बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

आर्थिक

नेपाल राष्ट्र बैंकले आज करिव ९ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने

नेपाल राष्ट्र बैंकले आज करिव ९ अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने

आर्थिक, समाचार
काठमाडौँ — चैत्र २५ । नेपाल राष्ट्र बैंकले आठ अर्ब ८९ करोड ६८ लाख ८० हजार रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचनामार्फत सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको जनाएको छ । ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गरिनेछ । बैंकका अनुसार ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी ३६४ दिनका लागि, रु एक अर्ब ८९ करोड ८६ लाख ८० हजार बराबरको १८२ दिनका लागि र एक अर्ब बराबरको ट्रेजरी बिल भने ९१ दिनका लागि बिक्री गरिनेछ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको बढीमा एक वर्ष स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ । बैंकले यसअघि यही चैत १८ गतेसमेत ट्रेजरी बिल बिक्री गरेको थियो । पछिल्लाे समय नेपाल राष्ट्र बैंकले लगातार रुपमा नै ट्रेजरी बिल बिक्रि गर्दै आइरहेको छ । ...
पाँच महिनादेखि बिजुली बस ग्यारेजमै थन्किए, पर्यटन मन्त्रालय भन्छ अझै मापदण्ड पुगेन

पाँच महिनादेखि बिजुली बस ग्यारेजमै थन्किए, पर्यटन मन्त्रालय भन्छ अझै मापदण्ड पुगेन

आर्थिक, समाचार
काठमाडौँ — चैत्र २५ । पाँच महिनाअघि काठमाडौँको सडकमा गुडाउन ठिक्क पारिएका बिजुली बस अझै ग्यारेजमा थन्किएका छन् । बस कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने कुनै टुंगो लागेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले गएको कात्तिक ६ गते उद्घाटन गरेपछि भोलिपल्टदेखि नै सडकमा बिजुली बस गुड्छ भन्ने धेरैलाई लागेको थियो । तर पाँच महिना बितिसक्दा समेत बस नगुड्दा धेरैले बिजुली बस बिर्सिसकेका छन् । काठमाण्डौमा चलाउन भनेर ल्याइएका पाँचवटा बस चिनियाँ विद्युतीय बस निर्माता कम्पनी बीवाईडीको नेपालस्थित सम्पर्क कार्यालय नक्सालमा थन्किएका छन् । मापदण्ड विपरीत र प्राविधिक त्रुटी भएको भन्दै सरकारी तवरबाट बिजुली बसहरु सञ्चालन गर्न रोक लगाएपछि बस सञ्चालनमा आउन नसकेको हो । एसीयाली विकास बैंक (एडीबी)को अनुदान सहयोगमा पर्यटन मन्त्रालयले लुम्बिनी विकास कोषले सञ्चालन गर्ने गरी पाँचवटा बस खरिद गरेको थियो । तर लुम्बिनी...
राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको २% काम बाँकी

राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको २% काम बाँकी

आर्थिक, समाचार
दोलखा — चैत्र २२ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाका लागि अपुग ७ अर्ब ७० करोड रुपैयाँ सुरुका लगानीकर्ताहरूले नै थप्ने इच्छा देखाएका छन्  । दोलखाको लामाबगरमा सञ्चालित राष्ट्रिय गौरवको उक्त आयोजनाका लागि पुरानो भुक्तानी र दुई प्रतिशत कामका लागि थप त्यति रकम आवश्यक देखिएको छ  । त्यति रकमका लागि सुरुका लागानीकर्ताहरूबाटै व्यवस्था हुने माथिल्लो तामाकोसी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । राष्ट्रिय गौरवको उक्त आयोजनाले सन् २०२० को नयाँ वर्ष लाग्नेबित्तिकै व्यावसायिक उत्पादन गर्न थाल्ने कार्यसूची छ । यही फागुन महिनामा सार्वजनिक प्रतिवदेनअनुसार आयोजनाको कुल ९८ प्रतिशत कार्य सम्पन्न भइसकेको छ । सुरुको प्रक्षेपणको तुलनामा लागत बढदै गएपछि आयोजनालाई अघि बढाउन रकम अभाव हुँदै गएको हो । असारमा धान लगाउनेले नै मंसिरमा बाली उठाउन खर्च व्यवस्था गर्ने उद...
माथिल्लो त्रिशूली–१ : हेजिङको रकम तिरेर सरकारले बिजुली लिने

