शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

समाज

बागमीत प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलमा कोरोना संक्रमण पुष्टि

बागमीत प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलमा कोरोना संक्रमण पुष्टि

समाचार, समाज
बिहीबार कोरोना संक्रमण पुष्टि भएको बागमीत प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ। अहिले मुख्यमन्त्री पौडेललाई गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ। मुख्यमन्त्री पौडेलको स्वास्थ्य अवस्था सामान्य भएपनि केही समय अगाडि मुटुको अपरेशन गरेका कारण केही समस्या हुन्छ कि भनेर काठामडौं ल्याइएको बागमती प्रदेशका सञ्चार रजिष्टार रेवती सापकोटाले जानकारी दिए। ‘उहाँको स्वास्थ्य अवस्था सामान्य छ,’ सापकोटाले डिसी नेपालसँग भने, ‘केही समय अगाडि मुटुको पनि अपरेशन गरिएको थियो। सुगर र उच्च रक्तचाप पनि भएकाले होसियारी अपनाइएको हो।’ मुख्यमन्त्री पौडेल, उनका सुरक्षाकर्मी र चालक र भान्सामा काम गर्ने कर्मचारीलाई बिहीबार कोरोना पुष्टि भएको थियो। उनी होम आइसोलेसनमा बसेका थिए। ...
काठमाडौंको दशैं घरमा विधिपूर्वक फूलपाती भित्र्याइएको छ

काठमाडौंको दशैं घरमा विधिपूर्वक फूलपाती भित्र्याइएको छ

समाचार, समाज
शुक्रबार नवरात्रीको सातौं दिन अर्थात फुलपाति । घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याइएको छ । काठमाडौंको दशैं घरमा पनि विधिपूर्वक फूलपाती भित्र्याइएको छ । गोरखाबाट पठाइएको फुलपाती लिन गुरुजुको पल्टन सहितको लावालस्करले जमलमा पुगि डोलामा राखि फूलपाती हनुमान ढोका ल्याएका थिए । फूलपातीमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको पूल, मान वृक्ष र अन्य मौसम अनुसारका फूलहरु समावेस गरिएको हुन्छ । लावालस्कर सहित डोलामा ल्याइएको फूलपातीलाई अपरान्हको साइतमा दशैं घरमा भित्र्याइएको हो । दशैं घरमा भित्र्याउनुपूर्व फूलपातीलाई विधिपूर्वक पूजा अभिषेक गरिएको थियो । नवदुर्गाका विभिन्न स्वरुपसँग गासिएको फूलवृक्षका प्रकारहरुमा उखुमा कालिका, हलेदोमा दुर्गा, केराको बोटमा ब्रम्हायणी, धानको बालामा लक्ष्मी, बेलपत्रमा शिवा, दारिममा रक्तदन्तिका, जयन्तीमा कार...
यस वर्ष प्रधानमन्त्री निवास बालुवाटारमा दशैंको टिकाको कार्यक्रम नहुने

यस वर्ष प्रधानमन्त्री निवास बालुवाटारमा दशैंको टिकाको कार्यक्रम नहुने

समाचार, समाज
यस वर्ष प्रधानमन्त्री निवासमा सार्वजनिक रुपमा दशैंको टिकाको कार्यक्रम नहुने भएको छ । गत वर्षहरुमा बालुवाटारमा प्रधानमन्त्रीले आफ्ना कार्यकर्ता र टिका ग्रहणका लागि आउने सर्वसाधारणलाई टिका लगाइदिने गरेका थिए । तर कोरोना भाइर संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आफूले यस वर्ष बालुवाटारमा टिकाको कार्यक्रम नराख्न निर्देशन दिएको प्रधानमन्त्री ओलीले जानकारी दिए । दशैंको अवसर पारेर देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुरक्षित रुपमा घरमा दशैं मनाउन आग्रह गरेका छन् । ...
नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दारहरुको मनोबललाई उच्च पार्न प्रहरी अध्ययन प्रतिवेदन तयार

नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दारहरुको मनोबललाई उच्च पार्न प्रहरी अध्ययन प्रतिवेदन तयार

