आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

उद्योगपति विनोद चौधरी कोरोनाभाइरसको संक्रमणबाट मुक्त

उद्योगपति विनोद चौधरी कोरोनाभाइरसको संक्रमणबाट मुक्त

आर्थिक, समाचार
उद्योगपति विनोद चौधरी कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन। गत भदौ१२ गते ग्रुपका अध्यक्ष तथा सांसद चौधरीले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जनाएका थिए। शनिबार राति एक ट्विट गर्दै १० दिनपछि आफू कोरोना संक्रमण मुक्त भएको उनले जानकारी दिएका हुन।  उनले एकान्तवासमा सबैको मायाँ र प्रेरणाले उर्जा मिलेको र त्यही उर्जाकै कारण कोरोना संक्रमणमुक्त भएको जनाएका छन। ...
बैंक कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि एक साताका लागि  सबै सेवा बन्द

बैंक कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि एक साताका लागि सबै सेवा बन्द

आर्थिक, समाचार, स्वास्थ्य
भदाै २० काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखाका कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण भएपछि एक साताका लागि सेवा बन्द गरिएको छ। प्रदेश अस्पताल/पशुपंछी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा शुक्रबार बैंकको नगद शाखामा कार्यरत एकजना कर्मचारीमा सङ्क्रमण पुष्टि भएको थियो । बैंकका प्रबन्धक लीलाराम ढुङ्गानाले सेवाग्राही र कर्मचारीमा सङ्क्रमण फैलिन नदिन एक साताका लागि सेवा बन्द गरिएको बताए। “सङ्क्रमित कर्मचारी आइसोलेसन बस्नुभएको छ”, उनले भने, “कार्यालय सानिटाइज गरेका छौँ, कम्तीमा एक साता बैंक बन्द रहने सूचना जारी गरिसकेका छौँ ।” शाखा प्रबन्धक ढुङ्गानाका अनुसार पाँच दिनपछि बैंकका अन्य कर्मचारीको स्वाब सङ्कलन गर्ने र रिपोर्ट ‘नेगेटिभ’ आएपछि मात्र सेवा पुनः सञ्चालन गरिनेछ । यसअघि जिल्ला अदालतमा कार्यरत कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अदालत एक साताका लागि सिल गर...
बजारमा सस्तो भयो कुखुराको मासु कति छ प्रति किलो हेर्नुस् ?

बजारमा सस्तो भयो कुखुराको मासु कति छ प्रति किलो हेर्नुस् ?

आर्थिक, समाचार
भदाै २० काठमाडाैं । चितवन- तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ ।पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न नसक्दा मासुको मूल्यमा गिरावट आएको हो । हप्ताअघि प्रतिकेजी खुद्रा रु ४२० रहेको कुखुराको मासुको मूल्य अहिले रु २०० पुगेको छ।कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढ्दै गएपछि ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा गरिएको छ।कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको निषेधाज्ञाका कारण जिल्लाका मासु पसलहरु केही घण्टामात्र खुल्ने गरेका छन्। नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिवप्रसाद बरालले पोल्ट्री व्यवसाय अति संवेदनशील क्षेत्र भएकाले निर्बाधरुपमा सञ्चालन नहुँदा कृषक प्रत्यक्ष मारमा परेको बताए।“४५ दिनभन्दा बढी कुखुरा पाल्दा उत्पादन लागत पनि उठ्दैन”, उनले भन...
श्रम गन्तव्य देशबाट आउन थाल्यो श्रमिकको माग

श्रम गन्तव्य देशबाट आउन थाल्यो श्रमिकको माग

आर्थिक, समाचार
कोरोना महामारीका कारण स्वदेश तथा विदेशमा धेरैको रोजगारी गुमेको अवस्थामा केही श्रम गन्तव्य देशबाट नेपालीका लागि नयाँ माग आउन थालेको छ । त्यसै आधारमा नेपाल सरकारले श्रम स्वीकृति खुला गरेसँगै नेपालीका श्रम गन्तव्य देशका रोजगारदाता कम्पनीले १० देखि २० प्रतिशतसम्म नेपाली श्रमिकको माग आउने जनाएको छ । यता वैदेशिक रोजगार व्यवसायी कम्पनी (म्यानपावर)हरूले भने माग यसअघि नै आइसकेकाले सुरक्षित रूपमा विदेश पठाउन सक्नु अहिलेको चुनौती भएको बताउँदै आएका छन् । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले नेपालका सबै श्रम गन्तव्य मुलुक कोभिड–१९ बाट प्रभावित भएकाले भर्खर ठूलो सङ्ख्यामा माग आउने सम्भावना नभएको बताए । उनले भने, “यसअघि आउने मागमा १० देखि २० प्रतिशतसम्म माग आउँछ कि भन्ने आशा हो । त्यो पनि पूर्ण रूपमा आश्वस्त हुने अवस्था छैन । श्रम गन्तव्य मुलुकको आर्थिक अवस्था कमजोर भएको छ । ...
नेपाललाई विश्व बैंकले दियो १ अर्ब २७ करोड अनुदान

