शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

आर्थिक

फेसियल हाउसको ईटहरी ब्रान्च उद्घाटन

फेसियल हाउसको ईटहरी ब्रान्च उद्घाटन

आर्थिक, समाचार
नेपालको सौन्दर्य सेवा क्षेत्रमा परिचित संस्था फेसियल हाउसले आफ्नो सेवा विस्तार गर्दै प्रदेश नं. १ को प्रमुख व्यापारिक केन्द्र ईटहरीमा नयाँ शाखाको शुभारम्भ गरेको छ ।नयाँ शाखाको उद्घाटन एक विशेष समारोहबीच ईटहरी उप–महानगरपालिकाकी उप–प्रमुख संगीता कुमारी चौधरी, ईटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुली, र फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ ब्यूटिसियन सुष्मा महराले संयुक्त रूपमा रिवन काटी सम्पन्न गर्नुभयो ।उद्घाटन समारोहमा बोल्दै सुष्मा महराले भनिन्,“फेसियल हाउसले सात वर्षअघि झापाबाट सेवा आरम्भ गरेको थियो। यद्यपि, कोभिड महामारीका कारण केही समयका लागि सेवा रोकिएको थियो। अहिले हामीले पूर्वका सबै सेवाग्राहीलाई लक्षित गरी ईटहरीमा नयाँ शाखा सञ्चालनमा ल्याएका छौं। सस्तो, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्नु हाम्रो मूल उद्देश्य हो।“ईटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जिवन पराजुलीले ईटहरीलाई...
एएमएसले दक्षिण कोरियामा नेपाल–कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी गर्ने

एएमएसले दक्षिण कोरियामा नेपाल–कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी गर्ने

आर्थिक, समाचार
काठमाडौँ, २२ असारः एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा नेपाल–कोरिया सांस्कृतिक, पर्यटन तथा शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कम्पनीकी अध्यक्ष सत्यकला तामाङ लामाले आगामी नोभेम्बरमा दक्षिण कोरियामा विशेष कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिइन् । अध्यक्ष लामाले भनिन्, “नेपाल र दक्षिण कोरियाबीच सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवर्द्धन, नेपाली खाना तथा सामग्री प्रदर्शनीका साथै शैक्षिक तथा श्रमबारे बहस गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो, यसले दुई देशबीचको सम्बन्ध विस्तारमा सहयोग पुग्ने अपेक्षा छ ।” वर्ल्ड पिस युनियन र सर्भिस ओरियन्टेट इन्टरएक्टिभ भिडियो एप्लिकेसनको सहकार्यमा आयोजना हुने कार्यक्रममा नेपाली राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुति रहनेछ । पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्...
भाषण कला तालिमको ‘२०औं वार्षिकोत्सव एवं राष्ट्रिय सम्मान’ सम्पन्न

भाषण कला तालिमको ‘२०औं वार्षिकोत्सव एवं राष्ट्रिय सम्मान’ सम्पन्न

आर्थिक, समाचार, समाज
काठमाडौं । अन एयर मिडियाद्वारा सञ्चालित भाषण कला तालिम सुरु भएको २०औं वार्षिकोत्सव एवं राष्ट्रिय सम्मान २०८२ भव्य रूपमा सम्पन्न भएको छ। नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात सभाहलमा आयोजित कार्यक्रममा देशका विभिन्न क्षेत्रका ३० जना विशिष्ट व्यक्तित्वहरूलाई सम्मान तथा २ जना उच्चपदस्थ अतिथिहरूलाई अभिनन्दन गरिएको हो। कार्यक्रममा सम्माननीय पूर्व मन्त्रिपरिषद्का अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश श्री खिलराज रेग्मी प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। विशेष अतिथिको रूपमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष रुपा थापाको उपस्थिति रहेको थियो। त्यसैगरी अतिथिहरूको रूपमा लुम्बिनी प्रदेश प्रमुखका जनसम्पर्क सल्लाहकार डा. रामबहादुर राउत, बरिष्ठ समाजसेवी बाबु कृष्ण खत्री, समाजसेवी तथा उद्योगी प्रेम दाहाल, समाजसेवी नगेन्द्र न्यौपाने, समुन्नत महिला मञ्चकी अध्यक्ष समा खत्री, उपन्यासकार राधा भण्डारी, चर...
शेयर शिक्षाका लागि अनामनगरमा खुल्यो ‘ईन्भेष्टमेन्ट गुरु’

