आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

द मम् व्युटी कन्टेस्टको आवेदन खुला, अनलाईनमार्फत आवेदन दिन सकिने

द मम् व्युटी कन्टेस्टको आवेदन खुला, अनलाईनमार्फत आवेदन दिन सकिने

मनोरन्जन, समाचार
काठमाडौं- मोडल सङ्स नेपालले ‘द मम् -व्युटी कन्टेस्ट’ को आवेदन खुला गरेको छ । मोडल सङ्सले अनलाईनमार्फत आवेदन दिन सकिने व्यवस्था सहित भाद्र १८ गते शुक्रबार देखी प्रतियोगिताको आवेदन खुला गरेको हो । द मम् मा भाग लिन इच्छुक महिलाहरुले अनलाईन मार्फत वा मोडल सङ्सको कार्यालय कामपा-२८ बागबजारबाट फर्म भर्न सक्ने इभेण्ट आयोजक संस्थाका सिईओ डेभिल सिंह राजपुतले बताए । कार्यक्रम बारे थप जानकारी दिदै राजपुत भन्छन् ’इच्छुक महिलाहरुले रु. एक हजार तिरेर अनलाईन मार्फत र हाम्रो कार्यालयमा भौतिक रुपमा उपस्थित भई आवेदन फर्म भर्न सक्ने व्यवस्था हामीले मिलाएका छौं’ । सहभागीहरुलाई नेपालका चर्चित कोरियोग्राफर रोजिन शाक्यले तालिम दिने राजपुत बताउँछन् ।‘द मम्’ अन्य सौन्दर्य प्रतियोगिता भन्दा पृथक रहने आयोजक संस्थाका सरोज ओझाको दाबी छ । द मम् लाई फरक तरिकाले गर्न खोजिएको जानकारी दिदै ओझा भन्छन् ‘इभेण्ट क्षेत्र गसिपको...
गायक रवि रिमाललाई पितृ शोक

गायक रवि रिमाललाई पितृ शोक

मनोरन्जन, समाचार
चर्चित नेपाली गीत ‘चरी उड्यो बादल छुनलाई’ का लोकप्रिय गायक रवि रिमाललाई पितृ शोक परेको छ । गायक रिमालका बुवा रघु प्रसाद रिमाल को ७५ वर्षको उमेरमा भाद्र १५ गते बिहान ७:३० मा किर्तिपुर हस्पिटलमा निधन भएको उनको परिवारले जानकारी गराउनु भयो । गायक रिमालका भाई किशोर रिमाल अमेरिका रहेको र बिहीवार आइपुग्ने हुनाले अन्येष्टी पनि सोही दिन दिँउसो नै गरिने जानकारी पनि पनि रिमाल परिवारले गराउनु भयो । ...
मेकअप आर्टिष्ट टेकराज पाण्डे नेपालका प्रथम उपराष्ट्रपती परमानन्द झाबाट सम्मानित

मेकअप आर्टिष्ट टेकराज पाण्डे नेपालका प्रथम उपराष्ट्रपती परमानन्द झाबाट सम्मानित

मनोरन्जन, समाचार
“राष्ट्रलाई पुर्‍याएको योगदान विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई विशेष सम्मान” भन्ने मूल नाराका साथ रिवन इन्टरटेन्मेन्टको ७ औँ बार्षिकोत्सबको अवसरमा आयोजना गरिएको राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ मा मेकअप आर्टिष्ट टेकराज पाण्डे नेपालका प्रथम उपराष्ट्रपती परमानन्द झाबाट सम्मानित भएका छन ।विगत एक दशक भन्दा लामो समयदेखि मेकअप आर्टिष्ट र मेकअप प्रशिक्षकको रुपमा आफ्नो उत्कृष्टता प्रदान गर्दै आएका पाण्डेले थुपै राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड जितेका छन । राज मेकअप स्टुडियोका प्रमुख समेत रहेका पाण्डेले ईभेन्ट क्षेत्रमा पनि सफलता हासिल गरेका छन । केहि दिन अघि मात्र बोस्टर अवार्डमा उत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड जितेका पाण्डेले सयौं उत्कृष्ट सफल सौन्दर्य व्यबसायीहरुलाई प्रशिक्षण दिईसकेका छन । उक्त कार्यक्रममा व्यवसायी, व्युटिसियन नेपाली चलचित्रकर्मी, संगीतकर्मी लगायत विभिन्न विध...
५९ वटा विश्व रेकर्ड कायम गरेका किर्तिमानी गीतकार डा.डिआरको‘नाम केवल तिम्रो’ सार्वजनिक(भिडियो)

