यस वर्षको ‘मिस्टर एण्ड मिस एसईई आइकन’को उपाधी खत्री र केसीलाई
काठमाडौ । “यदि तपाइँ विश्व नेताहरूसँग सामाजिक मुद्दामा छलफल गर्ने मौका पाउनुभयो भने, कुन सामाजिक मुद्दा हुनेछ? किन?” भन्ने प्रश्नको सर्वउकृष्ट उत्तर दिएर मिस तर्फ प्रतियोगि नं. ३३ का प्रजीता के.सी.विजेता भए । भने, मिस्टर तर्फ सम्पूर्ण खत्री विजेता भएका थिए । एएनपी मिडिया हाउसद्वारा राजधानीको जमलस्थित राष्टिय नाचघरमा सम्पन्न ‘मिस्टर एण्ड मिस एसईई आइकन, २०२३’ को फाइनल भएको थियो ।
प्रतियोगितामा यस वर्ष एसईई दिएका ५४ विद्यार्थीहरुले भाग लिएका थिए । एसईई दिएका छात्र–छात्राहरु वौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिका तालिम लिएर फाइनल प्रतिस्पर्धामा उत्रिएका थिए। सम्पूर्ण खत्रीले मिस्टर तर्फको शिर्ष उपाधी सहित विधागत तर्फ मिस्टर परफेक्ट र मस्ट डिजर्भिङको अवार्ड पनि हात पार्न सफल भए भने प्रजिता के.सी ले मिसतर्फको शिर्ष ताजसहित विधागत तर्फ मस्ट स्टाइलिस्ट र पब्लिक च्वाइस अवार्ड हात पारिन ।त्य...









