आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

गायिका सरु गौतमको ‘यो जुनिमा’ सार्बजनिक (भिडियो सहित)

गायिका सरु गौतमको ‘यो जुनिमा’ सार्बजनिक (भिडियो सहित)

मनोरन्जन, समाचार
चर्चित गायिका सरु गौतमको ‘यो जुनिमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गायिका स्वयंको अफिसियल युट्युब च्यानल सरु गौतम बाट ‘यो जुनिमा’ सार्वजनिक भएको हो । सार्वजनिक भएको छोटो समयमा चर्चा बटुल्न सफल गायक सर्जक तथा चर्चित म्युजिक एरेन्जर बिश्व अधिकारीको एरेन्जमा कुमार कटुवालको मन छुने शब्द तथा भिम बिसीको संगीतमा भिम बिसी र सरु गौतमको सुमधुर आवाज रहेको उक्त गीत दर्शकहरुको मन मस्तिष्क मा बस्दै गएको देख्न सकिन्छ । https://youtu.be/MhBS9NhScgY केशब विश्वकर्माको छायांकन रहेको उक्त गीतको म्युजिक भिडियोमा सुरेन्द्र सिंहले कथा निर्देशन गरेका हुन भने, गायक बिसी र गायिका गौतमको अभिनय रहेको म्युजिक भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका हुन् । ...
डिपी परिश्रमीको “मेरो माया लाग्छ कि लाग्दैन”(भिडियो)

डिपी परिश्रमीको “मेरो माया लाग्छ कि लाग्दैन”(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौ । डिलाईटेड नेपाल युट्युव च्यानलमार्फत नयाँ गीत “मेरो माया लाग्छ कि लाग्दैन…” को म्युजिक भिडियो बजारमा आएको छ । आधुनिक गीतहरुको लहरमा थपिएको यस नयाँ गीतभित्र “मेरो माया लाग्छ कि लाग्दैन…” भन्दै एउटी युवतीले आफूले मन पराएको केटालाई सोधिरहेकी छिन् । बाँकी अरु त भिडियो हेरेपछि थप प्रष्ट हुन्छ नै । गीतमा गीतकार डी पी दाहाल परिश्रमीको रचना, मनोहर सुनामको संगीत र रचना रिमालको श्वर रहेको छ भने गीत प्रश्तुतकर्तामा रिता सिम्खडा दाहाल रहेका छन् । https://youtu.be/rPpC7o5CM3U भिडियोमा कमल सिंह र पुजन घिमिरेको अतुलनिय अभिनय रहेको छ । यस गीतलाई साउण्ड डिजाईन स्टुडियोमा रेकर्ड गरिएको हो । “मेरो माया लाग्छ कि लाग्दैन…” म्युजिक भिडियोलाई डिलाईटेड म्युजिक ईष्डष्ट्रीज प्रा.लि.ले उत्पादन तथा वितरण गरेको यो गीत अत्यन्तै सुन्नलायक मीठो श्रृजना बनेको छ । गुरु...
चलचित्र ‘अन्तिम संस्कार’को मुस्ताङ बाट छायांकन सुरु

चलचित्र ‘अन्तिम संस्कार’को मुस्ताङ बाट छायांकन सुरु

मनोरन्जन, समाचार
काठमाडौँ। चलचित्र ‘अन्तिम संस्कार’को हिमाली जिल्ला मुस्ताङ बाट छायांकन सुरु भएको छ। शाही प्रोडक्सन नेपाल प्रालिको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘अन्तिम संस्कार’ को शुक्रबार मुक्तिनाथ मन्दिरमा शुभ मुहर्त गरेर छायांकन सुरु गरिएको हो। सांस्कृतिक तथा सामाजिक कथा वस्तु समेटिएको ‘अन्तिम संस्कार’को छायांकन गर्न अंग्रज कलाकार विजय लामासहितको चलचित्र युनिट मुस्ताङ पुगेका हुन्। चलचित्र युनिटले मुस्ताङमा करिब ४० प्रतिशत छायांकन सक्काएर बाँकी छायांकन काठमाडौंमा गर्ने बताएको छ। मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा चलचित्र ‘अन्तिम संस्कारको छायांकन गरिने चलचित्र निर्माता विनोद सुवेदी खत्री (टाटेमित)ले जानकारी दिए। चलचित्र ‘अन्तिम संस्कार’को निर्माता विनोद सुवेदी हुन् भने चलचित्रको निर्देशन प्रदीप शाहीले गर्नेछन्। प्रेम खड्का र बोधराज पौडेलले मुस्ताङको छायाँकनको ब्यबस्थापन ग...
‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०७९’ भव्य रुपमा सम्पन्न

‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०७९’ भव्य रुपमा सम्पन्न

मनोरन्जन, समाचार
राजधानीमा ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम’को आयोजना भएको छ ।मनोरन्जनको हरेक विधाका कार्यक्रमहरु, म्युजिक, भिडियो, सांस्कृतिक कार्यक्रम, चलचित्र निर्माण साथै कला साहित्य, भाषा लगायत विभिन्न विधाको प्रर्वद्धन र विकासका लागि काम गर्दै आएको एभरग्रीन वल्र्डवाइड ईन्टरटेनमेन्टको दशौं वर्ष प्रवेशको अवसरमा आयोजित संस्थाको वार्षिकोत्सव पारेर ‘राष्ट्रिय व्यक्तित्व सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम २०७९’ भव्य रुपमा सम्पन्न भएको हो । चलचित्र विकास बोर्डको हलमा सम्पन्न आयोजित कार्यक्रममा प्राज्ञ तथा विशिष्ठ चलचित्रकर्मी निर शाह प्रमुख अतिथी तथा चलचित्र विकास बोर्डका अध्यक्ष एवं अभिनेता भुवन केसी विशिष्ठ अतिथी रहेका थिए भने, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, विशिष्ठ चलचित्रकर्मी मोहन निरौला, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का,चलचित्र विकास बोर...
नेशनल किड्स अफ द ईयर बने सिनियर तर्फ अर्नब र सायरा, जुनियर तर्फ लक्ष्य र साम्राज्ञी

नेशनल किड्स अफ द ईयर बने सिनियर तर्फ अर्नब र सायरा, जुनियर तर्फ लक्ष्य र साम्राज्ञी

मनोरन्जन, समाचार
काठमाडौं । ‘चौथो नेशनल किड्स अफ द ईयर २०२२’ को उपाधि सिनियर तर्फ अर्नब श्रेष्ठ र सायरा भट्टले जितेका छन् । काठमाडौंमा सम्पन्न यो प्रतियोगितामा उनीहरुले उपाधि सहित जनही २५ हजार रुपैयाँ र सिँगापुरमा सम्पन्न हुने इन्टरन्यासनल किड्स अफ द ईयरमा नेपालबाट भागलिने अबसर पनि हाँसिल गरेको आयोजक धिरज तण्डुकारले जानकारी गराए । यसै गरी जुनियर तर्फ लक्ष्य जैन र साम्राज्ञी बुढाथोकीले ‘चौथो नेशनल किड्स अफ द ईयर २०२२’ उपाधि जितेका छन् । यी दुई पनि उपाधिसँगै जनही २५ हजार रुपैयाँ र अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अबसर हाँसिल गरेका छन् ।इभेन्ट बेटर ग्यालेक्सीद्धारा आयोजित यो प्रतियोगितामा सिनियर तर्फबाट फस्ट रनर अपको उपाधि दिब्य रत्न डँगोल र निभिका दुवालले तथा सेकेन्ड रनर अपको उपाधि सुभान पुन र आश्रय भट्टराईले जितेका छन् । सोही कार्यक्रममा जुनियर तर्फ फस्ट रनरअपको उपाधि हिमाँसु क्षत्...
‘नेपाल किड्स आईकनको एघारौं संस्करण’को अन्तिम स्पर्धा सम्पन्न

