आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

राजनीति

नौटंकी राजनीतिको जालमा नफसौं

नौटंकी राजनीतिको जालमा नफसौं

राजनीति, समाचार
-डा.डिआर उपाध्याय, सरकारले फेरी प्रतिनिधिसभा बिघटन गरेर मध्यावधि चुनावको घोषणा गरेको छ । बिपक्षी पाँच दलले यो कदम प्रतिगामी र अवैधानिक,असंवैधानिक भएको ठहर गरेको छ । हिजो बसेको बिपक्षी पाँच दलको बैठकले कानुनी बाटो र राजनीति बाटो समातेर यसको प्रतिवाद गर्ने जनाएको छ । बिभिन्न संघ संस्था देखी नागरिक तहवाट समेत यो कदमको चर्को बिरोध भएको छ । केही कानुनबिद्धहरुले पनि यो कदम असंवैधानिक भएको तर्क गरिरहेका छन । यो भन्दा पहिला पनि केपी ओलीको सिफारिसमा राष्टपतिवाट संसद बिघटन गरी मध्यावधि निर्वाचनको घोषणा भएको थियो । त्यो कदम असफल भएर अन्ततः संसद पुनस्थापना भएको थियो । त्यहीपुनस्थापित ंसंसद फेरी बिघटन भएको छ । अव मुलुकको राजनीति कता जान्छ र के हुन्छ केही भन्न सकिने अवस्था छैन । बिपक्षी दलहरु चुनावमा सहभागी भएनन् भने अहिले घोषणा गरिएको चुनावको कुनै अर्थ छैन । अर्को कुरा कोरोना माहामारीले थि...
नेपाली कांग्रेसको पदाधिकारी बैठक देउवा निवास बुढानिलकण्ठमा बस्दै

नेपाली कांग्रेसको पदाधिकारी बैठक देउवा निवास बुढानिलकण्ठमा बस्दै

राजनीति, समाचार
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । सरकारको सिफारिसमा प्रतिनिधि सभा विघटन गरी राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको घोषणा गरेसँगै कांग्रेसले यस विषयमा छलफल गर्नका लागि पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको हो । बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बिहान ९ बजे बस्ने बताइएको छ । देउवाले प्रधानमन्त्रीको दाबिका लागि १४९ बहुमत सांसदहरुको हस्ताक्षर राष्ट्रपति भण्डारीलाई बुझाएको भएपनि उनले प्रतिनिधि सभा भंग गरि निर्वाचन घोषणा गरेसँगै नेपाली कांग्रेसका नेताहरुले तिव्र विरोध जनाएका छन् । ...
षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको :नेता माधवकुमार नेपाल

षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको :नेता माधवकुमार नेपाल

राजनीति, समाचार
नेकपा(एमाले)का बरिष्ठ नेता माधवकुमार नेपालले षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको बताएका छन् । बरिष्ठ नेता नेपालले ट्वीट गर्दै संसद्को चीरहरण गर्दै प्रतिगमन दोहोरिएको बताएका हुन् । उनले चुनावको उद्घोषलाई जालझेल भन्दै संविधानको मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले चुनावको घोषणा गरिएको बताए । ‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ । प्रतिगमन दोहोरिएको छ ।’ उनले भने, ‘संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो ।’ उनले व्यवस्था लाई नै कू गर्ने अग्रसरता लिइएको पनि बताए । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको उनको भनाई छ । नेता नेपालले भने, ‘यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ ।’ नेता नेपालले संसद...
सिंहदरबारमा विपक्षी तीन दलको छलफल सुरु

सिंहदरबारमा विपक्षी तीन दलको छलफल सुरु

राजनीति
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षबीच सिंहदरबारमा छलफल सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म सरकार गठन गर्न समय दिएपछि तीन दल छलफलमा जुटेका हुन् ।छलफल कांग्रेस संसदीय दलको कार्यालयमा भइरहेको छ । ...
प्रधानमन्त्रीमा दाबी पेश गर्न देउवासहित विपक्षी दलका नेताहरू शीतलनिवासमा

प्रधानमन्त्रीमा दाबी पेश गर्न देउवासहित विपक्षी दलका नेताहरू शीतलनिवासमा

राजनीति
 संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न विपक्षी गठबन्धन १ सय ४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालय शीतलनिवास पुगेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन दाबी प्रस्तुत गर्दै नेताहरू शीतलनिवास पुगेका हुन् । देउवालाई प्रधानमन्त्री बनाउन कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव–बाबुराम भट्टराई पक्षका सांसदले समर्थन गरेका छन् । उक्त प्रस्तावमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २७ जना सांसदले पनि हस्ताक्षर गरेका छन् । एक जना स्वतन्त्र सांसदसहित १ सय ४९ जना सांसदको हस्ताक्षर संकलन गरिएको हो । ...
प्रधानमन्त्रीमा ओलीको पनि दाबी

प्रधानमन्त्रीमा ओलीको पनि दाबी

राजनीति
नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले पनि प्रधानमन्त्रीमा आफ्नो पनि दाबी प्रस्तुत गरेका छन् । उनले एमालेका १२१ र जनता समाजवादी पार्टी -जसपा)का १६ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन् ।

