आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

हाँडीगाउँ जात्रा स्थगित

हाँडीगाउँ जात्रा स्थगित

मनोरन्जन
कात्तिक १६ काठमाडौं । काठमाडौं महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा  स्थगन गरिएको छ ।प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट हुने सो जात्रा कोरोना प्रकोपका कारण स्थगित भएको हो। तीन नारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा यस वर्ष उपत्यकामा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगन गरिएको काठमाडौं महानगरपालिका–५ का अध्यक्ष रमेश डङ्गोलले जानकारी दिएका छन  । जात्रा नगरिए पनि वार्षिक रूपमा गरिने पूजा आराधनाको विधि भने पुजारीलगायत सीमित गुठियारले सम्पन्न गर्नेछन । ...
जेम्स बन्डको भूमिका निभाएका अभिनेता सर शन कोनरीको निधन

जेम्स बन्डको भूमिका निभाएका अभिनेता सर शन कोनरीको निधन

मनोरन्जन
कात्तिक १६ काठमाडौं । जेम्स बन्डको भूमिका निभाएका कारण चर्चामा आएका अभिनेता सर शन कोनरीको ९० वर्षको उमेरमा निधन भएको छ ।दशकौंसम्म फिल्ममा राज गरेका उनले सन् १९९८ मा द अनटचेबल्स नामको फिल्ममा अस्कर अवार्ड जितेका थिए । अभिनेता कोनरी जेम्स बन्डलाई ठूलो पर्दामा ल्याउने पहिलो अभिनेता हुन् । यो भूमिकालाई उनले सात फिल्ममा उतारेका थिए ।उनका छोरा जेसन कनरीले उनको निधन बहामासमा भएको जानकारी दिए । उनी पछिल्लो केही दिनदेखि बिरामी थिए । बहामासमा उनको अन्तिम समयमा परिवारका थुप्रै सदस्य उनीसँगै थिए ।उनले भने, ‘उनी पछिल्लो केही दिनदेखि बिरामी थिए तर हामीलाई अहिले यो स्थितीबाट बाहिर निस्कन समय लाग्नेछ ।’ ...
‘सिमसिमे पानी पर्‍यो…’ भन्दै आए जनक (भिडियोसहित)

‘सिमसिमे पानी पर्‍यो…’ भन्दै आए जनक (भिडियोसहित)

मनोरन्जन
कात्तिक १५ काठमाडौं । गीतकार जनक रावलको लोक प्याट्रनको डान्सिङ गीत ‘सिमसिमे पानी पर्‍यो…’ सार्वजनिक भएको छ । किरण माइकल घिमिरेको सङ्गीतमा रहेको लोक प्याट्रनको गीतको भिडियो सार्वजनिक भएको हो । सञ्चारकर्मीसमेत रहनुभएका रावलको सार्वजनिक गीतमा रुपक डोटेल र शसिका राईको स्वर रहेको छ । यादव पुडासैनीको निर्देशन रहेको गीतको भिडियोले बालापनको कथा बोकेको छ । भिडियोमा बालपनका कुरालाई नबिर्सिएर ताजैं स्मरण गरेको भावहरु छर्लङ्ग दर्शाइएको हेर्न पाईन्छ । गीतको भिडियो बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गीतकार रावलको ‘निश्चल प्योरनेश अफ हर्ट द म्युजिक’ एल्बम समावेश छ । गीतकार रावलले ‘भुल्यौं कि मायाले…’ बोलको गीत सार्वजनिक गरेको केही दिनमा सोही एल्बमको अर्को गीत ‘सिमसिमे पानी पर्‍यो…’ सार्वजनिक गर्नुभएको हो । गीतको भिडियोमा बालापनको अभिनयमा निश्चल रावल र निकिशा बिमलीलाई प्रस्...
वरिष्ठ कलाकार तथा निर्देशक अशोक शर्मालाई कोरोना संक्रमण

