आयुर्वेदिक चिकित्सा पद्धतिलाई जनस्तरमा पु¥याउने समयमै ठोस कार्यक्रम र बजेट प्राप्त नहुँदा प्रभावकारीरूपमा काम गर्न सकिएन
कोभिड–१९ सङ्क्रमणको महामारीमा आयुर्वेदिक चिकित्सा पद्धतिको प्रर्वधन आवश्यक देखिएको भए पनि यसतर्फ सम्बद्ध निकायको ध्यान पुगेको छैन ।
कोभिड–१९ को सङ्क्रमणसँग जुध्न आयुर्वेदिक चिकित्सा पद्धतिको प्रयोग प्रभावकारी हुँदै गएपछि यस पद्धतितर्फ सर्वसाधारणको आकर्षण बढ्न थालेको छ ।
जनस्तरमा आकर्षण बढेपछि सेवाको प्रवद्र्धनका लागि पर्याप्त बजेट र कार्यक्रमको माग गरिँदै आएको छ तर प्रदेश सरकार मातहतका आयुर्वेद स्वास्थ्य केन्द्रहरुका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा निकै न्यून बजेट छुट्याएको छ ।
आगामी आव २०७८/७९ को बजेटमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको वार्षिक आयुर्वेदिक सेवा कार्यक्रमका लागि र तीन लाख, महामारी रोकथामका लागि रु दुई लाख र केन्द्रको स्तरोन्नतिका लागि रु एक लाख बजेट विनियोजन भएको छ ।
कोभिड-१९ का सङ्क्रमितको उपचारमा मेहनतका साथ लागेको जिल्ला आयुर्वेद स्वास्थ्य क...