नेपाललाई विश्व बैंकले दियो १ अर्ब २७ करोड अनुदान

आर्थिक, समाचार
विश्व बैंकले नेपाललाई १ अर्ब २७ करोड रुपैयाा (१ करोड ८५ लाख डलर) बराबरको अनुदान सहायता उपलब्ध गराएको छ । अनुदान सहायता उपलब्ध गराउने सम्बन्धमा शुक्रबार हस्ताक्षर भएको छ । विद्यालय क्षेत्र विकास कार्यक्रममा खर्च गर्ने गरी विश्व बैंकबाट यो सहायता उपलब्ध भएको हो । कोरोना महामारीको संकटकाबीच आधारभूत शिक्षामा पहुाच कायम राख्न र बालबालिकाको सिकाइमा निरन्तरता दिन यो सहायताले मद्दत गर्ने विश्व बैंकले जनाएको छ । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)बाट यो सहायता उपलब्ध हुन लागेको हो । विद्यालय क्षेत्र विकास कार्यक्रम विश्व बैंकसहित एसियाली विकास बैंक, यूरोपियन यूनियन, फिनल्याण्ड, ग्लोबल पार्टनरसिप फर एजुकेशन, जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी, नर्वे, यूएसआइडी, यूनिसेफलगायत निकायको सहयोगमा सञ्चालनमा रहेको छ । जीपीई कोभिड १९ द्रुत कोषबाट प्राप्त भएको यो अनु...
होम डेलीभरी सेवा शुक्रबारबाट सञ्चालन हुने, यस्ता छन् मापदण्ड

होम डेलीभरी सेवा शुक्रबारबाट सञ्चालन हुने, यस्ता छन् मापदण्ड

आर्थिक, समाचार
जिल्ला प्रशासन कार्यालय काठमाडौँले घरदैलो (होम डेलिभरी) सेवा सञ्चालनसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले मापदण्ड आज स्वीकृत भएको र शुक्रबारदेखि लागू हुने जानकारी दिए । सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको नेतृत्वमा बनेको समितिले उक्त मापदण्ड तयार पारेको हो । घरदैलो सेवा भने दिउँसो एक बजेदेखि साँझ सात बजेसम्म मात्रै सञ्चालन गर्न पाइने छ । कोभिड–१९ को सङ्क्रमण बढिरहेको अवस्थामा मापदण्ड विपरीत सेवा सञ्चालन गर्दा घरघरमा सङ्क्रमण फैलिन सक्ने जनाउँदै स्थानीय प्रशासनले अघिल्लो हप्तादेखि उक्त सेवा बन्द गरेको थियो । यसरी सेवा सञ्चालन गर्ने संस्था दर्ता भइ नवीकरण भएको हुनुपर्ने र सोको प्रतिलिपि सेवा दिन जाने व्यक्तिसँगै रहेको हुनुपर्ने स्वीकृत मापदण्डमा उल्लेख छ । वस्तु वा सेवाको मूल्य अनलाइनमा अनिवार्य रुपमा राखेको हुनुपर्नेछ । सरकारले तोकेक...
भारतको मेदान्त अस्पतालमा कार्यरत नेपाली कलेजो रोग विशेषज्ञले गरे आत्महत्या

