सर्वोच्च अदालतमा न्याय परिषदद्वारा पाँच जना न्यायाधीशको नाम सिफारिस
काठमाडौँ — चैत्र १९ ।
न्याय परिषद्ले सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदमा पाँच जनाको नाम सिफारिस गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको अध्यक्षतामा आज बसेको परिषद् बैठकले सर्वोच्चको स्थायी न्यायाधीशका लागि प्रकाश ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी र मनोज शर्माको नाम सिफारिस गरेको हो ।
परिषद्ले उच्च अदालतको मुख्य न्यायाधीशबाट ढुंगाना र माथेमा, कानुन व्यवसायीबाट हरि फुयाँल, कुमार रेग्मी र मनोज शर्माको नाम सिफारिस गरेको हो ।
न्याय परिषदको वैठकले प्रकाश कुमार ढुंगाना, सुस्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाँल र मनोज कुमार शर्मालाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको हो ।
सर्वोच्चको न्यायाधीशमा सिफारिस भएकामध्ये ढुङ्गाना उच्च अदालत पाटन र माथेमा उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश हुन् ।
सर्वोच्चको न्यायाधीशमा कानून व्यवसायीको तर्फबाट सिफारि...









