देशभरीबाट सौन्दर्य प्रतियोगीतामा विजयी २४ जनालाई पेजेन्ट नेपालले उतार्यो एउटै र्याम्पमा
देशभर हुने गरेका विभिन्न सौन्दर्य प्रतियोगीताका टाईटल होल्डरलाई प्रत्येक वर्ष एकै स्थानमा समेटी एउटै र्याम्पमा उतार्दै फेशन शो आयोजना गर्दै आईरहेको पेजेन्ट नेपालले छायां सेन्टरमा टाईटल विनर फेशन शोको दोश्रो संस्करण भव्य रुपमा सम्पन्न गरेको छ ।
देशभरबाट करीव २४ जना नेपालका चर्चित व्युटी पेजेन्टका विजेताहरुलाई सहभागी गराइ एउटै र्याम्पमा क्राउन होल्डरको उक्त फेशन शोमा नेपालका चर्चित फेशन डिजाईनरहरु ममथा बस्नेत, अनु श्रेष्ठ, रिना कायस्थ , रचना शर्मा तथा सरस्वती काफ्ले का उत्कृष्ट डिजाईनमा तयार भएका ड्रेस पहिरेर विजेताले र्याम्प शो गरेका थिए । भ्रमण वर्ष मुख्य थिम रहेको शोमा नेपालको परिवेश अनुसारको भेषभुषा, परिकार एवं संस्कृति झल्कने ड्रेसलाई भने आईसी कलेजका फेशन डिजाईनहरुले तयार गरेका ढाका एवं कल्चरल सिक्वेन्स अन्तर्गत मोडलहरुले र्याम्प शो गरेका थिए ।
नेपाल महिला चेम्बर्सकी अध्यक्ष ...









