‘मिस हिमालयन नेपाल’ र ‘मिसेस हिमालयन आइकन’को आवेदन खुल्ला
काठमाडौं । सौन्दर्य क्षेत्रमा लामो समयदेखि सक्रिय सौन्दर्यकर्मी अप्सना नेवाको आयोजनामा मिस हिमालय नेपाल र मिसेस हिमालयन आइकन नेपाल २०२४ को आवेदन खुल्ला गरिएको छ।विवाहित तथा अविवाहित महिलाहरुले आवेदन दिन सकिने उक्त प्रतियोगिता अदृश्य प्रतिभालाई दृष्टिगत गराउन कार्यक्रमको उद्देश्य रहेको आयोजक संस्था द हिमालयन प्याजेन्टकी अध्यक्ष एवं सौन्दर्यकर्मी अप्सना नेवाले जानकारी दिईन ।
पहिलो संस्करण अविवाहित महिलाहरुको मात्र प्रतियोगीता गरिएको यस कार्यक्रममा भने विवाहित महिलाहरुलाई पनि समेटेर मिसेस हिमालयन आईकनको आयोजना गर्न लागिएको समेत उनले बताईन ।पहिलो संस्करणमा लोकप्रिय नायक प्रदिप खड्का, आनन्द कार्की,अभिनेत्री रश्मि भट्ट लगायत चर्चित कलाकारहरुको उपस्थिती रहेको कार्यक्रममा यस पटक पनि थुप्रै लोकप्रिय कलाकारहरुको उपस्थिती रहने छ ।नयाँ संस्करणका लागि पहिलो अडिसन यही भदौ २९ गते शनिवारका दिन न...









