शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

स्वास्थ्य

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनको जोखिम बढेको निष्कर्ष

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनको जोखिम बढेको निष्कर्ष

समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनको जोखिम बढेको निष्कर्ष निकालेको छ। छिमेकी देश भारत तथा अन्य युरोपेली देशहरुमा कोभिड–१९ को संक्रमण वृद्धि भएसँगै त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने भन्दै मन्त्रालयले सीसीएमसीलाई बिहीबार ८ बुँदे सुझाव दिएको हो । मन्त्रालयले मन्त्रालयले विशेषगरी तराईका जिल्लाका नेपाल र भारतबीच सीमा नाकाबाट नेपाल प्रवेश गर्ने क्षेत्रमा निगरानी बढाउने र केन्द्रबाट अनुगमन गर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाइ स्वास्थ्य परीक्षणमा थप सक्रियता बढाउने जनाएको छ। त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पूर्वतयारी योजना बनाउन र हाल सञ्चालनमा रहेका सीमानाकालाई कोभिड–१९ को संक्रमणको अवस्था हेरी पुनरावलोकन गर्ने र संक्रमण दर उच्च हुन पुगेमा नाका घटाउनेतर्फ गृह मन्त्रालयले आवश्यक गृहकार्य गर...
कोरोना भाइरसलाई खेलाँची नठानौं सर्तक बनौं

कोरोना भाइरसलाई खेलाँची नठानौं सर्तक बनौं

समाचार, स्वास्थ्य
डा.डीआर उपाध्याय, विगत केही समय अघिदेखि घट्दो रुपमा रहेको कोरोना भाइरस फेरि दोहोरिन लागेको संकेत देखिन्छ । छिमेकी देश भारतमा कोरोना भाइरस बढे सगै नेपालमा खुल्ला सिमानाकाको कारण नेपालमा पनि यसप्रति सबै सचेत र जागरुप रहनु पर्ने देखिन्छ । कोरोनाका कारण देखाई पुन नेपालमा लकडाउन गर्ने खेल सरकारले गर्नु हुँदैन । गत वर्ष गरिएको लकडाउनका कारण नेपाली जनताको जनजीवन अझै सम्म पनि सहज बन्न सकिरहेको छैन । धेरैको व्यापार व्यावसाय अहिले सम्म सोचे बमोजिम सुचारु छैनन् । आम नागरिक लकडाउन भन्ने शव्द देखि नै त्रसित छन् । अब सरकारले यो विषयमा गम्भिरता पूर्वक सोच्नु पर्ने बेला आएको छ । कोरोनाका कारण लकडाउन गर्नु समस्याको समधान होइन भन्न्ने कुरा विगतको परिणामले पुष्टि गरेको छ । नेपाल अरु देशको तुलनामा गरीब भएता पनि कोरोना भाइरस सँग लड्न सक्ने क्षमता भएको कुरा विगतले पुष्टि गरेको छ । नेपाली जनता कुनै पनि दु...
नेपालमा पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा तीन हजार २५४ जनाको पीसीआर परीक्षण गरिएकोमा १०७ जनाको नतिजा पोजेटिभ आएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ६२५ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ६० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या दुई लाख ७१ हजार ६१० पुगेको छ । कोरोनाका कारण पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या तीन हजार १५ पुगेको छ । हाल देशभर एक हजारजना आइसोलेसनमा र ५२ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ...
कोभिडका महामारीले स्वास्थ्य सेवामा परेको प्रभावका कारण दक्षिण एशियामा मात्रै २३९,००० आमा र शिशुको मृत्यु :संयुक्त राष्ट्रसङ्घ

कोभिडका महामारीले स्वास्थ्य सेवामा परेको प्रभावका कारण दक्षिण एशियामा मात्रै २३९,००० आमा र शिशुको मृत्यु :संयुक्त राष्ट्रसङ्घ

