आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

केही फरक बबिना भट्टराईको ‘बालापनको तीज’(भिडियो)

केही फरक बबिना भट्टराईको ‘बालापनको तीज’(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं यस वर्षका तीजका लागि भनेर गायक गायिकाले आफ्ना सिर्जनाहरु दर्शकमाझ पस्किरहेका छन्। तीज आउन डेढ महिना बाँकी रहदा गायक गायिकाहरु तीजका लागि युट्युबमार्फत सार्वजनिक गरिरहेको अवस्थामा गायका बबिना भट्टराईले पनि नयाँ गीत लिएर स्रोता तथा दर्शकमाझ आएकी छन्। भीष्ममणि पाण्डेको शब्द रचनामा ‘बालापनको तिज’ नामक गीत बबिना भट्टराईको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। गीतलाई बबिनाकै संगीत सुन्न सकिन्छ। सार्वजनिक गीतमा बाल्यकालको तीजलाई भावनामा व्यक्त गरिएको छ। https://www.youtube.com/watch?v=Ky_j5u7kq4g ‘बालापनको तीज’ गीतमार्फत बालबालिकाहरुमा समर्पित रहेको छ। सांस्कृतिक सम्पतीको रुपमा सिर्जना गरिएको तीजको कोशेली साना साना नानीहरुको लागी सांस्कृतिक मनोरञ्जन प्रदान गर्नको लागी यो गीत तयार पारिएको गायिका भट्टराईले बताईन् । केशब राज भट्टले निर्देशन तथा कोरियोग्राफी गरेको भिडियोलाई ...
‘माइत जाने हो’ भन्दै आए प्रताप र रिज्योना(भिडियो)

‘माइत जाने हो’ भन्दै आए प्रताप र रिज्योना(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । तीज नजिकिदै गर्दा सामाजिक सञ्जालमा तीजका गीत बज्न थालेका छन्। यहीबीचमा प्रताप दास र रिज्योना कार्कीको स्वरमा तीज गीत ‘माइत जाने हो’ सार्वजनिक भएको छ । निर्माण टिमले मंगलबार गीतको भिडियो युटुबमार्फत सार्वजनिक गरेको हो। मित्र केसीले लेखेको गीतमा बिष्णु तामाङको संगीत तथा संगीत सम्योजन रहेको छ । https://www.youtube.com/watch?v=kSd3MzYHYL4 गीतमा माया प्रेमका प्रेमिल भाव प्रस्तुत गरिएको छ। विजय गुरुङ निर्देशन गरेको भिडियोमा सुबोध श्रेष्ठ, बिजय गुरुङ, विना राउत र आभा थापाले नाचेका छन्। उनीहरुको नाचलाई दर्शकले रुचाएका छन्। प्रकाश थापाले खिचेको भिडियो मिलन विश्वकर्माले सम्पादन गरेका छन । ...
युएईका विभिन्न शहरमा ‘आउनै पर्छ नाईट २’ हुने

युएईका विभिन्न शहरमा ‘आउनै पर्छ नाईट २’ हुने

मनोरन्जन, समाचार
युएई । नेपालीहरुको वैदेशिक रोजगारीका लागि मात्र होईन व्यापार व्यवसायका लागि समेत उत्कृष्ट रोजाईमा पर्ने देश युएईमा लाखौं नेपालीहरु रहेका छन । प्रवासमा रहेर आफ्नो व्यस्त समय मनोरन्जनका लागि छुट्याउदै आएका नेपालीहरु बेला बेलामा भैरहने विविध कार्यक्रमहरुमा सहभागी भै मनोरन्जन लिने गर्दछन । यस्तो मनोन्जनको माध्यम बनेको छ नेपालीहरु आफैले संचालन गरेको ईभेन्ट कम्पनीहरु । यसैक्रममा दुवईमा रहेको जिरो टू वान इभेंट म्यानेजमेण्ट कम्पनीले आउदो २९ जुलाई २०२३  याक एण्ड यति एभरेष्ट क्लब ,बरदुबई र ३० जुलाई २०२३ मनिला बे ईमिरेट्स प्लाजा होटल अवुधाबीमा नेपालका ख्याति प्राप्त गायक नितेश जंग कुवर, समृद्धि राई लगायत नेपालकै बेस्ट लेडीज़ डिजे नानी र युएई को चर्चित क़ाब्या ब्यांड र होस्ट सरू को साथमा सांगीतिक धमाका हुन गई रहेको छ।लामो समयदेखि युएईका विभिन्न शहरहरुमा यस कम्पनीले बिगतमा पनी यस्ता सांगीतिक कार्यक्रम...
ज्योती के.सी.द्वारा एनआरएनए जापानको सदस्यका लागि उम्मेदवारी दर्ता

