आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

चर्चित गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’को ‘काका हरायो’सार्वजनिक(भिडियो)

चर्चित गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’को ‘काका हरायो’सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
चर्चित गायक श्रीकृष्ण लुइँटेल ‘बोकेदाह्री’ले सांगीतिक बजारमा नयाँ गीत ल्याएका छन्। बोकेदाह्रीले ‘काका हरायो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। उनले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरेका हुन्। बोकेदाह्री र मनिषा पोखरेलको स्वरमा रहेको गीत अच्युत अधिकारी ‘ब्याए भुटान’ ले लेखेका हुन्। https://youtu.be/Qby1y8Y9AYE बालबालिकाका पहिलो शिक्षक अभिभावक रहेको र पहिलो विद्यालय घर भएकाले उनीहरूले घरबाटै संस्कार सिकाउने सन्देश दिनका लागि उक्त म्युजिक भिडियो तयार पारिएको गायक  लुइँटेलले बताए। उनले पछिल्लो समय संदेशमुलक गीत-दर्शक श्रोतामाझ ल्याइरहेका छन्। उनका ‘ए बा किन्देउ न भटभटे’, ‘बाँके बर्दिया’, ‘मुखमा हान्नु जस्तो’, ‘तेरो बाउ थोते’लगायतका दर्जनौँ गीत चर्चित छन्। ...
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानद्वारा बृद्धाश्रमलाई सहयोग

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानद्वारा बृद्धाश्रमलाई सहयोग

मनोरन्जन, समाचार
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले राजधानीको धुम्बाराही स्थिति ‘धुम्बाराही लायन बृद्धाश्रम नेपाल’मा आश्रीत बृद्धबृद्धालाई सहयोग हस्तान्तरण गरेको छ । चिसो बढ्दै जाँदा बृद्धाश्रममा आश्रीत बृद्धबृदालाई न्यानो कम्बल सहित खाद्यान्न, फलफुल र नगद समेत सहयोग हस्तान्तरण गरेको प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाईले जानकारी दिएका छन् । उनका अनुसार काठमाडौंमा दिन प्रतिदिन बढिरहेको चिसोबाट बुद्ध उमेरका बुबा–आमालाई सुरक्षित गर्न सकिन्छ कि भन्ने पवित्र भावनानुरुप उक्त सहयोग गरिएको हो । कला क्षेत्रका बिभिन्न बिधामा सक्रिय श्रष्टा तथा प्रस्तोताहरु आवद्ध रहेको एकेडेमीले उक्त अवसरमा बिबिध सांस्कृतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेको छ । कलाकारहरुले भजन गाउन थालेपनि बृद्धाश्रम आश्रीत बुबाआमाहरुले नाचगान गर्दै रमाइलो गरेका थिए । कला क्षेत्रका बिभिन्न बिद्यामा आवद्ध संगीतकर्मीको हक–हितका लागि...
सगरमाथा अवार्डमा गीतकार श्रीपुरुष ढकाललाई लाइफटाइम

सगरमाथा अवार्डमा गीतकार श्रीपुरुष ढकाललाई लाइफटाइम

मनोरन्जन, समाचार
काठमाडौं । सहारा एप चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ मा विशिष्ट गीतकार श्रीपुरुष ढकाललाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरियो । गीतकार ढकाललाई रु.१७,६९६ नगदराशिसहित सम्मान गरिएको थियो । सम्मान प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, ज्योती विकास बैंकका एजिएम रामहरी आचार्य, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापाले प्रदान गरेका थिए । त्यस्तै म्यूजिक भिडियोको सुरुवाती चरणका छायाँकार मधुर बस्नेतलाई सिनियर सिनेमाटोग्राफर अवार्ड प्रदान गरिएको थियो । प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराको साथ भएको अवार्ड अर्थ नेपाल प्रालिको आयोजनामा भएको यस अवार्डमा ज्योती विकास बैंकको प्रस्तुती रहेको थियो भने साहारा एपले मुख्य प्रायोजन गरेको थियो । कार्यक्रम टोखा नगरपालिकाको सहकार्यमा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रकाश अधिकारीले कलाक...
म्याक्स नेपालको गीत ‘लुरी’को भिडियो सार्वजनिक(भिडियो)

म्याक्स नेपालको गीत ‘लुरी’को भिडियो सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
दोहा । गायक म्याक्स नेपालको स्वरमा रहेको गीत ‘लुरी’को भिडियो सार्वजनिक भएको छ । लामो समयदेखि कतारमा रहि व्यापार व्यवसायसंगै सांगीतिक क्षेत्रमा समेत सक्रिय गायक म्याक्स स्वयं फिचर्ड भिडियोमा उनलाई मोडल निशा मगरले अभिनयमा साथ दिएकी छिन । कतारको दोहामै छायांकन भएको भिडियोको गीतलाई शमन खड्काको शव्द र उनकै संगीत रहेको छ । निरज थापाको एरेन्ज रहेको गितलाई संगीत महल क्रियसनले निर्माण गरेको हो भने छायांकन तथा निर्देशन समेत थापाले नै गरेका हुन । https://www.youtube.com/watch?v=mLlGxuw4qGY म्याक्सका यस अघिका थुप्रै गीतले विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय अवार्ड जित्न सफल भएको छ । ...
प्याजेन्ट नेपालको ‘न्यू ईयर्स इभ ट्रेडिसनल फेशन शो’ भव्य रुपमा सम्पन्न