वाग्मतीमा राष्ट्रियसभा उपनिर्वाचन शुरू

राजनीति
वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचन शुरू भएको छ । अपराह्न ३ बजेसम्म हुने मतदानमा गृहमन्त्रीसमेत रहेका एमालेका उम्मेदवार रामबहादुर थापा ‘बादल’ र  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) विपक्षी गठबन्धनबाट डा. खिमलाल देवकोटा तथा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का कृष्णबहादुर तामाङ उम्मेदवार छन् । तर धेरैजसोको चासोको केन्द्रमा भने थापा र देवकोटा छन् । पार्टीको विवाद मत्थर हुनेतर्फ अग्रसर भइरहँदा एमालेका जनप्रतिनिधिले  देवकोटालाई मत दिन्छन् या थापालाई भन्ने विषय अन्योलमा छ । एमालेकै मत निर्णायक समेत रहेकाले धेरैजसोको चासोको केन्द्रमा थापा र देवकोटामा नै छ । पार्टीभित्र पूरै सहमति भइनसकेकाले एमालेको नेपाल-खनाल समूहले थापालाई मत दिने सम्भावना कम छ ।  तथापि यो बीचमा थापा स्वयमले वरिष्ठ नेता माधव कुमार नेपाललाई भेटेर मतका लागि...

राष्ट्रियसभा उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने

राजनीति
आज भइरहेको राष्ट्रियसभा उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन मिलाइएको छ । प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको हो । मतदान स्थल भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यम (जुम) मार्फत सार्वजनिक गर्ने योजना बनाइएको छ । मतगणना साँझ ५ बजेदेखि शुरु गरिने छ । आजै बेलुकासम्ममा नतिजा आइसक्ने जनाइएको छ । मतदानका लागि कोभिड सङ्क्रमित मतदाताले भुटनदेवी माविको उत्तर गेटबाट मात्रै प्रवेश पाउनेछन् भने अन्यले पश्चिम गेटबाट प्रवेश पाउनेछन् । मतदाताहरूलाई सामान्य स्वास्थ्य जाँचपछि १० मिटरको दूरीमा होल्डिङ सेन्टरमा बसाइने प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो । प्रदेश निर्वाचन आयोगको कार्यालयका अनुसार कुल मतदातामध्ये यसअघि नै १३ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएक...
संसदभित्र र संसदबाहिर हुने गतिविधिले अहिले संसदीय व्यवस्था ओझेलमा

संसदभित्र र संसदबाहिर हुने गतिविधिले अहिले संसदीय व्यवस्था ओझेलमा

राजनीति, समाचार
 संसदभित्र र संसदबाहिर हुने गतिविधिले अहिले संसदीय व्यवस्था ओझेलमा परेको छ। प्रतिनिधिसभा र राष्ट्रिय सभा नामक दुई सदनका अधिवेशन नै राम्रोसँग सञ्चालन नहुनुले संसद्ले गर्नुपर्ने महत्वपूर्ण काम गर्न सकेको छैन। जसबाट मुलुकलाई यथास्थितिमा राख्ने काम गरेको कांग्रेस नेताहरू बताउँछन्। सत्ता नेतृत्व गरेका पात्रको प्रवृत्ति अनेक हुन्छ तर त्यसलाई ‘साइज’मा ल्याएर सन्तुलित बनाउने काम संसदीय प्रणालीमा संसद्ले गर्नुपर्छ भन्ने मान्यता संसदीय व्यवस्थामा हुने विश्लेषकको टिप्पणी छ। संसद् नभएको बेलामा मुलुकको हितका लागि गर्नुपर्ने महत्वपूर्ण काम अध्यादेश ल्याएर गर्नुपर्ने हुन्छ। तर अध्यादेश ल्याउने नाममा विकृतिको सुरुआत भइरहेको सरकारी स्रोत बताउँछ। संसद्लाई छल्ने, भंग गर्ने, बिजनेस नदिने प्रवृत्तिले मुलुकले सही दिशा लिन नसक्ने देखिन्छ। संविधानतः राज्यको सबैभन्दा महत्वपूर्ण निकाय व्यवस्थापिका...
नेता मल्लको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

नेता मल्लको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

राजनीति
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका ज्येष्ठ राजनीतिज्ञसभाका सदस्य, महासमिति सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य भागवतप्रकाश मल्लका पिता गजिन्द्रप्रकाशको निधनप्रति दुःख गर्नुभएको छ । सभापति देउवाले आज शोक वक्तव्यर्फत उहाँको मंगलबार निधनको खबरले आफूलाई मर्माहत बनाएको उल्लेख गर्दै उहाँको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । मल्ल जिल्ला विकास समिति स्याङ्जाका पूर्वसदस्यसमेत हुनुहुन्थ्यो । मल्लले कांग्रेसको सङ्गठन निर्माण र नेपालका लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउनुभएको उल्लेख गर्दै सभापति देउवाले उहाँको निधनबाट पार्टीले अग्रज अनुभवी व्यक्तित्वलाई गुमाएको बताउनुभएको छ । सामाजिक र विकास निर्माणका क्षेत्रमा समेत मल्लको सक्रिय योगदान थियो । ...