दहि छ्याप्दै मनाइयो तौथली जात्रा
कात्तिक १६ सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका– ५ स्थित तौथलीमा दही छ्याप्ने जात्रा सम्पन्न भएको छ । विजयादशमीको भोलिपल्ट दशैँ सकिएको सङ्केत गर्दै खड्ग जात्रासँगै त्रिपुरासुन्दरी माईलाई दही चढाएपछि एकआपसमा दही छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ मनाइने जात्रा सम्पन्न भएको हो । कोरोना भाइरस महामारीको संक्रमण बाट बच्न स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई ठाउ ठाउमा स्यानीटाईजर राखिएको थियो भने डोरीले बाटो छेकेर सहभागीलाइ स्वास्थ्य परिक्षण गरेर मात्र प्रवेश दिइएको त्रिपुरासुन्दरी ५ का अध्यक्ष बिष्णु भक्त श्रेष्ठले बताए ।
१३ औं शताब्दीको मल्लकालदेखि शुरु भएको उक्त जात्रा सो स्थानमा बाहेक अन्यत्र कतै नभएको र तौथलीका स्थानीय बताउछन आसपासका गाउँका गाईभैँसीले सधै दूध दिइरहुन् भन्ने विश्वासमा देवीलाई दही चढाउने परम्परा रहँदै आएको छ । दुइ घन्टाको दहि छ्याप्न...