समाचार, समाज
 नेपाल प्रहरीमा कार्यरत प्रहरी हवल्दार तथा जवानहरुको खस्कँदो मनोबललाई उच्च पार्न प्रहरी प्रधानकार्यालय एक अध्ययन प्रतिवेदन तयार गरेको छ। वर्तमान अवस्थामा नेपाल प्रहरीमा देखिएको वितृष्णको कारक तत्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरु सम्बन्धी अध्ययन प्रतिवेदन गरिएको हो। सो प्रतिवेदन प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमबीच प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले सार्वजनिक गरे। सो अवसरमा आईजीपी थापाले यस अध्ययन प्रतिवेदनबाट आएका निष्कर्षहरुले आउने दिनमा मातहत कर्मचारीहरुलाई कसरी सम्बोधन गर्ने भन्ने स्पष्ट दिशा प्रदान गरेको बताएका थिए। आन्तरिक व्यवस्थापनले मातहत कर्मचारीहरुको मनोबलमा वृद्धि गर्न सकिने अध्ययन प्रतिवेदनबाट देखिएको बताउँदै आईजीपी थापाले प्रतिवेदनबाट आएका निष्कर्षबाट कार्ययोजना तयार पारी त्यसलाई अवलम्बन गर्नुपर्नेमा जोड दिएका थिए। यस स...
आज दशैँको सातौ दिन घरघरमा फूलपाती भित्र्याई कालरात्रीको पूजा आरधना

आज दशैँको सातौ दिन घरघरमा फूलपाती भित्र्याई कालरात्रीको पूजा आरधना

समाचार, समाज
आज दशैँको सातौ दिन घरघरमा फूलपाती भित्र्याई कालरात्रीको पूजा आरधना गरी मनाइदै छ । घर तथा मन्दिरमा स्थापना गरिएको नवदुर्गा भवानी तथा दशैँघरमा आज विधिपूर्वक फूलपाती भित्र्याउने गरिन्छ । घटस्थापनाको दिन विधि पूर्वक पूजा गरिएको दशैँघरमा आजको दिनलाई शुभसाइत मानेर उखु, केराको बोट, बेलपत्र तथा सुगन्धित फूल भित्र्याउने गरिन्छ । आजको दिन दिनभरी नै शुभसाइत मानिने भएकाले छुट्टै शुभसाइतको आवश्यक नपर्ने ज्योतिषीय मान्यता रहेको छ । काठमाडौंको हनुमान ढोकामा आज दिउँसो फूलपाती भित्र्याइदै छ । गोरखाबाट ल्याइने फूलपाती धादिङको जीवनपुरसम्म ६ जना मगर समुदायले ल्याउने र जीवनपुरदेखि ६ जना ब्राह्मण समुदायले काठमाडौंसम्म ल्याउने परम्परा रहेको छ । ...
गुह्येश्वरी मन्दिरको  अष्टदल र भैरवको मूर्तिमा रहेको  दुई किलोभन्दा बढी सुन अनियमितता

गुह्येश्वरी मन्दिरको अष्टदल र भैरवको मूर्तिमा रहेको दुई किलोभन्दा बढी सुन अनियमितता

समाचार, समाज
गुह्येश्वरी मन्दिरमा १७३.५ तोला सुन अनियमितता भएको तथ्य फेला परेको छ । पशुपति क्षेत्र विकास कोषले गुह्येश्वरी मन्दिर गर्भगृह मर्मत सम्भार गर्ने क्रममा अष्टदल र भैरवको मूर्तिमा रहेको १७३.५ तोला अर्थात् करिब दुई किलोभन्दा बढी सुन अनियमितता भएको भेटिएको हो । अष्टदलको मूर्तिमा साविकमा ३७९ तोला सुन थियो । मर्मत सम्भार गर्ने क्रममा निकालेर जोख्दा २९४ तोलामात्र भेटिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए । अष्टदलमा ८५ तोला सुन अनियमितता भएको भेटिएको छ । यसैगरी भैरवको मूर्तिमा साविकमा ३३४ तोला सुन भएकामा मर्मत सम्भारका क्रममा निकालेर जोख्दा २४५।५ तोलामात्र पाइएको छ । भैरवको मूर्तिबाट ८८।५ तोला सुन गायब भएको छ । “साविकको सुन गायब भएपछि रु दुई करोड ११ लाख खर्च गरी कोषले सुन थपेर अष्टदल र भैरवको मूर्ति पुनःनिर्माण गरेको छ, सुनका दुवै संरचना विसं २०५७ मा निर्माण भएको हो, १...
हालसम्मकै सबैभन्दा ठूलो ढल्केबर सबस्टेशन निर्माण सम्पन्न

