आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अन्तराष्ट्रिय

एस्टोन भिल्लाको संघर्षपूर्ण जित

एस्टोन भिल्लाको संघर्षपूर्ण जित

अन्तराष्ट्रिय, खेलकुद
असोज ६ काठमाडौं । प्रिमियर लिग फुटबलमा सेफिल्ड युनाइटेडले लगातार दोस्रो हार बेहोरेको छ ।सोमबार राति भएको खेलमा एस्टोन भिल्लासँग १-० ले पराजित सेफिल्डको यो दोस्रो हार हो । १० खेलाडीमा समेटिएको सेफिल्ड युनाइटेडविरूद्ध जित निकाल्न भिल्लालाई भने निकै संघर्ष गर्न पर्‍यो । भिल्लाको जितमा इज्री कोन्साले ६३औं मिनेटमा गोल गरे । खेलको १२औं मिनेटमा जोन इगन सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सेफिल्ड १० खेलाडीमा समेटिएको थियो । ३६औं मिनेटमा जोन लन्डस्ट्राम पेनाल्टीमा चुक्दा सेफिल्डले अग्रता लिने अवसर गुमाएको थियो । भिल्लाले पहिलो खेलमा नै सफलता हात पारेको हो । एजेन्सी ...
फ्रान्समा कोरोना संक्रमितको संख्या ४ लाख ५८ हजार नाघ्यो

फ्रान्समा कोरोना संक्रमितको संख्या ४ लाख ५८ हजार नाघ्यो

अन्तराष्ट्रिय
 असोज ६ काठमाडौं । फ्रान्समा हालसम्म ३१ हजार ३ सय ३८ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार बितेको २४ घण्टामा ५ हजार २ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४ लाख ५८ हजार ६१ पुगेको छ । हालसम्म ९१ हजार ५ सय ७४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको र संक्रमित मध्ये ८ सय २७ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र ५३ जनाको कोरोनाको कारण ज्यान गएको तथ्यांकले देखाएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ९ लाख ६६ हजार ८ सय ८४ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका ३ करोड १३ लाख ७० हजार ८ सय २३ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट २ करोड २९ लाख ३८ हजार १ सय ७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६१ हजार ४ सय ६७ जनाको अवस्...
इब्राहिमोभिच चम्किदा मिलानको शानदार जित

इब्राहिमोभिच चम्किदा मिलानको शानदार जित

अन्तराष्ट्रिय, खेलकुद
असोज ६ काठमाडौं । ज्लाटन इब्राहिमोभिच चम्किएको खेलमा एसी मिलानले सिरि ए फुटबलमा विजयी सुरुवात गरेको छ । सोमबार राति भएको खेलमा मिलानले बोलोग्नालाई २–० गोल अन्तरले हराएको हो । मिलानको जितमा दुवै गोल इब्रामोभिचले गरे । थियो हर्नाल्डेजको क्रसमा ज्लाटनले ३५ औं मिनेटमा मिलानलाई अग्रता दिलाएका थिए । ५१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै ज्लाटनले मिलानको जित सुनिश्चित गरे । सिरि एका पछिल्ला ५ खेलमा ज्लाटनले तीन खेलमा समान दुई गोल गरेका छन् । म्यान्चेष्टर सिटीका पूर्व फरवार्ड तथा रियल मड्रिडबाट लोनमा आएका ब्राहिम डियाजले मिलानबाट डेब्यु गरेका थिए । ज्लाटनले चौथो सिजन सिरि एको पहिलो खेलमा गोल गर्न सफल भएका छन् । कोरोनाका कारण खेलमा हजार दर्शकलाई अनुमती प्रदान गरिएको थियो । मिलानले कोभिडबिरुद्ध लडेका स्थानीय स्वास्थ्यकर्मीलाई खेल हेर्न आमन्त्रण गरेको थियो । मिलानले गत सिजन छैटौ...
प्रिमियर लिगमा म्यानचेस्टर सिटीको विजयी सुरूवात

