आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

मनोरन्जन, समाचार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डी.आर उपध्याय खनालको उपन्यास ‘आसक्ति’ लोकार्पण गरिएको छ । काठमाडौंमा मंगलबार एक विशेष समारोहबीच उक्त कृतिको लोकार्पण गरिएको हो । साहित्यिक पत्रकार संघको आयोजनामा भएको समारोहमा प्रमुख अतिथि सांसद डा.अमरेशकुमार सिंह र मञ्चासिन अतिथिहरूले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो ।संघका अध्यक्ष राधेश्याम लेकालीको सभापत्विमा भएको समारोहमा महाकाव्यकार खेमनाथ दाहालले कृतिमाथि टिप्पणी गर्नुभएको थियो । उहाँले उपन्यासभित्रका पात्रका बारेमा क्रुरता र ममता दुबै भाव रहेको उल्लेख गर्दै एकातिर भौतिक सुख सुविधाको इच्छा र अर्कोतिर सत् पनि रहेको प्रसंग कोट्याउनुभएको थियो । विशिष्ठ कलाकार मदनदास श्रेष्ठ, उत्तम केसी, खनाल सेवा समाजका महासचिव माधव खनाल, गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापा, गायक/संगीतकार सन्तोष श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्दै डा.उपाध्या...
दिपेन्द्र केशर र शर्मिला पण्डितको ‘छ माया छपक्कै’ सार्वजनिक(भिडियो)

दिपेन्द्र केशर र शर्मिला पण्डितको ‘छ माया छपक्कै’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
काठमाडौं ।  गायक रामकृष्ण ढकाल तथा गायिका तृप्ति खड्का गुरुङ्गको युगल स्वरमा ‘छ माया छपक्कै’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दिपेन्द्र केशर पण्डित तथा शर्मिला पण्डितको निर्माणमा तयार भएको भिडियोको गीतको शव्द ज्ञानेन्द्र क्षेत्री तथा संगीत गायिका स्वयं तृप्तिले गरेकी हुन । सारेगम स्टुडियोमा तयार गरिएको गीतको एरेन्ज,मिक्सिङ्ग तथा मास्टरिङ्ग नरेश पाण्डेले गरेका थिए । https://youtu.be/4jLJN04QXkM विजय गुरुङ्गको निर्देशनमा तयार भएको भिडियोमा फिचर्ड स्वयं निर्देशक गुरुङ्ग र मोडल मिस पवि रहेका छन । कुलेखानीको रमणीय दृश्यहरु समेटिएको भिडियोलाई छायांकार प्रकाश खड्का तथा उनको टिमले छायांकन गरेका छन । भने भिडियो सम्पादन मिलन विश्वकर्माले गरेका हुन । गीतको भिडियो तृप्ति खड्का गुरुङ्गको आफ्नै युट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ । ...
प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको शुभारम्भ

प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको शुभारम्भ

मनोरन्जन, समाचार
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार काभ्रेको बनेपामा ‘सिनेपाः’ नामक इन्डोर फिल्म स्टुडियो निर्माण सुरु भएको औपचारिक घोषणा गरे। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा स्टुडियो निर्माणको शिलापत्र अनावरण गर्दै ओलीले ‘आजको दिन नेपाली सिनेमा क्षेत्रको युग परिवर्तनको संकेत’ भएको बताए। “अब हाम्रो सिनेमा घरभित्रै निर्माण हुन्छ, त्यो पनि अत्याधुनिक संरचनाभित्र,” उनले भने। बनेपा नगरपालिका–१० र १३ को ४१ रोपनी जग्गामा बन्ने स्टुडियो सन् २०२६ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। ३९ करोड रुपैयाँ अनुमानित लागतको यो परियोजनाले नेपाली फिल्म उद्योगलाई ‘सस्टेनेबल’ बनाउने अपेक्षा गरिएको छ। प्रधानमन्त्रीले डबिङ, गायन र प्रविधिसम्बन्धी अन्य युनिटहरू पनि स्टुडियोमा समेटिनुपर्ने सुझाव दिए। उनले अघिल्लो कार्यकालमा दोलखामा फिल्म नगरी र पालुङटारमा स्टुडियो निर्माणको प्रस्ताव गरे पनि ‘कलाकारक...
तेस्रो संस्करणको ‘राष्ट्रिय संगीत अवार्ड’ सम्पन्न

