आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् सदस्यमा नेपाल पुनः निर्वाचित

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद् सदस्यमा नेपाल पुनः निर्वाचित

अन्तराष्ट्रिय
असोज २८ काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा आगामी कार्यकाल (सन् २०२१–२०२३) का लागि पुनः निर्वाचित भएको छ । नेपाली समय अनुसार गए राति भएको निर्वाचनमा नेपाल निर्वाचित भएको हो । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र सचिव भरतराज पौड्यालले ट्वीटरमा नेपाल निर्वाचित भएको सार्वजनिक गरेका छन् । नेपालले १५० भोट पाएको छ । नेपाल अहिले पनि मानवअधिकार परिषद्को सदस्य छ । नेपालसहित एशिया प्रशान्त क्षेत्रबाट नेपाल र थप तीन देश (चीन, पाकिस्तान र उज्वेकिस्तान) निर्वाचित भएका छन् । जम्मा ४७ सदस्य रहेको परिषदमा यस पटक १५ सिटका लागि निर्वाचन भएको हो । यसपटक निर्वाचित अन्य देशहरूमा अफ्रिकाबाट आइभोरी कोष्ट, गाबोन, मालबी र सेनेगल, पूर्वी युरोपबाट रूस र युक्रेन, ल्याटिन अमेरिकाबाट बोलिभिया, क्युबा र मेक्सिको, पश्चिम युरोपबाट फ्रान्य र बेलायत छन् । पाँच क्षेत्रीय समूहम...
जर्मनी स्विट्जरल्याण्डसँग बराबरीमा रोकियो

जर्मनी स्विट्जरल्याण्डसँग बराबरीमा रोकियो

अन्तराष्ट्रिय, खेलकुद
असोज २८ काठमाडौं । नेसन्स लिग फुटबलमा जर्मनी स्विट्जरल्याण्डसंग बराबरीमा रोकिएको छ ।मंगलबार राति जर्मनीले स्विट्जरल्याण्डसँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । टिमो वार्नर र काइ हाभर्ट्जले जर्मनीका लागि बराबरी भएको खेलमा गोल गरेका थिए । चेल्सीका दुवै खेलाडीले घरेलु टोलीलाई बराबरीमा ल्याउन गोल गरेका थिए । जर्मन क्लब बायर्न म्युनिखका सर्ज ग्याब्रीले जर्मनीका लागि एक गोल थपे । खेलमा दुई पटक अग्रता लिए पनि अन्तिममा १० खेलाडीमा सीमित बनेको स्विट्जरल्याण्डले अंक बाँड्न बाध्य भयो ।स्विट्जरल्याण्डका गभरानोविचले दुई तथा फ्रियूलरले एक गोल गरे पनि टोलीलाई जित दिलाउन सकेनन् । तालिकाको पुछारमा रहेको स्विस टोलीको मात्र २ अंक छ । जर्मनी दोस्रो स्थानमा छ । एजेन्सी ...
बिहारको चुनावमा नेपालको नजर

बिहारको चुनावमा नेपालको नजर

अन्तराष्ट्रिय
असोज २८ काठमाडौं । भारतको बिहार राज्यमा चाँडै नै विधानसभाको निर्वाचन हुँदैछ । यस राज्यमा हुने निर्वाचनमा नेपालको पनि मुख्य भुमिका रहने गर्दछ । त्यसकारण बिहार विधानसभा चुनावमा नेपालको विशेष चासो छ । देश फरक छ, तर राजनीतिक समानताले नेपालीहरुलाई पनि यसमा विशेष ध्यान दिन्छ । नेपाल र बिहारका मानिसहरुका एक आपसमा सम्बन्ध गाँसिएका व्यक्तिहरु धेरै छन् । वैवाहिक सम्बन्धहरू पनि छन्, तर राजनीतिमा चासोको कारण केहि फरक स्वार्थ रहेको छ । विज्ञहरूका अनुसार बिहारको राजनीतिले नेपालसँगको व्यापार सम्बन्धमा प्रभाव पार्छ । त्यसैले नेपालको व्यापारी वर्गले बिहार चुनावमा नजर राख्छन् । बिहार र नेपाल बिचमा बेटी–रोटीको सम्बन्ध रहेको कुरा सबैलाई जानकारी छ । उसो त नेपाल–भारतबीच नै रोटीबेटीको सम्बन्ध रहेको कुरा सधै चर्चामा रहने गर्दछ । यसका पछाडि बिहार, उत्तरप्रदेशलगायत राज्यहरुको ठुलो भुमिका रहेको छ । नेपाल–बिहा...
दुई वर्षमा पहिलोपटक पराजित भयो स्पेन

