आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

आज नेप्से ३० अंकले आकाशियो

आज नेप्से ३० अंकले आकाशियो

आर्थिक
असाेज १ काठमाडौं ।साताको अन्तिम कारोबार दिन नेप्से ३०.७८ अंकले आकाशिएको छ। लामो दूरीको सार्वजनिक यातायात खुलेको दिन सेयरबजारमा झण्डै चार अर्बको सेयर खरिदबिक्री भएको हो।आज कुल १ सय ९१ कम्पनीको सेयर किनबेच भएको नेप्सेले जनाएको छ। आज ५३ हजार २ सय ४० पटक खरिदबिक्री भएको थियो भने १ करोड ३२ लाखभन्दा बढी कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ। आज सबै १२ समूहको सेयर कारोबार सूचक हरियो छ भने होटल, विकास बैंक र जलविद्युत् समूहको सूचक उच्च अंकले बढेको छ।आजको कारोबारमा चारवटा कम्पनीहरुको सेयर १० प्रतिशतभन्दा बढीले बढेको छ। सर्वाधिक कारोबार भने नेपाल पुनर्बीमा कम्पनीको भएको छ। उसको १४ करोडको, नेपाल बैंकको १२ करोडको उच्च कारोबार भएको छ। आज कम्पनीहरुको ६.७३ प्रतिशतसम्म सर्वाधिक सेयर मूल्य घटेको नेप्सेले जनाएको छ। ...
डिजेल र मट्टीतेलको मूल्य घट्यो

डिजेल र मट्टीतेलको मूल्य घट्यो

आर्थिक
असोज १ काठमाडौ । नेपाल आयल निगम लिमिटेडले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँ घटाएको छ ।बुधबार रातिदेखि लागू हुने गरी मूल्य घटाएपछि काठमाडौं उपत्यकामा डिजेल र मट्टीतेल प्रतिलिटर ९० रुपैयाँमा बिक्री–वितरण हुनेछ । पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै रहेको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले गत बिहीबार दिउँसो नयाँ मूल्यसूची पठाएको थियो । सो मूल्यसूची केही घटेर आएकाले नेपाली बजारमा समायोजन गरिएको प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिएका छन् । ...
बुधबार सुनको मुल्य तोलामा कति पुग्यो

बुधबार सुनको मुल्य तोलामा कति पुग्यो

आर्थिक
भदाै ३१ काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्य स्थिर रहेको छ । मंगलबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बुधबार सोही मूल्यमा कारोबार भएको नेपाल सुनचँँदी व्यवासयी महासंघले जनाएको छ । त्यस्तैगरी आज तेजावी सुन मुल्य तोलामा ९७ हजार रुपैयाँमा कारोबार भएको छ । भने आज चाँदीको मूल्य पनि स्थिर रही सोहि मुल्यका कारोबार भएको महासंघले जनाएको छ । ...
एकासी दिनमा २२ लाख जरिवाना सङ्कलन तनहुँमा

एकासी दिनमा २२ लाख जरिवाना सङ्कलन तनहुँमा

आर्थिक
भदाै ३१ तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरी रु २२ लाख ३५ हजार ९३० जरिवाना रकम सङ्कलन गरेको छ । जिल्ला अदालतको फैसलाबाट कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहँदै आएका व्यक्तिलाई पक्राउ गर्ने अभियान थालेपछि उक्त जरिवाना रकम सङ्कलन भएको हो । एकासी दिनमा १०८ फरार अभियुक्त पक्राउ गर्दा उक्त रकम सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । प्रहरीले असारमा नौ, साउनमा ४५, भदौ २८ गतेसम्म ५४ गरी १०८ जना अभियुक्त पक्राउ गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार ठगी, चोरी, बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान लागुऔषध, बैंकिङ कसुर, किर्ते, वन, सार्वजनिक अपराध, तथा देवानीलगायत मुद्दामा फरार रहेका व्यक्ति पक्राउ परेका छन् । तनहुँ प्रहरीले गत आइतबार एकै दिन ३५ फरार अभियुक्तलाई पक्राउ गरेको छ...
नेपालको आर्थिक वद्धिदर १.५ प्रतिशतमा सिमिति हुने प्रक्षेपण