‘नेपाल किड्स आईकनको एघारौं संस्करण’को अन्तिम स्पर्धा सम्पन्न

मनोरन्जन, समाचार
घारौं संस्करणको ‘नेपाल किड्स आईकन’  को अन्तिम स्पर्धा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ। एएनपी मिडिया हाउसद्वारा आयोजित उक्त प्रतियोगितामा ‘सिनियर गर्ल्स’, ‘व्वाइज ग्रुप’, ‘टीन गर्ल्स’ र ‘जुनियर गर्ल्स’ गरी चार समूहका मुख्य बिजेता घोषित भए । ‘सिनियर गर्ल्स’तर्फ स्वर्णिमा जोशी विजयी भएकी छिन । परिधी कंडेल फर्स्ट रनर अप , कृष्णा लामा सेकेन्ड रनर अप, सुनैना महर्जन थर्ड रनर अप, अश्मिन लामा पब्लिक चोईस घोषित हुँदा मस्ट पपुलर तर्फको अवार्ड आराध्य भट्टराईले जित्न सफल भईन। प्रतियोगिताको ‘व्वाइज ग्रुप’तर्फ मियोद महर्जनले शिर्ष उपाधी जितेका छन । त्यसैगरी सर्भिल शर्मा बोहोरा फष्ट रनर अप, राघव भट्ट सेकेण्ड रनरअप घोषित भए भने आर्यन बिष्ट पब्लिक चोईस अवार्ड र पृथ्वीराज थापा मस्ट पपुलर बन्न सफल भए। यस्तै ‘टीन गर्ल्स’तर्फ प्रसिद्दी जोशीले शिर्ष उपाधि जितेकी छिन। स्वस्तिका ...
बसेल कृयशनको दोश्रो प्रस्तुति ‘सुस्तरी’ सार्वजनिक<br>(भिडियो)

बसेल कृयशनको दोश्रो प्रस्तुति ‘सुस्तरी’ सार्वजनिक
(भिडियो)

मनोरन्जन, समाचार
काठमाण्डौ, भाद्र २७ बसेल कृयशनको दोश्रो प्रस्तुतिको रुपमा सुस्तरी बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बसेल कृयशनकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन गरेका छन । गीतको भिडियो मैतिदेवीस्थित डोरी रेष्टुरेन्टमा कलाकार तथा सञ्चारकर्मी बीच सार्वजनिक गरिएको थियो । भिडियोमा मेरी बास्सैबाट ल्याङग्रे दादाको उपनामबाट लोकप्रियता कमाएका सुमन ज्योति न्यौपानेको जबदस्त अभिनय देख्न सकिन्छ भने उनलाई अभिनयमा शिला गजुरेलले साथ दिएकी छिन । त्यस्तै अन्य कलाकारमा राजेन्द्र न्यौपाने, सागर लामा, आशिष फुँयाल र निश्चल थापाले साथ दिएका छन । https://www.youtube.com/watch?v=fOXyj9Pv6Xw दुई युगल जोडीको प्रेमकथामा कसरी उनीहरुको सुखद मिलन हुन्छ भन्ने कथा प्रस्तुत गरिएको उक्त भिडियोको गीतमा चर्चित गायक प्रताप दासको स्वर सुन्न सकिन्छ भने शब्द,...
निता आचार्यको स्वरमा ‘रङ्गीन संसार’ (भिडियोसहित)

निता आचार्यको स्वरमा ‘रङ्गीन संसार’ (भिडियोसहित)

मनोरन्जन, समाचार
गायिका निता आचार्यको नयाँ गीत ‘रङ्गीन संसार’ सार्वजनिक भएको छ । राजकुमार बगरको शब्द/सङ्गीत, कमल सौरागको एरेञ्ज रहेको गीत ‘रङ्गीन संसार’को भिडियो सार्वजनिक भएको हो । प्रकाश धितालको निर्देशन रहेको गीतको भिडियोमा रुविना थापा र कुन्साङ बोमजनलाई फिचरिङ गरिएको छ । निकै सुन्दर र आकर्षक देखिएको गीतको भिडियोमा उत्सव दाहालको छायाँकन र विकास दाहालको सम्पादन छ । https://youtu.be/H_FYFNOkHvI यसअघि निताका ‘यादहरू’, ‘भाग्य मेरो’ जस्ता गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् । पोखरामा जन्मिनुभएकी निता विदेशी भूमिमा रहेर नेपाली कला संस्कृति र गीतसङ्गीतलाई अत्यन्तै माया गर्दै यही क्षेत्रमा समर्पित भएर लागि पर्नुभएको छ । सानै उमेरदेखि गायनमा रुचि राख्नुभएकी निता अमेरिकामा बस्दै आउनुभएको छ । स्कुलमा पढ्दा प्रेमध्वज प्रधानको गीत गाएर साथीहरूलाई सुनाएपछि उहाँको प्रतिभा बाहिर आयो र विद्यालयका विभिन्न सां...
सङ्गीतकार दीपक शर्माद्वारा आफ्नो जन्मदिनमा वृक्षरोपण

