आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

प्रख्यात संगीतकार शम्भूजीतको सङ्गीतमा ‘माया हुन्छ भनन’ (भिडियो)

प्रख्यात संगीतकार शम्भूजीतको सङ्गीतमा ‘माया हुन्छ भनन’ (भिडियो)

मनोरन्जन, समाचार
प्रख्यात सङ्गीतकार शम्भूजीत बासकोटाको सङ्गीत र लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर रहेको गीत  ‘माया हुन्छ भनन’ लाई सार्वजनिक गरिएको छ । गीतकार ज्ञानेन्द्र गदालको शब्दरचना र दीक्षित पौडेलको एरेन्ज रहेको गीतको भिडियोलाई बिहीबार  काठमाडौंमा म्युजिक नेपालद्वारा एक समारोहबीच सार्वजनिक गरिएको हो । कार्यक्रममा बरिस्ठ सङ्गीतकार शम्भूजीत बासकोटा, गायक राम कृष्ण ढकाल , म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा, निर्देशक निकेश खड्का लगायतको उपस्थिति थियो । गीतको म्युजिक भिडियोमा गायक ढकाल र नायिका केकी अधिकारी अभिनय छ । https://youtu.be/OwDrAm5nzF8 निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको क्यामेरा र विकास धमलाको  सम्पादन छ । गीतको भिडियो म्युजिक नेपालको युट्युब च्यानल, म्युजिक नेपालद्वारा उत्पादित मोमो एप्स  र ६० भन्द बढी डिजिटल प्लेटफर्ममा एकसाथ सार्वजनिक गरिएको छ...
आशिष बोहराको ‘सधैं तिमीलाई’ सार्वजनिक (भिडियो)

आशिष बोहराको ‘सधैं तिमीलाई’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौँ। गायक आशिष बोहराको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सधैं तिमीलाई’ बोलको गीतमा रबी मल्लको शब्द तथा संगीत रहेको छ। रोमान्टिक गीतको भिडियोमा गणेशमान घले र दिभ्यानी ओली फिचर्ड छन्। गीतमा विश्व अधिकारीको संगीत संयोजन रहेको छ। अनिल के. मानन्धरको डिओपी रहेको भिडियोको सम्पादन मनोज कार्कीले गरेका छन्। https://www.youtube.com/watch?v=AYiQe47c_9E भिडियोको एसोसियट निर्देशक सर्जुन राई हुन्। रोमान्टिक गीतको भिडियो उत्कृस्ट बनेको छ । भिडियो आशिष बोहराको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।  ...
कशिस दाहाल अभिनित चलचित्र ‘रोशनी’को नयाँ गीत (भिडियो)

कशिस दाहाल अभिनित चलचित्र ‘रोशनी’को नयाँ गीत (भिडियो)

मनोरन्जन, समाचार
चलचित्र ‘रोशनी’को नयाँ गीत सार्वजनिक भएको छ । निर्माण टिमले फिल्म ‘रोशनी’को गीत ‘अधुरो छु म तिमी बिना’ युटुबमार्फत रिलिज गरेको हो। सार्वजनिक भएको फिल्मको गीतमा ओम सुनार र अन्जु पन्तको आवाजमा सजिएको छ भने शब्द संगीत ओमले नै गरेका छन्।गीतको भिडियोमा फिल्मका मुख्य कलाकार कशिस दाहाल र रमेश अब्जुले अभिनय गरेका छन्। गीत रिलिज भएपछि अभिनेत्री दाहाल निकै उत्साहित भएकी छन्। उनले फिल्म निकै राम्रो बनेको र यस फिल्मले आफुलाई उचाईमा पुर्याउन सहयोग गर्ने बताईन।माया प्रेम र द्धन्दमा आधारित फिल्ममा कशिस र रमेशका अलवा नितल पल,सुरज राना,मेनुका गिरी लगायतको मुख्य भुमिका रहेको छ। फिल्मलाई अभिनेता रमेशले नै लेखेका हुन् भने निर्देशन खुब बहादुर सुनार रहेका छन्। https://youtu.be/etBhfuf7lIM सम्पादन गौतमराज खड्का,एक्सन गोपाल परियार र बीर मास्टर र डिओपी अर्नुन कुमार सुनार रहेका छन्। यस फिल्ममा अर्जुन पो...
सरु र राजेन्द्रको ‘फर्केर हेरन’ सार्वजनिक (भिडियो)

