बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

स्वास्थ्य

ललितपुरको झडप शान्त पार्न खटिएका प्रहरी निरिक्षक सहित १८ जना कोरोना संक्रमित

ललितपुरको झडप शान्त पार्न खटिएका प्रहरी निरिक्षक सहित १८ जना कोरोना संक्रमित

समाचार, स्वास्थ्य
भदाै १९ काठमाडौं। रातो मछिन्द्रनाथको रथ तान्नेक्रममा बिहीबार ललितपुरको पुल्चोक क्षेत्रमा भएको झडप शान्त गर्न खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण् भएको पुष्टि भएको छ।स्रोतका अनुसार त्यहाँ खटिएका कमाण्डर प्रहरी निरीक्षकसहित १८ जना प्रहरीमा कोरोना देखिएको हो। उनीहरु सबैलाई शुक्रबार आइसोलेशनमा पठाइएको स्रोतले जनाएको छ। बिहीबार रातो मछिन्द्रनाथको रथ तान्न प्रशासनले रोक लगाए पनि स्थानीयले हुल्दंगा गरेका थिए। प्रहरीले रोक्न खोज्दा झडपसमेत भएको थियो। झडपमा ४ प्रहरी, ७ सशस्त्र प्रहरी, ४ जना पत्रकार र एकजना बटुवा घाइते भएका थिए।एकजना ट्राफिक प्रहरीमाथिसमेत निर्मम कुटपिट भएको थियो। बिहीबार झडप भएपछि शुक्रबार कर्फ्यू लगाइएको छ। ...
बुढानीलकण्ठ नगरपालिकामा ११ जना कोरोना संक्रमित थपिए

बुढानीलकण्ठ नगरपालिकामा ११ जना कोरोना संक्रमित थपिए

समाचार, स्वास्थ्य
भाद्र १९ काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा  ११ जना कोरोना संक्रमित थपिएका छन। भाद्र १९ गते शुक्रवार बुढानिलकण्ठ नगरपालिकाका संक्रमितहरुमा  वडा नं ३ नारायणस्थानका  ६५ वर्षिया एक पुरुष, निलोपुलका ४० वर्षिया एक महिला रहेका छन भने वडा नं ४ ज्ञानभूमि विद्यालय नजिकैका ३५ वर्षिया एक पुरुष र एक महिला, ७ वर्षिया एक पुरुष, २४ वर्षिया एक महिला रहेका छन। त्यस्तै   वडा नं ५  विष्णुमतिका  ३४ र ३२ वर्षिया  महिला , वडा नं ६ हात्तिगौँडाका  ३६ वर्षिया एक पुरुष ,वडा नं ८ भंगालका  ३४ वर्षिया एक पुरुष र वडा नं १३ कौडोलबाट ५० वर्षिया एक पुरुषमा संक्रमण देखिएको छ। ...
थप १३ सय ५९ जनामा कोरोना पुष्टि

थप १३ सय ५९ जनामा कोरोना पुष्टि

समाचार, स्वास्थ्य
भदाै १९ काठमाडौं । शुक्रबार उपत्यकामा अ४५४ सहित देशभर एक हजार ३५९ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमार्फत कोरोनाका एक हजार ३५९ संक्रमित थपिएको जानकारी दिए। प्रवक्ता डा. गौतमका अनुसार काठमाडौं जिल्लामा ३८६ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा ३२ जना गरी काठमाडौं उपत्यकामा थप ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालभर कोरोनाबाट संक्रमित हुनेको संख्या ४४ हजार २३६ पुगेको छ। हालसम्म २५ हजार ५६१ जना डिस्चार्ज भएका छन् भने गत २४ घण्टामा १३ सय ५४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४०४ रहेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनको संख्या २७१ पुगेको छ। गत ...
अमेरिकाले तयार पार्यो कोरोनाविरुद्धको भ्याक्सिन

