रशलाईट मिडियाद्धारा फेशन शो आयोजना, क्यान एजुकेशन फाण्डेशनलाई एक लाख र योङ्ग्छेन फाण्डेशनलाई पचास हजार सहयोग प्रदान
काठमाडौं – देश तथा विदेशमा विभिन्न कार्याक्रम गरेर चर्चामा रहेको रशलाईट मिडियाको आयोजनामा क्यान एजुकेशन फाउण्डेशनको संरक्षणमा रहेका बालबालिकाको सहयोगार्थ फेशन शो तथा सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम शुक्रवार रसियन कल्चर सन्टेर कमलपोखरी काठमाडौंमा सम्पन्न भएको हो ।उक्त कार्यक्रमको प्रमुख अतिथी श्रम तथा रोजगार मन्त्री रामेश्वर राय यादव रहेका थिए। त्यस्तैगरी बिषेश अतिथिमा युवा नेता एवं समाजसेवी क्षितिज भण्डारी, नेपाल राष्ट्रिय मोडलिङ्ग संघका अध्यक्ष दिनेश शाही, क्यान एजुकेशन फाण्डेशनका अध्यक्ष सम्झना लामा, छमछमीका निर्णयक महेश गोदार लगायतका अन्य विभिन्न पेशा तथा व्यवसाय गरेको व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रमको अध्यक्षता रशलाईट मिडिया प्रालिकी अध्यक्ष गायिका तथा मोडल रमिता भण्डारीले गरेका थिए। उक्त फेशन शो मा, जयन सुब्बा मानन्धर शो स्टाटर्स ,स्मृति पोख...









