आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

पाँच हजार एकसय पाँच मिटर उचाईमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक (भिडियो)

पाँच हजार एकसय पाँच मिटर उचाईमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीत ‘तिलिचो ताल’ सार्वजनिक भएको छ । काठमाडौंमा एक विशेष समारोहबीच सोमबार पाँच हजार एकसय पाँच उचाईमा तिलिचो हिमालको काखमा छायाँकन गरिएको गीतको भिडियो सार्वजनिक भएको हो । पूर्व श्रममन्त्री रामेश्वर राय यादवको प्रमुख आतिथ्यता र संगीतकार तथा गायक सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, सञ्चारकर्मी तुलसी गिरी ‘भावुक’, राज लुइँटेल, रमेश थापा, सिलोन लम्साल, गीता राई लगायतको आतिथ्यतामा भिडियो सार्वजनिक गरिएको थियो । सो अवसरमा उक्त उचाईमा लाइभ प्रस्तुति गरिएको गीतको सिडी एल्वम पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि र अतिथिहरूले यो उचाईमा गएर प्रत्यक्ष प्रस्तुतिका साथै भिडियो छायाँकन गरेर सार्वजनिक गरिएकोमा डा. उपाध्यायलाई बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रमको सहजिकरण सञ्चारकर्मी गीता अधिकारीले ग...
चलचित्र ‘बगान’ निर्देशन गर्दै अभिनेता सरोज खनाल

चलचित्र ‘बगान’ निर्देशन गर्दै अभिनेता सरोज खनाल

मनोरन्जन, समाचार
लोकप्रिय अभिनेता सरोज खनालले नेपाली चलचित्र ‘बगान’बाट निर्देशनमा डेब्यू गरेका छन्। आइतबार काठमाडौंको चाबहिलस्थित चलचित्र विकास बोर्डको हलमा उक्त चलचित्र बारे जानकारी दिँदै ‘इन्ट्रो टिजर’ र पहिलो गीत ‘तिम्रो सुन्दर आँखा’ सार्वजनिक गरिएको छ। चलचित्रमा सरोज खनालसँगै नीर शाह, वसुन्धरा भुषाल, मिथिला शर्मा, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्कीलगायतको अभिनय रहेको छ। सार्वजनिक ‘तिम्रो सुन्दर आँखा’ गीतमा सुरेश वाग्लेको शब्द, सुभाष भुषालको संगीत छ भने सुगम पोखरेल र अस्मिता अधिकारीले स्वर दिएका छन्। गीतको भिडियोमा आकाश र प्रमिला फिचर्ड छन्। भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी छन । गीतलाई चलचित्रमा कथावाचनको रुपमा प्रयोग गरिएको निर्देशक खनालले बताए । निर्देशक तथा अभिनेता खनालले आफ्नो जीवनकालमा चलचित्रहरुमा अभिनय गरेर सिकेको ज्ञान र अनुभवलाई निर्देशनमा प्रयोग गर्ने प्...
बेरोजगारी समस्याले नै बिद्रोह जन्मिन सक्छ

बेरोजगारी समस्याले नै बिद्रोह जन्मिन सक्छ

आर्थिक, समाचार
-डा.डिआर उपाध्याय, काठमाडौं । बिकास, समृद्धि र सुशासनका कुरा मात्र बढि भए । ब्यवहारमा लागु हुन सकेन । यो नै अहिलेको चिन्ता हो । देश बनाउने कुरामा सबै दलहरुको ध्यान जानु पर्छ । देश सधै भरी यस्तै अबस्थामा रहन सक्दैन । अब सबै राजनीतिक दलहरु गम्भिर बन्नु पर्ने आबश्यकता देखिएको छ । नेताका कुरा र भाषणले मात्र देश बन्न सक्दैन । देश बनाउन स्पस्ट दृष्टिकोण, योजना र नेतृत्वमा इच्छाशक्ति हुनु पर्छ । आज देशमा बेरोजगारी समस्या दिन प्रति दिन बढदै गएको छ । बेरोजगारी समस्या समाधान गर्ने कुरामा राजनीति दल र तिनका नेताहरु अलि चिन्तित बन्नु पर्ने देखिएको छ । देशमा बेरोजगारी समस्या बढदै गयो भने दलहरुका लागी भोली यो नै ठूलो चुनौति हुने छ । बेरोजगारी समस्याले नै बिद्रोह जन्मिन सक्छ । आज युवाहरु कामको खोजीमा सडक सडक भौतारीदै हिडिरहेका छन । ति बेरोजगार युवाहरुको बारेमा सरकार पनि त्यति गम्भिर हुन सकेको छैन ...
अस्पताल निर्माण सहयोगार्थ समाजसेवी मेघ सुवेदीले गरे २१ लाख सहयोग