तेस्रो संस्करणको ‘राष्ट्रिय संगीत अवार्ड’ सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं । तेस्रो संस्करणको राष्ट्रिय संगीत अवार्ड २०८२ भव्य रुपमा सम्पन्न भएको छ । कास्की खबर प्रा.लि को आयोजनामा बैशाख २९ गते सोमबार काठमाण्डौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठामा सम्पन्न भएको उक्त अवार्ड समापन समारोहमा नेपाल को पहिलो महिला मुख्य मन्त्री अष्टलक्ष्मी शाक्य को प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कास्की खवर प्रालिका अध्यक्ष ऋषि दाहाल सभापति रहेका थिए ।कार्यक्रममा सांस्कृतिक अध्ययन अनुसन्धान प्रतिष्ठानका अध्यक्ष बरिस्ठ गायक बम बहादुर कार्की, प्रतिष्ठानकै सचिव लोकप्रिय गायक बैकुण्ठ महत, वरिष्ठ सङ्गीतकार राजु सिंह, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपाध्यक्ष राधिका हमाल, बरिस्ठ पत्रकार शान्तिप्रिय, सुमन बैरागी, राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष प्रकाश कटुवाल, सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थी, डब्बु क्षत्री, लोकराज अधिकारी, गायिका एवं सञ्चारकर्...
अमर बान्तुको संगीत, एपसी कोइलाको शब्द रचनामा ‘सम्बन्ध’(भिडियो)

अमर बान्तुको संगीत, एपसी कोइलाको शब्द रचनामा ‘सम्बन्ध’(भिडियो)

मनोरन्जन, समाचार
गीतकारका रूपमा ख्याति कमाउनुभएका अमर बान्तु संगीतकारमा रूपमा आफ्नो पहिचना स्थापित गरिरहनुभएको छ । उहाँको संगीत रहेको पछिल्लो गीत ‘सम्बन्ध’ श्रोता/दर्शकमाझ आएको छ । एपसी कोइलाको शब्द रचना रहेको गीतमा प्रताप दासको स्वर छ भने बाबुल गिरीको संगीत संयोजन रहेको छ । शान थापाको निर्देशन रहेको गीतको भिडियोमा सागर खनाल र गुँरास ढकाललाई फिचरिङ गरिएको छ । बुद्ध थापाको सिनेमेटोग्राफी रहेको गीतको भिडियोमा विविक सुनुवारको दृश्य सम्पादन रहेको छ । जीवनकै कथा प्रस्तुत गरिएको गीतमा सम्बन्ध बनेको सम्हाल्नलाई हो बिग्रानका लागि होइन, संसार शृंगार्नका लागि माया प्रेम बनेको हो भन्ने भाव व्यक्त गरिएको छ । जीवन भोगाइका यर्थाथ प्रस्तुत गरिएको गीतको शब्द रचना जति सशक्त छ त्यतिनै मधुर संगीत सिर्जना भएको छ भने भिडियो पनि उत्कृष्ट बनेको छ । https://youtu.be/eTKAsCXJVoM स्रष्टा अमर बान्तुका हालै एकसाथ पाँच गीत...
लोकराज अधिकारी ‘इसा अन्तर्राष्ट्रिय अवार्ड’ को दुई विधामा टप २० मा छनौट

लोकराज अधिकारी ‘इसा अन्तर्राष्ट्रिय अवार्ड’ को दुई विधामा टप २० मा छनौट

मनोरन्जन, समाचार
काठमाडौँ । इन्टरनेसनल सिङ्गर सङ राइटर्स एसोसिएसन (इसा) ले हरेक वर्ष संयुक्तराज्य अमेरिकामा आयोजना गर्ने ‘इसा अन्तर्राष्ट्रिय अवार्ड’ को सातौँ संस्करणमा नेपाल बाट प्रसिद्ध गीतकार लोकराज अधिकारी अन्तिम प्रतिस्पर्धामा दुई विधामा टप २० मा छनौट भएका छन । नेपालबाट गीतकार अधिकारी ‘जिन्दगानी के छ र’ बोलको गीतबाट ‘वर्ष गीतकार पुरुष’ र ‘म्युजिक भिडिओ अफ द इयर’ गरी दुई विधामा मनोनयनमा परेका थिए । अन्तरराष्ट्रिय २१ विधाअन्तर्गत गीतकार पुरुष तर्फ ६१ जना र ‘म्युजिक भिडिओ अफ द इयर’ तर्फ ३६ जना प्रतिस्पर्धामा रहेकामा इलेकट्रोनिक भोटिङ’ मार्फत गीतकार अधिकारी टप २० मा परेका हुन । आगमी अगस्ट २४ मा अमेरिकाको एटलान्टामा हुने फाइनलका लागि गीतकार अधिकारीलाई आयोजकले ” रेड कार्पेट ” निम्तो पठाएको छ । गीतकार अधिकारीले रचना गरेका ‘तिमीले पराई ठाने पछि’, ‘रुपै मोहनी’, ‘बाजा बजाउँदै’, ‘मर्छु बरु छट्पटीमा’ “ह...
पिम नेपालको आयोजनामा ‘आठौँ निम अवार्ड’ भव्य रुपमा सम्पन्न