सङ्गीतकार दीपक शर्माद्वारा आफ्नो जन्मदिनमा वृक्षरोपण

मनोरन्जन, समाचार
सङ्गीतकार दीपक शर्माले आफ्नो जन्मदिनमा वृक्षरोपण गर्नुभएको छ । उहाँले मंगलबार भक्तपुरको चाँगु नारायण नगरपालिकास्थित नागडोलको छालाङस्थित ब्रहृमकुमारी ओम शान्ति प्रतिष्ठानको प्रांगणमा वृक्षरोपण गरेर आफ्नो जन्मदिन मनाउनुभएको हो । उहाँले त्यहाँ कपुर, ओखर, तेजपत्ता, पैयुँ, समीसहित विभिन्न प्रजातिका वृक्षरोपण गर्नुभएको छ । ‘औषधीजन्य वनस्पति, सुगन्धित वनस्पति र अन्य वनस्पतिका बिरुवा रोप्ने काम भयो । यो बिरुवालाई बेला बेलामा गोडमेल गर्न म त्यहाँ पुग्नेछु’, शर्माले भन्नुभयो । ती बिरुवाहरू संरक्षण गर्दै हुर्काउन एकजनालाई जिम्मासमेत दिएको उहाँले सुनाउनुभयो । एक हजारभन्दा बढी गीतमा संगीत गर्नुभएका शर्माका धेरै गीत श्रोतारदर्शकमाझ लोकप्रिय छन् । आफू पछिल्लो समय चलचित्र ‘छक्का पञ्जा-४’ लगायत चलचित्रका गीतको संगीत सिर्जनामा व्यस्त रहेको सुनाउनुभयो । ...
गीतकार ध्रुव  प्रसाद  अंमगाई समानुपातिकमा सिफारिस

गीतकार ध्रुव प्रसाद अंमगाई समानुपातिकमा सिफारिस

मनोरन्जन, राजनीति, समाचार
पछिल्लो समय गीत सङ्गीतको क्षेत्रमा गीतकारको रुपमा चर्चाको शिखरमा पुग्न सफल भएका गीतकार ध्रुव प्रसाद अंम्गाईको २०७९ मा हुन गईरहेको आमनिर्वाचनमा गोरखा जिल्लाबाट ने क पा एमालेको तर्फ बाट समानुपातिक सांसद पदका लागि सिफारिसमा पर्नु भएको खबर हामीलाई प्राप्त भएको छ ।१८ वर्षको कलिलो उमेर देखि गोरखा बाट अनेरास्ववियु पाचौबाट औपचारिक रुपमा राजनीति यात्रा सुरुवात गरेका अंम्गाई एक साहासी खरो स्वभाव भएका कुशल वक्ता समाजसेवी एवम मेहनती व्यक्तित्व भएको कुरा जानकारहरु बताउछ्न। २०४९ सालमा अनेरास्ववियु पांच औं जिल्ला कमिटी सदस्य र २०६२ काठमाडौ गोरखा सम्पर्क मञ्च को सद्स्य हुँदै हाल प्रवासी मन्च मकाउ को सल्लाहकार छ्न ।गोरखा हाल गण्डकीगाउँपालिका फुजेल जन्मथलो भएका अंम्गाईले आफ्नो गाउँ ठाउँमा विकासनिर्माण लगायत उच्च मा वि स्थापना देखि मठ मन्दिर निर्माण सामुदायिक वन पालन सिंचाइ का लागि नगर निर्माण जस्ता थुप्रैक...