शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

शिक्षा

असोज १ गतेदेखि सबै सार्वजनिक सवारी चलाउने व्यवसायीको घोषणा

असोज १ गतेदेखि सबै सार्वजनिक सवारी चलाउने व्यवसायीको घोषणा

शिक्षा
भदाै २४ काठमाडौं । कोरोना भाइरसलाई कारण देखाउँदै लामो समयदेखि यातायात सञ्चालन गर्न नदिएको भन्दै व्यवसायीहरुले आगामी असोज १ गतेदेखि यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन् । उनीहरुले सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका हुन् ।सरकारले कोरोना नियन्त्रणका नाममा सार्वजनिक यातायात सञ्चालनमा मात्र निषेध जारी राखेको भन्दै उनीहरुरले यस्तो घोषणा गरेका हुन् । बुधबार यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकमा व्यवसायी र मजदुर संगठनले यातायात खुलाउने अवस्था नबने असोज १ गतेदेखि कुनै पनि हालतमा सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका हुन् । असोज १ गते विश्वकर्मा पूजा रहेको र त्यसदिनदेखि लामो र छोटो दूरीका सार्वजनिक यातायात चलाउने चेतावनी उनीहरुले दिएका हुन् ।नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका भिमज्वाला राईले सार्वजनिक यातायाता चलाउने ब...
टिकटकमा नाचेको भिडियो अपलोड गर्दा तिर्नुपर्‍यो १४ लाख जरिवाना !

टिकटकमा नाचेको भिडियो अपलोड गर्दा तिर्नुपर्‍यो १४ लाख जरिवाना !

शिक्षा
भदाै २४ काठमाडाैं । सामाजिक सञ्जाल टिकटकमा नृत्य गरेको एक भिडियोले ५ जना महिलालाई कठोर सजाय दिलाएको छ ।उनीहरुले टिकटकमा अपलोड गरेको भिडियोका कारण १४ लाख रुपैयाँ जरिवाना र दुई वर्षको जेल सजाय भोग्नुपर्ने भएको हो । यो घटना मिश्रको हो । मिश्रको एक अदालतले उनीलाई यस्तो सजाय सुनाएको हो, जुन भिडियो उनीहरुले टिकटकमार्फत सार्वजनिक गरेका थिए ।१५ सेकेन्ड लामो भिडियोमा नृत्य देख्न सकिन्छ । साथै मेकअप पोज पनि देखाइएको छ । भिडियो भाइरल भएपछि उक्त भिडियोविरुद्ध कानून उल्लङ्घन गरेको भन्दै उजुरी परेको थियो । जाय पाउनेमा २० वर्षीया हानिन होसाम र २२ वर्षीया मोवादा अल अधम र उनीहरुका अन्य ३ सहयोगी रहेका छन् । ...
विद्यालयको पाठ्यभार घटाउने तयारी

विद्यालयको पाठ्यभार घटाउने तयारी

शिक्षा
भदाै २४ काठमाडाैं । कोरोना भाइरस (कोभिड–१९) का कारण अवरोध आएपछि विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण गर्ने गृहकार्य सुरु गरिएको छ । वैकल्पिक विधिलाई नै मूलधारको सिकाइ मानेर नयाँ शैक्षिक सत्र प्रारम्भ भएको घोषणा गर्ने सरकारी तयारीसँगै कक्षा १० सम्मको पाठ्यक्रमको संश्लेषण कार्य अगाडि बढाइएको हो । संश्लेषणपछि पाठ्यभार घट्ने छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले विद्यालय शिक्षाको पाठ्यक्रमलाई संश्लेषण गर्ने कार्यमा विषयगत समितिमा विज्ञहरूले काम गरिरहेको जानकारी दिए । भदौभित्र यसको काम पूरा गरी संश्लेषित पाठ्यक्रम विद्यालय र शिक्षकसम्म पु¥याउने योजना छ । यस वर्षको शैक्षिक सत्रको झन्डै पाँच महिना बितिसकेकाले यस अवस्थामा पाठ्यक्रमलाई यथावत् रूपमा अघि बढाउन सम्भव छैन । विषयगत समितिले संश्लेषित पाठ्यक्रम तयार पारेपछि पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले त्यसलाई स्वीकृति...
विद्यालयलाई सङ्क्रमणको केन्द्र बन्न दिइन्न : मन्त्री पोखरेल