प्याजेन्ट नेपालको ‘न्यू ईयर्स इभ ट्रेडिसनल फेशन शो’ भव्य रुपमा सम्पन्न

मनोरन्जन, समाचार
अंग्रेजी नव वर्ष २०२३ को अवसरमा प्याजेन्ट नेपालले ‘न्यू ईयर्स इभ ट्रेडिसनल फेशन शो २०२२’ को आयोजना गरेको छ । अंग्रेजी नव वर्षको प्रारम्भ तथा २०२२ को अन्तिम दिन अर्थात डिसेम्वर ३१ का दिन उक्त भव्य शो आयोजना भएको हो । द ग्रुप फोर क्रियसनको एसोसियटमा आयोजनामा भएको उक्त फेशन शो र्याफटिङ्गका लागि लोकप्रिय रहेको कुरिनटारको गोर्खावीच रिसोर्टमा भएको हो । नेपालका चर्चित करिव १ दर्जन मोडलहरुले ४ वटा सिक्वेन्समा मौलीक पहिरन,वेष्टर्न,क्याजुएल र कल्चरलका आकर्षक पहिरनमा र्याम्प शो गरेका थिए । काव्या पनेरु, मनिषा क्षेत्री,रशिला गरु, माया लामा,अनुपा तिमल्सिना,सोना बज्राचार्य,निशान श्रेष्ठ लगायत अनुभवी मोडलहरुले र्याम्प शो गरेका थिए । कार्यक्रममा नेपाली लोक पहिचान झल्कने फेशन शो का साथै नेपालका चर्चित लोकप्रिय राष्ट्रिय कलाकारहरु गायक सपन श्रेष्ठ गायक कृष्ण भट्टराई, लगायत स्थानिय कलाकारहरुको साँगीतिक प्रस...
अमर वान्तुको ‘कस्तो मिलेको’ सार्वजनिक (भिडियो)

अमर वान्तुको ‘कस्तो मिलेको’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
वरिष्ठ गीतकार अमर वान्तुको नयाँ गीत ‘कस्तो मिलेको’ सार्वजनिक भएको छ । सहिमा श्रेष्ठ र ज्वाला राईको स्वर, दीपक शर्माको सङ्गीत, नरेन्द्र वियोगीको मिक्सिङ/एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । विक्रम चौहानको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा चक्र बम, स्मारिका धिताल, सरोज राना प्रजा र विना राउतको अभिनय छ । अर्जुन तिवारीको छायांकन रहेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ । गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो । https://youtu.be/_BDZhffG8-Y बान्तुका ‘परिभाषाका राँटाहरू’ (केही गीत, केही कविता) सङ्ग्रह र ‘अमर भावना’ र ‘अमर भावना-२’ एल्बम पाठक/स्रोता र दर्शकमाझ आएकाछन् । उहाँका थुप्रै फुटकर गीत, कविता र गजल पनि सार्वजनिक छन् । ‘परिभाषाका राँटाहरू’ पहिलो काव्यकृति हो उहाँको । गीत लेखन तथा सामाजिक कार्यहरूमा आफूलाई सक्रिय बनाउँदै आउनुभएका वान्तुको ‘गर्म...
“लेटमिइन मिसेस व्यूटी क्वीन नेपाल २०२३” को आवेदन फारम खुल्ला

“लेटमिइन मिसेस व्यूटी क्वीन नेपाल २०२३” को आवेदन फारम खुल्ला

मनोरन्जन, समाचार
काठमाडौं¬  सिजन मिडियाद्धारा आयोजीत विवाहीत महिलाहरुमा केन्द्रित “लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल २०२३” छैंटौं संकरणको आयोजनाको लागि आवेदन खुल्ला गरेका छ । विवाहित महिलाहरुको सहभागीता लाइ ध्यानमा राखि सिजन मिडियाले यो कार्यक्रम विगत ५ वर्ष देखि गर्दै आएको हो । महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज सक्षम र जिम्मेवार महिलाको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई विस्तार गरिन लागिएको हो । विगत १४ वर्ष देखि काठमान्डौमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले विगत ५ वर्ष देखि निरन्तर रुपमा यो प्रतियोगितात्मक कार्यक्रम गर्दै आएको छ । यो छैटौं संस्कर...
एकसाथ किड्स डान्स,र्याप स्टार र डेटिङ रियालिटी शो आउँदै