५९ वटा विश्व रेकर्ड कायम गरेका किर्तिमानी गीतकार डा.डिआरको‘नाम केवल तिम्रो’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
कीर्तिमानी गीतकार डा. डीआर उपाध्याको नयाँ गीत ‘नाम केवल तिम्रो’ सार्वजनिक भएको छ । प्रदाप दाशको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत, शाहस शाक्यको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । https://youtu.be/kXIKVILZfVU कृष्ण पौडेलको निर्देशन रहेको गीतको भिडियोमा अनुप बोहरा र रक्षा न्यौपानेलाई फिचरिङ गरिएको छ । सुजन श्रेष्ठको छायाँकन रहेको भिडियोमा युवराज खत्रीको सम्पादन छ । गीतमा आफूले माया गरेकी मायाको तारिफ गरिएको छ । निक्कै कलात्मक ढङ्गले भिडियो प्रस्तुत गरिएको छ । भिडियो डीआर म्युजिक एण्ड क्रियशनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गर्नुभएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित उहाँले गीत सङ्गीतसहित विभिन्न विविध ५९ विधामा विश्व रेकर्ड राख्नु भएको छ । डा. उपाध्या...
“राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान “बाट कोरियोग्राफर अश्विनी झा सम्मानित

“राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान “बाट कोरियोग्राफर अश्विनी झा सम्मानित

मनोरन्जन, समाचार
कोरियोग्राफर अश्विनीलाई प्रथम उप-राष्ट्रपति बाट ” राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान “गरिएको छ । राष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ बाट सम्मानित नेपालका चर्चित पेजेन्ट कोरियोग्राफर अश्विनी कान्त झा लाई “राष्ट्रलाई पुर्याएको योगदान विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई विशेष सम्मान” भन्ने मूल नाराका साथ रिवन इन्टरटेन्मेन्टको ७ औँ बार्षिकोत्सबको अवसरमा आयोजना गरिएको “राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ ” बाट सम्मानित गरिएको छ। कोरियोग्राफर अश्विनीलाई उक्त कार्यक्रममा प्रमुख अतिथी, गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपती परमानन्द झा, विशेष अतिथि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रताप बाबु तिवारी, विशिष्ट अतिथि नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द र आयोजक रिवन इन्टरटेन्मेन्टका सि. ई. ओ. तथा निर्देशक निशु कान्त झाले संयुक्त रुपमा सम्मानित गर्नुभएको छ । विगत लामो समयदेखि...
लक्ष्मीनाथको ‘अब अति भो’ सार्वजनिक (भिडियोसहित)

लक्ष्मीनाथको ‘अब अति भो’ सार्वजनिक (भिडियोसहित)

मनोरन्जन, समाचार
तीज गीत ‘अब अति भो’ सार्वजनिक भएको छ । बिर्ख बिश्वकर्मा, सुनिता बुढा र कल्पना सुनुवारको स्वर, शशी अधिकारीको शब्द, विर्खकै सङ्गीत र केशव बाबुको एरेञ्ज रहेको तीज गीत ‘अब अति भो’को भिडियो सार्वजनिक भएको हो । https://youtu.be/hfoaQx8nV2s अर्जुन थापाको निर्देशन रहेको गीतको भिडियोमा अनु पराजुली, विकास भण्डारी, आयुसा गौतम लक्ष्मीनाथ तिमल्सिना, राधा श्रेष्ठ, किसोर भण्डारी डिठ्ठा साब, रचना पौडेल, रोहित ओलीलगायतका कलकारको अभिनय रहेको छ । धु्रव श्रेष्ठको छायाँकन रहेको भिडियोमा निर्देशक अर्जुनकै सम्पादन छ । भिडियो बीफोर युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियोका निर्माण लक्ष्मीनाथले निर्माण गर्नुभएको हो । ...
गायिका मेलिना राई र चेम्जोङ लिम्बुको ‘झ्यालको पर्दा’ सार्वजनिक(भिडियो)

गायिका मेलिना राई र चेम्जोङ लिम्बुको ‘झ्यालको पर्दा’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
एलिसा र प्रदिप(दि नेक्स्ट ग्रुप) फिचर्ड मेलिना र चेम्जोङ ‘झ्यालको पर्दा’ सार्वजनिक काठमाण्डौँ, भदौ १४ गायिका मेलिना राई तथा गायक गोविन्द चेम्जोङ लिम्बुको सुमधुर स्वरले सुसज्जित ‘झ्यालको पर्दा’ बोलको गीत रहेको भिडियो सार्वजनिक गरिएको छ । गीतमा रामजन सुब्बाको शब्द, संगीत चन्दु गोर्खालीको संगीत संयोजन तथा चन्द्र चौधरीले मिक्सिङ मास्टरिङ्ग गरेका हुन । https://youtu.be/Pg1_de8UU_4 बेजोड अभिनय तथा नृत्यले भरिपूर्ण गीतको भिडियोमा नायिका तथा मोडेल एलिसा राई र प्रदिप लामा (दि नेक्स्ट ग्रुप)लाई फिचर्ड गरिएको छ । निकै आकर्षक ढंगले नेपाली सेरोफेरोलाई देखाइएको भिडियोमा शैलेन्द्र थेबेको कन्सेप्टमा, सोनाम लामाको निर्देशन, पवन सुस्लिङको छाँयाकन तथा सम्पादन र प्रदिप लामाको कोरियोग्राफी रहेको छ । भिडियोलाई टुआरएल डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सर्वजनिक गरिएको छ । ...
कृष्णजन्माष्टमीमा फेसियल हाउसको जन्माष्टमी फोटो सुट