अस्पताल निर्माण सहयोगार्थ समाजसेवी मेघ सुवेदीले गरे २१ लाख सहयोग

समाचार, समाज
ललितपुर । अमेरिका निवासी समाजसेवी मेघ सुवेदीले नेपालको एक अस्पताल निर्माणका लागि २१ लाख नगद सहयोग प्रदान गर्नुभएको छ । लामो समयदेखि अमेरिकामा रहेर व्यापार व्यवसायको साथ साथै समाजसेवामा सक्रिय सुवेदीले समाजसेवी श्रीनेहा पोखरेलले असहाय मनोरोगीहरुको निशुल्क उपचारका लागि स्थापना गर्न लागिएको अस्पताल निर्माणका लागि उक्त रकम सहयोग गर्नु भएको हो । कलाकार समेत रहनुभएकी पोखरेलले संचालन गर्दै आउनुभएको ललितपुरको धापाखेल स्थित नेपाल स्नेही काखमा आयोजित एक कार्यक्रमका वीच उक्त रकम संस्थालाई हस्तान्तरण गरिएको छ । समाजसेवी सुवेदी अमेरिकामै रहनुभएकोले उहांको अनुपस्थितीमा उहांको प्रतिनिधित्व गर्दै नायक संजित भण्डारी,व्यबसायी हिरामणी भुसाल लगायतले उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा संचारकर्मी राज लुईटेल ,समाजसेवी सपना श्रेष्ठ,अंशु भण्डारी,डिल्लीराम सिग्देल लगायतको उपस्थिती रहेको थियो भ...
भारतीय फोटोग्राफर ७ महिनादेखि झापाको जेलमा, एनएफपिजेले छुटाउन पहल गर्ने

भारतीय फोटोग्राफर ७ महिनादेखि झापाको जेलमा, एनएफपिजेले छुटाउन पहल गर्ने

समाचार, समाज
काठमाडौं । झापाको जेलमा रहेका भारतीय फोटोग्राफर रिहाईका लागि राष्ट्रिय फोटो पत्रकार समुहले पहल गर्ने भएको छ । सञ्चार माध्यम र सामाजिक सञ्जालमा बिगत ७ महिनादेखि एक २४ वर्षीय युवक दुर्लभ रोय चौधरी पुर्पक्षका लागि थुनामा रहको समाचार बाहिरीएपछि फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले उनको रिहाईका लागि पहल गर्ने बताएका हुन् । ‘मैले उनलाई झापाको जेलमै गएर भेटेर आएँ । अरु अध्ययन गर्दा उनी व्यवसायीक फोटोग्राफर तथा फोटोपत्रकार भएको पाइएकाले पहल गर्ने भएका हौं अध्यक्ष वन्तले भने । प्रहरीले उनलाई नक्कली अमेरिकी डलर बोकेर नेपाल आएको अभियोगमा उनीमाथि मुद्रासम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि उनी थुनामा पुगेका हुन् । मुद्दाको पुर्पक्ष गर्नका लागि आवश्यक प्रक्रियासमेत पूरा नहुँदा (अङ्ग नपुग्दा) उनको मुद्दा सुनुवाइको प्रक्रियामा समेत पुगेको छैन । भारतको कोलकाता नजिकैको हावरा स्थायी ...
अमेरिकन अवार्ड २०२२ द्धारा दीर्घराज जोशी अवार्डेड