सरु र राजेन्द्रको ‘फर्केर हेरन’ सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । गायिका सरु गौतम र गायक राजेन्द्र बजगाईको ‘फर्केर हेरन’ सार्वजनिक भएको छ । संगीत सम्योजन तथा कम्पोज स्वयं संगीतकार बजगाईले गरेका गीतको भिडियो गायिका गौतमको आफ्नै युट्युब च्यानल सरु गौतमबाट सार्बजनिक गरिएको छ। प्रीज्म स्टुडियोमा रेकर्डिङ गरिएको उक्त गीतमा शब्द भुवन न्यौपानेको छ भने ध्वनी सम्पादन ध्वनी सम्पादक श्याम श्वेत रसाइलीले गरेका छन। https://youtu.be/wqrU-tBBFyw काभ्रे र काठमाडौको बिभिन्न स्थानमा छाँयाकन गरिएको गीतमा गायक गायिका आफैले फिचरिङ गरेका छन भने निर्देशन अभि वाग्लेको रहेको छ। गीतको छायांकन तथा ड्रोन प्रबेश अधिकारी र सम्पादन राजेश कुमारले गरेका हुन। मेकअप शुस्मिता राई र प्रोडक्सन म्यानेजरमा बिक्रान्त आचार्य(बिनोद) रहेका छन। ...
रामेछाप सांस्कृतिक कलाकार समाजको सांस्कृतिक कार्यक्रम

रामेछाप सांस्कृतिक कलाकार समाजको सांस्कृतिक कार्यक्रम

मनोरन्जन, समाचार
रामेछाप सांस्कृतिक कलाकार समाजको नेतृत्वमा कल्याणकारी कोषको स्थापना भएको छ ।राजधानीमा एक कार्यक्रम गरि कोषको स्थापना गर्नुका साथै बृहत सांस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको छ ।  संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कोषको स्थापना गरिएको हो । कोषको स्थापनाको उद्घाटन गर्दै मन्त्री किराँतीले मन्त्रालयबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय संस्कृतिमा आएको बिकृतिलाई खुलेर बिरोध गर्नभयो ।त्यस्तै संघिय सांसद एवम नेपाली कांग्रेस रामेछापका सभापति कान्छाराम तामाङले कला संस्कृतिलाई संरक्षण गर्नु हामी सबैको दाहित्व भएको भन्दै कलाकार समाजको कल्याणकारी कोषमा ३३ हजार रकम सहयोग गर्नुभएको छ । त्यसैगरी, पुर्वराज्यमन्त्री श्यामकुमार श्रेष्ठ,प्रदेश सांसद तारानारायन श्रेष्ठ,युवराज चौलागाई,पुर्वसभासद लक्ष्मी गुरु...
हिमालयन अन्तर्राष्ट्रिय अवार्ड सम्पन्न,शाहलाई नगद सहित दीर्घ साधना सम्मान

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड सम्पन्न,शाहलाई नगद सहित दीर्घ साधना सम्मान