नेपालको आर्थिक वद्धिदर १.५ प्रतिशतमा सिमिति हुने प्रक्षेपण

आर्थिक
भदाैं ३० काठमाडौं। एसियालीविकास बैंक (एडीबी) ले चालू आर्थिक वर्ष २०७७/०७८(सन् २०२१) मानेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतमा सिमिति हुने प्रक्षेपण सार्वजनिक गरेको छ। कोभिड–१९ को महामारी र यसलाई नियन्त्रण गर्न गरिएको लकडाउनलगायतका कारण अर्थतन्त्रमा गम्भिर प्रभाव परेको एडीबीले मंगलबार सार्वजनिक गरेको इकोनोमी आउटकुलमा उल्लेख गरेको छ। बैंकले गत अप्रिलमा सन् २०२१ मा ६.४ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो। त्यसपछि जुनमा संशोधन गर्दै वृद्धिदर ३.१ प्रतिशत रहने उल्लेख गरेको थियो।बैंकले सन् २०२० मा भने नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतहुने अनुमान गरेको छ। एडीबीका अनुसार सन् २०२० मा दक्षिण एसियाको आर्थिक वृद्धिदर ६.८ प्रतिशतले ऋणात्मक हुने र सन् २०२१ ७.१ प्रतिशत हुनेछ। ...
सिटिजन्स बैंकद्वारा स्क्यान र वीथ ड्र सेवा सुरु, क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सकिने

सिटिजन्स बैंकद्वारा स्क्यान र वीथ ड्र सेवा सुरु, क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सकिने

आर्थिक
भदौ ३० काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ स्क्यान र वीथ ड्र सेवाको सुरुवात गरेको छ । विश्वका अधिकांश मुलुकहरु कोरोनाभाइरसको महामारीबाट आक्रान्त बनेको अवस्थामा यस सिटिजन्स बैंकले ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ क्यान र वीथ ड्र सेवाको सुरुवात गरेको हो । क्यान र वीथ ड्रमार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लगइन गरेर काउण्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न सकिने कुरा बैंकले जनाएको छ । बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका दरवारमार्ग र कमलादी शाखाबाट उपलब्ध गराएको छ र निकट भविष्यमा नै यस सेवालाई देश भरीका अन्य शाखाहरुबाट समेत प्रवाहगर्ने उद्देश्यकासाथ कार्यारम्भ भइसकेको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज ...
शेयर धितो राखेर एनआइसी एशियाबाट ७.७५%ब्याजदरमा १५ करोडसम्म लोन लिन पाइने

शेयर धितो राखेर एनआइसी एशियाबाट ७.७५%ब्याजदरमा १५ करोडसम्म लोन लिन पाइने

आर्थिक
 भदाै ३० काठमाडाैं । एनआइसी एशिया बैंकले सर्वाधिक न्यूनतम ब्याजदरमा शेयर धितोमा राखेर प्रवाह गरिने कर्जा ‘लोन अगेन्स्ट शेयर’  (Loan Against Share) को आकर्षक कर्जा योजना सार्वजनिक गरेको छ । बजारको मागअनुसार नेपालको बैंकिङ्ग क्षेत्रकै सर्वाधिक न्यूनतम ब्याजदर वार्षिक ७।७५ प्रतिशत रहेको उक्त कर्जा योजना सार्वजनिक गरेको बैंकले जनाएको छ । ग्राहकहरूले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी लगायत अन्य विभिन्न कम्पनीहरूको साधारण शेयर यस बैंकमा धितो राखेर १२० दिनको शेयरको औसत बजार मूल्य वा पछिल्लो कारोबार मूल्य मध्ये जुन कम छ, त्यसको ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत न्यूनतम रू। १ करोड देखि अधिकतम रू १५ करोडसम्मको कर्जा रकम प्राप्त गर्न सक्ने व्यवस्था बैंकले गरेको छ । यस अन्तर्गत रू ५० लाखसम्मको ओभरड्राफ्ट कर्जा समेत लिन सकिने सुवि...
शेयर कारोबार नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लाग्यो