शेयर शिक्षाका लागि अनामनगरमा खुल्यो ‘ईन्भेष्टमेन्ट गुरु’

आर्थिक, समाचार
काठमाडौं –नेपाली लगानीकर्तालाई शेयर बजारसम्बन्धी ज्ञान प्रदान गर्ने उद्देश्यसहित ‘इन्भेष्टमेन्ट गुरु’ नामक संस्था शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।काठमाडौंमा आयोजित एक समारोहबीच लोकतान्त्रीक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दिप प्रज्वलन र चार्टर्ड एकाउन्टेन्ट तथा वित्तीय विश्लेषक अनुपमा संग्रौलाले रिवन काटेर औपचारिक उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्दै संग्रौलाले संस्थाले शिक्षित र सचेत लगानीकर्ता तयार पार्न सघाउने विश्वास व्यक्त गरिन् ।संस्थाका सिइओ अमित झाका अनुसार इन्भेष्टमेन्ट गुरु आम नागरिकलाई वित्तीय साक्षरता दिलाउने र सशक्त लगानीकर्ता तयार पार्ने लक्ष्यसहित स्थापना गरिएको हो । उनले विशेषगरी नयाँ लगानीकर्ता तथा शेयर शिक्षा सिक्न चाहनेहरूलाई लक्षित गरेर कक्षा सञ्चालन गरिने जानकारी दिए ।इन्भेष्टमेन्ट गुरुले अनलाइन र भौतिक दुवै माध्यममार्फत् शिक्षा प्रदान गर्नेछ...
नयां व्यवसायमा संचारकर्मी अधिकारी ,संचालनमा ल्याईन सौम्या कलेक्सन

नयां व्यवसायमा संचारकर्मी अधिकारी ,संचालनमा ल्याईन सौम्या कलेक्सन

आर्थिक, समाचार
संचारकर्मी गीता अधिकारी पत्रकारिता संगै व्यवसायीको रुपमा पनि परिचित बनेकी छिन ।  साझेदारीमा संचालनमा ल्याइएको   ‘सौम्या कलेक्सन’को  गायिका मञ्जु थापाले उद्घाटन गर्नुभएको छ । डिल्लीबजार पिपलबोट घट्टेकुलो मार्गमा रहेको ‘सौम्या कलेक्सन’को गायिका थापाले सोमबार एक विशेष कार्यक्रमबीच रिवन काटेर उद्घाटन गर्नुभएको हो । सञ्चारकर्मीद्वय गीता अधिकारी र रिना श्रेष्ठले सञ्चालनमा ल्याएको यो कलेक्सन सेन्टरमा महिलाहरूका लागि गुणस्तरीय फेन्सी सामान सुपथ मूल्यमा बिक्रीका लागि राखिएको छ । सञ्चारक्षेत्रमा ख्याति कमाएका व्यक्तिले सञ्चालनमा ल्याएको कलेक्सन सेन्टरको उद्घाटन गर्न पाउँदा खुशी लागेको बताउँदै गायिका थापाले व्यावसायिक सफलताको शुभकामना दिनुभएको थियो । सो अवसरमा सञ्चार क्षेत्रका साथै गीतसंगीत र कला क्षेत्रका धेरै व्यक्तित्वको बाक्लो उपस्थिति रहेको थियो । ...
नुनको कारोबार निजी क्षेत्रलाई दिनेबारे कुनै निर्णय भएको छैन : आपूर्ति मन्त्री भण्डारी

नुनको कारोबार निजी क्षेत्रलाई दिनेबारे कुनै निर्णय भएको छैन : आपूर्ति मन्त्री भण्डारी