ज्योती के.सी.द्वारा एनआरएनए जापानको सदस्यका लागि उम्मेदवारी दर्ता

मनोरन्जन, समाचार
विगत ११ वर्षदेखि जापानको फुकुओकामा बसोबास गर्दै आएका युवा व्यावसायी ज्योति के.सी.ले आउँदै गरेको एनआरएनए जापानको अधिवेशन (२०२३-२०२५) का लागि सदस्य पदमा उम्मेद्वारी दिएका छन् । एनआरएनएमा विगतदेखि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहभागी रहेका ज्योतिले सन् (२०१७-२०१९ ) मा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) कियुस्यु क्षेत्रको प्रवक्ताको रूपमा रहेर काम गरेका थिए । सामाजिक भावनाले ओतप्रोत ज्योतिसँग विश्वकै ठूलो मानिने परोपकारी संस्था लायन्स क्लबमा समेत आबद्ध रहेर काम गरेको अनुभव छ । लायन्स क्लबले सञ्चालन गर्ने रक्तदान कार्यक्रममा पनि उनको राम्रो योगदान छ । उनले लायन्स क्लव अन्तर्गतकै निकै महत्वपूर्ण मानिने Progressive Melvin Jones Fellow र T U Blood Transfusion & Research Center मा समेत ठूलो रकम डोनेशन गरेका थिए । नेपालमा रहँदा विभिन्न खालका म्यूजिक भिडिओ, बृत्तचित्र, टेलिसिरियल र टेलिभिजन कार...
एसके ईन्टरटेनमेन्टको आयोजनामा ‘मिसेस तामाङ’सम्पन्न

एसके ईन्टरटेनमेन्टको आयोजनामा ‘मिसेस तामाङ’सम्पन्न

मनोरन्जन, समाचार
‘मिसेस तामाङ २०२३’को ताज सरिता तामाङले जितेकी छिन् । शुक्रबार सम्पन्न अन्तिम प्रतिश्पर्धामा शरिताले अन्य १२ प्रतिश्पर्धीलाई पछि पार्दै ‘मिसेस तामाङ २०२३’को ताज पहिरिएकी हुन् । उनले भ्यूअर च्वाइस, पब्लिक च्वाइस, फोटोजेनिक र लिडरशीपसमेतको उपाधि जितिन् । बिगत आठ वर्षदेखि यस प्रतियोगिता आयोजना गर्दै आएको एसके इन्टरटेनमेन्ट प्रा.लि.ले अघिल्लो साता काठमाडौंको नक्सालस्थित क्राउन प्लाजामा ‘मिसेस तामाङ २०२३’को ट्यालेन्ट राउण्ड सम्पन्न गरेको थियो भने ग्राण्ड फाइनल कानून, न्याय तथा संघीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख अतिथ्यतामा गत शुक्रबार राष्ट्रिय नाचघरमा सफलतापूर्वक सम्पन्न भएको थियो । अन्तिम प्रतिश्पर्धाको बिजेता छनौटका लागि निर्णायकहरुमा बरिष्ठ गायक आनन्द कार्की, गायक विश्व दोंग, गायक रोशन तामाङ, ब्यबसायिक मेकअप आर्टिष्ट टेकराज पाण्डे, रमला पाख्रिन, गायिका समाजसेवी तथा फेशन डिजाइनर सोन...
काव्य आचार्यको तीज गीत ‘सम्झ्यौ कि आमाले’ सार्वजनिक(भिडियो)

काव्य आचार्यको तीज गीत ‘सम्झ्यौ कि आमाले’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काव्य आचार्यको स्वरमा रहेको तीज गीत ‘सम्झ्यौ कि आमाले…’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा माइतीको सम्झना गरिएको छ । आमा र भाउजूलाई सम्झिएको गीतमा माइतीलाई भेट्न नपाउँदाको पीडा पोखिएको छ । https://youtu.be/cnIdvGQsWl8 काव्यकै शब्द, संगीत रहेको गीतमा पवन रानाभाटको संगीत संयोजन रहेको छ । रामकुमार केसीको छायांकन रहेको गीतको भिडियोमा टेकेन्द्र शाहको सम्पादन र कलर रहेको छ । ...
गायक युवराज छन्त्यालको ‘पैसा वाला हेर्छन’(भिडियो)

गायक युवराज छन्त्यालको ‘पैसा वाला हेर्छन’(भिडियो)

मनोरन्जन, समाचार
गायक युवराज छन्त्यालको नयां गीत ‘ पैसा वाला हेर्छन ‘ को भिडियो सार्वजनिक भएको छ । छन्त्यालकै शव्द तथा संगीतमा तयार भएको गीत उनको आफ्नै युट्युब च्यानल युवराज छन्त्याल ‘ Yubraj Chhantyal’ बाट सार्वजनिक गरिएको हो । कुमार थापाको एरेन्ज रहेको गीतको भिडियोलाई शिवन पोखरेलले निर्देशन गरेका छन । यादव देवकोटा,करिश्मा परियार तथा नविन पोखरेलको अभिनय रहेको भिडियोलाई आलोक वाग्लेले छायांकन गरेका हुन । https://www.youtube.com/watch?v=xgN5eYt6EzA सरोज केसीले सम्पादन गरेको भिडियोलाई क्यामेरामा विनय भारतिले सहयोग गरेका हुन । प्रवासमा रहेर पनि गीत संगीतमा सक्रिय छन्त्यालका थुप्रै गीतहरु सार्वजनिक भैसकेको छ । थुप्रै सफल गीतहरु संगीत तथा श्रृजना गरि सांगीतिक क्षेत्रमा फरक परिचय स्थापित गरिसकेका छन्त्याल राष्ट्रिय अन्तराष्ट्रिय अवार्डबाट समेत अवार्डेड भैसेका छन । ...
म्युजिकल सिनेमा “समलिङ्गी”सार्वजनिक(भिडियो)

