उपत्यकामा अनलाइन सपिङ सहित ५२ ठाउँमा दशैँलक्षित सुपथ पसल
काठमाडौँ उपत्यकासहित देशभरमा दशैँलक्षित सहुलियत पसल सञ्चालनमा ल्याइने भएको छ । यसपटक निजीक्षेत्रलाई समेत समेटेर सरकारले यस वर्षको दशैँलक्षित सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको संयुक्त सञ्चालनमा उपत्यकासहित कम्तीमा ५२ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीका देशभरका मुख्य कार्यालय, सात वटा प्रादेशिक कार्यालय, पाँच वटा मुख्य शाखा कार्यालय, २३ वडा शाखा कार्यालय तथा १६ वटा डिपो कार्यालयबाट सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । साल्ट ट्रेडिङको सबै आउटलेटमा पनि सहुलियत सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
सहुलियत पसल सञ्चालनको निर्णय र मोडालिटीको बारेमा आज बस्ने बैठकले निर्णय गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी शर्मीला न्यौपाने सुवेदीले गोरखापत्र अ...








