आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

गाईजात्रा भदौ १४ देखि प्रज्ञामा

गाईजात्रा भदौ १४ देखि प्रज्ञामा

मनोरन्जन, समाचार
यस वर्षको गाईजात्राका अवसरमा ब्राण्डवर्थ प्रालिले यही भदौ १३ गतेदेखि १८ गतेसम्म गाईजात्रा महोत्सव गर्ने भएको छ। ‘२०८० सालको गाईजात्रा’ नाम दिइएको उक्त कार्यक्रममा नेपालको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने र महोत्सवमा हाँस्यव्याङ्ग्य कलाकारको प्रस्तुति रहने कलाकार मनोज गजुरेलले जानकारी दिए।  गाईजात्रामा मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल ‘चिप्लेटी अङ्कल’, सीता न्यौपाने, राधिका कँडेल, दीपकप्रसाद आचार्य ‘काकु’, प्रभात लामा, रुविना अधिकारीलगायत कलाकारले दर्शकलाई हसाउने छन्।  जेसीस, लायन्सलगायत संस्थासँगको सहकार्यमा ब्राण्डवर्थ प्रालिले उपत्यका बाहिर पनि गाईजात्रा आयोजना गर्दैछ। विराटनगर, बर्दिबास, चन्द्रनिगाहपुर, सैनामैना, दाङमा कार्यक्रम हुने भएको छ। कोरोना महामारीका समयमा दुईवटा वर्षमा पनि डिजिटल गाईजात्रा गरेर दर्शकलाई मनोरञ्ज...
एएनपी मिडियाको आयोजनामा १२ औं संस्करणको ‘लिटिल आइकन नेपाल’ सम्पन्न

एएनपी मिडियाको आयोजनामा १२ औं संस्करणको ‘लिटिल आइकन नेपाल’ सम्पन्न

मनोरन्जन, समाचार
ए.एन.पी. मिडिया हाउसद्वारा आयोजित १२ औं संस्करणको ‘लिटिल आइकन नेपाल, २०२३’ को अन्तिम स्पर्धा सम्पन्न भएको छ। राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न  बालबालिकाहरुको सौन्दर्य तथा प्रतिभा प्रस्फुटन सम्बद्द सौन्दर्य प्रतियोगितामा तनुजा चौधरी, काब्या श्रेष्ठ, सामिक महर्जन र मुस्कान कटुवालले क्रमशः जुनियर गर्ल्स, सिनियर गर्ल्स, बोईज ग्रुप र टिन गर्ल्स तर्फको शिर्ष उपाधी हात पारे। शिर्ष ताजसंगै बिजेता चौधरीले मेनेजमेन्ट च्वाइस, श्रेष्ठले पब्लिक चोईस वीनर, मस्ट ट्यालेन्ट र मस्ट कन्फिडेन्ट, महर्जनले फेसबुक चोईस र बेस्ट सिङ्गर तथा कटुवालले बेस्ट डान्सतर्फको अवार्ड समेत हात पार्न सफल रहे। सुमी बानियाको कोरियोग्राफी रहेको कार्यक्रमलाई रोजिन शाक्यले संचालन गरेका थिए । शम्भु प्रसाद रेग्मी संयोजक रहेको उक्त प्रतियोगितामा शिक्षाविद डा. लाक्पा शेर्पा, शिक्षाविद दायाराम दाहाल, प्रिन्सीपल स...
थाइलैण्डमा भएको स्टार ईन्टरनेशनल अवार्डमा सम्मानित भए नेपालका कलाकर्मी

