आईपीएल टी-ट्वान्टी क्रिकेटमा पन्जाबमाथि राजस्थानको रोमान्चक जित
असोज १२ काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कीर्तिमानी जित निकालेको छ ।
आइतबार राति यूएईको सारजहा मैदानमा भएको खेलमा राजस्थान रोयल्सले उत्कृष्ट खेल्दै लगातार दोस्रो जित निकालेको हो । उसले किङ्स इलाभेन पन्जाबलाई ४ विकेटले पराजित गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले दिएको २ सय २४ रनको फराकिलो लक्ष्य राजस्थानले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
आईपीएलको इतिहासमा कुनै पनि टोलीले लक्ष्य पूरा गरेको यो सर्वाधिक योगफल हो । राजस्थानको जितमा सन्जु सामसन, कप्तान स्टिभ स्मिथ, राहुल टेवटियाले अर्धशतकीय पारी खेले । सामसनले ८५ रन, टेवटियाले ५३ रन र स्मिथले ५० रन जोडे । टेवटियाले ३१ बलमा ७ छक्का प्रहार गरे ।
उनले १८ औं ओभरमा पन्जाबका कोट्रेलको बलमा एकै ओभरमा ५ छक्का प्रहार गरेका थिए । यस्तै जोफ्रा आर्चर १३ रनमा अविजित रहे । पन्जाबका मोहमद शामीले...









