पार्टीका कुनै पनि बैठक बालुवाटारमा नराख्ने:प्रधानमन्त्री शेरबहादुर देउवा
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका कुनै पनि बैठक बालुवाटारमा नराख्ने विश्वास दिलाएका छन्।
कांग्रेस सरकारमा गएलगत्तै प्रधानमन्त्री तथा पार्टी सभापति देउवाले सरकारी निवास बालुवाटारमा पदाधिकारी बैठक राखेका थिए। देउवाले पदाधिकारी बैठक बालुवाटारमै गरेपछि यसको चौतर्फी आलोचना भइहरेको छ।
यसै सन्दर्भमा कांग्रेसका युवा नेता गगन थापालगायतका नेताहरूले देउवालाई पार्टीको बैठक बालुवाटारमा नराख्न आग्रह गरेका छन्। आफूले देउवालाई बालुवाटारमा पार्टीको बैठक नराख्न अनुरोध गरेको नेता थापाले सामाजिक सञ्जाल ट्विटरमार्फत् जनाएका हुन्।
‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं। उहाँले पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो, तर जे भए पनि अब देखि त्यस्तो हुने छैन र गरिन्न’ भन्ने विश्वास दिलाउनु भएको...








