शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

आर्थिक

रासायनिक मलको कालोबजारी गरे कारवाही हुने

रासायनिक मलको कालोबजारी गरे कारवाही हुने

आर्थिक
भदाै २३ चितवन । कृषि ज्ञान केन्द्र चितवनले मलमा कालोबजारी गरे कानूनबमोजिम कारवाही हुने चेतावनी दिएको छ। कार्यालयले एक विज्ञप्ति प्रकाशित गर्दै केन्द्रले जिल्लामा केही सहकारीका पदाधिकारीले आफ्ना नातागोता, इष्टमित्र एवं चिनेजानेका व्यक्तिलाई मल दिने, मल लुकाउने, बढी मूल्यमा बिक्री गर्ने र कालोबजारी गर्ने गरेको गुनासो सुनिएको भन्दै यस्तो गरेको पाइए कारवाही गर्ने चेतावनी दिएको हो। थोरै मात्रामा उपलब्ध भए पनि ज्ञान केन्द्रले कृषकको पहुँच होस् भन्ने हेतुले जिल्ला कृषि सामग्री आपूर्ति व्यवस्थापन समितिको निर्णयानुसार सहकारीको सदस्य सङ्ख्या, विगतमा रासायनिक मलको कारोवारको अवस्था र सम्बन्धित स्थानीय तहमा अनुमति लिएका सहकारीलाई मध्यनजर गरी मलको सिफारिस गरिएको कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिए। सहकारी संस्थालाई उपलब्ध गराइएको मलको परिमाणलाई थप पारदर्शी ढङ्गले बिक्री वितरणको...
अमेरिकी डलरको मूल्य बढ्यो

अमेरिकी डलरको मूल्य बढ्यो

अन्तराष्ट्रिय, आर्थिक, समाचार
काठमाडौं ।नेपाल राष्ट्रबैकंले आजका लागी तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलरको मूल्य उकालो लागेको छ । अमेरिकी डलर मंगलबार उकालो लागेर ११७ रुपैयाँ ०५ पैसामा कारोबार भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। आज मंगलबार अमेरिकी डलर १ को खरिददर ११७ रुपैयाँ ०५ पैसा, विक्रिदर ११७ रुपैयाँ ६५ पैसा रहेको छ। यस्तै, पाउण्ड स्टर्लिङ १ को खरिददर १५४ रुपैयाँ ६१ पैसा, विक्रिदर १५५ रुपैयाँ ४४ पैसा रहेको छ। यूरोपीयन यूरो १ को खरिददर १३८ रुपैयाँ ६४ पैसा विक्रिदर १३९ रुपैयाँ ३५ पैसा रहेको छ। अष्ट्रेलीयन डलर १ को खरिददर ८५ रुपैयाँ ७२ पैसा, विक्रिदर ८६ रुपैयाँ १६ पैसा रहेको छ। मलेसियन रिंगेट १ को खरिददर २८ रुपैयाँ १९ पैसा विक्रिदर २८ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। कुवेती दिनार १ को खरिददर ३८२ रुपैयाँ ७७ पैसा, विक्रीदर ३८४ रुपैयाँ ७४ पैसा रहेको छ। साउदी रियाल १ को खरिददर...
पाँच करोड ३९ लाख लागतमा ‘बञ्जी जम्प’ हेलम्बुमा

पाँच करोड ३९ लाख लागतमा ‘बञ्जी जम्प’ हेलम्बुमा

आर्थिक, समाचार
भदौ २३ । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गन्तव्य हेलम्बु गाउँपालिकामा नयाँ साहसिक खेल ‘बञ्जी जम्प’ को लागि झोलुङ्गे पुल निर्माण हुने भएको छ ।हेलम्बु गाउँपालिका–१ स्थित ङिमादावा पाङ्गाङमा निर्माण गरिने १७३ मिटर उचाइ र ३७० मिटर लम्बाइको झोलुङ्गे पुल निर्माणका लागि ठेक्का सम्झौता भएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए । उनका अनुसार उमा–थानी हिमशिखर जेभीसँग रु दुई करोड ३५ लाखमा ठेक्का सम्झौता भएको छ । वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय सडक पूर्वाधार निर्देशनालयबाट गएको असार महिनामा १८ महिना अवधिमा सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको ठेकेदार नरहरि खडकाले बताए । उनका अनुसार हाल कोरोना भाइरसका कारण देशैभरी निषेधाज्ञा जारी भएकोले आगामी दशैंपछि मात्र काम शुरु गरिने कार्यक्रम रहेको छ । बढी भन्दा बढी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले आफू न...
पुरानै अवस्थामा  पर्यटन व्यवसाय फर्किन पाँचवर्ष लाग्ने