थाइलैण्डमा भएको स्टार ईन्टरनेशनल अवार्डमा सम्मानित भए नेपालका कलाकर्मी

मनोरन्जन, समाचार
थाईलैण्ड । तेश्रो स्टार ईन्टरनेशनल अवार्ड बैंककमा भव्य रुपमा सम्पन्न भएको छ । नेपाल एयरलाईन्सका कार्यकारी अध्यक्ष तथा वरिष्ठ गीतकार युवराज अधिकारीको प्रमुख आतिथ्यता तथा एयरलाईन्सका निर्देशक अनिल घिमिरे तथा थाइलैण्डका प्रतिष्ठित व्यबसायी विजय तिमल्सिनाको विशेष आतिथ्यतामा उक्त अवार्ड बैंककमा सम्पन्न भएको हो । लामो समयदेखि आ- आफ्नो क्षेत्रमा उत्कृष्ट योगदान दिने प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गर्ने उक्त अवार्ड समारोहमा सहभागी हुन नेपाल सहित म्यानमार,थाईलैण्ड र युएईबाट करिव ३ दर्जन व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । प्याजेन्ट नेपाल नेटवर्क र दक्ष ईन्टरनेशनलको संयुक्त आयोजना तथा निकिला मिडियाको सहकार्यमा आयोजित अवार्डमा कलाकारिता तर्फबाट रजत सम्मान विशिष्ट कलाकार शिवहरि वैरागीलाई प्रदान गरियो भने ,साहित्य तर्फ राधादेवी पराजुली,सामाजिक सेवाका लागि टंक प्रसाद न्यौपाने,शान्ता कुमारी दाह...
‘ए आमा गाउँदै नाच्ने हो’भन्दै पुजन काफ्ले (भिडियो)

‘ए आमा गाउँदै नाच्ने हो’भन्दै पुजन काफ्ले (भिडियो)

मनोरन्जन, समाचार
हिन्दु नारीहरूको महान् पर्व मानिएको तीजका सन्दर्भलाई समेटेर गायिका पुजन काफ्लेले तीज गीत तयार गरेकी छिन । ‘ए आमा गाउँदै नाच्ने हो’ बोलको तीज गीत गायिका काफ्लेकै शब्द समेत रहेको छ भने संगीत आरसी रिमालले दिएका छन् ।  भिडियोमा गायिका काफ्लेसँगै मैया काफ्ले, कल्पना पाण्डे, पुनम काफ्ले, स्मृति भुजेल, कृति भुजेल, एलिजा काफ्ले, सरस्वती तामांग, एन्जल काफ्ले, तारा लामा, उषा काफ्ले लगायतका कलाकारले अभिनय गरेका छन् । शेरबहादुर डिसीको निर्देशनमा तयार भएको भिडियोमा शिवन पोखरेलको नृत्य निर्देशन, सुशील डाँगीको छायांकन, निराजन केसीको सम्पादन तथा कलर करेक्सन, सृष्टी थापा मगरको मेकअप एण्ड हेयर रहेको छ ।  गायिका काफ्लेकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीत आउँदो तीजमा दर्शक तथा स्रोताको रोजाईमा पर्ने विश्वास व्यक्त गरिएको छ । https://www.youtube.com/embed/2nbGWA6EYz8 ...
‘मिसेस नेपाल आईकन २०२३’ को उपाधि मेरीशा सुवाल मालाकारले हात पारिन

‘मिसेस नेपाल आईकन २०२३’ को उपाधि मेरीशा सुवाल मालाकारले हात पारिन

मनोरन्जन, समाचार
काठमाडौं । राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न सातौँ संस्करणको ‘मिसेस नेपाल आईकन २०२३’ को उपाधि काठमाडौंकी क्षेत्रपाटी, धोबिचौरकी मेरीशा सुवाल मालाकारले हात पारेकी छिन । एएनपी मिडियाद्वारा आयोजित समरोहमा महिला सशक्तिकरणलाई कसरी वर्णन गर्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिँदै मेरीसाले शिर्ष उपाधि जित्न सफल भएकी हुन । उनले उपाधीसंगै मस्ट पपुलर, बेस्ट डान्स र मस्ट पङ्चुअल अवार्डसमेत जितेकी छन । साथै बिजेताले शिर्ष ताजसंगै नगद रु पचास हजारसहित आकर्षक गिफ्ट ह्याम्परहरु समेत प्राप्त गरीन । सुमी बानियाँको कोरियोग्राफी तथा रोजिन शाक्यको संचालनमा सम्पन्न प्रतियोगितामा गायिका सत्यकला राई, राष्ट्रिय तथा अन्तराष्ट्रिय नृत्यकार सीता सुवेदी र मोडल तथा संचारकर्मी अरुणा सुवेदी निर्णायक रहेका थिए । प्रतियोगिताको संयोजक शम्भु प्रसाद रेग्मी तथा इभेन्ट मेनेजर लबिश कुमार कार्कीको मेनेजमेन...
डीपी दाहालको शव्दमा’आमाले छाडेर गैगएपछि’ सार्वजनिक(भिडियो)