विद्यालयलाई सङ्क्रमणको केन्द्र बन्न दिइन्न : मन्त्री पोखरेल

शिक्षा
भदाै २३ काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयलाई कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिने बताएका छन् ।आज नुवाकोटमा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित माध्यमिक तहको अन्तरपालिकास्तरीय नेपालय अनलाइन (भर्चुअल) वकृत्वकलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विद्यालयलाई कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिन वैकल्पिक शिक्षण पद्धतिलाई अघि बढाउने बताए । “अहिले पनि सङ्क्रमण कम भएका जिल्लाका विद्यालयका कक्षा सञ्चालन गराउन सकिन्छ तर सङ्क्रमण विद्यालयस्तरमा फैलियो भने त्यसलाई नियन्त्रण गर्न सकिँदैन । हाम्रा स्वास्थ्य स्रोत साधन कम छ । त्यसैले वैकल्पिक रुपमा दूर शिक्षाको माध्यमबाट न्यूनतम सिकाइलाई अघि बढाउन आवश्यक छ”, मन्त्री पोखरेलले भने, “विद्यालयमा नै विद्यार्थीलाई सहभागी गराएर पठनपाठन गराउन सक्ने अवस्था छैन । आधुनिक प्रविधि र पद्धतिबाट शैक्षिक क्रियाकलाप अ...
कक्षा–१२ को परीक्षा चरणबद्ध रूपमा गर्ने तयारी

कक्षा–१२ को परीक्षा चरणबद्ध रूपमा गर्ने तयारी

शिक्षा
भदाै २३ काठमाडाैं ।  कोरोना जोखिम लामो समय रहने देखिएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को स्थगित परीक्षा चरणबद्ध रूपमा सञ्चालन गर्नेलगायत विकल्पसहितको प्रतिवेदन सरकारलाई बुझाउने तयारी गरेको छ ।सातवटै प्रदेशका सरोकार पक्षसँग छलफल गरी सुझाबसहितको प्रतिवेदन सचिवालयले बोर्डमा बुझाएको छ । बोर्डका एक अधिकारीका अनुसार प्रतिवेदनमा चरणबद्ध रूपमा परीक्षा सञ्चालनलाई पहिलो प्राथमिकता दिइएको छ । त्यस बाहेक ओपन बुक पद्धति अपनाउने, त्यसमा पनि कक्षा–११ को नतिजालाई केही आधार मान्ने गरी परीक्षा लिने र अनलाइनबाट प्रश्न पठाएर विद्यालयले परीक्षा लिने विकल्प प्रतिवेदनमा सुझाइएको छ ।अझै ढिलो गर्दा हिमाली भेगमा हिउँदमा परीक्षा सञ्चालन गर्न कठिन हुने र शैक्षिक सत्रसमेत जोखिममा पर्ने भएकाले छिटो गर्नुपर्ने सुझाब प्रतिवेदनमा छ । केही सरोकारवालाले अवस्था सामान्य भएपछि परम्परागत रूपमै परीक्षा सञ्चालन गर्न सकि...
कोरोनाकाे प्रकोप अनि फिजियोथेरापि

