शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

स्वास्थ्य

आइसोलेसनमा २ वर्षीया बालिकाको मृत्यु, कोरोना परीक्षण गर्न स्वाब संकलन

आइसोलेसनमा २ वर्षीया बालिकाको मृत्यु, कोरोना परीक्षण गर्न स्वाब संकलन

समाचार, स्वास्थ्य
जिल्ला अस्पताल बाजुराको आइसोलेसनमा २ वर्षीया बालिकाको मृत्यु भएको छ । भारतबाट नेपाल आएकी उनलाई स्वास्थ्यमा समस्या आएपछि बाजुराको जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा शनिबार राति करिब २ बजे उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रुपचन्द्र बिकले बताए । ‘कैलालीका गौरिफन्टा नाकाबाट उनीहरु ८ दिन पहिले आएका थिए,’ उनले भने, ‘गाउँको क्वारेन्टाइनमा ४ दिन बसेर समस्या आएपछि उनलाई अस्पताल ल्याइएको हो ।’ १५ गते बालिकालाई अस्पताल भर्ना गरिएको उनले बताए । भारतमा आउँदादेखि नै बालिकालाई ज्वारो आउने, बान्ता हुने गरेको उनले बताए । बुडिगंगा १ को धुरालचैनमा क्वारेन्टाइनमा रहँदा सामान्य औषधि गर्दा पनि उनलाई निको नभएपछि अस्पताल ल्याइएको थियो । अस्पताल ल्याइ पुराउँदा बालिकामा कडा निमोनिया रहेको उनले बताए । ‘सुधार भएको थिएन । स्वास फेर्न कठिन थियो मुटुको चाल बढेको थियो,’ उनले...
सुत्नेवेलामा निन्द्रा परेन ? अपनाउनुहोस यि उपाय

सुत्नेवेलामा निन्द्रा परेन ? अपनाउनुहोस यि उपाय

शिक्षा, समाचार, स्वास्थ्य
गहिरो निद्राका लागि पहिलो सर्त हो, मनमा शान्ति । मनलाई कसरी शान्त तुल्याउने त रु मन त चञ्चल छ । मन भोको छ, मन लोभी छ, मन इष्र्यालु छ । पर्याप्त धन दौलतले, सुख सुविधाले मन शान्त हुँदैन । मनलाई शान्त तुल्याउने भनेको आफुले आफैसँग चित्त बुझाउने हो । यसको सरल विधी चाहि योग, प्राणायाम, ध्यान हो । ध्यान विधीबाट हामी मनलाई शान्त तुल्याउन सक्छौं । आध्यात्मिक चेतले पनि मनलाई वशमा राख्न सकिन्छ । मनमा सकारात्मक भाव पैदा हुनुपर्छ । सकारात्मक, कृतज्ञ र प्रफुल्ल भएपछि मन स्थिर हुन्छ । मन स्थिर भएपछि हामी गहिरो निद्रामा पुग्न सक्छौं । यसैगरी समुचित श्रम पनि आवश्यक छ । हामी निस्क्रिय बस्छौं वा ऐश आरममा मात्र रुची राख्छौं भने पनि हामीलाई गहिरो निद्रा लाग्दैन । शरीर भनेकै समूचित श्रम गर्नका लागि हो । जब हामी श्रम गर्छौं, शरीरले विश्रामको खोजी गर्छ । त्यही बेला हामी गहिरो निद्रा पाउन सक्छौं । खानपान...
बाँके जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी

बाँके जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी

समाचार, समाज, स्वास्थ्य
जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सरुवा भएर आएकै दिन जिल्ला सुरक्षा समितिको बैठकबाट बुधबार रातिदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । सुरक्षा समितिले बुधबार राति १० बजेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३० र संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लामा निषेधाज्ञा जारी गरेको प्रजिअ कुरुम्वाङद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । कोरोना भाइरसको संक्रमणबाट जिल्लामा हालसम्म एक जनाको ज्यान जानाका साथै १७० जना संक्रमित भएका छन् । संक्रमणको विस्तार रोक्न तथा सचेतनामूलक र प्रवद्र्धनात्मक कार्य गर्न जरुरी रहेको जनाउँदै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कुरुङ्वाङद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । निषेधाज्ञामा जिल्लामा अत्यावश्यक से...
प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
वीरगञ्ज । प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजेटिभ आएको छ । ...
कोरोना फेरी फैलिने त्रासपछि ऊहानमा गरियो ६७ लाखमा कोरोना परीक्षण

कोरोना फेरी फैलिने त्रासपछि ऊहानमा गरियो ६७ लाखमा कोरोना परीक्षण

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
कोरोना भाइरसको सुरुवाती केन्द्र मानिएको उहान शहरमा फेरि कोरोना फैलिनसक्ने भय निवारणका लागि पछिल्लो १२ दिनमा झन्डै ६७ लाख जनतामा कोरोना परीक्षण गरिएकोसमाचारमा जनाइएको छ । स्थानीय स्वास्थ आयोगका अधिकारीहरुले जारी गरेको तथ्याङ्कमा ६६ लाख ८० हजारभन्दा धेरै जनतामा कोरोना परीक्षण गरिसकिएको उल्लेख छ । दोस्रो लहर आउनसक्ने चिन्ता बढेपछि हुवेई प्रान्तमा चीन सरकारले सामूहिक परीक्षणलाई तिव्रता दिएको हो । ब्लुम्वर्ग न्युजले मंगलबार गरेको विश्लेषणअनुसार यसरी परीक्षण गरिएकामध्ये २ सय ६ जनालाई लक्षण बिनाका संक्रमितको सूचीमा राखिएको छ । उहानमा १२ मेइदेखि नै कुनै हालतमा सम्पूर्ण १ करोड १० लाख जनसंख्यामा परीक्षण गर्ने काम सुरु भएको थियो, ७६ दिन लामो लकडाउन खुला गरेपछि फेरि नयाँ संक्रमित भेटिएका कारण दोस्रो लहर रोक्न यस्तो उपाय लगाइएको हो । गत सातामात्रै चीनको राष्ट्रिय स्वास्थ नियोगले कोरोना...
टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण पछि टोखा क्षेत्र सिल

टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण पछि टोखा क्षेत्र सिल

समाचार, स्वास्थ्य
टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ सङ्क्रमितमध्ये टोखा नगरपालिकाका दुई रहेका छन् । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका वडा नं ३ टोखा बजार जाने उकालो नजिक र वडा नं ६ को धनेश्वरबाट ढलमलटार जाने बाटोमा भाडामा बस्ने दुई पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका दुई व्यक्तिमा कोरोना सङ्क्रमित देखिएसँगै उक्त क्षेत्रलाई सिल गरिएको जानकारी दिए । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै टोखा नगरपालिकाले आरडिटी र पिसीआर परिक्षणलाई तीव्रता दिएको थियो । टोखाले हालसम्म ८०० भन्दा बढी व्यक्तिको आरडिटी गर्दा १३ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाई पिसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको ...
भारत कोरोना भाइरसबाट सर्वाधिक प्रभावित १० औं मुलुक

भारत कोरोना भाइरसबाट सर्वाधिक प्रभावित १० औं मुलुक

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
भारत कोरोना भाइरसबाट सर्वाधिक प्रभावित १० औं मुलुक बनेको छ। आइतबार इरानलाई पछाडी पार्दै संक्रमित संख्याको आधारमा भारत विश्वको १० औं सर्वाधिक कोरोना संक्रमित भएको मुलुक बनेको हो। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार भारतमा संक्रमित संख्या १ लाख ३८ हजार ५ सय ३६ पुगेको छ भने सोका कारण ज्यान गुमाउनेको संख्या ४ हजार २४ पुगेको छ। पछिल्लो १३ दिनको अवधिमा मात्र संक्रमित संख्या दोब्बर भएको छ। आइतबार मात्र त्यहाँ ६ हजार ६ सय ३४ नयाँ संक्रमित फेला परेका छन्। पछिल्ला १० हजार संक्रमित दुई दिनको अवधि थपिएका हुन्। भारतमा पहिलो १० हजार संक्रमित ४३ दिनको अवधिमा भेटिएका थिए। भारतमा पछिल्लो ५ दिनमा औसतमा ६ हजार १ सय २ का दरमा संक्रमित थपिदैं आएका छन्। आइतबार मात्रै राजधानी दिल्लीमा थप ५ सय ८ नयाँ संक्रमित पुष्टि भए। योसँगै राजधानी दिल्लीमा कुल संक्रमित संख्या १३ हजार ...
आज थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ६ सय ७५ पुग्यो

आज थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ६ सय ७५ पुग्यो

समाचार, स्वास्थ्य
काठमाडौं । आज थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना संक्रमण पुष्टि पछि ,नयाँबानेश्वरका तीन घर सिल

कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना संक्रमण पुष्टि पछि ,नयाँबानेश्वरका तीन घर सिल

समाचार, स्वास्थ्य
काठमाडौं । कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौं महानगरपालिका–१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ । प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन घर सिल गरी ट्रेसिङ भइरहेको वडा सदस्य नरोज अर्यालले राससलाई जानकारी दिए । ट्रेसिङ गरिएकाको एक हप्तापछि मात्र स्वाब सङ्कलन गरिने भएको छ । ट्रेसिङ गर्न, स्वाब संकलन गरी परीक्षणपछि प्रतिवेदन आउन हप्तौँ लाग्ने भएपछि वडावासीले लामो समय त्रासमा बिताउनुपरेको उनले बताए । संक्रमितको सम्पर्कमा आएका मानिसमा कम्तीमा सात दिनपछि मात्र लक्षण देखिने भएकाले समय लिएर स्वाब संकलन गर्ने गरिएको जनाइएको छ । कोरोनाको संक्रमणबाट बच्न जारी बन्दाबन्दीका बेला वडाले अत्यावश्यक सेवाका ढल, खानेपानी लगायत समस्या समाधानलाई निरन्तरता दिएको वडा कार्यालयले जनाएको छ । ...
कपिलवस्तुका दुई पत्रकार सहित कोरोना संक्रमण संक्रमितको संख्या ६९ जना पुग्यो

कपिलवस्तुका दुई पत्रकार सहित कोरोना संक्रमण संक्रमितको संख्या ६९ जना पुग्यो

समाचार, समाज, स्वास्थ्य
बुटवल । कपिलवस्तुमा शुक्रबार संक्रमण पुष्टि भएका ९ जनामध्ये दुई जना पत्रकार रहेको खुलेको छ । दुईजना मध्ये एकजना कपिलबस्तु नगरपालिका वडा नं. ३ तौलिहवाका २९ वर्षका र अर्का वाणगंगा नगरपालिका वडा नं. ८ का २४ वर्षका पुरुष हुन् । एकजना पत्रकार महासंघ कपिलवस्तुका कार्यसमिति सदस्य समेत हुन् । उनले स्थानीयस्तरबाट एक अनलाइन सञ्चार माध्यम सञ्चालन गर्दै आएका थिए । एकजना बाणगंगा नगरपालिका चार नम्बरस्थित बुद्ध आवाज टेलिभिजनका सञ्चारकर्मी हुन् । दुबै पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरु उनीहरुको सम्पर्कमा पुगिसकेका छ । यो संगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ६९ जना पुगेको छ । ...