मनोरन्जन, समाचार
विमेन्स एरा एण्ड मिडिया ग्रुप प्रा.लि. नेपालको आयोजनामा हिमालय अन्तर्राष्ट्रिय अवार्डको तेस्रो संस्करण सम्पन्न भएको छ । राजधानीको जमलस्थिति होटल एलो प्यागोडामा परराष्ट्रमन्त्री एनपी साउदको प्रमुख आतिथ्यतामा एक भव्य र विशेष समारोहबीच शनिबार अवार्ड सम्पन्न भएको हो । अवार्ड समारोहमा वरिष्ठ गायिका तथा संकलक चन्द्रकला शाहलाई नगद राशीसहित दीर्घ साधाना सम्मान अर्पण गरिएको थियो । समारोहमा रङ्ग पत्रकारिता सम्मानबाट सञ्चारकर्मी पत्रकार हेम सुवेदी, सानुकाजी श्रेष्ठ, राजेन्द्र लुईंटेल, सूर्य चन्द, सुमन सापकोटा, शिबराम भण्डारी र फोटो पत्रकार महम्मद जलिमलाई दोसल्ला, माला र सम्मान पत्रद्वारा प्रमुख अतिथि मन्त्री साउदले सम्मान गर्नुभएको थियो । यस्तै, हिमालयन सामाजिक व्यक्तित्व सम्मान-२०७९बाट वसुन्धरा लामा, सावित्री लामा, सुरेन्द्रप्रसाद सञ्जेल, हिक्मत कार्कीलाई दोसल्ला, माला र सम्मान पत्रद्वारा प्रमुख...
‘मोडल अफ दी ईयर नेपाल’ को उपाधी अग्रज श्रेष्ठलाई

‘मोडल अफ दी ईयर नेपाल’ को उपाधी अग्रज श्रेष्ठलाई

मनोरन्जन, समाचार
तेश्रो संस्करणको ‘मोडल अफ दी ईयर नेपाल’ को शीर्ष उपाधी अग्रज श्रेष्ठले जितेका छन्। ड्रीम मोडलिङ एजेन्सी एन्ड ईभेन्ट मेनेजमेन्टद्वारा ईटहरीस्थित दुर्गा पार्टी प्यालेसमा सम्पन्न उक्त प्रतियोगिताको अन्तिम स्पर्धामा अन्य प्रतिस्पर्धीहरुलाई पछि पार्दै श्रेष्ठले शीर्ष ताज पहिरीएका हुन् । बिजेताले शिर्ष उपाधीसंगै नगद रु २०,००० सहित ५ लाख बराबरको विमा, ३ लाख बराबरको आकर्षक उपहारहरुसंगै विभिन्न म्युजिक भिडियो, विज्ञापन तथा शर्ट मुभीहरुमा अभिनय गर्ने अवसर प्राप्त गरेका छन। प्रतियोगितामा प्रसन राउतले फर्स्ट रनरअपको ताज हात पारे भने मनिश शंकरले सेकेन्ड रनरअपको ताज पहिरिन सफल भए। राउत र शंकरले उपाधीसंगै क्रमशः नगद रू १५ हजार सहित ३ लाख बराबरको बीमा र १० हजारसहित २ लाखबराबरको बीमा र अन्य आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन। त्यसैगरी अर्गनाईजर चोईसको अवार्ड भने कृपा राईले हात पारेकी छिन। प्रेक्ष्या क...
बुनु श्रेष्ठको नेवारी गीत ‘बहनिया मिला’ सार्वजनिक(भिडियो)

बुनु श्रेष्ठको नेवारी गीत ‘बहनिया मिला’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं। नेपाली आधुनिक संगीतमा गायिका बुनु श्रेष्ठको गायन यात्राले दशकौं पार गर्न लागिसकेको छ। अढाई सय नेपाली गीतमा सुमधुर स्वर दिइसकेकी छन्। यद्यपि, गायन यात्रामा चुपचाप छायांमा नै पर्दैआएकी उनै गायिका बुनु श्रेष्ठले नेपालभाषाको सांगीतिक क्षेत्रमा पनि आयामिक रुपमा आफूलाई प्रस्तुत गरेकी छन्। नेपालभाषामा पहिलो पल्ट बहनिया मिला अर्थात रातको जुन बोलको गीत शनिवार काठमाडौंमा सार्वजनिक गरेर आफूलाई नेपालभाषाको बलियो गायिका मात्र नभइकन नायिकाको रुपमा प्रस्तुत गर्न सफल भएकी छन्। https://www.youtube.com/watch?v=m1Sc4DGSPNA आफ्नो गायनको गीत बहनिया मिलामा आफै नायिका बनेर बुलन्द अभिनय गरेकी बुनु श्रेष्ठ गायिका मात्र नभइकन नायिका पनि हुन भन्ने प्रमाणित गरेको छ। जुन गीतमा गायिका बुनु श्रेष्ठको अभिनयमा नेपाली चलचित्रका युगिन नायक धीरेन शाक्यले साथ दिएका छन्। बढी नेपाली चलचित्रमा मात्र सक्रिय बनि...
‘गीता एभिएसन ग्यालेक्सि एक्सिलेन्स अवार्ड’:श्रेष्ठलाई राष्ट्र सेवा सम्मान

