दलहरुलाई मेरो प्रश्नः चुनाबी एजेन्डा खै ?
-डा.डिआर उपाध्याय,
यति बेला राजनीतिक दलहरु चुनाव केन्द्रित बन्दै छन । देशका बिभिन्न ठाउँहरुमा दलहरुले आ आफना भेला प्रशिक्षण कार्यक्रमहरु संचालन गरिरहेका छन । तर चुनाव प्रति जनताको त्यति उत्साह भएको देखिदैन ।
बिगतमा दलहरुले दिएका आश्वासन अझै पुरा हुन सकेका छैनन् । त्यसो भएकोले पनि जनता उत्साहित छैनन् । राजनीतिक दलहरु र तिनका नेताहरु जव चुनाव आउँछ तव मात्र जनताको घर आँगनमा पुग्छन । चुनाव सकिए पछि फर्केर पनि जाँदैनन् । स्थानीय निर्वाचनको समय नजिकिदै छ । तर पनि अहिले सम्म राजनीतिक दलहरुले आआफ्ना धारणा जनता सामु सार्वजनिक गर्न सकिरहेका छैनन् । दलसँग फरक एजेन्डा अहिले छैन । चुनाबी एजेन्डा खै ?
घोषणापत्रमा के लेख्ने भन्ने कुरामा दलहरु अलमलिएका छन । राम्रो नीति कार्यक्रम नभए पछि जनताले हराउलान भन्ने चिन्ता सबै दलमा छ । तर, सबै दल जनतामा जाने भनीरहेका छन । जनतालाई बिश्वास दिलाउने भर पर्दो...