माथिल्लो त्रिशूली–१ : हेजिङको रकम तिरेर सरकारले बिजुली लिने

आर्थिक, समाचार
काठमाडौँ — चैत्र १९ । माथिल्लो त्रिशूली–१ आयोजनाबाट सरकारले १७ प्रतिशत विद्युत् लिने भएको छ । हेजिङ फन्डमा २१६ मेगावाटको यो आयोजनाले तिर्नुपर्ने बापतको रकम सरकारले व्यहोरेदिने र त्यसको सट्टा करिब ३७ मेगावाट विद्युत् सरकारलाई उपलब्ध गराउन कम्पनी राजी भएको हो । नेपाली मुद्रासँग डलरको भाउ घटबढ हुँदा हुने जोखिम कम गर्ने उद्देश्यसहित हेजिङ फन्ड स्थापनाको प्रावधान राखिएको हो । यो प्रस्ताव नेपाल विद्युत्प्राधिकरणको बोर्ड बैठकबाट पारित भई मन्त्रिपरिषद्ले यसै साता स्वीकृत गरिसकेको छ । ऊर्जा मन्त्रालयका प्रवक्ता प्रवीणराज अर्यालले यसै साता मन्त्रिपरिषद्ले आयोजनालाई हेजिङ सुविधा दिएर विद्युत् लिने प्रस्ताव पारित गरेको जानकारी दिए । आयोजनासँग प्राधिकरणले गरेको विद्युत् खरिद सम्झौता (पीपीए) मा हेजिङ फन्डका लागि तोकिएको रकममध्ये एकतिहाइ आयोजनाले तिर्ने र बाँकी प्राधिकरण तथा सरकारले तिर्ने प्रा...
कर्मचारीलाई कमिशन देखि बिज्ञापन लुकाएर निकाल्ने धन्दा बढ्दै

कर्मचारीलाई कमिशन देखि बिज्ञापन लुकाएर निकाल्ने धन्दा बढ्दै

आर्थिक, समाचार
पर्सा— चैत्र १९ । स्थानीय सत्ता सञ्चालनको अधिकार पाएसँगै नगर तथा गाउँपालिकाहरुले अधिकारको दुरुपयोग गर्न थालेका छन् । सिंहदरबारको अधिकार गाउँमा स्थापित गरिएको भन्दै नेताहरुले भन्दै गर्दा सिंहदरबारको भ्रष्टाचारी संयन्त्र गाउँ–गाउँ पुगेको अनुभूति हुन थालेको छ । एकातिर प्राकृतिक स्रोतको दोहन झनै बढ्दै गएको छ भने प्राकृतिक स्रोतहरुमा स्थानीय सरकारका जनप्रतिनिधिदेखि कर्मचारीहरुको कमाउने ठाउँ बनेको छ । उनीहरुले विज्ञापन प्रकाशित गर्नेदेखि विभिन्न बाहनामा कमिशन खाने गरेको गुनासो बढ्दै गइरहेको छ । विज्ञापनमा ‘कमिशन’ प्रदेश नम्बर २ को जगन्नाथपुर गाउँपालिकाले केही समयअघि सडक निर्माणको ठेक्का दिनका लागि केही पत्रिकाहरुमा बोलपत्र प्रकाशित गरेको थियो । लाखौं रुपैयाँ खर्चिएर गाउँपालिकाले माघ ८ गते प्रकाशित गरेको सूचना पुनः फागुन १६ गतेको गाउँपालिका बैठकले रद्द गरिदियो । जगन्नाथपुर गाउँपालिकाले...
राजधानीको मुटु बागबजारमा नेपाली राष्ट्रिय पोसाकको शोरुम सञ्चालित

राजधानीको मुटु बागबजारमा नेपाली राष्ट्रिय पोसाकको शोरुम सञ्चालित

आर्थिक, समाचार
काठमाडौँ — चैत्र १९ । राजधानीको अत्यन्तै व्यस्त स्थान बागबजारमा स्ट्यान्डर्ड राष्ट्रिय पोसाक सञ्चालनमा आएको छ। वि.सं.२०५१ सालदेखि नमस्ते स्ट्यान्डर्ड टेलर्स मार्फत सर्टिङ/सुटिङ सेवा प्रदान गर्दै आएको समूहले नेपाली पोसाकको शोरुम सुरु गरेको हो। नेपाली पोसाक शोरुममा नेपाली राष्ट्रिय पोसाकका सम्पूर्ण आइटम पाइनुका साथै अर्डर अनुसार तयार गरिने सञ्चालक संगीता प्रधानले जनाइन्। शोरुममा नेपाली संस्कृ्तिअनुसार गरिने विवाहमा दुलाहाका लागि आवश्यक नेपाली पोसाकको सम्पूर्ण सेट समेत उपलब्ध रहेको जनाइएको छ। शोरुममा एक हजार सात सय रुपैयाँदेखि सात हजार रुपैयाँसम्मका विविध रुपका नेपाली पोसाक पाइने प्रधानले बताएकी छिन। उनी भन्छिन्, ‘शोरुममा ढाका टोपी, कालो टोपी, नेपाली राष्ट्रिय झन्डा, विवाहको दौरा, सुरुवाल, वेस्ट तथा ज्वारी कोट, ढाकाको जुत्ता समेत पाइन्छ।’ पछिल्लो समय राष्ट्रिय पोसाकप्रति युवा जमात...
दुई देशलाई रेल यातायातले जोड्ने विषय नेपाल र चीनले देखेका उत्तम सपना हुन् : चिनियाँ लगानीकर्ता

दुई देशलाई रेल यातायातले जोड्ने विषय नेपाल र चीनले देखेका उत्तम सपना हुन् : चिनियाँ लगानीकर्ता

आर्थिक, समाचार
काठमाडौँ — चैत्र १७ । चिनियाँ लगानीकर्ताले केरुङ–काठमाडौं रुटमा चाँडै रेल सञ्चालन हुने संकेत दिएका छन् । लगानी सम्मेलनको अन्तिम दिन शनिबारको पूर्वाधारसत्रमा सहभागी भएका चाइना रेल्वे इन्टरनेसनल ग्रुपका उपमहाप्रबन्धक वाङ लिजिईले सबैको ध्यान खिच्दै भने, ‘दुई देशलाई रेल यातायातले जोड्ने विषय नेपाल र चीनले देखेका उत्तम सपना हुन् ।’ उनी यतिमा मात्र रोकिएनन् । आफ्नो कुरा सुनेर उत्साही भएका सहभागीलाई सम्बोधन गर्दै भने, ‘चीनमा तत्कालीन अध्यक्ष माओले चीन र नेपाल रेलले जोड्ने सपना देखेका थिए । अब यो यथार्थमा परिणत हुँदै छ ।’ केपी ओली नेतृत्वको सरकार गठन भएयता सर्वाधिक चर्चामा रहेका विकास आयोजनामध्ये केरुङ–काठमाडौं रेल अग्रस्थानमा छ । यो परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) सकिएको छ । अब दुई देशका सम्बन्धित निकाय बसेर परियोजनालाई अघि बढाउने लिजिईले जानकारी दिए । यो आयोजनाका लागि ३ खर...
लगानी सम्मेलनमा २०१९ मा १७ खर्बको प्रस्ताव