भारतको मेदान्त अस्पतालमा कार्यरत नेपाली कलेजो रोग विशेषज्ञले गरे आत्महत्या

आर्थिक, समाचार
भारतको मेदान्त अस्पतालमा कार्यरत रोबोटिक कलेजो प्रत्यारोपणका विशेषज्ञ नेपाली चिकित्सक डा. सुजित कुमार साहले आत्महत्या गरेका छन्। भारतीय सञ्चार माध्यमका अनुसार ४० वर्षीय साहले मंगलबार आफू बस्दै आएको गुडगाँउको अर्पाटमेन्टको आठौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन्।घटनाबारे अनुसन्धान गरिरहेको प्रहरी घरेलु समस्याका कारण डा. साहले आत्महत्या गरेको हुनसक्ने बताएको छ। डा. साहका परिवार भारतको हिमान्चल प्रदेशमा बस्दै आएका छन्, भने उनकी श्रीमती र ६ वर्षकी छोरी पश्चिम बंगालमा बस्दै आएकी छन्। उनी केही समययता श्रीमतीसँग छुट्टीएर बस्दै आएका थिए।उनले तीन वर्षदेखि मेदान्त अस्पतालमा रोबोटिक लिभर ट्रान्सप्लान्ट सर्जनका रुपमा काम गर्दै आइरहेका थिए। उनले पोखराको मणिपाल मेडिकल कलेजबाट एमबीबीएस तह पूरा गरेपछि भारतको चन्डीगढबाट एमएस तह पास गरेका थिए।त्योपछि डा. साहले भारतको एम्स कलेजबाट एमसीएच तह पूरा...
२७३ फर्मको अनुगमन, ४० लाख जरिवाना

२७३ फर्मको अनुगमन, ४० लाख जरिवाना

आर्थिक, समाचार
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साउन १ देखि भदौ १५ सम्म २ सय ७३ वटा कम्पनीको बजार अनुगमन गरेको छ। विभागले उक्त अवधिमा अनुगमन गरी दोषी कम्पनीहरुलाई ४० लाख ३५ हजार रुपैयाँ जरिवाना गराएको जानकारी दिएको छ। यससम्बन्धी बजार अनुगमन तथा निरीक्षण प्रतिवेदन विभागले सार्वजनिक गरेको हो। प्रतिवेदनअनुसार १४ वटा मात्रै सामान्य अवस्थामा रहेको पाइएको थियो भने १ सय ५६ वटालाई सामान्य कैफियत तत्कालै सुधार गराइएको तथा निर्देशन दिइएको छ। त्यस्तै, अखाद्य वा म्याद नाघिसकेका १५ हजार ३ सय ५७ रुपैयाँबराबरको वस्तु तत्कालै नष्ट गराइएको विभागले जनाएको छ। यसबाहेक २३ कम्पनीलाई आवश्यक कागजात वा स्पष्टीकरण पेस गर्न भनिएको र ६८ वटालाई जरिवाना गरिएको छ। विभागले अनुगमनका क्रममा १६ वटाबाट परीक्षणका लागि नमूना संकलन गरेको थियो। तर कुनै विरुद्ध पनि मुद्दा ...
चैत ४ देखि बन्द अन्तर्राष्ट्रिय उडान नियमित सुरु

चैत ४ देखि बन्द अन्तर्राष्ट्रिय उडान नियमित सुरु

आर्थिक, समाचार
कोभिड–१९ सङ्क्रमण नियन्त्रण स्वरूप गत चैत ४ देखि बन्द नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । मङ्गलबार राति १ः०० बजे नेपाल वायु सेवा निगमको वाइडबडी जहाज जापानको नारिता उडेसँगै रोकिएको नियमित उडान सुरु भएको हो ।सरकारले भदौ १६ देखि सीमित सङ्ख्यामा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत हप्ता मात्रै नियमित अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक गरेको थियो । मन्त्रालयले तत्काल सेप्टेम्बर सम्मका लागि ५८ वटा नियमित उडानको तालिका बनाएको छ ।सार्वजनिक गरिएको तालिकाअनुसार हरेक दिन दुईवटा नियमित अन्तर्राष्ट्रिय उडान हुनेछन् । जसमध्ये २९ उडान स्वदेशी अन्तर्राष्ट्रिय उडान सेवा प्रदायक निगम र हिमालय एयरलाइन्सको हुनेछ । बाँकी विभिन्न देशका अन्तर्राष्ट्रिय सेवा प्रदायकको हुने गरी तालिका सार्वजनिक गरिएको छ ।मन्त्रिपरिषद्को सोमबार बसेक...
पेट्रोलको फेरि मूल्य बढ्यो

पेट्रोलको फेरि मूल्य बढ्यो

आर्थिक, समाचार
नेपाल आयल निगमले पेट्राेलकाे मूल्य बढाएकाे छ। निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्राेलकाे मूल्य प्रतिलिलटर दुई रुपैयाँ बढाएकाे हाे। याे सँगै पेट्राेलकाे नयाँ मूल्य १०७ रुपैयाँ पुगेकाे छ। निगमले डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासकाे मूल्य भने यथावत राखेकाे छ।