कोरोनाकाे प्रकोप अनि फिजियोथेरापि

शिक्षा, स्वास्थ्य
भदाै २३ काठमाडाैं । आज सेप्टेम्बर ८ तारिक, विश्व भरका फिजियोथेरापिष्टहरुले विश्व फिजियोथेरापि दिवसका रुपमा मनाउँदै आइरकेका छन् । प्रत्येक वर्ष झै यस वर्ष डब्लु सीपीटीले यो दिवस मनाउनका लागि रिह्याविटेशन आफटर कोभिड भन्ने थिम दिएको छ । फिजियोथेरापि भनेको एक उपचार पद्धती जसले उचित शारीरिक क्षमता मुल्याङ्कन गरी मानिसको जिवनस्तर (क्वालिटी अफलाइफ) उकास्नका लागि मद्दत गर्दछ । यसले विभिन्न रोग लाग्नबाट रोकथामका साथै बचाउन र लागि सकेकालाई त्यस समस्याबाट बाहिर निस्कन र जसको विभिन्न रोगका कारण शारिरीक र मानसिक कमजोरी भई दैनिक क्रियाकलाप गर्न कठिन छ, त्यस्ता व्यतिहरुलाई पुनस्र्थापना गरी दैनिकीलाई सहज र सक्षम बनाउन मद्दत गर्दछ । तर आज यो समय सम्म आईपुग्दा जन मानसमा फिजियोथेरापि उपचार पद्धतीका बारेमा त्यती राम्रो ज्ञान भएको पाइँदैन । साधारण मानिस मात्र नभई कतिपय स्वास्थ्यकर्मीहरुलाई पनिफिजियोथेरापिक...
कम्बोडियामा पुनः विद्यालयहरु खुल्न थाले

कम्बोडियामा पुनः विद्यालयहरु खुल्न थाले

शिक्षा
एजेन्सी । कोरोनाभाइरसको महामारीका कारण बन्द भएका कम्बोडियाका विद्यालयहरू पुनः खुल्न थालेका छन् । सरकारी अधिकारीहरुले झण्डै छ महिनादेखि बन्द भएका विद्यालयहरु सोमबारबाट पुनः सञ्चालन हुन थालेको जानकारी दिएका छन् । शिक्षा मन्त्री हाङ चौन नारोनले विद्यालय सञ्चालन गर्दा आधारभूत स्वास्थ्य मापदण्ड भने पुरा गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए । पठनपाठन गराउने विद्यालयहरूका लागि सरकारले छुट्टै निर्देशिका पनि बनाएको र त्यसको पूर्ण पालना गराउनुपर्ने शर्त राखिएको उनले बताए । सो निर्देशिका स्वास्थ्य मन्त्रालयले तयार पारेको हो । निर्देशिकामा हरेक शिक्षक र विद्यार्थीले मास्क अनिवार्य लगाउनु पर्ने, तापक्रम परीक्षण गरिने, नियमितरूपमा हात धुनुपर्ने वा ‘सेनिटाइजर’को प्रयोग गर्नुपर्ने र सामाजिक दुरी कायम गर्नु पर्ने व्यवस्थाहरु समावेश गरिएको छ ।  सामाजिक दुरी कायम गर्नका लागि साढे एक मिटर...
रिचार्ज नगरेका डिसहोममा पनि विद्यार्थीले निःशुल्क पढ्न पाउने