अमेरिकन अवार्ड २०२२ द्धारा दीर्घराज जोशी अवार्डेड

समाचार, समाज
काठमाण्डौ – “उनिहरु कहाँ छन् ?” नामको वेपत्ता नागरिक खोजी अभियानबाट मानवअधिकारको यात्रामा लागेका अधिकारकर्मी हुन् दिर्घराज जोशी । मानवअधिकारको क्षेत्रमा सक्रिय रहि विभिन्न देशहरुमा गएर मानवअधिकार सम्वन्धि तालिम लिने र दिने दुवै कार्यमा उक्तिकै अब्बल देखिएका जोशीले गत मे २, २०२२ मा अमेरिका आयोजना भएको अमेरिकन अवार्ड (फेष्टिवल) मा “अमेरिकन आउटस्टाण्डिङ सोसियल वर्कर एण्ड ट्रेनर अवार्ड २०२२” प्राप्त गरेका छन् । शो समारोहमा जोशी लगायत नेपालवाट स्पेशल केयर फाउनडेशनकी कविता शर्मा, रेडियोलोजिष्ट डा. अरुण कुमार यादव ले विभिन्न विधाका अवार्डहरु प्राप्त गरेका छन्, भच्र्यूअल प्रविधिवाट अवार्ड कार्यक्रमको आयोजना सम्पन्न भएको थियो । तत्कालिन जनयुद्ध तथा राज्य तथा तत्कालिन विद्रोही पक्षबाट वेपत्ता पारिएका मान्छेहरुलाई तत्काल सार्वजनिक गर भन्दै आन्दोलनमा उत्रिएका जोशीले राज्य पक्षबाट विविध किसिमक...
‘आँखैमा लाउने गाजलु’ सार्वजनिक (भिडियो)

‘आँखैमा लाउने गाजलु’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
सज्जा चौलागाईंको स्वरमा रहेको गीत ‘आँखैमा लाउने गाजलु…’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंको मैतिदेवीस्थित डोरी रेस्टुरेन्टमा पत्रकार भेटघाटबीच गीतको भिडियो सार्वजनिक भएको हो । चौलागाईंको पहिलो एल्बम ‘भिक्टोरी’ मा रहेको यो गीतको भिडियो साइराम पिक्चर्स युटुब च्यानलमार्फत् ल्याइएको छ । रामकृष्ण महराको शब्द, शंकर थापा स्माइलको संगीत, सञ्जीव सुब्बाको एरेन्ज रहेको गीतमा अशोक महर्जनको मिक्सिङ तथा मास्टरिङ रहेको छ । https://youtu.be/4mheNpTFV3k जीवन शाहीको निर्देशन तथा राहुल बराइलीको कोरियोग्राफी रहेको गीतको भिडियोमा विना राउत र सरोज प्रजाको अभिनय छ । भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन र ओरिन्ट बिसुन्खेको रंग सम्पादन छ । गीतको भिडियो सार्वजनिक कार्यक्रममा अतिथिहरूले शुभकामना तथा बधाई दिएका थिए भने गीतसंग सम्बिन्धित स्रष्टाले आ-आफ्ना राख्नुभएको थियो । ‘सबैको मिहिनेतबाट एउटा र...
अब राजनीतिक दलहरु सुध्रिने की सकिने ?

अब राजनीतिक दलहरु सुध्रिने की सकिने ?