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
बीबीसी । कोभिडका महामारीले स्वास्थ्य सेवामा परेको प्रभावका कारण दक्षिण एशियामा मात्रै २३९,००० आमा र शिशुको मृत्यु भएको अनुमान संयुक्त राष्ट्रसङ्घले गरेको छ। सो प्रतिवेदन अफगानिस्तान, नेपाल, बाङ्ग्लादेश, भारत, पाकिस्तान र श्रीलङ्कामा केन्द्रित छ। प्रतिवेदनले यी छ देशमा थप २२८,००० पाँच वर्षमुनिका बालबालिकाको मृत्यु पोषणदेखि खोपसम्मका अत्यावश्यक सेवा रोकिएका कारणले भएको अनुमान गरेको छ। प्रतिवेदनले कोभिडका कारण स्वास्थ्य सेवामा परेको प्रभावले सबैभन्दा ठूलो असर महिला, बालबालिका र किशोरकिशोरीलाई परेको बताएको छ। दक्षिण एशियामा अहिलेसम्म एक करोड ३० लाख मानिसमा कोभिड देखिएको र १८६,००० को मृत्यु भएको छ। डाइरेक्ट एन्ड एनडाइरेक्ट एफेक्ट्स अफ कोभिड(१९ प्यानडेमिक एन्ड रेस्पोन्स इन साउथ एशिया नामक प्रतिवेदनका महामारीमा चालिएको सरकारी रणनीतिले स्वास्थ्य सेवा, शिक्षालगायतका सामाजिक सेवा र अर्थतन्...
सोमबार नेपालमा थप ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सोमबार नेपालमा थप ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
सोमबार नेपालमा थप ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ३१० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ८ सय ९५ रहेको छ । पछिल्लो २४ घण्टामा ७५ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ४०१ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार १४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट शुन्य मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै, हालसम्म ४४ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २२ लाख १८ हजार ७२२ जनाको पीसीआर परीक्षण गरिएको छ । ...
आज थप ६० जनामा कोरोना संक्रमण पुष्टि

आज थप ६० जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा आज थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या दुई लाख ७५ हजार १७८ पुगेको छ । त्यस्तै थप दुई जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा तीन हजार १४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ७२ जना कोरोनामुक्त हुँदा नेपालमा दुई लाख ७१ हजार २४९ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् । हाल ९१५ जना आइशोलेशनमा र ४९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २२ लाख १२ हजार ७९६ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । ...
थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
बुधबार नेपालमा थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ९७३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९ सय ११ रहेको छ । पछिल्लो २४ घण्टामा ६३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ५० पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार १२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट शून्य मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै, हालसम्म ५५ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख ३ हजार ४३८ जनाको पीसीआर परीक्षण गरिएको छ । ...
नेपालमा थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
आइतबार नेपालमा थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ७२१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ८ सय २५ रहेको छ । पछिल्लो २४ घण्टामा ५८ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ८८६ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट शून्य मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै, हालसम्म ५३ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख ९२ हजार ८३६ जनाको पीसीआर परीक्षण गरिएको छ । ...
सरकारले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पुर्‍याउने प्रयास

सरकारले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पुर्‍याउने प्रयास

समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदेयश त्रिपाठीले कोभिड–१९ विरुद्धको खोप सबै जनताको पहुँचमा पुर्‍याउने प्रयास भइरहेको बताएका छन् । मन्त्रालयले आज आयोजना गरेको ‘कोभिड–१९ खोप अभियान’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले सबै जनतालाई खोप उपलब्धता जटिल भए पनि विभिन्न माध्यमबाट खोप खरीद गरी पुर्‍याउने प्रयास भइरहेको बताए । “सबै देशले आफ्ना जनतालाई खोप लगाउँदैछन् । खोपको माग र उत्पादन अवस्था हेर्दा नेपाली सबैलाई खोप पु¥याउने जटिल छ”, उनले भने, “तर हामीले विभिन्न माध्यमबाट खोप ल्याएर सबै जनतालाई पु¥याउने प्रयासमा छौँ ।” सरकारले कूल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप उपलब्ध गराउने लक्ष्य लिएको छ । पहिलो चरणअन्तर्गत १.४ प्रतिशतलाई खोप प्रदान गरेको छ । मन्त्री त्रिपाठीले भारतमा उत्पादन भएको कोभिशिल्ड खोपको ५० लाख मात्रा किन्ने प्रक्रियासमेत शुरु भइसकेको जानकारी दिए। यसअघि सरकारले भारत सरकारको अनुदा...
सरकारले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप  आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने

सरकारले दोस्रो चरणमा कोभिड–१९ विरुद्धको खोप आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने

समाचार, स्वास्थ्य
सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले पहिलो लगाएको खोपको मात्रा लगाएको आठ हप्तापछि  दोस्रो मात्रा लगाउनुपर्ने भएकाले आगामी वैशाख ७ देखि १५ गतेसम्म दोस्रो मात्रा लगाउने तयारी गरिएको बताए ।  माघ र फागुनमा पहिलो मात्रा लगाएको आठ हप्ता पुगेपछि सबैलाई वैशाख ७ गतेदेखि नै खोप लगाउने थालिएको हो । पहिलो चरणको खोप अभियान अन्तर्गत माघ १४ देखि ३० गतेसम्म लगाएका स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गरेका सुरक्षाकर्मी, पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलगायतलाई ‘कोभिशिल्ड’ को दोस्रो मात्रा वैशाख ७ देखि १५ गतेसम्म लगाइने भएको छ ।   पहिलो चरणक...