आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

आर्थिक

पुँजी बजारमा निजी क्षेत्रको लगानीमा फेरि नयाँ स्टक एक्सचेन्ज ल्याउन तयारी

पुँजी बजारमा निजी क्षेत्रको लगानीमा फेरि नयाँ स्टक एक्सचेन्ज ल्याउन तयारी

आर्थिक, समाचार
पुँजी बजारमा निजी क्षेत्रको लगानीमा फेरि नयाँ स्टक एक्सचेन्ज ल्याउन तयारी सुरु भएको छ । नेप्से परिसूचकसँगै बजारको आकार, पहुँच र लगानीकर्ताको संख्या बढेकाले नयाँ एक्सचेन्ज कम्पनी आवश्यक रहेको भन्दै नियामक निकाय धितोपत्र बोर्डले पनि आन्तरिक गृहकार्य थालेको छ । सोही क्रममा पुराना फाइल संकलन गरी अध्ययन सुरु भएको स्रोतले बताएको छ । ‘सेयर बजार लगातार उकालो लागेपछि नयाँ एक्सचेन्ज कम्पनीको कुरा फेरि उठेको हो,’ स्रोतले भन्यो, ‘यसपालि धितोपत्र बोर्डभन्दा पनि बजारमा यसको चर्चा बढी छ ।’ स्रोतका अनुसार अहिले मन्त्रालय (सरकार) स्तरबाटै कुरा मिलाएर एक्सचेन्ज कम्पनीका लागि धितोपत्र बोर्डलाई दबाब दिने सम्भावना छ । कुनै पूर्वतयारीबिना एक्कासि नयाँ एक्सचेन्जको कुरा उठेकाले कतैको दबाब हो कि भन्ने लागेको स्रोतले बताएको छ । धितोपत्र बोर्डले धेरै पहिलेदेखि नै नयाँ स्टक एक्सचेन्ज कम्पनी भित्र्याउने तयारी ग...
कच्चा पदार्थ र ढुवानी महँगो भएपछि चामल र तेल जस्ता खाद्यान्नको उच्च मूल्य वृद्धि

कच्चा पदार्थ र ढुवानी महँगो भएपछि चामल र तेल जस्ता खाद्यान्नको उच्च मूल्य वृद्धि

आर्थिक, समाचार
 कच्चा पदार्थको मूल्य बढेपछि आधारभूत खाद्यान्नको मूल्यमा चाप परेको छ । कच्चा पदार्थ र ढुवानी महँगो भएपछि चामल र तेल जस्ता खाद्यान्नको मूल्य बढेको हो । भारतमा किसान आन्दोलनका कारण धानको मूल्य बढेकाले त्यसको प्रभाव चामलको मूल्यमा देखिएको उद्योगी सुरेश रूङ्गटाले बताए । विगत १ महिनायता चामलको भाउ किलोमै ४ रुपैयाँसम्म बढेको उनले बताए । नेपालमा हुने चामलको अधिकांश उत्पादन भारतीय धानको भरमा छ । भारतबाट आउने धानको मूल्य प्रतिक्वीन्टल २०० रुपैयाँसम्म बढेको आयातकर्ताले बताएका छन् । विगतमा भारत सरकारले तोकेको समर्थन मूल्यभन्दा कम भाउमा धान पाइएकोमा अहिले महँगो परेको रूङ्गटाले बताए । केही समयअधिसम्म १ हजार ८ सय रुपैयाँमा पाइएको धान अहिले भारतको सीमावर्ती शहर रक्सौलसम्म ल्याउन २ हजार रुपैयाँसम्म परेको उद्यमीले बताएका छन् । भारतमा धानको समर्थन मूल्य १ हजार ८५० रुपैयाँ छ । धानको भाउ बढ्...
ललितपुर चेम्बर अफ कमर्शको प्रथम वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा शाक्य निर्वाचित

ललितपुर चेम्बर अफ कमर्शको प्रथम वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा शाक्य निर्वाचित

आर्थिक, समाचार
ललितपुर, ३ माघ -ललितपुर चेम्बर अफ कमर्शको प्रथम वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । उक्त साधारण सभा कार्यक्रम अर्थमन्त्री बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यता र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको बिशेष आतिथ्यता माझ जावलाखेलमा सम्पन्न भएको हो । साधारण सभाको उदघाटन गर्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रका समस्या समाधान गर्न सरकार प्रयत्नशिल रहेको बताउनुका साथै वैशाख १७ र २७ गते तोकिएको निर्वाचन सफल पार्न चेम्बर लगायत समग्र निजी क्षेत्रको साथ उत्तिकै आवश्यक रहने औल्याए । साथै मन्त्री पौडेलले सरकारले कोभिड १९ विरुद्धको भ्याक्सिन निशुल्क उपलब्ध गराउने उल्लेख गर्दै भ्रमको पछि नलाग्न पनि आग्रह गरे । सोही अवसर माझ मन्त्री पौडेलले ललितपुर चेम्बर अफ कमर्श स्मारिका को विमोचन समेत गरे । त्यसै गरि, बिशेष अतिथीको आसनबाट कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्य...
(NIFRA)को आईपीओमा पहिलो दिनमा झण्डै ३ लाख( ४८.८७%) ले आवेदन