लगानी सम्मेलनमा २०१९ मा १७ खर्बको प्रस्ताव

आर्थिक, समाचार
काठमाडौँ — चैत्र १७ । नेपाल लगानी सम्मेलन २०१९ मा स्वदेशी तथा विदेशी लगानीकर्ताले करिब १७ खर्ब ३० अर्ब रुपैयाँ बराबरको लगानी प्रस्ताव गरेका छन् । सरकारले प्रस्तुत गरेका आयोजना र निजी क्षेत्रले घोषणा गरेका क्षेत्रमा लगानीको प्रस्ताव आएको हो । लगानी बोर्ड कार्यालय स्रोतका अनुसार सरकारले प्रस्तुत गरेका ५० आयोजनामध्ये ११ वटामा लगानी गर्न १७ प्रस्ताव पेस भएका छन् । ११ आयोजनाको अनुमानित लागत हालको विनिमय दरअनुसार १२ खर्ब १२ अर्ब १७ करोड रुपैयाँ हुन्छ । निजी क्षेत्र, सरकार र दातृ निकायबीच १७ आयोजनामा लगानी गर्ने समझदारी भएको छ । यो समझदारीका आयोजनाको लागत ५ खर्ब १३ अर्ब रुपैयाँ छ । अन्य एक लगानीकर्ताले ६ अर्ब ५० करोड रुपैयाँ लगानीमा बल्क टर्मिनल लजिस्टिक पार्क बनाउने प्रस्ताव गरेका छन् । सरकारले प्रस्तुत गरेका आयोजनामा आगामी दिनमा लगानीको प्रस्ताव बढ्ने अनुमान बोर्डले गरेको छ । ‘५० आ...
मलेसिया रोजगारी १० महिनापछि खुल्दै

मलेसिया रोजगारी १० महिनापछि खुल्दै

आर्थिक, समाचार
काठमाडौँ — चैत्र १५ । जेठ २ देखि बन्द रहेको मलेसिया रोजगारी पुनः खुल्ने भएको छ  । दुई देशबीचको श्रम समझदारीको मर्म र भावनाअनुसार कामदार पठाउन वैदेशिक रोजगार व्यवसायी तयार भएपछि सरकारले तत्काल कलिङ भिसा (प्रवेश भिसा) आइसकेकालाई श्रमस्वीकृति दिने तयारी गरेको छ  । गत कात्तिक १२ मा दुई देशबीच श्रम सम्झौता भएको थियो । मलेसिया नेपाली कामदारको प्रमुख रोजगारी गन्तव्य हो । श्रममन्त्री गोकर्ण विष्टले कलिङ भिसा पाएका नेपाली कामदारलाई श्रमस्वीकृति दिने वातावरण बनेको बताए । झन्डै ७ हजार नेपाली कलिङ भिसा लिएर बसेका छन् । रोजगारदाताले छनोट गरेका कामदारलाई मलेसियाको गृह मन्त्रालयले कलिङ भिसा जारी गर्छ । मलेसियाली दूतावासले त्यसलाई राहदानीमा टाँसिदिएपछि मात्रै वैदेशिक रोजगार विभागले श्रमस्वीकृति दिन्छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले काठमाडौंस्थित मलेसियाली दूतावासबाट भिसा स्वीकृत गराउने जिम्...
लगानी सम्मेलन सुरु, अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान

लगानी सम्मेलन सुरु, अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आह्वान

आर्थिक, समाचार
काठमाडौँ — चैत्र १५ । अर्थमन्त्री युवराज खतिवडाले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका छन् । दुई दिने लगानी सम्मेलनको उद्घाटन सत्रमा बोल्दै अर्थमन्त्री खतिवडाले सरकारले कर प्रणाली वैज्ञानिक बनाएको र कानुनी सुधार गर्दै लगानीको वातावरण तयार पारेको जानकारी दिए । सम्मेलनमा सहभागीहरुलाई नेपालको अर्थतन्त्रको बारेमा जानकारी दिँदै सरकार द्रूत आर्थिक विकाससहित अघि बढ्न चाहेको बताए। शुक्रबारबाट काठमाडौंमा सुरु भएको सम्मेलन शनिबारसम्म चल्नेछ। सम्मेलनमा सहभागी हुन ४० बढी देशका ६ सय बढी विदेशी लगानीकर्ता आइपुगेका छन्। सम्मेलनमा लगानीकर्तालाई आकर्षित गर्न ७७ वटा आयोजना राखिएको छ। यी आयोजनाको लागत ३० खर्ब बढी छ। (कान्तिपुर दैनिक)...