दुई वर्षमा पहिलोपटक पराजित भयो स्पेन

अन्तराष्ट्रिय, खेलकुद
असोज २८ काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा स्पेनको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।तीन खेलसम्म अपराजित रहेको स्पेन चौथो खेलमा १–० ले पराजित भयो ।स्पेनलाई स्तब्ध बनाउन घरेलु टोलीका भिक्टोर टिसीगान्कोभले ७६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो जितसँगै युक्रेनले गत महिना भोगेको हारको बदला लिएको छ । अघिल्लो महिना युक्रेन स्पेनसँग ४–० ले पराजित भएको थियो ।किभमा २० हजार समर्थकमाझ मंगलबार राति खेलिएको खेलमा स्पेनले घरेलु टोलीलाई दवावमा राखे पनि रक्षापङ्ति तोडन सकेन । युक्रेनसँग हारे पनि स्पेन लिग ‘ए’ ४ को शीर्षस्थानमा यथावत रहेको छ । स्पेनको ४ खेलमा २ जित, एक बराबरी र एक हारसहित ७ अंक रहेको छ ।समान खेलबाटै जर्मनी र युक्रेनको समान ६ अंक छ । गोल अन्तरका आधारमा जर्मनी दोस्रो तथा युक्रेन तेस्रो स्थानमा रहेको छ । स्वीट्जरल्यान्ड २ अंकसहित पुछारमा छ । एजेन्सी ...
चेन्नईको तेस्रो जित;आइपीएल

चेन्नईको तेस्रो जित;आइपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज २८ काठमाडौं । सनराइजर्स हैदराबादलाई २० रनले हराउँदै साविक उपविजेता चेन्नई सुपर किङ्सले आईपीएल टी-ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।दुबईमा मंगलबार राति भएको खेलमा सनराइजर्स हैदराबाद १४७ रनमा समेटियो । चेन्नईले दिएको १६८ रनको विजयी लक्ष्य  पच्छ्याएको हैदराबाद पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १४७ रनमा समेटिएसँगै चेन्नईले खेल २० रनले जितेको हो । हैदराबादका लागि केन विलियम्सनले ५७ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् ।यस्तै जोनी बेयरस्टोले २३ रन जोड्दा प्रियम गार्गले १६ तथा विजय शंकरले १२ रन बनाए । राशिद खान १४ रनमा आउट भए । चेन्नईका कर्न शर्मा र ड्रायन ब्राभोले २/२ विकेट लिए । यस्तै साम करन, सार्दुल ठाकुर र रबिन्द्र जडेजाले एक/एक विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । एजेन्सी चे...
आज पृथ्वीबाट मंगलग्रह सबैभन्दा ठूलो देखिँदै

आज पृथ्वीबाट मंगलग्रह सबैभन्दा ठूलो देखिँदै

अन्तराष्ट्रिय
असोज २७ काठमाडौं । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाका अनुसार मंगलबार मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो देखिँदै छ । मंगलबार राति राती मंगल ग्रह, पृथ्वी र सूर्यको सिधा रहने हुँदा ठूलो देखिने नासाले जनाएको छ । नासाको जानकारी अनुसार १३ अर्थात् अर्थात् आज मंगल ग्रह पृथ्वीबाट सबैभन्दा ठूलो र चम्किलो रङको देखिनेछ । वास्तवमा यो एक यस्तो दुर्लभ खगोलीय घटना हो जसमा मंगल ग्रह, पृथ्वी र सूर्य एउटै रेखामा हुनेछन् । यसको अर्थ यो हो कि तीनै ग्रह १८० डिग्रीमा हुनेछन् । यो घटनालाई खगोलशास्त्रीको भाषामा मंगल ग्रहको ‘अपोजिशन’ भनिन्छ । मंगलबार राती नजिक देखिने पृथ्वी र मंगल ग्रह अब सन् २०२२ को डिसेम्बर अघि नजिक देखिने छैनन् । अपोजिशनको खगोलीय घटना आज राती हुने भएपनि गएको मंगलबार ६ अक्टोबरमा नै मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक आएको थियो । ...
पोर्चुगलका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमित

पोर्चुगलका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमित

अन्तराष्ट्रिय, खेलकुद
असोज २७ काठमाडौं ।पोर्चुगलका स्टार फूटबलर क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमित भएका छन् । मंगलवार उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । अब उनी १४ दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने भएको छ । उनी अब स्विडेन्सविद्धको नेशन्स लीगबाट बहिर हुने भएका छन् । पोर्चुगली फूटबल महासंघले मंगलवार एक आधिकारिक बयानमा यसको जानकारी दिएको हो । ...
दुई देशका लागि भारतीय राजदुत नियुक्त

दुई देशका लागि भारतीय राजदुत नियुक्त

अन्तराष्ट्रिय
असोज २७ काठमाडौं ।भारतले दुई देशका लागि भारतीय राजदूत नियुक्त गरेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार इन्डोनेसिया र अल्बानियाका लागि राजदूत नियुक्त गरिएको हो । भारतको परराष्ट्र सेवाको १९८८ को समूहबाट परराष्ट्र सेवामा प्रवेश गर्नुभएका मनोज कुमार भारतीलाई इन्डोनेसियाका लागि राजदूत नियुक्त गरिएको हो । विदेश मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा मन्त्रालयको विषेश सचिवका रुपमा काम गर्नुभएका भारतीलाई इन्डोनेसियाको नयाँ राजदूतको रूपमा नियुक्त गरिएको उल्लेख छ । त्यसैगरी राहुल श्रीवास्तवलाई अल्वानियाको राजदूतमा नियुक्त गरिएको मन्त्रालयले जानकारी दिएको छ । उहाँ पनि परराष्ट्र सेवाकै सन् १९९९ को समूहको कर्मचारी हुनुहुन्छ । उहाँले अहिले रोमानियाका लागि भारतीय राजदूतको रुपमा काम गरिरहनुभएको मन्त्रालयले जनाएको छ । उहाँहरु दुवै जनाले चाँडै नै आफ्नो कार्यभार सम्हाल्नुहुने पनि विज्ञप्...
ब्रिटिस एयरवेजका प्रमुख कार्यकारी अधिकृतद्वारा राजीनामा

ब्रिटिस एयरवेजका प्रमुख कार्यकारी अधिकृतद्वारा राजीनामा

अन्तराष्ट्रिय
असोज २६ काठमाडौं । कोरोना भाइरसका कारण संकटमा परेको बेलायती राष्ट्रिय ध्वजाबाहक विमान सेवा ब्रिटिस एयरवेजका प्रमुख कार्यकारी अधिकृत अलेक्स क्रुजले राजीनामा दिएका छन् ।कम्पनीले सोमबार जारी गरेको विज्ञप्तिमा क्रुजले तत्काल लागू हुने गरी राजीनामा दिएको जनाएको छ । तर, राजीनामा दिनुको खास कारण खोलिएको छैन । साढे चार वर्षदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रुपमा रहेका क्रुजको स्थानमा अब सिन डोयलले जिम्मेवारी लिनेछन् ।पछिल्ला दिनहरुमा कोरोनाभाइरसका कारण ब्रिटिस एयरवेजले पर्याप्त उडान भर्न नसकेको तथा यात्रुको संख्यामा व्यापक कमी आएको जनाएको छ । ब्रिटिस एयरवेजको मातृसंस्था आइएजीमा पनि फेरबदल गरिएको छ । आइएजीमा नयाँ नियुक्त भएका प्रमुख कार्यकारी लुइस ग्यालेगोले कोरोनाभाइरसका कारण उत्पन्न संकट सामना गर्न आफूहरु सक्षम हुने विश्वास व्यक्त गरे । उनले क्रुजको कार्यकालमा ब्रिटिस एयरवेजले निकै प...
बैँगलोरको पाँचौँ जित;आईपीएल

बैँगलोरको पाँचौँ जित;आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज २६ काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोरले यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा पाँचौ जित निकालेको छ ।सारजाहमा सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गर्दै बैंगलोरले पाँचौँ जित निकालेको हो । सारजाह क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो ।कोलकाताका लागि सुबमान गिलले सर्वाधिक ३४ रन बनाए । यस्तै राहुल त्रिपाठी र आन्द्रे रसेलले १६/१६ रन बनाए । कोलकाताका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बैंगलोरका वासिङ्गटन सुन्दर र क्रिस मोरिसले २/२ विकेट लिए । यस्तै मोहमद सिराज, नाभ्दिप शैनी र इसुरु उडाना र युजभेन्द्र चाहलले एक/एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा २ विकेट गुमाएर १ सय ९४ रन बनाएको थियो । बैंगलोरका लागि एबी डी भि...