पुरानै अवस्थामा पर्यटन व्यवसाय फर्किन पाँचवर्ष लाग्ने

आर्थिक, समाचार
काठमाडौं। कोभिड–१९ का कारण धरासायी भएको पर्यटन व्यवसाय पुरानै अवस्थामा फर्किन चार/पाँचवर्ष लाग्ने सरोकारवालाहरुले बताएका छन्। कोभिडका कारण ठूलो संख्यामा पर्यटक आउने अवस्था नभएकाले नयाँ कन्सेप्टमा जानुपर्ने उनीहरुले औंल्याएका छन्। नेपाल आर्थिक पत्रकार समाज(सेजन) ले आयोजना गरेको पर्यटनको सम्भावना विषयक भिडियो कन्फ्रेन्समा बोल्दै नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटन क्षेत्रको प्रवृत्ति परिवर्तन हुने बताए। ‘अबमास टुरिज्मको इरा गयो’, उनले भने, ‘अब पर्यटकका लागि त्यस्तो ठाउँको छनोट हुन्छ जहाँ कुनै विषेश इन्ट्रेस्टको आधारमा सेवा दिन सकिन्छ।’ श्रेष्ठले पर्यटन क्षेत्रमा केही नयाँ आविस्कार गर्न सके पर्यटक भित्र्याउन सकिने बताए। सरकारले २०२० लाई नेपाल भ्रमण बर्ष मनाउने घोषणा गर्दै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो। त्यसैलाई लक्...
नेपालमा भित्रियो विद्युतिय मोटरसाइकल , कति पर्छ मूल्य हेर्नुहोस् ।

नेपालमा भित्रियो विद्युतिय मोटरसाइकल , कति पर्छ मूल्य हेर्नुहोस् ।

आर्थिक
काठमाडाैं । योमा मा इ मोटर्सले नेपाली बजारमा जिनियस र टेल्जी ब्राण्डका विद्युतीय दुईपांग्रे सवारी बिक्री सुरु गरेको छ।नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले संयुक्त रुपमा शोरुमको उद्घाटन गरेका हुन्। यी सवारीमा ४ हजार वाटको मोटर रहेको छ। यो ब्याट्रीलाई सामान्य घरको बिजुलीमा फुल चार्ज गर्न साढे ३ घण्टा लाग्नेछ। एकपटकको फुलचार्जमा यसले १०० किलोमिटर यात्रा गर्न सकिन्छ। जिनियस एक्स ४६ को मूल्य ४ लाख २६ हजार र जिनियस एक्सवाइ ४६ को मूल्य ४ लाख १६ हजार रहेको कम्पनीले जनाएको छ। ...
नेपाली बजारमा नोकियाले ल्यायाे ५.३माेडल

नेपाली बजारमा नोकियाले ल्यायाे ५.३माेडल

आर्थिक
भदाै २२ काठमाडाैं । नेपालको लागि नोकिया मोबाइलको आधिकारीक वितरक टेलिटक प्रालिले ‘नोकिया ५।३’ नेपाली बजारमा ल्याएको छ। नोकिया फोनको उत्पादक संस्था एच्एमडी ग्लोबलका अनुसार यसमा विभिन्न प्रकारका मौलिक विशेषता तथा फिचर सहित बढी क्षमता समावेश गरिएको छ। यसमा क्वाड क्यामेरा जडान गरिएको छ। ६.५५ इञ्चको डिस्प्ले रहेको छ। यसको ब्याट्री क्षमता ४ हजार एमएएचको रहेको छ। यसको नेपाली बजारमा मूल्य २३ हजार ४ सय ९९ तोकिएको छ। ...
भोलिदेखि बैंकका सबै शाखा  बिहीबारसम्म खुला गर्न निर्देशन

भोलिदेखि बैंकका सबै शाखा बिहीबारसम्म खुला गर्न निर्देशन

आर्थिक, समाचार
 काठमाडौं । मंगलबारदेखि बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला हुने भएका छन् । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो । सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई भनेको छ । राजश्व उठाउने म्याद २५ गतेसम्म भएका कारण बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ । ‘सिमित शाखामात्रै खोल्दा भीड अत्यधिक हुन्छ, सहज तरिकाले राजश्व तिर्ने वातावरण बनाउनका लागि यो निर्देशन जारी गरिएको हो’ बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले भने । अहिले बैंकले एकदमै कम सिमित शाखा कार्यालयहरुमात्रै खोलेर सेवा दिइरहेका छन् । अब शाखा कार्यालय तथा काउन्टरहरु खोले पछि सुरक्षा सतर्कतामा भने विशेष ध्यान दिनु पर्ने कार्यकारी निर्...
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा दोहोरो अंकको गिरावट

