै आएका छन्। मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो । मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै चर्चामा आएकी ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा समेत काम गरेकी छन् । राई र शेर्पाबीच काठमाडौंमा नेकपाका सीमित नेताहरू, निकट मित्र र पारिवारिक सदस्यबीच बिहे हुन लागेको हो । उमेरमा राइ र ज्याङ्मुको निकै अन्तर रहेको छ । राई उमेरले ४९ वर्षका भए । २०६५ सालमा भोजपुरबाट सांसद बनेयता लगातार राजनीतिमा सक्रिय छन् । ...