सिड्नीमा ग्रेस इन्टरनेशनलको एजुकेसन एन्ड माइग्रेसन एक्स्पो हुँदै, ५० भन्दा बढी शैक्षिक संस्था सहभागी हुने
काठमाडौं - शैक्षिक परामर्श क्षेत्रमा दुई दशकको अनुभव हासिल गरेको ग्रेस इन्टरनेशनलले अस्ट्रेलियाको सिड्नीमा ‘एजुकेसन एन्ड माइग्रेसन एक्स्पो २०२६’ आयोजना गर्ने भएको छ। संस्थाको स्थापनाको २० वर्ष पूरा भएको अवसरमा आगामी अक्टोबर २६ (कात्तिक ९ गते) सोमबार सिड्नीस्थित ऐतिहासिक सिड्नी टाउन हलमा एक्स्पो आयोजना गर्न लागिएको हो।
बिहान ११ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म सञ्चालन हुने एक्स्पोमा ५० भन्दा बढी विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिहरू सहभागी हुने आयोजकले जनाएको छ। सिड्नी टाउन हलको लोअर टाउन हलमा आयोजना हुने कार्यक्रम अस्ट्रेलियामा अध्ययनरत, उच्च शिक्षा हासिल गर्न चाहने तथा करियर र आप्रवासनसम्बन्धी परामर्श खोजिरहेका विद्यार्थीहरूका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।
एक्स्पोमा सहभागी विद्यार्थीले विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गरी उच्च श...