(NIFRA)को आईपीओमा पहिलो दिनमा झण्डै ३ लाख( ४८.८७%) ले आवेदन

आर्थिक, समाचार
नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड(NIFRA)को आईपीओमा पहिलो दिनमा झण्डै ३ लाखले आवेदन दिएका छन् । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार शुक्रवार साढें ४ बजे सम्म कुल निष्काशनको ४८.८७ प्रतिशत अर्थात् २ लाख ८५ हजार ३१८ जनाले आवेदन दिएका हुन् । सो अवधिसम्ममा ३ करोड ७० लाख ६२ हजार ६७० कित्ता शेयरको लागि ३ अर्ब ७० करोड रुपियाँ बराबरको आवेदन परेको विक्री प्रबन्धकले जनाएको छ । कम्पनीले प्राथमिक बजारको हालसम्मकै इतिहासमा सबैभन्दा बढी ८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ विक्री खुला गरेको हो । सबै आवेदकले पाउने निश्चित रहेको यो आईपीओ छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म विक्रीमा रहनेछ । ...
सरकारले करिब ५१ अर्ब पुँजीगत खर्च गरेर साढे चार खर्ब राजस्व संकलन ,पुँजीगत खर्च भने ५० अर्ब ८२ करोड मात्रै खर्च

सरकारले करिब ५१ अर्ब पुँजीगत खर्च गरेर साढे चार खर्ब राजस्व संकलन ,पुँजीगत खर्च भने ५० अर्ब ८२ करोड मात्रै खर्च

आर्थिक, समाचार
सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा करिब ५१ अर्ब पुँजीगत खर्च गरेर साढे चार खर्ब राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म जम्मा साढे १४ प्रतिशतमात्रै पुँजीगत खर्च भएको छ । चालु आर्थिक वर्षको यो अवधिमा सरकारले गरेको कुल खर्चमध्ये पुँजीगत खर्च भने ५० अर्ब ८२ करोड मात्रै खर्च गरेको हो । चालु आर्थिक वर्षमा सरकारले ३ खर्ब ५२ अर्ब ९१ करोड रूपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य राखेपनि आर्थिक वर्षको आधा समय सकिँदासम्म पुँजीखर्च खर्चको अवस्था अत्यन्त न्यून देखिएको हो । आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्मको अवधिमा १४.४० प्रतिशत पुँजीगत खर्च भएको छ । सरकारले पहिलो ६ महिना (साउनदेखि पुसमसान्तसम्म) मा कुल चार खर्ब १५ अर्ब ७५ करोड रुपैयाँ खर्च गरेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ । सरकारले चालु आर्थिक वर्षको लागि कुल १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट विनियोजन गरेको छ । ...
नेपालको अहिलेसम्मकै ठूलो आईपीओका लागि आवेदन आजबाट बिक्री सुरु

नेपालको अहिलेसम्मकै ठूलो आईपीओका लागि आवेदन आजबाट बिक्री सुरु

आर्थिक, समाचार
नेपालको अहिलेसम्मकै ठूलो आईपीओका लागि आवेदन आजबाट खुलेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता धितोपत्रको प्रारम्भिक निष्काशन (आईपीओ) आजबाट बिक्री सुरु गरेको हो । जसमध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्युचुअल फन्डका लागि छुट्याइएको छ भने बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल हो । क्यापिटलका अनुसार कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिन्छ । सर्वसाधारणले छिटोमा माघ ६ गतेसम्ममा आवेदन दिन पाउने छन् । कति कित्ता पर्ला ? पछिल्लो समय सेयरमा मानिसहरुको आकर्षण बढेको छ । आईपीओहरुमा खालि हात पर्ने अवस्था पनि बन्ने गरेको छ तर यो सेयरमा भने खालीहात बन्...
दुई हजार ७२१ जनाले कोरोना बीमा दाबी भुक्तानी पाएनन्