आर्थिक, समाचार
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई आयोडिनयुक्त नुनको कारोबार गर्न दिनेबारे कुनै निर्णय नभएको दाबी गरेका छन् । आज सोमबार काठमाडौंमा आयोजित उपभोक्ता सुरक्षाबारेको अन्तरक्रिया कार्यक्रममा मन्त्री भण्डारीले यसबारे सञ्चार माध्यमहरूमा आएका समाचारमा सत्यता नभएको स्पष्ट गरेका हुन् । आयोडिनयुक्त नुनको आपूर्ति, भण्डारण र बिक्री–वितरण नियमितझैँ साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत् नै हुने उनले बताए । ‘केही मिडियाहरूमा साल्ट ट्रेडिङमार्फत हुँदै आएको आयोडिनयुक्त नुनको बिक्री–वितरणको जिम्मेवारी निजी क्षेत्रलाई दिन लागिएको भनेर समाचारहरू सम्प्रेषण भएको पाएँ,’ मन्त्री भण्डारीले भने, ‘यो कसरी आयो, किन आयो, त्यो जानकारी भएन । वास्तवमा, अहिलेसम्म आयोडिनयुक्त नुन बिक्री–वितरणको अधिकार साल्ट ट्रेडिङ कर्पोरेशनलाई छ ।’ उनले आपूर्ति शृङ्खलासँग सम्बन्धित कुनै निर्...
सुटमालाका सीईओ राज कार्की प्रधानमन्त्रीबाट उत्कृष्ट व्यबसायीको रुपमा सम्मान

सुटमालाका सीईओ राज कार्की प्रधानमन्त्रीबाट उत्कृष्ट व्यबसायीको रुपमा सम्मान

आर्थिक, समाचार
काठमाडौं । प्रधानमन्त्री ओलीबाट सुटमालाका सीईओ राज कार्की युवा व्यवसायी सम्मानबाट सम्मानित काठमाडौं । युवा व्यवसायी राज कार्की प्रधानमन्त्री केपी शर्मा ओलीबाट सम्मानित भएका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा युवा व्यवसायी सम्मानबाट कार्की सम्मानित भएका हुन् । नेपालभरीका टेलरिङ क्षेत्रको प्रतिनिधीत्व गर्दै कार्कीलाई सम्मानित गरिएको हो । राज कार्की नेपाली सिलाई उद्योगमा संघर्षरत र प्रेरणादायी युवा उद्यमी हुन् । जसले परम्परागत दर्जी व्यवसायलाई आधुनिक ढंगबाट अगाडी बढाईरहेका छन् । उनले बिगत ७ वर्षदेखी सञ्चालन गरिरहेको बागबजारस्थित सुटमाला आधुनिक, वातावरणमैत्री र नविनतम सोच बोकेको ब्राण्ड हो । कार्कीले टेलरिङ क्षेत्रलाई केवल लुगा सिलाउने क्षेत्र मात्र नभई उद्यमशिलताको एक स्कुलका रुपमा स्थापित गर्न चाहन्छन् । उनको विचारमा दर्जी व्यवसायले नाफा मात्र नभई आत्मनिर्भरता, सिर्जनात्मकता र ...
ढुवानी व्यवस्था प्रवाभकारी बनाउन आवश्यक छ : अर्थमन्त्री पौडेल