अमेरिकाले तयार पार्यो कोरोनाविरुद्धको भ्याक्सिन

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
भदाै १९ काठमाडौं। कोरोना कहरको चर्को महामारी खेपी रहेको अमेरिकाले पनि कोरोना विरुद्धको भ्याक्सिन तयार पारेको छ । अमेरिकाको संघीय सरकारले नोभेम्बर १ देखि कोरोनाविरुद्धको खोप लगाइने हुनाले सबै राज्यलाई खोपका लागि तयार रहन अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक रोबर्ट रेडफिल्डले निर्देशन दिएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक रोबर्ट रेडफिल्डले निर्देशन दिँदै नोभेम्बर १, २०२० सम्म यी खोप केन्द्रहरुलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन भनेका छन् ।अमेरिकाको केन्द्रिय सरकारले भ्याक्सिन विकास र निर्माणका लागि मेरिल्यान्डको गिथर्सबर्गस्थित नोभाभ्याक्स कम्पनीलाई १।६ अर्ब डलर सहयोग गरेर जतिसक्दो छिटो भ्याक्सिन निर्माण गर्न भनेको थियो । अन्तराष्ट्रिय समाचार एजेन्सीका अनुसार यो खोप तीन साताभित्र दुई डोजका रुपमा दिइनेछ। ...
बालबालिकालाई कोरोना  लागे देखिन्छन् यि ३ संकेत

बालबालिकालाई कोरोना लागे देखिन्छन् यि ३ संकेत

समाचार, स्वास्थ्य
भदाै १९ काठमाडौँ । बालबालिकालाई कोरोना लागेको कसरी थाहा पाउने ? घरमा नै सुरक्षित तरिकाले बसेका बालबालिकालाई लगातार पेट दुखे, झाडापखाला लागे वा बान्ता भए उनीहरुमा कोरोनाको सङ्क्रमण भएको हुन सक्ने एक अध्ययनले देखाएको छ । बेलायतले गरेको एक अनुसन्धानले बालबालिकाको पेट दुखे, झाडापखाला लागे वा बान्ता भए उनीहरुमा कोरोनाको सङ्क्रमण भएको हुन सक्ने निश्कर्ष निकालेको छ । क्विन्स युनिभर्सिटी बेलफास्टको टोलीले गरेको अनुसन्धानमा बालबालिकालाई पेट दुखेमा त्यो कारोना भाइरसको लक्षण भएको हुन सक्ने जनाएको हो । झण्डै एक हजार बालबालिकामा गरिएको अनुसन्धानपछि वैज्ञानिकले बालबालिकाका बारेमा यस्तो रोचक तथ्य बाहिर ल्याएका हुन् । अध्ययनमा समावेश १ हजार बालबालिकामध्ये ९ सय ९२ बालबालिकामध्ये ६८ जनामा एन्टीबडी पाइएको थियो । त्यसमध्ये १३ जनालाई पेट दुखेको, झाडापखाला र बान्ता भएको क्विन्स युनिभर्सिटी बेलफास्टले आफ्...
सात जना प्रहरीसहित गण्डकीमा ४० सङ्क्रमित थपिए

सात जना प्रहरीसहित गण्डकीमा ४० सङ्क्रमित थपिए

समाचार, स्वास्थ्य
भदौ १९ - गण्डकी प्रदेशमा आज ४० जना कोरोना सङ्क्रमति थपिएका छन् । हालसम्म गण्डकीमा सङ्क्रमित दुई हजार ३५२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो । पोखरामा मात्रै १६ कोरोना सङ्क्रमित थपिएका छन् । निर्देशनालयका अनुसार पोखरामा एक महिलासहित १६ जनामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये पोखरा–१५ मा सात जना नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ । त्यसैगरी तनहुँमा दुई, लमजुङमा तीन, स्याङ्जा र बाग्लुङमा एक÷एक तथा नवलपरासीमा १७ जनामा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । ...
विश्वभर कोरोनाबाट ७ हजार स्वास्थ्यकर्मीको मृत्यु