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको विजयी सुरूवात

अन्तराष्ट्रिय, खेलकुद
असोज ६ काठमाडौं । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ ।नयाँ सिजनको पहिलो खेलमा वल्भ्सलाई ३–१ ले पराजित गर्दै सिटीले विजयी सुरुवात गरेको हो । सोमबार राति भएको खेलमा सिटीलाई जिताउन केभिन डि ब्रुयन, फिल फोडेन र ग्याब्रियल जेससले गोल गरे । घरेलु टोलीका राहुल जिमिनेजले सान्त्वना गोल फर्काए । घरेलु टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राख्दा सिटीले २०औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । रोमेन सइसले पेनाल्टी बक्समा केचिन डि ब्रुयन माथि अनावश्यक ट्याकल हानेपछि प्राप्त पेनाल्टीमा ब्रुयन आँफैले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ३१औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । रहिम स्ट्रलिङको लो क्रस पासमा फोडेनले पेनाल्टी बसभित्रबाट सहजै गोल गरेका थिए । दोस्रो हाफको ७८औं मिनेटमा राहुज जिमिनेजले गोल गर्दै वल्भ्सका लागि गोल गरे । डि ...
बैंगलोरको विजयी शुरुवात ;आईपीएल

बैंगलोरको विजयी शुरुवात ;आईपीएल

अन्तराष्ट्रिय, खेलकुद
असोज ६ काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले विजयी शुरुवात गरेको छ । यूएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा राति भएको खेलमा बैंगलोरले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको हो । बैंगलोरले हैदराबादलाई १ सय ६४ रनको लक्ष्य दिएको थियो । तर हैदराबाद १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५३ रनमा समेटियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो । जितसँगै बैंगलोरले २ अंक जोडेको छ । पराजित भएको हैदराबादको शून्य अंक छ । ...
अमेरिकी सर्वोच्च अदालतको रिक्त पदमा यसै हप्ता मनोनयन हुने : राष्ट्रपति ट्रम्प

अमेरिकी सर्वोच्च अदालतको रिक्त पदमा यसै हप्ता मनोनयन हुने : राष्ट्रपति ट्रम्प

अन्तराष्ट्रिय
वाशिङ्टन, ५ असोज- स्वर्गीय रुथ बाडर जिन्सबर्गको स्थानमा खालि स्थानमा यो हप्ताको अन्त्यसम्ममा नयाँ व्यक्तिको मनोनयन गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार बताउनुभएको छ । अमेरिकी राष्ट्रपतीय निर्वाचन पहिले नै सिनेटले उक्त मनोनयनका लागि भोट गर्नुपर्ने उहाँले बताउनुभयो । राष्ट्रपति ट्रम्पले अमेरिकी समाचार संस्था फक्स न्यूजसँग भन्नुभयो, “मैले शुक्रबार वा शनिबार मनोनयनको घोषणा गर्नेछु र त्यसपछि काम सुरु हुन्छ तर आशा गरौँ यो धेरै का हुने छैन ।”आफूले स्मृति कार्य सकिँदासम्म प्रतिक्षा गर्न चाहेको पनि उहाँले बताउनुभयो । रिपब्लिकन पार्टीको बहुमत रहेको सेनेटले राष्ट्रपति पदको निर्वाचन नभएसम्म अर्थात् नोभेम्बर ३ सम्म उम्मेद्वारलाई मतदान गर्न पर्खनु पर्ने तर्कलाई अस्वीकार रिपब्लिकन पार्टीको तर्फबाट आगामी निर्वाचनमा समेत उम्मेदवारी दिएका राष्ट्रपति ट्रम्पले गर्नुभयो । “अन्तिम मतदान अर्को...
चीन-भारत सीमा विवादका बीच भारतले उडायो राफेल