‘गीता एभिएसन ग्यालेक्सि एक्सिलेन्स अवार्ड’:श्रेष्ठलाई राष्ट्र सेवा सम्मान

मनोरन्जन, समाचार
काठमाडौं । गीता एभिएसन ग्यालेक्सि एक्सिलेन्स अवार्डको दोश्रो संस्करण भव्य रुपमा सम्पन्न भएको छ । होटल हायात प्यालेसमा सम्पन्न उक्त कार्यक्रमा चलचित्र, साहित्य, वातावरण लगायत विभिन्न क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउदै आएका ३७ जना प्रतिष्ठित व्यक्तित्वहरुलाई ग्यालेक्सि अवार्ड प्रदान गरिएको छ । निकिला मिडिया नेटवर्क, पव्लिक सूचना तथा भवानी इन्टरटेनमेन्टको सँयुक्त आयोजनामा ​सम्पन्न उक्त कार्यक्रममा चलचित्र, मोडलिङ, शिक्षा, साहित्य, स्वास्थ्य, गैरसरकारी सँस्था, सञ्चार, वातावरण, कला तथा सँस्कृति,खेलकुद लगायतका करिव डेढ दशकभन्दा लामो समयदेखि सक्रिय रहदै आएका उत्कृष्ट व्यक्तित्वहरुलाई अवार्ड वितरण गरिएको हो । प्रत्येक वर्ष करिव २ दशक भन्दा लामो समय क्रियाशील रहेर आफ्नो क्षेत्रबाट देश र समाजमा योगदान दिने व्यक्तित्वलाई राष्ट्र सेवा सम्मान गरिदै आएकोमा यस वर्ष  नेपाल महिला चेम्बरकी अध्...
रामेछाप साँस्कृतिक कलाकार समाजले नयाँ बर्षमा साँस्कृतिक कार्यक्रम गर्ने

रामेछाप साँस्कृतिक कलाकार समाजले नयाँ बर्षमा साँस्कृतिक कार्यक्रम गर्ने

मनोरन्जन, समाचार
रामेछाप कलाकार समाजले नयाँबर्षको अवसरमा आगामी बैशाख ९ गते साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । कलाकार कल्याणकारी कोष स्थापनाका लागी साँस्कृतिक कार्यक्रमका साथै स्रष्टा सम्मान कार्यक्रम आयोजना गर्ने समाजले जनाएको छ । रामेछाप बाट निर्वाचित संघिय र प्रदेश प्रतिनिधिलाई सम्मान गर्नका साथै कलाकार कल्याणकारी कोष स्थापनाकालागी सांस्कृतिक कार्यक्रम समेत आयोजना गर्ने रामेछाप सास्कृतिक कलाकार समाजका अध्यक्ष कुमार कार्कीले बताएका छन् । रामेछाप साँस्कृतिक कलाकार समाजले उक्त कार्यक्रम बारे जानकारी दिने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । साँस्कृतिक कार्यक्रमबाट उठेको रकमले कल्याणकारी कोष स्थापना गरिने समाजको उदेश्य रहेको संस्थाका उपाध्यक्ष सन्ध्या सानुले बताईन । ...