विश्वभर कोरोनाबाट ७ हजार स्वास्थ्यकर्मीको मृत्यु

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
बेलायत । विश्वभर ७ हजार कोभिड–१९ संक्रमित स्वास्थ्यकर्मीले ज्यान गुमाएको एमनेस्टी इन्टरनेशनलले जनाएको छ । बिहीबारसम्मको तथ्याङ्क विश्लेषणका आधारमा एमनेस्टीले सो संख्यामा स्वास्थ्यकर्मीको ज्यान गएको बताएको हो । सबभन्दा बढी मेक्सिकोमा १ हजार ३२० को ज्यान गएको छ । मेक्सिकोपछि अमेरिकामा सबभन्दा बढी १ हजार ७७ जना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । त्यस्तै ब्राजिलमा ६३४ स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् भने भारतमा ५७३ को ज्यान गएको छ । ‘अरूलाई बचाउने क्रममा ७ हजारभन्दा बढीको ज्यान जानु भनेको अत्यन्तै खतरनाक संकट हो’, एमनेस्टीका अर्थ तथा सामाजिक न्याय विभागका प्रमुख स्टीभ ककबर्नले भने, ‘हरेक स्वास्थ्यकर्मीसँग कार्यस्थलमा बचेर काम गर्ने अधिकार रहन्छ, तर यहाँ धेरैले ठुलो मूल्य चुकाइरहेका छन् ।’ स्वास्थ्यकर्मीको मृत्युदर मेक्सिको, ब्राजिल तथा अमेरिकामा अत्यन्तै भयानक रहेको पनि एमनेस्टीले...
कानून मन्त्रालयका कर्मचारीमा संक्रमण, मन्त्रालयको सबै सेवा बन्द

कानून मन्त्रालयका कर्मचारीमा संक्रमण, मन्त्रालयको सबै सेवा बन्द

समाचार, स्वास्थ्य
भदाै १९– कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । मन्त्रालयमा कार्यरत एक कार्यालय सहयोगी, तीन सशस्त्र प्रहरी तथा एकएक चालक र नेपाल प्रहरीका गरी छ जनामा कोरोना संक्रमण देखिएको हो । सुरक्षाकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालयले अत्यावश्यकबाहेकका सबै सेवा प्रवाह बन्द गरेको छ । आन्तरिक मामिलामन्त्री नरेश भण्डारीले मन्त्रालयका एक कर्मचारी, निवास र मन्त्रालयका पाँच सुरक्षाकर्मीमा संक्रमण देखिएपछि आफू होम आइसोलेशनमा बसेको बताउनुभयो । अब मन्त्रालयका बाँकी कर्मचारीको स्वाब लिएर सामान्यावस्था भएपछि प्रवाह हुने सेवालाई नियमित गरिने उहाँको भनाइ थियो । कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले संक्रमितको कन्ट्याक्टमा रहेका अन्य कर्मचारी तथा सुरक्षाकर्मीको ट्रेसिङ भइरहेको बताउनुभयो । मन्त्रालयका अन्य कर्मचारी पनि आइ...
भाद्र २० गते शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा रक्तदान हुने

भाद्र २० गते शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा रक्तदान हुने

समाचार, स्वास्थ्य
भाद्र १८। प्रत्येक स्वस्थ ब्यक्तिले आफ्नो १८ बर्षको उमेर संगै रक्तदानको शुरुवात गरौ भन्ने मूल नाराको साथमा गोकर्णेश्वर नगरपालिका वडा नं ३ मा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ। कोरोना रोकथाम, व्यवस्थापन तथा असर न्यूनीकरण युवा समूह द्वारा भाद्र २० गते शनिबार गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित देबी बाल सुधार माविको प्राङ्गणमा बिहान ८ बजे देखि आवश्यक सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तवरले  संचालन गर्न लागिएको सो रक्तदान कार्यक्रममा इच्छुक ब्यक्तिहरुले नाम टिपाउन आयोजकले  अनुरोध  गरेको छ । कोरोना महामारीको कारण सरकारले गरेको निषेधाज्ञाको कारण भएको रगतको अभाबलाइ पुरा गर्न केहि भए पनि सहयोग हुने बिश्वासका साथ रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले बताएको छ।   सम्पर्क नं ९८६९५२५०७८, ९८४९०६०४३९ ९८१३८०७०२५ साैज्नय कपन अनलाइन ...
उपत्यकामा थप ४४५ जनामा संक्रमण

उपत्यकामा थप ४४५ जनामा संक्रमण

समाचार, स्वास्थ्य
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४४५ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ३५७, भक्तपुरमा ४२ र ललितपुरमा ४६ जना संक्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा देशभरमा १२ सय २८ जनामा संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४१३ जनाको पीसीआर परीक्षण गर्दा ३९४ जना महिला र ८३४ जना पुरुष गरी १२ सय २८ जनामा संक्रमण देखिको हो । बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भएर ९१७ जना डिस्चार्ज भएका छन् । बिहीबारसम्म डिस्चार्ज हुनेको संख्या २४ हजार ३०७ रहेको छ । ...