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा दोहोरो अंकको गिरावट

आर्थिक
भदौ २२ काठमाडौं। धितोपत्र बजारमा शेयर कारेबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । अघिल्लो साता लगातार उकालो लागेको बजारमा कारोबार मापक नेप्से यस साता भने लगातार ओरालो लागिरहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १२..१७ बिन्दुले घटेर एक हजार ४८७.८१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५५ ले घटेर २९८.६४ मा पुगेको छ । कूल १९२ कम्पनीको ५५ लाख ९५ हजार ५५१ कित्ता शेयर रु दुई अर्ब १६ करोड ४९ लाख ३० हजार २१४ मूल्यमा खरिद बिक्री भए । आज कारोबार भएका कूल १२ उपसमूहमध्ये आज चार उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरोलो लागेको छ । व्यापार २२.९६, वित्त ०.३, अन्य ३.७९ र लघुवित्त १.१५ बिन्दुले बढेको छ । यस्तै बैंकिङ १७.३६, होटल २.५६, विकास बैंक १५.५८, जलविद्युत् ३.५३, निर्जीवन बीमा ४६.७६, उत्पादन १७.६८, जीवन बीमा ९२.५४ र सामूहिक लगानी कोष ०.०५ बिन्दुले घटेको छ...
निषेधाज्ञा तोडेरै भए पनि व्यवसाय सञ्चालन गर्ने नाडाको निर्णय

निषेधाज्ञा तोडेरै भए पनि व्यवसाय सञ्चालन गर्ने नाडाको निर्णय

आर्थिक
भदौ २२ काठमाडौं । अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले स्वास्थ्य उपकरणको प्रयोग गर्दै व्यवसाय सञ्चालनको वातावरण बनाउन आग्रह गरेको छ । नाडाले सरकारसँग कोरोना सङ्क्रमणबाट बच्न सुरक्षात्मक उपायको कडाइका साथ पालन गराउँदै उद्योग व्यवसाय सञ्चालन गर्न प्रेस विज्ञप्तिमार्फत आग्रह गरेको हो । ‘जनता स्वयं आफ्नो दुःख पीडा र अभावका कारण बाध्य भई सडकमा आउने सम्भावना बढी भएको छ, यस्तो विकट स्थिति आउनुअघि नै सरकारले हाल जारी गरिएको निषेधाज्ञाबारे पुनर्विचार गर्न अनुरोध गरिएको हो’, विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनका कारण देशको अर्थतन्त्रलाई धराशायी बनाउने मात्र नभई बेरोजगारीको भयावह समस्यासमेत उत्पन्न भएको छ ।’ नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले बेरोजगारीको समस्या सरकारले सम्बोधन गर्न नसकेको जनाउँदै निषेधाज्ञाको अवधि थपिँदै जाँदा अरु भयावह हुने अवस्था सिर्जना हुन सक्ने चेतावनी दिएका छन् । ‘बन्दाब...
भोलिदेखि तीन दिनसम्म बैँकहरुका सबै शाखा खोल्न राष्ट्रबैंकको निर्देशन

भोलिदेखि तीन दिनसम्म बैँकहरुका सबै शाखा खोल्न राष्ट्रबैंकको निर्देशन

आर्थिक, समाज
भदाै २२ काठमाडौं । नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्न बैंकका सबै शाखा तथा काउण्टर खुल्ला गर्न निर्देशन दिएको छ।राष्ट्र बैंकले सोमबार विज्ञप्ति जारी गर्दै राजस्व संकलनका लागि २३, २४ र २५ गते राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने सबै बैंक तथा वित्तीय संस्थाहरुका शाखा–काउण्टर खोल्न निर्देशन दिएको हो। राजस्व संकलन गर्ने एवम् बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेड खुला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकालगायत कतिपय जिल्लाका स्थानीय निकायले निषेधाज्ञा जारी राखेका छन्। तर सरकारलाई बुझाउनुपर्ने अन्तः शुल्क, आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) बुझाउनुपर्नेछ। व्यवसायीहरुले भने लामो समय बन्दाबन्दी रहेकाले अन्तः शुल्क, आयकर तथा मूल्य अभिवृद्धि कर (भ्याट) तिर्ने समयावधि बढाउन स...