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, काठमाडौं ।  स्थानीय तहको निर्वाचन परिणामले नयाँ खालको सन्देश दिएको छ । यो निर्वाचन मत परिणामले राजनीतिक दल र तिनका नेताहरुलाई सुर्धने मौका दिएको छ । अब दलहरुले योग्य उम्मेदवार नउठाउँने हो भने यस्तै स्थिती दोहोरीन सक्छ । निर्वाचन परिणामले मतदातालाई उत्साहित बनाएको छ । मुलुकको नेतृत्व अब युवा पुस्तामा हस्तान्तरित हुने संकेत देखा पदैछ । यो अहिलेको आवश्यकता पनि हो ।स्थानीय तहको निर्वाचन सबैभन्दा महत्वपूर्ण मानिन्छ । किनकि, देश विकासको जग बसाल्ने भनेको नै स्थानयि तहबाट हो । स्थानीय तहको विकास नभए देशको विकास हुँदैन । स्थानीय तहका नेता सक्षम, दक्ष, इमानदार हुन जरुरी छ । जनताको जीवनस्तर माथि उठाउन नेतृत्वको ठूलो भूमिका रहन्छ । अब राजनीतिक वातावरण स्वच्छ र पारदर्शी हुन जरुरी छ । नेताहरु स्वार्थी हुनाले राज्यले निकास पाएको छैन । आज तमाम नागरिकले समस्या झेल्नु परेको छ ...
सर्लाहीका विद्यार्थीमाझ ‘नालापानी’

सर्लाहीका विद्यार्थीमाझ ‘नालापानी’

मनोरन्जन, समाचार
वीर बलभद्र कुँवरसहित नेपाली फौजले नालापानीमा देखाएको विरतालाई समेटेर तयार गरिएको चलचित्र ‘नालापानी’ सर्लाहीका विभिन्न विद्यालयमा अध्ययनरत बालबालिका माझ देखाइएको छ । नेपाली वीरताको गाथा संसारभरका मानिसहरूले थाहा पाउन भन्ने उद्देश्यले तयार गरिएको सो चलचित्र मंगलवार जिल्लाको हरिवन स्थित सम्राट होटलमा सर्लाही एम्वीसन र मनकामना ईंङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीहरूलाई देखाइएको हो । यस्तै चलचित्र बुधबार पनि देखाईएको छ । बुधबार हरिवन स्थित सगुन शिक्षा सहकारी, ज्ञानज्योती इंलिस बोडिङ स्कुल र डनिङ्ग फ्यूचर ईङलिस बोर्डिङ स्कुलका विद्यार्थीहरूमाझ देखाईएको छ । रिमेश अधिकारी फिल्म प्रोडक्सनले निर्माण गरेको चलचित्र नेपाली सेनाको ईतिहास, वीर बलभद्र कुँवर र नालापानीका नायक वीर बलभद्र कुँवर नामक पुस्तकका आधारमा निर्माण गरिएको हो । नेपाल चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ स्पेशल अवार्ड पा...
गजित बिष्टले जिते उत्कृष्ट अभिनेताको अवार्ड

गजित बिष्टले जिते उत्कृष्ट अभिनेताको अवार्ड

मनोरन्जन, समाचार
काठमाडौं- १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल २०२२ मा अन्तराष्ट्रिय विधा तर्फ करिम ताजोआउट निर्देशित मोरक्कोको फिल्म ‘घोष्ट अफ स्पेशटाईम’ले उत्कृष्ट लघू चलचित्रको अवार्ड र सेकोउ त्राओरी निर्देशित बुर्किना फोसोको फिल्म ‘आई अफ द स्ट्रोम’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । सो अवार्ड प्रदान गर्दै तीन दिने महोत्सब सकिएको छ । यस्तै राष्ट्रिय तर्फ कृषा चौलागाईंको चलचित्र ‘ऐना’ले उत्कृष्ट लघु चलचित्र र माधवराज खरेलको चलचित्र ‘कुइनेटो’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । कुईनेटोबाटै अभिनेता श्रीदेव भट्टराईले जुरी तर्फको अवार्ड र जीवन पराजुलीले उत्कृष्ट छायाँकारको अवार्ड हाँसिल गरेका छन् । महोत्सबमा लघू चलचित्र ऐनाबाट कृषाले क्रिटिक्स तर्फको उत्कृट निर्देशक अवार्ड र ऐनाबाटै भुपेन्द्र अधिकारीले उत्कृष्ट सम्पादकको अवार्ड जितेका छन् । महोत्सबमा उत्कृष्ट निर्देशकको अवार्ड सर्टफिल्म&nbs...