नेपालमा कोरोनाको संक्रमणदर घट्दै, निको हुनेको दर ९३ प्रतिशत
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा कोरोनाको संक्रमणदर घट्दै गएको देखिन्छ। पछिल्लो २४ घण्टामा मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टमा १ दशमलव ५ प्रतिशत संक्रमणदर रहेको छ। नेपालमा निको हुनेको प्रतिशत पनि अन्य देशहरुभन्दा बढी रहेको पाइन्छ। मन्त्रालयका अनुसार नेपालमा निको हुनेको दर ९३ प्रतिशत रहेको छ।
प्रदेश अनुसार होम आइसोलेसनमा बस्नेहरुको संख्यामा आएको कमीका कारण नेपालमा कोरोनाको संक्रमण कम भएको भन्न सकिने अवस्था छ। हाल जम्मा ३२ हजार ३ सय ४९ जना होमआइसोलेसमा रहेका छन्। संस्थागत आइसोलेसनमा २ हजार ९ सय ६१ जना, आइसीयूमा ६ सय ४९ जना र भेन्टिलेटरमा १ सय ८४ जना रहेका छन्।
कोरोना संक्रमण घट्दो क्रममा रहे पनि जोखिम भने अझै कायम रहेका जनस्वास्थ्यविद्हरुको भनाइ छ। लामो समयसम्म गरिएको निषेधाज्ञा खुकुलो हुनु, असारमा खेतिपातिको काम पनिसँग भएकाले पनि जोखिम का...