डीपी दाहालको शव्दमा’आमाले छाडेर गैगएपछि’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाण्डौ । गीतकार डी पी दाहाल परिश्रमीको रचनामा सन्तोष श्रेष्ठको संगीतमा गायिका अन्जु पन्तले स्वर दिएको “आमा तिमी छोडेर गैगयौ” बोलको मनछुने गीत बजारमा आएको छ । रिता सिम्खडा दाहालको प्रश्तुती रहेको सो गीतको म्युजिक भिडियोलाई अहिलेका चिरपरिचत निर्देशक निकेश खड्काले निर्देशन गर्नु भएको छ । https://youtu.be/plKRkXlEVkQ एक दिन सबैले आफ्नो आमासंग बिछोड हुनुपर्दाको कारुणिक दृश्य गीतमा हेर्न पाईन्छ । यो पिडा नभोग्ने सायदै कोही होला, आमा प्रतिको सम्मानलाई गीतले बोलेको छ ।  लोकप्रिय कलाकार स्मारिका ढकालको दमदार अभिनय रहेको सो गीतको मिक्सीङ्/ मास्टरिङ् किशोर थापा,छायांकन उत्तम हुमागाई, सम्पादन बिकास धमलाको रहेकोछ । DP Dahal Yutube Channel बाट सार्वजनिक भएको भिडियो हेरेर सल्लाह सुझाव दिनका लागि गीतकार परिश्रमीले सबैसंग अनुरोध गरेका छन् । ...
तिलक रामदामको तीज गीत “मोहनी लगायो कानको झुम्काले”सार्वजनिक(भिडियो)

तिलक रामदामको तीज गीत “मोहनी लगायो कानको झुम्काले”सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं । तिलक रामदामको तीज गीत “मोहनी लगायो कानको झुम्काले” सार्वजनिक भएको छ । नवलपुर बुलिङटार थामबेसिमा जन्मेका तिलक आफैमा गायक, सब्द, संगीत, गर्न सक्ने क्षमता भएका ब्यक्ती हुन । यस अघि उनको “चकलेटी हिरो” बोलको तिज गित सार्वजनिक भएको थियो । यो अनुरुप यो वर्ष पनि नयाँ तिज गित लिएर उनी दर्शक माझ आएका हुन । https://www.youtube.com/watch?v=dZO7S_ilKB4 अन्य तीज गीत भन्दा भिन्न रहेको तीज गीतमा मायालु जोडी बिचको शंका र नोकझोक गीतमा रहेको बताउछन । यो गीत उनको आफ्नै अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतमा बिष्णु परियार र जय देवकोटाको स्वर छ । लय संकलन र शब्द तीलकको रहेको गीतमा सन्जय श्रीपालले एरेन्ज गरेका छन । गीतको भिडियोमा रुविना अधिकारी र अस्वन मगर फिचर्ड छन । भिडियो मदन खड्काले निर्देशन गरेका हुन । ...
५१ हजार रुपैयाँ राशिको ‘भुवन चैत्य वसुन्धरा पुरस्कार’ हस्तान्तरण