हालसम्मकै सबैभन्दा ठूलो ढल्केबर सबस्टेशन निर्माण सम्पन्न

समाचार, समाज
देशकै हालसम्मकै सबैभन्दा ठूलो सबस्टेशनको रुपमा परिचित ढल्केबर सबस्टेशन नो लोडमा चार्ज भएको छ। कूल ४०० केभी क्षमताको सो सबस्टेशन बुधबार साँझदेखि नो लोडमा चार्ज भएको हो। ढल्केबर सबस्टेशन आयोजनाका प्रमुख शुक्र देवकोटाका अनुसार देशकै सबैभन्दा ठूलो पावर हवको काम सम्पन्न भएको छ। उक्त सबस्टेशन नेपालको विद्युत् क्षेत्रका लागि एउटा महत्वपूर्ण कोशेढुङ्गाका रुपमा रहेको छ। नेपालको पहिलो ठूलो र ग्यास इन्सुलेटेड सबस्टेशन निर्माणमा नेपाल विद्युत् प्राधिकरणले सफलता हासिल गरेको छ। नेपाल सरकारको लगानी, प्राधिकरणका इन्जिनीयरको डिजाइन र प्राधिकरणकै स्वामित्वमा रहेको एनइए इन्जिनीयरिङ कम्पनीको परामर्शमा सो आयोजना सम्पन्न भएको छ। प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले देशकै सबैभन्दा ठूलो सबस्टेशन सम्पन्न भएकामा बधाई दिँदै महत्वपूर्ण सफलता हासिल भएको बताएका छन्। प्राधिकरणका अनुसार सो सबस्टेश...
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने

ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने

समाचार, समाज
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वनमा रेडपाण्डा अध्ययन तथा अनुसन्धान केन्द्र बन्ने भएको छ । हिमाली संरक्षण मञ्चको सहजीकरण तथा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा सो केन्द्रको भवन निर्माण हुँदै गरेको मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताए । जैविक विविधता तथा वन्यजन्तुको अध्ययन र अनुसन्धान गर्ने उद्देश्यले निर्माण हुन लागेको केन्द्रको भवनको कूल लागत रु एक करोड ५७ लाख रहेको छ । काठमाडौस्थित एसएनपी निर्माण व्यवसायीले निर्माण गरिरहेको सो भवनको अङ्ग्रेजी अक्षर एल आकारको जग बसेको छ । वातारणमैत्री भवन भएकाले जैविक सामग्री प्रयोग गरिएको छ । निर्माण व्यवसायी संस्था एसएनपीका साइट सुभरभाइजर अमृत भट्टराईका अनुसार यो स्रोत केन्द्र बनाउँदा प्रयोग भएका सबै कच्चा पदार्थ वातावरणमैत्री र स्थानीय उत्पादनका सामग्री छन् । गोवर, खरानी, अण्डाको खोल, शुद्ध तोरीको तेल...
बडा दशैंको छैटौं दिन आज ‘कात्यायनी’ देवीको पूजा

बडा दशैंको छैटौं दिन आज ‘कात्यायनी’ देवीको पूजा

समाचार, समाज
 बडा दशैं अन्तर्गत नवरात्रीको छैटौं दिन आज ‘कात्यायनी’को पूजाआजा गरिँदैछ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गरिन्छ आज देवी दुर्गाका स्वरूपमध्ये अष्टमातृका भगवतीको छैटौं शक्तिका रूपमा प्रादुर्भाव भएकी कात्यायनी भगवतीकोे पूजा हुन लागेको हो । दानवमाथि देवीले विजयप्राप्त गरेको खुसीयालीमा दशैं मनाउने गरिएको धार्मिक किम्वन्ती छ । आजको दिनमा कात्यायिनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख दरिद्रजस्ता संकट नाश हुने धार्मिक विश्वास रहेको पाइन्छ । धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रूपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायिनी रहन गएको कथन देवीभागवत पुराणमा उल्लेख गरिको छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रहृमचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्क...
यो वर्ष दशैंकै लागि भनेर विदा नदिने,नेपाली सेना

यो वर्ष दशैंकै लागि भनेर विदा नदिने,नेपाली सेना

समाचार, समाज
नेपाली सेनाले अत्यावश्यक काम काम बाहेक अन्य प्रयोजनका लागि घर बिदा नदिने नीति लिएको छ। कोरोना माहामारीको जोमिख बढेको भन्दै सेनाले अत्यावश्यक काम बाहेक अन्य प्रयोजनका लागि बिदा नदिने नीति लिएको हो। तर जानै पर्नेलाई भने आफ्नै हेलिकप्टर, जहाज र बसमा घर पुर्‍याइ दिने सेनाले जनाएको छ। कोरोना संक्रमणका कारण सार्वजनिक यातायातमा यात्रा गर्दा जोखिम बढ्नै भन्दै सेनाले आफ्नै साधनमार्फत घर पुर्‍याउने नीति लिएको हो। नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्भव पौडेलले अत्यावश्यक बाहेक अन्य प्रयोजनका लागि विदा नदिने नीति रहेको भन्दै जानै पर्नेलाई भने आफ्नै साधनमार्फत घर पुर्‍याउने व्यवस्था गरिएको जानकारी दिए। ‘यो वर्ष दशैंकै लागि भनेर विदा नदिने भन्ने नीति छ,’ ‘गत वर्षहरुमा २४ प्रतिशतसम्मलाई दशैंमा बिदा दिने गरिएको थियो। यो वर्ष अत्यावश्यक बाहेक अन्य प्रयोजनका लागि बिदा नदिने नीति छ।’ यद...