एकसाथ किड्स डान्स,र्याप स्टार र डेटिङ रियालिटी शो आउँदै

मनोरन्जन, समाचार
काठमाडौं, १ पुस । स्पेस फोर के टेलिभिजनले एकसाथ तीन वटा रियालिटी शो घोषणा गरेको छ । टेलिभिजनले बालबालिकाहरुको नृत्य शो ‘जस्ट डान्स लिटिल मास्टर्स’, युवाहरुको नृत्य शो ‘र्याप स्टार’ र डेटिङ गेम शो ‘फस्ट डेट’ घोषणा गरेको हो । काठमाडौंको एक पाँच तारे होटलमा पत्रकार सम्मेलन गरी स्पेस फोर के ले एकसाथ तीनवटा रियालिटी शोको टिजर र त्यसको अवधारणा सार्वजनिक गर्नुका साथै सबै शोका निर्णायक, निर्देशक र टिम समेत सार्वजनिक गरेको छ । पत्रकारहरुको बाक्लो सहभागिता रहेको पत्रकार सम्मेलनमा तीन वटै रियालिटि शोका निर्णायक तथा निर्देशकहरुले आ–आफ्नो शोका बारेमा जानकारी गराएका थिए । र्याप स्टारको निर्णायकमा चर्चित र्यापर गिरिश खतिवडा, मिस्टर डी सन्दिप बिस्ट र अभिजित भण्डारी रहेका छन् । त्यसैगरी जस्ट डान्स लिटिल मास्टर्समा चर्चित नायिका सञ्चिता लुईटेल, चर्चित कोरियोग्राफर प्रदिप लामा, वलिउडमा काम गरेर चर्चा कमा...
नव वर्षमा गोर्खा वीचमा फेशन शो हुदै, राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने

नव वर्षमा गोर्खा वीचमा फेशन शो हुदै, राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने

मनोरन्जन, समाचार
अंग्रेजी नव वर्ष २०२३ को अवसरमा ‘न्यू ईयर्स इभ ट्रेडिसनल फेशन शो २०२२’ को आयोजना हुने भएको छ । अंग्रेजी नव वर्षको प्रारम्भ तथा २०२२ को अन्तिम दिन अर्थात डिसेम्वर ३१ का दिन उक्त भव्य शो आयोजना हुने भएको हो । प्याजेन्ट नेपाल तथा द ग्रुप फोर क्रियसनको संयुक्त आयोजनामा हुने उक्त फेशन शो र्याफटिङ्गका लागि लोकप्रिय रहेको कुरिनटारको गोर्खावीच रिसोर्टमा हुने छ । कार्यक्रममा नेपाली लोक पहिचान झल्कने फेशन शो का साथै नेपालका चर्चित लोकप्रिय राष्ट्रिय कलाकारहरुको आकर्षक प्रस्तुती रहने छ । जसमा गायक सपन श्रेष्ठ, गायक कृष्ण भट्टराई, गायक अर्जुन बिक लगायतको साँगीतिक प्रस्तुती रहने छ । लोकप्रिय हांस्य कलाकार गोपाल ढकाल ‘छन्दे’ले संचालन गर्ने कार्यक्रममा नायक श्रीदेव भट्टराई तथा मोडल शिलाष्मा हमाल,मोडल निशान श्रेष्ठको प्रस्तुती रहनुका साथै करीब १ दर्जन मोडलहरुको र्याम्प शो रहने छ । नेपालका चर...
प्लस साईज मोडल नेपाल हुँदै, अडिसन पुस ९ गते

प्लस साईज मोडल नेपाल हुँदै, अडिसन पुस ९ गते

मनोरन्जन, समाचार
काठमाडौँ —  धेरै युवतीहरु शरीरको मोटोपना बढ्दा चिन्तित हुन्छन् । तर, यही मोटोपनाले कहिलेकाहीँ अवसरको ढोका पनि खोलिदिन्छ । यस्तै एउटा अवसर हो, ‘प्लस साइज मोडल नेपाल ।’ सौन्दर्य प्रतियोगितामा आफ्नो अलग्गै छवी बनाएको मोडल सङ्ग्स नेपालले मोटी युवतीहरुलाई लक्षित गरेर आयोजना गर्दै आएको नेपालको मोडलिङ सम्बन्धी प्रतिष्ठित प्रतियोगिता ‘प्लस साईज मोडल नेपाल’ को चौथो संस्करण सुरु गर्ने भएको छ । वूमनियाको प्रस्तुतीमा आयोजक मोडल सङ्ग्स नेपालले ‘प्लस साईज मोडल नेपाल २०२३’ को आवेदन खुल्ला भएको जनाएको छ । प्रतियोगितामा १६ देखि ४० बर्ष सम्मका विवाहित तथा अविवाहित दुवै समूहका युवती/महिलाहरुले भाग लिन पाउने छन् । प्रतियोगितामा सहभागतिाका लागि ५५ केजीभन्दा माथिको तौल भई स्पष्ट रूपमा मोटोपना देखिएको हुनुपर्ने प्रावधान रहेको आयोजकले जनाएको छ । मोडल सङ्ग्स नेपालको आयोजनामा संचालित प्रतियोगिता देशभर छरिए...