रिचार्ज नगरेका डिसहोममा पनि विद्यार्थीले निःशुल्क पढ्न पाउने

शिक्षा
भदाै २२ काठमाडाैं । रिचार्ज नगरेको कारणबाट सेवा बन्द गरिएको डिसहोममा विद्यार्थीहरुका लागि शैक्षिक सामग्री निःशुल्क रुपमा उपलब्ध हुने भएको छ । डिसहोमले कक्षा ९ र १० का विद्यार्थीलाई निःशुल्क अध्ययनको सुविधा दिने घोषणा गरेको छ ।डिसहोमले कोरोना महामारीका कारण विद्यालय बन्द भई घरमै बस्न बाध्य विद्यार्थीहरुलाई लक्षित गरी सेवा बन्द भएका टिभीमा समेत निःशुल्क रुपमा अध्ययन गर्न पाउने व्यवस्था गरेको जनाएको छ । डिसहोम मिडिया नेटवर्कका महाप्रवन्धक रमेश सापकोटाका अनुसार कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिकरुपमा प्रभावित डिसहोमका नियमित तथा अनियमित सबै ग्राहकलाई निःशुल्करुपमा ९ र १० को अध्ययन गर्ने सुविधा प्रदान गरिने छ ।डिसहोमको च्यानल नं. १०१ मा यी कक्षाहरु सञ्चालन भइरहेको कम्पनीले जनाएको छ । ...
अर्थशास्त्रको भर्चुअल कक्षामा  पढाउँदै  पूर्वमन्त्री

अर्थशास्त्रको भर्चुअल कक्षामा पढाउँदै पूर्वमन्त्री

शिक्षा, समाचार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत अर्थशास्त्र विभागका एक प्राध्यापकको व्यक्तिगत प्रयासमा कोरोना महामारीपछि अर्थतन्त्रमा पारेको प्रभावबारे बाह्य स्रोत व्यक्तिसहित नियमित कक्षा सञ्चालन भइरहेको छ । विभागका प्राडा दिलनाथ दङ्गालले कोरोना महामारी र बन्दाबन्दीयता हालसम्म जुम प्रविधिबाट नियमित विद्यार्थी र अन्य व्यक्तिलाई पनि लाभ पुग्ने गरी सामाजिक सञ्जालमा समेत शेयर गरेर हालसम्म ८१ वटा यस्ता कक्षा सञ्चालन गरिसकेका छन् । नेपालमा कर र यससँग सम्बन्धित विषय, बैङ्किङ प्रणाली, कोरानाले अर्थतन्त्रमा प्रभावबारे हालसम्म पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा दिनेशचन्द्र देवकोटा, औद्योगिक क्षेत्रमा पारेको प्रभावबारे हेटौँडा औद्योगिक क्षेत्रका प्रमुख, कृषि क्षेत्रमा पारेको प्रभावबारे पूर्वमन्त्री एवं ड्रागन फ्रुटका उत्...
शिक्षामन्त्रालय विगत ६ महिनादेखि सचिवविहीन

शिक्षामन्त्रालय विगत ६ महिनादेखि सचिवविहीन

राजनीति, शिक्षा, समाचार
काठमाडौं। कोरोनाका कारण चालु शैक्षिक सत्र अन्योलमा रहेको छ। गत चैत ११ गतेदेखि लागू गरिएको लकडाउनका कारण यो शैक्षिक सत्र सुरु हुन पाएको छैन। एसईई लगायतका परीक्षाहरु स्थगित गर्दै रोकिएको पठनपाठन अझै सुचारु हुन सकेको छैन। गत असार १ गतेदेखि निजी विद्यायलयहरुले अनलाइनका माध्यामबाट पठनपाठन सूचारु गरेका छन्। सामुदायिक विद्यालयले पनि रेडियो र टेलिभिजनबाट पठनपाठन सुचारु गरेका छन्। सरकारले असार १ गतेदेखि बैकल्पिक सिकाइ प्रणाली लागू गरेपछि अहिले निजी र सामुदायिक विद्यालयले वैकल्पिक सिकाइ प्रणालीमार्फत अध्यापन गराइरहेका छन्। तर, रेडियो, टेलिभिजन र इन्टरनेटको पहुँच नपुगेको स्थानका विद्यार्थीको समस्या ज्यूँ को त्यूँ छ। संचार तथा सूचना प्रविधिमन्त्रालयको एक रिपोर्टका अनुसार नेपालमा करिव ८७ प्रतिशत जनसंख्यामा रेडियोको सुविधा पुगेको छ। यस्तै, ६७ प्रतिशतमा इन्टरनेटको सुविधा पुगेको छ भने करिव ७२ प्रति...