शेयर कारोबार नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लाग्यो

आर्थिक, समाचार
भदौ ३० काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.४७ विन्दुले ओरालो लागेर एक हजार ५३६.०३ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.५९ विन्दुले घटेर ३०४.६५ मा पुगेको छ । कूल १९३ कम्पनीको ६६ लाख ९७ हजार ४९६ कित्ता शेयर रु दुई अर्ब ११ करोड ९९ लाख ३९ हजार ५५८ मूल्यमा खरिद बिक्री भए । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर उकालो लाग्दा नौ उपसमूहको शेयर भने उकालो लागेको छ । होटल ९.२४, जीवन बीमा १७.३३ र सामूहिक लगानी कोष ०.०४ विन्दुले बढेको छ । बैंकिङ तीन, व्यापार १३.७५, विकास बैंक १४.५५, जलविद्युत् ८.१६, वित्त २.५, निर्जीवन बीमा ३.२३, उत्पादन १२.४६, अन्य ७.३९ र लघुवित्त ३.९९ विन्दुले घटेको छ । स्टकका अनुसार कारोबारका आधारमा आज पनि पुनर्बीमा कम्पनी शीर्ष स्थ...
‘ओपो ए ५३’ नेपालमा सार्वजनिक हुँदै

‘ओपो ए ५३’ नेपालमा सार्वजनिक हुँदै

आर्थिक, समाचार
भदाै ३० काठमाडौं। ओपोले ए सिरिजको नयाँ स्मार्टफोन नेपाली बजारमा ल्याउने तयारी गरिरहेको छ। कम्पनीले ओपो ए ५३ स्मार्टफोन नेपालमा सार्वनजिक गर्नका लागि सबै तयार भएको जानकारी दिएको छ। ५ हजार एमएएच क्षमताको ब्याट्री भएको यो फोनमा १८ वाट फास्टको फास्ट चार्जर पनि रहेको छ।‘ओपोको ए सिरिज अन्तर्गतको बाचा अनुरुप, ए५३ले पनि प्रयोगकर्तालाई तिब्र र सहज मोबाइल अनुभव प्रदान गर्नेमा हामी विश्वस्त छौँ ’ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने। यसमा रहेको सुपर पावर सेभिङ मोडले ५ प्रतिशत अतिरिक्त ब्याट्री क्षमता बढाउने कम्पनीको दाबी छ। त्यस्तै स्लिप स्ट्यान्डबाई अप्टिमाइजेशनले रातको समयमा २ प्रतिशत ब्याट्री क्षमता बचत गाराउने कम्पनीको दाबी छ। ४ जीबी र्‍याम भएको यो फोनमा २५६ जीबी अतिरिक्त क्षमता विस्तारको क्षमता रहेको छ।१६ मेगापिक्सेलको सेल्फी क्यामेरा भएको यो फोनमा १३ मेगापिक्सेलको प्राइम...
आज पनि ह्वात्तै बढ्यो सुनको मुल्य

आज पनि ह्वात्तै बढ्यो सुनको मुल्य

आर्थिक
भदाै ३० काठमाडौ । नेपाली बजारमा सुनको मुल्य बढेको छ । सोमबार तोलामा ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार ६०० सय रुपैयाँले बढेर ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यस्तै आज तेजावी सुन तोलामा ९७ हजार रुपैयाँ पुगेको छ । त्यस्तैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १३४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । ...