आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

मनोरन्जन

चलचित्र ‘तिम्रो हुने कहिले’ चैत २७ मा

चलचित्र ‘तिम्रो हुने कहिले’ चैत २७ मा

मनोरन्जन, समाचार
चलचित्र ‘तिम्रो हुने कहिले’ चैत २७ मा सिनेमाघरमा आउने भएको छ । चलचित्र निर्माण पक्षले बुधबार पहिलो पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । राजु गिरीको निर्देशन रहेको चलचित्रमा स्व. श्रीकृष्ण श्रेष्ठको डुप्लिकेट भनेर चर्चा बटुलेका टिकटक ब्वाई प्रकाश चन्द, करुणा पाण्डे, मीना जि.सि. सविन बास्तोला, सुधन धिताल, ललित सिंहलगायतका कलाकारको अभिनय रहेको छ । टिकटक भाईरल प्रकाश चन्दको ‘तिम्रो हुने कहिले’ डेब्यु सिनेमा हो । क्लासिक फ्रेमको प्रस्तुतिमा सुधन धिताल, श्याम खत्रीको निर्माण गरेको चलचित्र हो ‘तिम्रो हुने कहिले’ । यो सिनेमा निर्देशक गिरीले दुई बर्ष पछि निर्देशन गरेका हुन् भने उनको अघिल्लो सिनेमा ‘मखमली मखमली’ रहेको थियो । चलचित्रमा नृत्य काजिश श्रेष्ठ र सुनिता वसनेतको रहको छ । काजिश श्रेष्ठ, सुनिता वस्नेतको कोरियोग्राफ, रामकृष्ण चौलागाईंको छायाँँकन, देव महर्जनको द्वन्द्...
‘प्रेमको महासागर’ उपन्यास सार्वजनिक तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

‘प्रेमको महासागर’ उपन्यास सार्वजनिक तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

मनोरन्जन, समाचार
रन्जना कार्की द्वारा लिखित ‘प्रेमको महासागर’ उपन्यास सार्वजनिक भएको छ। क्यानडामा बस्ने कार्कीले कोरोना महामारीले गर्दा आफू नेपाल आउँन नसकेकोले आफ्नै जन्मभूमिमा मातापितालाई आफ्नो प्रतिनिधित्व गराउँदै पुस्तक लोकार्पण गराएकी छन् । उक्त कार्यक्रममा कार्कीले जन्म दिनुहुने मेरा आदरणीय मातापिता र मेरो आफन्तजन साहित्य क्षेत्रका प्रखर व्यक्तित्वहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएकोमा गौरवान्वित महसुस गर्दै उनले भनिन्, ‘एक वर्षअगाडि नै गर्नुपर्ने पुस्तक विमोचन थोरै ढिला अवश्य भयो तर यो महामारीमा बाँचेर कार्यक्रम गर्न सकेकोमा भगवानको आशीर्वाद नै भन्नुपर्छ । मेरो लेखनको एक दशकपछि  यो पहिलो कृति (प्रेमको महासागर) उपन्यास मेरो पहिलो प्रयास सार्वजनिक गरेकी छु ।’ कवि तथा सञ्चारकर्मी डा. नवराज लम्साल प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व साहित्यकार गोबिन्द कँडेल आँसु, वरिष्ठ ...
चकलेटी नायक संजित भण्डारी अभिनित “जुन दिन मलाई” सार्वजनिक (भिडियो)

चकलेटी नायक संजित भण्डारी अभिनित “जुन दिन मलाई” सार्वजनिक (भिडियो)

मनोरन्जन, समाचार
लोकप्रिय हाँस्यकलाकार गोपाल ढकाल छन्दे निर्देशित तथा संचारकर्मी राज लुईटेल द्धारा वियोगान्त कथामा निर्मित “जुन दिन मलाई” बोलको आधुनिक गीतको म्युजिक भिडियो आज सार्वजनिक भएको छ । छन्दे च्यानल नामको युट्यूबबाट सार्वजनिक गरिएको भिडियो एभरग्रीन वल्र्र्ड वाईड ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो । https://youtu.be/C6e2qBs744M गायक कृष्णराज भण्डारीको स्वर,शब्द,संगीत रहेको गीतको मुख्य भुमिकामा चकलेटी नायक तथा मोडल संजित भण्डारी,श्रीदेब भट्टराई तथा नव मोडल चन्दा कुईकेल रहेका छन् अन्य कलाकारहरुमा प्रेम पाण्डे,रोहित कार्की,शुशिला बिडारी लगायत रहेका छन् । यस गीतको भिडियोमा तारा थापा किम्भेको सम्पादन, हर्कमान वाईवा (रिदम)को छायांकन, युमिशा पाण्डेको श्रृङ्गार, मनोज ढकालको प्रकाश व्यबस्थापन रहेको छ । अडियो तर्फ सबिन लिम्बुको म्युजिक एरेन्ज, राजा बाबु,अजय कार्की रेकर्डिस्ट, चन्द्र चौधरी...
हेमन्त शर्माको ‘यस्तो बतास’ सार्वजनिक(भिडियो सहित)

हेमन्त शर्माको ‘यस्तो बतास’ सार्वजनिक(भिडियो सहित)

मनोरन्जन, समाचार
काठ्माण्डौ, लोकप्रिय गायक हेमन्त शर्माको स्वरले सुसज्जित ‘यस्तो बतास”को भिडियो सार्वजनिक भएको छ । रोमान्टिक शैलीमा रहेको गीतको भिडियोलाई शशान कँडेलले निर्देशन् गरेका छन भने बिशाल श्रेष्ठ र कञ्चन फिचर्ड छन । https://www.youtube.com/watch?fbclid=IwAR0TX8OYMhVkk6RCqivXz95ofYoRR7pmSOhNT6aGGVK-lcN_MajUYabhScs&v=ga6yFZszcmI&feature=youtu.be भिडियोमा सुरज खनालको छांयाकन रहेको छ भने सम्पादन बिकास दाहालको रहेको छ । गीतमा शुवास गौतको शब्द, वरिष्ठ संगीतकार सुरेश अधिकारिको संगीत तथा चांड सिंहको संगीत संयोजन रहेको छ । सुरज इन्टर्टेन्मेन्टको सर्वाधिकार रहेको अडियो भिडियोलाई कम्पनीकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ भने दर्शकश्रोताले तथा सम्पूर्ण शुभचिन्तकले हेरेर माया गरिदिनु हुन निर्देशक शशान कँडेलले आग्रह पनि गरेका छन । ...
लोकप्रिय बाल कलाकार प्रिन्स अभिनित’पिरती को फन्डा ‘सार्बजनिक(भिडियो)

लोकप्रिय बाल कलाकार प्रिन्स अभिनित’पिरती को फन्डा ‘सार्बजनिक(भिडियो)

मनोरन्जन, समाचार
सानै उमेर देखी स्टेज शो तथा फेशन शोहरुमा देखिने लोकप्रिय बाल कलाकार प्रिन्स प्रसिद सिंह थापा र प्रसिना बास्तोलाद्धारा अभिनय रहेको म्यूजिक भिडियो ‘पिरती को फन्डा ‘सार्बजनिकभएको छ । दिपक राज सुनार को निर्देशनमा बनेको यो भिडियो दश म्यूजिक नेपालको युट्युव च्यानलबाट सार्बजनिक गरिएको हो । https://youtu.be/IqkdSEnBHqw गायिका एन्जिला रेग्मी र गायक पुष्पराज बसेलको आवाजमा सजिएको यस गीतको भिडियोमा ,प्रिन्स प्रसिद सिंह थापाको साथमा जिबेस सिंह गुरुङ, रोसनी कार्की ,प्रसिना बास्तोला लगायतको अभिनय रहेको छ । भिम बिसीको कम्पोज रहेको गीतको ऐरेन्ज उदयराज पौडेलले गरेका छन । गीतलाई मिक्स तथा मास्टरिङ स्याम स्वेत रसाइलीले गरेका छन । ...
“ लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल २०२१” छनौट कार्याक्रम सम्पन्न

“ लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल २०२१” छनौट कार्याक्रम सम्पन्न

मनोरन्जन, समाचार
काठमाडौं, माघ /सिजन मिडियाद्धारा आयोजीत विवाहीत महिलाहरुमा केन्द्रित “ लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल २०२१” चौथो संकरणको अडिसन शनिवार सिजन मिडियाको कार्यालयमा सम्पन्न भएको छ । विवाहित महिलाहरुको सहभागीता लाइ ध्यानमा राखि सिजन मिडियाले यो निरन्तरता दिदै चौथो चरणको लागि कार्यक्रम गर्न लागेको वताउछन सिजन मिडियाका कार्यक्रम निर्देशक रोजिना तुलाधर । महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज एउटा सक्षम महिला र जिम्मेवार व्यक्तिको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रम आयोजना गर्दै आइरहेका हौं । विगत एघार वर्ष देखि काठमान्डौमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको म...
दोस्रो साधना म्युजिक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्बजनिक

दोस्रो साधना म्युजिक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्बजनिक

मनोरन्जन, समाचार
दोस्रो राष्ट्रिय साधना म्युजिक अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्बजनिक गरियको छ । ‘अग्रज लाई सम्मान नब प्रतिभा लाई प्रोत्साहन, कला, गला संस्कृती संरक्षणमा हाम्रो अभियान’ भन्ने उद्देश्य का साथ अवार्ड आयोजना गरियको अवार्ड का अध्यक्ष सामना साहले जानकारी दिइन । मनोनयनमा परेका स्रष्टा सर्जक लाई एक कार्यक्रमको आयोजनागरी प्रमाणपत्र बितरण गरिने आयोजकले जानकारी दिएको छ । यस्तै भोटिङ कोड पनि छिटो प्रदान गरिने जनाइएको छ । उत्कृष्ट पाँच मनोनयन लोकदोहोरी बिधा बिष्णु माझी-शित बिरही कार्की-आमा ५ कृष्ण रेउले- मालै प्रतिमा अर्याल-ताई न तुईको जिन्दगी गंगा पुन-भुल्न सक्ने हो कि होईन खोई लोकदोहोरी शब्द प्रल्हाद सुबेदी-सयको गुन शिव हमाल-झुम्का झलक्कै नेत्र अर्याल- झ्यालमा पर्दा छ कस्तुप पन्त- जिन्दगी पानीको फोका सुजन लम्साल – सुन्तला गुलियो  लय खेम सेञ्चुरी- झ...
अमिताभ बच्चन लकडाउनपछि उनी पहिलो शूटिङको पहिलो दिन धेरै नर्भस

अमिताभ बच्चन लकडाउनपछि उनी पहिलो शूटिङको पहिलो दिन धेरै नर्भस

मनोरन्जन, समाचार
मुम्बई । बलिउड महानायक अमिताभ बच्चन केहि समय अगाडि कोरोना भाइरसबाट संक्रमित भएका थिए। ७८ बर्षीय बच्चन कोरोनालाई जित्न सफल भए। लकडाउनपछि उनी पहिलो आफ्नो आफ्नो फिल्मको शूटिङमा ब्यस्त बनेका छन्। पछिल्लो समय उनले आफ्नो नयाँ फिल्मको शूटिङ सुरु गरेका हुन। , उनी शूटिङको पहिलो दिन धेरै नर्भस भएका थिए। अभिनेता बच्चनले नयाँ फिल्मको यी पहिलो दिनरू सपना जस्तो लागेको उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जाल ट्विटरमा पनि लेखेका छन्, ‘नयाँ फिल्मको पहिलो दिन, हालत खराब भयो।’ अजय देवगणको निर्देशनमा बनिरहेको यो फिल्ममा अमिताभ सहित अजय देवगण र रकुल प्रीत सिंह मुख्य भूमिकामा छन् । ...
‘मिस एण्ड मिसेस व्यूटिफुल’को अडिसन सम्पन्न,अर्को सातादेखि प्रशिक्षण

‘मिस एण्ड मिसेस व्यूटिफुल’को अडिसन सम्पन्न,अर्को सातादेखि प्रशिक्षण

मनोरन्जन, समाचार
बिगत ५ बर्ष देखि लगातार आयोजना हुदै आएको “मिस एण्ड मिसेस व्यूटिफुल नेपाल-२०२१ को छनौट प्रक्रिया अन्तर्गत दोश्रो अडिसन माघ १० गते नयां बानेश्वर स्थित रोयल एलिनाज क्याफेमा सम्पन्न भएको छ । नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलाइ स्थापित गर्दै उत्कृष्ट कार्यक्रमहरु आयोजना र व्यबस्थापन गर्दै आईरहेको दक्ष इन्टरनेशनल प्रालिको “मिस एण्ड मिसेस व्युटिफुलको दोश्रो अडिसनबाट १२ जना सहभागी छनौट भएका छन । नेपालका ख्याती प्राप्त व्यक्तित्वहरु नायिका रेजिना उप्रेती, ३२ वटा विश्व रेकर्ड कायम गरेका गीतकार डा.डिआर उपाध्याय, समाजसेवी तथा काठमाडौ लेडि जेसीसकी अध्यक्ष रिंकु बज्राचार्य श्रेष्ठको निर्णायक मण्डलले प्रतिस्पर्धि छनौट गरेका थिए । थुप्रै ईच्छुक सहभागीले अडिसनमा उपस्थिती जनाउन नसकेका कारण पून अर्को अडिसन गरिएको आयोजक संस्थाका प्रमुख तथा मेकअप आर्टिष्ट टेकराज पाण्डेले जानकारी दिए ।उक्त ...
भिम, करीश्मा, गोबिन्द र गीर्वानी फिचर्ड ‘सालको पात बजाउनेले…(भिडियो)

भिम, करीश्मा, गोबिन्द र गीर्वानी फिचर्ड ‘सालको पात बजाउनेले…(भिडियो)

मनोरन्जन
गायक सुबर्ण बुढाथोकी र गायिका रोसनी पुन मगरको स्वर रहेको लोकदोहोरी गीत ‘सालको पात बजाउनेले…’ को भिडियो सार्वजनिक गरिएको छ । भद्र नकालको शब्द/संगीत तथा सुदिप सागरको संगीत संयोजन रहेको गीत युट्युब मार्फत सार्वजनिक गरिएको हो । यस अघी टेलिभिजनमा थुप्रै हास्य टेलिफिल्ममा अभिनय गरिरहेका कलाकार भिमसेन अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा भिम घिसिङ, करीश्मा मगर, गोबिन्द गौतम र ग्रिवाणी बस्नेत फिचर्ड छन । https://youtu.be/QpHAsgzV0jQ भिडियोमा समावेस यि चार जना मोडलको डान्सले दर्शकहरुलाई झुमाउने छ । बिगत लामो समय देखी डान्सलाई आफ्नो पेशा बनाउदै आएका मोडल द्वय भिम घिसिङ र करिश्मा मगरको उत्कृष्ट डान्स र बिगत लामो समय देखी गायकको रुपमा परिचित गायक गोबिन्द गौतम र नयाँ प्रस्तुतिको रुपमा रहेकी गिर्बाणी बस्नेतको अभिनयले दर्शकलाई मन्त्रमुग्ध बनाउने पक्का छ । गायक गोबिन्द गौतमको अफिसियल युट्युब च...