पिम नेपालको आयोजनामा ‘आठौँ निम अवार्ड’ भव्य रुपमा सम्पन्न

मनोरन्जन
आठौं संस्करणको राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२५ भव्य रुपमा सम्पन्न भएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा बैशाख २० गते शनिबार काठमाण्डौमा सम्पन्न भएको उक्त कार्यक्रममा बन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पिम नेपालका सल्लाहकार तथा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला सभापति रहनु भएको थियो । कार्यक्रममा पहिलो नेपाली कलर सिनेमाकी नायिका चैत्यदेवी सिंह, हास्य साम्राज्ञी तथा नेपालको पहिलो चलचित्र आमाकी अभिनेत्री बसुन्धरा भुसाल, वरिष्ठ गायिका देवीका बन्दना, प्रहरी अतिरिक्त महानिरीक्षक तथा गीतकार टेक तामाङ, डा. सुभाष घिमिरे लगायतका चलचित्र, गीत संगीत, समाजसेवा तथा विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मन्त्री शाही ठकुरीले यस्ता कार्यक्रमहरुले भाषा, संस्...
गण्डकी कोटिहोम पोखराबाट आउदो शुक्रबार ‘जय श्रीराम’ भजन सार्वजनिक हुदै

गण्डकी कोटिहोम पोखराबाट आउदो शुक्रबार ‘जय श्रीराम’ भजन सार्वजनिक हुदै

मनोरन्जन, समाचार
पोखरा। आध्यात्मिक यात्रा र भक्ति भावनाले भरिएको “जय श्रीराम” भजनको भिडियो यही शुक्रबार पोखराको गण्डकी कोटिहोमबाट विशेष समारोहसहित सार्वजनिक गरिने भएको छ। भजनलाई “विष्णुमाया पौडेल” युट्युब च्यानलमार्फत विश्वभर प्रसारण गरिनेछ, जसले श्रद्धालुहरूको हृदयमा शान्ति, समर्पण र भक्ति भावनाको गहिरो संचार गर्ने विश्वास निर्माण पक्षले लिएको छ। आरबी केसीको शब्द/संगीत एबम निर्देशनमा आधारित यो भजन केवल एक गीत होइन, शाश्वत प्रेम, अडान र समर्पणको भावनाले ओतप्रोत आध्यात्मिक अभिव्यक्ति हो।भजनको सुरुवात “हरपल लिन्छु प्रभुकै नाम, हृदयमा बास छ सिताराम” भन्ने भावपूर्ण हरफबाट हुन्छ, जसले प्रेम, शान्ति र पवित्र मार्गतर्फ सबैलाई निमन्त्रणा दिन्छ। मुख्य स्वरमा विष्णुमाया पौडेल र शेरबहादुर विसीले आत्मस्पर्शी गायन प्रस्तुत गरेका छन्। हेमन्त भट्टराई, आरबी केसी, र स्वयं गायक/गायिकाहरूको कोरसले यसलाई दिव्य बनाएको छ...
कीर्तिमानी डा.उपाध्यायलाई आठौं मानार्थ विद्यावारिधी

कीर्तिमानी डा.उपाध्यायलाई आठौं मानार्थ विद्यावारिधी

मनोरन्जन, समाचार
विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान गरिएको छ । भारतको नयाँ दिल्लीमा भएको एक विशेष समारोहमा डा. उपाध्यायलाई किर्गिस्तानको ओश विश्वविद्यालयले उहाँलाई विद्यावारिधी प्रदान गरेको हो । डा. उपाध्यालाई साहित्य (डी लिट)मा उक्त विश्व विद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेको हो । समाजशास्त्रमा सन् २०००मा विद्यावारिधी गर्नुभएका डा. उपाध्यायलाई यसअघि विभिन्न सात विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेका छन् । यो उहाँको आठौं मानार्थ विद्यावारिधी हो । डा. उपाध्यायलाई अमेरिकालगायत अन्य विश्व विद्यालयले यसअघि सात वटा मानार्थ विद्यावारिधिको प्रमाणपत्र प्रदान गरेका छन् । डा. उपाध्यायले गीत र साहित्यमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै उक्त विद्यावारिधिको प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । सो समारोहमा अन्य विशिष्ट व्यक्तित्वलाई ...
‘मह’को ‘म’ परिवारको ‘मनमा पापको ‘प’ पनि सार्वजनिक (भिडियो)

‘मह’को ‘म’ परिवारको ‘मनमा पापको ‘प’ पनि सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
मदन कृष्ण श्रेष्ठको ‘मनमा पापको ‘प’ पनि’ बोलको गीतको म्यूजिक सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा श्रेष्ठको ७५ औं जन्मदिनको अवसर पारेर उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । म्यूजिक र शब्द मदन कृष्ण श्रेष्ठ आफैको रहेको गीतमा यमन श्रेष्ठ र मदन कृष्ण श्रेष्ठ आफैले आवाज दिएका छन् । साथै अभिनय पनि बाबु छोराले नै गरेका छन्  । भिडियोको निर्देशन मदनकृष्ण श्रेष्ठकै बुहारी  रिंकु बज्राचार्य श्रेष्ठले गरेकी छन् । श्रेष्ठ परिवार नै गीत संगीतमा सक्रिय रहेका छन । मदनकृष्णका छोरी सराना श्रेष्ठ पनि कुशल गायिका एवं निर्देशक हुन । https://youtu.be/oG7T8NrA9K8 ...