कार्तिक १७ गते सोमवारको राशिफल
वि.सं. २०७७ साल कार्तिक १७ गते । सोमवार । इ.स.२०२० नोभेम्बर ०२ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । नेपाल संवत् ११४० । कार्तिक कृष्णपक्ष । तिथी–द्वितीया,२३ बजेर ३२ मिनेट उप्रान्त तृतीया । नक्षत्र–कृतिका,२३ बजेर २१ मिनेट उप्रान्त रोहिणी । योग–अहोरात्र । करण–तैतिल,१० बजेर ३७ मिनेट उप्रान्त गर,२३ बजेर ३२ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–वृष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १५ मिनेटमा, सूर्यास्त १७ बजेर १७ मिनेटमा । दिनमान २७ घडी ३३ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने वौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथीभाईबाट सनिने सुखद समाचारले उत्साहित होईनेछ । व्यापार व्यवसायबाट मनग्गे धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ । प्रेमिल जोडीहरुका लागि समय उत्तम रहेको छ । बोलिको प्रभाव...