दुई हजार ७२१ जनाले कोरोना बीमा दाबी भुक्तानी पाएनन्

आर्थिक, समाचार
दुई हजार ७२१ जनाले कोरोना बीमा दाबी भुक्तानी नपाएको देखिएको छ । बीमा समितिले सार्वजनिक गरेको पौष २९ गते बुधबारसम्मको कोरोना बीमाको तथ्यांकमा यस्तो देखिएको हो ।  तथ्यांक अनुसार हालसम्म २५ हजार ३ सय १३ जनाले २ अर्ब ४६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेका छन् ।  त्यस्तै, १८३ जनाको कोरोना बीमा दाबी दोहोरो परेका कारण दाबी नदिने निर्णय गरिएको छ । पौष मसान्तसम्ममा ३ हजार ७ सय ३९ जनाको दाबी प्रक्रियामा रहेको, ८ हजार ४० जनाको बीमा दाबी स्वास्थ्य सेवा विभागमा प्रमाणिकरणको क्रममा रहेको, ७ सय ४७ जनाको फाईल स्वास्थ्य सेवा विभागमा पठाउन तयारी अवस्थामा रहेका समितिले जनाएको छ ।   त्यसैगरि, दुई हजार ७२१ जनाको फाइल आवश्यक कागजात नपुगेका कारण सम्बन्धित कम्पनीमै फिर्ता गरिएको र १० हजार ९ सय ७४ फाइल भने भेरिफिकेसन प्रक्रियामा रहेको उक्त विवरणमा उल्लेख गरिएको छ ।  ...
चन्द्रागिरिको साधारण शेयरमा आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था

चन्द्रागिरिको साधारण शेयरमा आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था

आर्थिक, समाचार
चन्द्रागिरि हिल्स लिमिटेडको ११ औं बर्षिक सधारण सभा २०७७ साल बुधबारका दिन चन्द्रगिरि हिल्स रिर्सोट सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न साधारण सभामा कम्पनीको वित्तिय अवस्था, मुख्य उपलब्धि तथा कम्पनीको भावी योजना प्रस्तुत गरिएको थियो ।  उक्त सभामा चन्द्रागिरि हिल्स लिमिटेडले स्थानीय तथा सर्वसाधारणको लागि आह्वान गरेको साधारण शेयरमा आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।  चन्द्रागिरि हिल्स लिमिटेडको साधारण शेयरमा भएको उल्लेखनीय सहभागिता तथा कम्पनी प्रति देखाएको विश्वास अनि सबैलाई शेयर पर्ने सम्भावना न्युन रहेको हुँदा सम्पूर्ण आवेदकहरुको सम्मान गर्दै कम्पनीका अध्यक्ष चन्द्र प्रसाद ढकालले यो योजना सार्वजनिक गरिएको जानकारी दिए ।  स्थानीय वासिन्दा तथा सर्वसाधारणका लागि खुल्ला गरिएको शेयरमा...
नेपाल चेम्बर अफ कमर्स र फेडरेसन अफ इजरायल चेम्बर अफ कमर्स बीच समझदारी पत्रमा हस्ताक्षर

नेपाल चेम्बर अफ कमर्स र फेडरेसन अफ इजरायल चेम्बर अफ कमर्स बीच समझदारी पत्रमा हस्ताक्षर

आर्थिक, समाचार
नेपाल चेम्बर अफ कमर्स र फेडरेशन अफ इजराइल चेम्बर अफ कमर्स बीच आज एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुवै पक्षका पदाधिकारी तथा इजरायल स्थित नेपालका राजदूत डा.अन्जान शाक्य र नेपाल स्थित इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरको भर्चुअल उपस्थितिमा सो सम्झौता सम्पन्न भएको हो । उक्त समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र फेडरेशन अफ इजराइल चेम्बर अफ कमर्सको तर्फबाट उपाध्यक्ष अमिर सानीले हस्ताक्षर गरेका छन् । समझदारीपत्रमा इजरायल चेम्बर अफ कमर्ससँगको सम्बन्ध मार्फत इजराइलबाट नेपालमा लगानी भित्राउन पहल गर्ने, नेपाल र इजरायलमा आपसी रुपमा व्यापारलाई बिस्तार गर्ने, दुइ–पक्षिय तथा बहु–पक्षीय ब्यापार तथा लगानीसँग सम्बन्धित साझा स्वार्थहरुको प्रबर्द्धन गर्ने, आर्थिक सहकार्य र व्यापारिक भ्रमणको आदान–प्रदान, व्यवसायीक सूचना आदान प्रदान गर्ने लगायतका बुंदाहरु सम...
(नेप्से)आज ५ अर्ब ५२ करोड ४८ लाख ३२ हजार ९९३ रुपैयाँ बराबरको कारोबार

(नेप्से)आज ५ अर्ब ५२ करोड ४८ लाख ३२ हजार ९९३ रुपैयाँ बराबरको कारोबार

आर्थिक, समाचार
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) झिनो अंकले बढेको छ । आइतबार दोहोरो अंकले बढेको नेप्से आज झिनो अंकले बढेको हो ।  आज नेप्से ३.७० अंकले बढेर दुई हजार दुई सय ३९ दशमलब ४२ विन्दुमा पुगेको छ भने आज ५ अर्ब ५२ करोड ४८ लाख ३२ हजार ९९३ रुपैयाँ बराबरको कारोबार भएको छ ।            नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ५ वटा समूह घटेका छन् भने अन्य ५ वटा समूह बढेका छन् ।  ...