वरिष्ठ कलाकार तथा निर्देशक अशोक शर्मालाई कोरोना संक्रमण

मनोरन्जन
कात्तिक १४ काठमाडौं । वरिष्ठ कलाकार, निर्माता तथा निर्देशक अशोक शर्मालाई पनि कोरोना संक्रमणको पुष्टि भएको छ । शर्माले शुक्रबार सामाजिक संजाल फेसबुक मार्फत आफू कोरोना संक्रमित भएको जानकारी दिएका हुन् । उनले लेखेका छन् ‘हिजो नेपाल मेडिकल कलेजमा पिसिआर टेष्ट रिपोर्ट पोजेटिभ आएकोले मसँग सम्पर्कमा आएका परिवारका सदस्य, साथीभाइ, इष्टमित्र, अफिसका स्टाफहरुलाई समेत सतर्क र सुरक्षित रहन र लक्षण नदेखिएपछि टेष्ट गर्न हुन अनुरोध छ’ । ‘मलाई पनि कुनै लक्षण थिएन । दशैँ मानेर घरबाट फर्किएपछि सर्तकताका लागि टेष्ट गराउदा पोजेटिभ देखिएको हो ।’ ...
इन्स्टाग्रामबाट अब चार घण्टा लाइभ गर्न मिल्ने

इन्स्टाग्रामबाट अब चार घण्टा लाइभ गर्न मिल्ने

मनोरन्जन
कात्तिक १४ काठमाडौं । फोटो सेयरिङ एप इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको छ । यसअघि एक घण्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न लागिएको कम्पनीले घोषणा गरेको छ । थप गर्न लागिएको सेवा इन्स्टाग्रामका सबै प्रयोगकर्ताहरुले विश्वभर जुनसुकै ठाउँबाट पनि प्रयोग गर्न पाउने भएका छन् । नयाँ व्यवस्थाले विशेष गरेर योग र गीत–संगीत आदिको भिडियो लाइभ गर्न चाहने, कलाकार, पाक कलामा संलग्नहरुलगायतलाई फाइदा हुने अपेक्षा गरिएको छ । त्यसबाहेक लामो भिडियो बनाउन मिल्ने कार्यमा लागेकाहरु वा त्यस्तो प्रसारण गर्न चाहनेहरुलाई उपयोगी हुने कम्पनीका अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् । ’तपाईंको भिडियो आर्काइभमा राख्न सकिन्छ, त्यो ३० दिनसम्म मात्रै रहन्छ, आर्काइभमा भएको बेलामा तपाईंले मात्रै हेर्न सक्नुहुन्छ,’ इन्स्टाग्रामद्वारा ...
दिपा तामाङ्गको ‘फेसबुकमा फोटो छ’ सार्वजनिक(भिडियो)

दिपा तामाङ्गको ‘फेसबुकमा फोटो छ’ सार्वजनिक(भिडियो)

मनोरन्जन, समाचार
गायिका दिपा तामाङ्गको नयाँ गित ‘फेसबुकमा फोटो छ’ बोलको गित सार्वजनिक भएको छ । गितमा गायिका दिपा तामाङ्ग र गायक प्रियजन राईको सुमधुर स्वर रहेको छ । पुर्वेली लोक भाकामा आधारित रहेको गितले प्रेममा बिछोडको भावना झल्काईएको पाईन्छ । लब्ली तुलसीको शब्द लेखन रहेको सो गितमा गायक प्रियजन राईले नै संगित भरेका छन् । गित निकै नै मिठो र मार्मिक भावनामा आधारित रहेर बनेको गायिका दिपा तामाङ्गले बताईन् । गितको एरेन्ज भने सुमन राईले गरेका छन् । https://www.youtube.com/watch?v=p5PTJzkkGNk&feature=youtu.be&fbclid=IwAR021M7_FJpJzoD3-iTKgJ7hPZVt2qZeXAL2z_4I99RmHf31GQYya4fPklU भिडियोे सुवास कुथुमी राईले रेकर्ड गरेका हुन भने मिक्सिङ र मास्टरिङ्ग गोबिन्द सोनीले गरेका हुन । त्यस्तै भिडियोको छायांकन र एडिटिङ जनकराज अधिकारीले गरेका हुन ।दिपा छोटो समयमै निकै चर्चा कमाउन सफल गायिका हुन । ...
गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल मुलखर्क बाट देखिएको दृश्य

गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल मुलखर्क बाट देखिएको दृश्य

मनोरन्जन
कात्तिक १४ काठमाडौं ।गोकर्णेश्वर नगरपालिका वडा नं १  सुन्दरीजल मुलखर्क बाट देखिएको दृश्य।उक्त स्थान पछिल्लो समय काठमाडौंमा रहनेहरूका लागि पदयात्राका लागि लोकप्रिय बन्दै गइरहेको छ | काठमाडौं उपत्यकाबाट नजिकको दुरीमा रहेको उक्त स्थान प्रचार प्रसारको कमीले गर्दा ओझेलमा परेको छ ।फोटो : निर्मल अर्याल ...
विश्वकै दोस्रो अग्लो बन्जीजम्प कातिक १५ गतेदेखि सञ्चालन हुने

विश्वकै दोस्रो अग्लो बन्जीजम्प कातिक १५ गतेदेखि सञ्चालन हुने

मनोरन्जन
कात्तिक १३ बलेवा । कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले कातिक १५ गतेदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको छ ।पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा जोड्ने पाँच सय मिटर पुलमा बन्जी, स्वीङ र स्काइ साइक्लिङ लगायत साहसिक खेल सञ्चालन हुने भएको हो । २०७३ सालदेखि पुलको निर्माण सुरु गरिएको थियो । यसअघि पुलसँगै रिसोर्टको निर्माण २०७६ अन्तिममा सकिए पनि लकडाउनले गर्दा सञ्चालनमा आउन नसकेको कम्पनीका द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो । ५२५ मिटर लामो झोलुङ्गे पुलको बीचमा कालीगण्डकी नदीको ठिक माथि बन्जी र स्वीङको लागि जम्प गर्ने प्लाटफर्मको निर्माण गरिएको छ । खोलादेखि पुलको उचाई २२८ मिटर अर्थात ७४८ फिट छ । हाल विश्वकै अग्लो बन्जी मकाउमा ७६४ फिट उचाइ र दोश्रो अग्लो स्वीट्जरल्याण्डको भरजस्का बाँध माथि ७२० फिट उचाइमा छ । द क्लिफ प्रालिको यो परियोजनापछि स्विटरल्याण्डलाई पछि पार्द...
विदेशी च्यानलको प्रसारण रोकियो

विदेशी च्यानलको प्रसारण रोकियो

मनोरन्जन
कात्तिक १३ काठमाडौं । गत शनिबारदेखि सरकारले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलले विज्ञापन प्रसारण गर्न नपाउने (क्लिन फिड) नीति कार्यान्वयन सुरु गरेको छ । यससँगै नेपालमा प्रसारण भइरहेका करिब तीन दर्जन विदेशी च्यानल प्रभावित बनेका छन् । सरकारले गत वर्ष कात्तिक ८ मा विज्ञापन नियमन ऐन जारी गर्दै नेपालमा प्रसारण भइरहेका विदेशी च्यानलले कानुन जारी भएको एक वर्षभित्र क्लिन फिड लागू गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो । सरकारले क्लिन फिड कार्यान्वयन गर्न प्रशस्त समय दिए पनि नेपालमा प्रसारण भइरहेका केही विदेशी च्यानलले तयारी नगर्दा प्रसारण रोकिएको हो । क्लिन फिड कार्यान्वयनका लागि डाउनलिंक अनुमति पाएका संस्थाले गर्नुपर्ने उपकरण आयात र विदेशी टेलिभिजन आफैंले गर्नुपर्ने तयारी नगर्दा भारतीय स्टार इन्डियासहितका केही विदेशी च्यानलको प्रसारण रोकिएको नेपाल केबल टेलिभिजन व्यवसायी महासंघ...
मानहुँकोट पर्यटकीय गन्तव्य बन्दै

मानहुँकोट पर्यटकीय गन्तव्य बन्दै

मनोरन्जन
कात्तिक १३ दमौली । पोखराका रमेश पौडेल दशैँ बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे।सामाजिक सञ्जालमा मानहुँकोटको बारेमा सुनेका पौडेल साथीहरुसँग मिलेर घुम्नका लागि मानहुँकोट आइपुगेका थिए । मानहुँकोट पुगेपछि सामाजिक सञ्जालमा पढेको भन्दा पनि बढी आनन्द महशुस गरेको पौडेलले बताए । “सामाजिक सञ्जाल फेसबुक, युट्यूव लगायतमा मानहुँकोटको तस्वीर, भिडियो हेर्थे, घुम्नैपर्ने ठाउँ जस्तो लागेको थियो,” उनले भने, “यहाँ आएपछि यहाँको दृश्यले मनै लोभ्यायो ।” पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यको रुपमा उदाउँदै गरेको मानहुँकोट दशैं बिदामा घुम्ने उपयुक्त गन्तव्य समेत बन्न पुगेको छ । दशैँ बिदाको क्रममा मानहुँकोटमा अत्याधिक आन्तरिक पर्यटक पुगेका छन् । दशैं बिदाको मानहुँकोटमा दैनिक पाँच सय भन्दा बढी पर्यटक आएको स्थानीयवासी रेवती आलेले जानकारी दिए। बुधबार मात्रै करिब एक हजार आन्तरिक पर्यटक मा...