ढुवानी व्यवस्था प्रवाभकारी बनाउन आवश्यक छ : अर्थमन्त्री पौडेल

आर्थिक, समाचार
काठमाडौँ – अर्थमन्त्री विष्णु पौडेलले ढुवानी व्यवस्था प्रवाभकारी बनाउन आवश्यक रहेकाे बताएका छन्। उनले ढुवानी व्यवस्था प्रवाभकारी नहुँदा मूलुकले धेरै अप्ठ्यारो भोग्नु परेको बताएका छन्। शनिबार ढुवानी व्यवसायी महासंघको १६ औँ वार्षिक साधारण सभा समारोहमा बोल्दै उनले ढुवानी व्यवस्था प्रवाभकारी नहुँदा गुणस्तरीय जीवन र समृद्धिको यात्रालाई पनि राम्रोसँग अगाडि बढाउन नसकेको बताएका हुन्। उनले भने,‘आजको दुनियाँमा ढुवानी व्यवस्थामा प्रवाभकारी नहुँदा मूलुकले धेरै अप्ठ्यारो प्रवृत्तिको सामना गर्नु र भोग्नु परेको छ। दुनियाँमा ढुवानी व्यवस्था प्रवाभकारी हुदाँ हामीले गुणस्तरीय जीवन र समृद्धिको यात्रालाई पनि राम्रोसँग अगाडि बढाउन सक्छौँ। त्यसकारण ढुनानी व्यवसाय एउटा महत्वपूर्ण व्यवसाय हो। यो राष्ट्रको लागि आवश्यक र अपरिहार्य व्यवसाय हो। यो व्यवसायले भोगिरहेको समस्यालाई एक एक गरी हामीले समाधान ...
सौन्दर्यविद पुनले खोलिन ‘क्युटी केयर ब्यूटी हब’को नयाँ शाखा बसन्तनगरमा

सौन्दर्यविद पुनले खोलिन ‘क्युटी केयर ब्यूटी हब’को नयाँ शाखा बसन्तनगरमा

आर्थिक, समाचार
काठमाडौं – सौन्दर्य क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव बोकेकी वरिष्ठ ब्यूटी एक्सपर्ट चन्दा पुनले आफूले स्थापना गरेको ‘क्युटी केयर ब्यूटी हब एण्ड ट्रेनिङ सेन्टर’को नयाँ शाखा ५० लाख भन्दा माथिको लगानीमा काठमाडौंको बसन्तनगर, बलाजुमा सञ्चालनमा ल्याएकी छिन्। कार्यक्रमलाई विधिवत रूपले उद्घाटन आफ्ना गुरु रुसका श्रेष्ठ र राधा शर्मा गरिएको थियो साथै मिस पवि, झरना रिसाल, सुजल बम ,सविता रेग्मी , अनिता गिरी , सृष्टि घिमिरे को उपस्थिति थियो । कार्यक्रममा आफ्नो उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान र अवार्ड पनि दिएको थियो। सौन्दर्यविधहरूको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। सौन्दर्य विद चन्दापुन भन्छिन- हामीले सम्पूर्ण ग्राहक वर्गहरुलाई तीन महिनासम्म ५० प्रतिशत छुट दिएका छौं। गोंगबु, टोखा–९, माग्दीचोकमा अवस्थित केन्द्रको सफल यात्रापछि व्यवसाय विस्तारको क्रममा पुनले नयाँ शाखा स्थापना गरेकी हु...
सुर्खेतमा ‘डिजिटल कर्णाली कन्क्लेभ’

सुर्खेतमा ‘डिजिटल कर्णाली कन्क्लेभ’

आर्थिक, समाचार
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दोस्रो संस्करणको डिजिटल कर्णाली कन्क्लेभ सुरू भएको छ । २ दिनसम्म चल्ने डिजिटल कर्णाली कन्क्लेभ २०२५ कर्णाली प्रदेश सरकार र आइसिटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा वीरेन्द्रनगरको शुभ होटलमा सुरू भएको हो । कन्क्लेभमा प्रमुख अतिथिको रूपमा सञ्चार तथा सूचना कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको उपस्थिति रहेको थियो । कार्यक्रममा मुख्यमन्त्रीसहित प्रदेशका मन्त्रीहरू, प्रदेश सभा सदस्य, सरकारी उच्च अधिकारी, जनप्रतिनिधि, विज्ञ, सरोकारवालाहरू लगायत ५०० बढीको सहभागीता रहेको छ । ‘इम्पावारिङ द फ्युचर: इन्नोभेसन, कनेक्टिभिटी एण्ड सस्टेनवलिटी’ मुख्य विषयमा केन्द्रित हुने कन्क्लेभमा विभिन्न ३ किनोट प्रस्तुतिसँगै ७ लाइटिनिङ प्रस्तुती र ७ थिममा १० प्यानल संवाद हुँदैछन् । कन्क्लेभमा ५० बढी विज्ञहरु राष्ट्रिय र अन्तरास्ट्रिय स्तरबाट वक्ताको रुपमा सहभ...