कृष्णजन्माष्टमीमा फेसियल हाउसको जन्माष्टमी फोटो सुट

मनोरन्जन, समाचार
नेपालमा नम्बर १ शैलुनको रुपमा चर्चामा रहेको फेसियल हाउसले आफ्नो ब्यवसायलाई सैलुनमा मात्र सिमित राखेको छैन । फेसियल हाउसले नयाँ–नयाँ प्रविधिलाई आत्मासाथ गर्दै आफ्ना सेवाग्राहीलाई थप प्रभावकारी सेवा सुविधा दिदै आएको छ । फेसियल हाउसले आफ्नो सेवाग्राहीको सुन्दरतामा चमक भर्ने काम मात्रै गरेको छैन । फेसियल हाउसको आर्को महत्वपूर्ण पक्ष भनेको मेकअप तथा फोटो सुट पनि हो । फेसियल हाउसले विषेशत नेपाली मौलिकतालाई समेटने खालको फोटो शुट गर्ने गरेको छ । यस्ता फोटोले देशको पहिचान, संस्कृतिको पहिचान, नेपाली कलाको पहिचान गराउने खालको फोटो शुट गर्ने गरेको फेसियल हाउसका प्रबन्ध निर्देशक तथा बरिष्ठ सौंन्दर्यविद सुषमा महरा बताउँछिन् । महराका अनुसार हरेक चाड पर्वमा त्यस्ता चावपर्वको मर्म अनुसार फोटो शुट गर्ने गरेको बताइन । यो वर्षपनि श्री कृष्ण जन्माष्टमीको अवसरमा फेसियल हाउसले भगवान श्री कृष्ण कै जस्तो बनाएर फो...
राष्ट्रिय सम्मानबाट सम्मानित भए मेकअप आर्टिष्ट टेकराज पाण्डे

राष्ट्रिय सम्मानबाट सम्मानित भए मेकअप आर्टिष्ट टेकराज पाण्डे

मनोरन्जन, समाचार
“राष्ट्रलाई पुर्‍याएको योगदान विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई विशेष सम्मान” भन्ने मूल नाराका साथ रिवन इन्टरटेन्मेन्टको ७ औँ बार्षिकोत्सबको अवसरमा आयोजना गरिएको राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ मा मेकअप आर्टिष्ट टेकराज पाण्डे नेपालका प्रथम उपराष्ट्रपती परमानन्द झाबाट सम्मानित भएका छन । विगत एक दशक भन्दा लामो समयदेखि मेकअप आर्टिष्ट र मेकअप प्रशिक्षकको रुपमा आफ्नो उत्कृष्टता प्रदान गर्दै आएका पाण्डेले थुपै राष्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड जितेका छन । राज मेकअप स्टुडियोका प्रमुख समेत रहेका पाण्डेले ईभेन्ट क्षेत्रमा पनि सफलता हासिल गरेका छन । केहि दिन अघि मात्र बोस्टर अवार्डमा उत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड जितेका पाण्डेले सयौं उत्कृष्ट सफल सौन्दर्य व्यबसायीहरुलाई प्रशिक्षण दिईसकेका छन । उक्त कार्यक्रममा व्यवसायी, व्युटिसियन नेपाली चलचित्रकर्मी, संगीतकर्मी लगायत विभिन्न वि...
सगरमाथा म्युजिक अवार्डको तेस्रो संस्करणको लागि आवेदन खुल्ला

सगरमाथा म्युजिक अवार्डको तेस्रो संस्करणको लागि आवेदन खुल्ला

मनोरन्जन, समाचार
सगरमाथा म्युजिक अवार्डको तेस्रो संस्करण हुने भएको छ । अर्थ नेपालको  आयोजनामा हुने अवार्डको तेस्रो संस्करणको लागी आवेदन खुल्ला भएको आयोजक संस्थाद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । कोभिडको कारण सुस्ताएको नेपाली गीत संगीत क्षेत्रलाई चलायनमान बनाउन तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ गर्न लागिएको आयोजक संस्था अर्थ नेपाल प्रालिले जनाएको छ । यस वर्ष अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको साहारा एपले सहकार्य गर्दै टाइटल स्पोन्सर गरेको छ । तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ मा २०७६ वैशाखदेखी २०७७ चैत्रसम्म बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्नेछन् । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अध्यक्ष मनोज थापाले बताउनुभएको छ । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ हुन लागेको तेस्रो साहारा एप ...