म्युजिकल सिनेमा “समलिङ्गी”सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । नेपाली गित संगीत बजारमा एक नितान्त फरक र नयाँ प्रकारको “समलिङ्गी”नामक म्युजिकल सिनेमा सार्वजनिक छ । बिगतमा पनि म्युजिकल सिनेमाहरु नआएका होईनन तर हालसम्म निस्केको र बनेको भन्दा फरक कथा र विषय समेटेर बनाइएको दाबी निर्माण पक्षको रहेको छ। शिरिशा पौडेलको शब्द ,भिम बिसिको संगीत तथा समिक्षा अधिकारीको स्वर रहेको गितको भिडियोलाइ दिनेश पराजुलीले खिचेका हुन । https://www.youtube.com/watch?v=f_uKhmZ94xk दिपशिखा खड्का र सृष्टि खड्का फिचरिङ उत्त भिडियोको सिलन लम्सालले सम्पादन गरेका छन। सयौं म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक बसन्त सापकोटा यो म्युजिकल सिनेमामा भने आफू क्रीएटिभ डाइरेक्टरका रुपमा काम गरेका बताएका छ्न । भिडियोलाई दिपशिखा खड्काले निर्देशन गरेकी हुन । ...
तिज गित ‘सम्झेर माईतीको आँगन’(भिडियो)

तिज गित ‘सम्झेर माईतीको आँगन’(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । तिज गित ‘सम्झेर माईतीको आँगन’ बजारमा आएको छ । कुमार कार्की को रचना तथा कविराज गिरी को संगित रहेको श्रीनाथ फिल्मस् को ब्यानर तथा कृपा एण्ड कृतिका प्रोडक्सन सहकार्यमा निर्मित तिज कोशेली माईतिको सम्झना एवान ईन्टरटेनमेन्ट युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । हुन्दु नारी हरुको महान पर्व तिज, बिशेष गरि गित मार्पmत माईतिलाई सम्झने पिर ब्यथा भुलाएर रमाईलो गरिने पर्व हो । बदलिदो समय संगै तिज को मर्म संकृती हराउदै गएकाले यस बर्ष मौलिक तिज गित बजारमा ल्याएको गितकार कुमार कार्कीले बताएका छन् । उक्त गितमा स्वर सुर्खेती चेली टिका पुनको रहेको छ भने अभिनय चर्चित मोडल आरुसी मगरको रहेको छ । https://www.youtube.com/watch?v=kwVPfJz8VNg गितको शब्द ले भने जसरी नै भिडियोको छायांकन गरिएको र भिडियोमा चड्किलो पन भन्दा पनी मौलिकता लाई बिशेष ध्यान पु¥याईएको निर्देशक निर्मल प्याकुरेलले बताएका छ...
२१०औं भानुजयन्तिमा बालाजु बाईसधारामा कविता वाचन

२१०औं भानुजयन्तिमा बालाजु बाईसधारामा कविता वाचन

मनोरन्जन, समाचार
बालाजु बाईसधारा उद्यान कार्यालयको  आयोजनामा २१० औं आदिकवी भानुभक्त को जन्मजयन्ती बालाजु बाईसधारामा कविता वाचन सहित सम्पन्न भएको छ । वाइसधारा भानु कला समुहको सहयोगमा काठमाडौं महानगर पालिका उत्थान तथा हरियाली प्रवद्र्धन आयोजना अन्तरगत वालाजु वाइसधारा उध्यान कार्यालयले आयोजना गरेको २१० औं भानुजयन्ति तथा कविता वाचन कार्यक्रममा स्थानिय कवि कलाकार साहित्यकार तथा सर्वसाधारणको उल्लेखिय उपस्थिती रहेको थियो । कार्यालय प्रमुख दामोदर लामाको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि पुर्व राज्यमन्त्री रामवीर मानन्धर थिए भने विशेष अतिथीहरुमा काठमाडौं क्षेत्र ७ का सभासद गणेश पराजुली का.म.न.पा.का १६ का वडा अध्यक्ष मुकुन्द रिजाल, वरिष्ठ साहित्यकार श्रीहरि फुयाल विशिष्ठ कलाकार उत्तम केसी रहनु भएको थियो । कार्यक्रम उपस्थिती सबैले भानुभक्तको सालिकमा अविर फुलमाला अर्पण गरि कार्यक्रम शुभारम्भ गरिएको थि...