५१ हजार रुपैयाँ राशिको ‘भुवन चैत्य वसुन्धरा पुरस्कार’ हस्तान्तरण

मनोरन्जन, समाचार
भुवन चैत्य बसुन्धरा फाउण्डेसनले वर्ष गरी दुई वर्षका भुवन चैत्य वसुन्धरा पुरस्कार विभिन्न व्यक्तित्वहरुलाई एक साथ हस्तान्तरण गरेको छ । आइतबार चलचित्र विकास बोर्डको हलमा आयोजित एक समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ती पुरस्कारहरु प्रदान गरेकी हुन् । समारोहमा २०७९ सालको हरिश–भुवनचन्द पुरस्कार विशिष्ट चलचित्रकर्मी यादव खरेल तथा २०८० सालको हरिश–भुवनचन्द पुरस्कार विशिष्ट चलचित्रकर्मी नीर शाहलाई प्रदान गरियो । यसैगरी, समारोहमा विशिष्ट संगीतकर्मी गणेश रसिकलाई २०७९ तथा विशिष्ट चलचित्रकर्मी अभिनेता शिव श्रेष्ठलाई २०८० सालको चैत्यदेवी पुरस्कार पूदान गरियो । यसका साथै, विशिष्ट चलचित्रकर्मी अभिनेत्री मिथिला शर्मालाई २०७९ साल तथा विशिष्ट चलचत्रिकर्मी अभिनेत्री शर्मिला मल्ललाई २०८० सालको चेतनारायण–वसुन्धरा भुसाल पुरस्कार प्रदान गरियो । समारोहमा चलचित्र विकास बोर्डका अध्...
म्युजिक भिडियो कलाकार संघको “छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन”सम्पन्न

म्युजिक भिडियो कलाकार संघको “छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन”सम्पन्न

मनोरन्जन, समाचार
म्युजिक भिडियोमा अभिनय  गर्ने कलाकारहरुको छाता संगठन म्युजिक भिडियो कलाकार संघ नेपालको“छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन – २०८०” भब्य रुपमा सम्पन्न भएको छ । यस कार्यक्रममा  मोडल तथा निर्देशक शंकर बिसीको अध्यक्षता रहेको थियो भने चलचित्र कलाकार संघ नेपालका अध्यक्ष मोहन निरौलाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगर, बरिष्ठ कलाकार तथा निर्देशक रबिन्द्र खड्का, बरिष्ठ गायक सिताराम पोखरेल, बाबुराजा केसी“उज्ज्वल”, हरी डाँगी, हुम गैरे, सेमन्तमणी खराल, लगायत थुप्रै कलाकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन सोही संस्थाका महासचिव सुनिल लामिछानेले गरेका थिए । म्युजिक भिडियो कलाकार संघ नेपालको “छैठौं साधारण सभा तथा तेस्रो अधिबेशन – २०८०” को अवसरमा सोही संस्थाकी संस्थापक अध्यक्ष अञ्जु निरौला, बरिष्ठ कलाक...
अरमान तामाङको ‘भावना’ सार्वजनिक

अरमान तामाङको ‘भावना’ सार्वजनिक

मनोरन्जन, समाचार
काठमाडौं, अरमान तामाङको र्‍याप गीत ‘भावना’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक विशेष समारोहबीच विशिष्ट संगीतकार शम्भुजीत बास्कोटाको प्रमुख आतिथ्यतामा गीतको भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि बास्कोटाले संगीतको प्रवाहलाई कसैले रोक्न नसक्ने सदाबहार हुने भन्दै पछिल्लो समय र्‍यापमा युवापुस्ता आउनु राम्रो रहेको बताउनुभयो । उहाँले अरमानको पहिलो प्रयास भए पनि निकै राम्रो भिडियो तथा गायन रहेकाले यसले सकारात्मक सन्देश दिएको जिकिर गर्नुभयो । यस्तै विशेष अतिथि सुशील नेपालले भिडियोको सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना दिँदै युवापुस्ताहरू गायनमा आउनु राम्रो रहेको बताउनुभयो । अरमानको स्वर रहेको भिडियोमा फिचर्ड र संगीत विनोद ढकालको छ भने शब्द अरमान र विनोदको छ । सोनाम पाख्रिनले निर्देशन गर्नुभएको भिडियोमा अरमानलाई रिया लामाले साथ दिनुभएको छ । दिनेश पराजुलीको सिनेमाटोग...