चीन-भारत सीमा विवादका बीच भारतले उडायो राफेल

अन्तराष्ट्रिय
असाेज ५ काठमाडाैं ।चीन-भारत सीमावर्ती क्षेत्रलाई लिएर पछिल्लो समय विवाद बढ्दै गईरहेको छ ।चीन भारत सीमावर्ती क्षेत्र पूर्वी लद्दाखमा गत जून १५ मा भएको हिंसात्मक झडपमा २० भारतीय सैनिकको ज्यान गएको थियो भने पछिल्लो झडप २९ अगस्टमा १ भारतीय सैनिकले ज्यान गुमाएका थिए । त्यसपछि त्यहाँका हालत नाजुक बनिरहेको हो । दुबै देशले सीमामा लडाकू विमान तैनाथ गरेका छन् भने सेन्य शक्ति पनि बढाएका छन् ।यसैबीच भारतले सीमामा फ्रान्सबाट किनेर ल्याएका ५ राफेल तैनाथ गरेको छ । सीमा सुरक्षाका लागि भन्दे भारतले राफेल तैनाथ गरेको हो । राफेलले उडान भरेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।सोमवार लद्दाखको आकाशमा भारतीय लडाकू विमान राफेलले उडान भरेको हो । एजेन्सी ...
आज आइपीएलमा बैँगलोर र हैदराबाद प्रतिस्पर्धा गर्दै

आज आइपीएलमा बैँगलोर र हैदराबाद प्रतिस्पर्धा गर्दै

अन्तराष्ट्रिय, खेलकुद
असाेज ५ काठमाडाैं । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)टी-ट्वान्टी क्रिकेटमा आज रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । दुबई अन्तराष्ट्रिय क्रिकेट रंगशालामा हुने खेला नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबाद र विराट कोहोलीको कप्तानीमा रहेका हैदराबाद सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छन् । अघिल्लो संकरणमा दुई टिमबीचको खेलमा दुबैले एक/एक खेल जितेकाले खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबादमा राशिद खान, भुवनेश्वर कुमार, जोनी बेयर्सटो, मनिस पाण्डे, विजय शंकर, मोहमद नाबी जस्ता खेलाडी रहेका छन् । यता, बैंगलोरमा कोहलीसँगै आरोन फिन्च, मोइन अली, एबी डी भिलियर्स, क्रिस मोरिस, युजभेन्द्र चाहल, उमेश यादब, वासिङ्गटन सुन्दर जस्ता ...
सुगालाई कुटी कुटी मारेको आरोपमा  भयो जेल सजाय

सुगालाई कुटी कुटी मारेको आरोपमा भयो जेल सजाय

अन्तराष्ट्रिय
असाेज ५ काठमाडाैं । सुगाको हत्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । घटना हो भियतनामको । त्रान थी थुई हैंग नाम गरेकी महिलाले एक सुगाको विभत्स तरिकाले हत्या गरिदिएपछि उनलाई जेल सजाय तोकीएको हो । पति र सौतेनी छोरीसँग बस्दै आएकी त्रानले छोरीको मायालु सुगालाई मारिदिएकी हुन् । लकी सुगाले हैंगको दाहिने गालामा टोकी दियो । सुगाले गाला टोकेपछि हैंग अत्तालिएर गएर सुगालाई आक्रमण गरेर हत्या गरेको बताइउको छ । उनको कुटाइबाट घाइते भएको सुगा उठ्नै सकेन र सुगा नमरेसम्म कुटिरहिन् । सुगा मेरेपछि रिसले चुर भएकी हैंगले पिंजडामा सुगालाई हालेर बाहिर फालिदिएपछि अदालतले हैंगलाई ५ हप्ताको कैद सुनाएको हो । अदालतले जेल सजाय सुनाएसँगै उनले आँफुले गल्ती गरेको स्विकारेकी छिन् । ...
लकडाउन हटाउन माग गर्दै बेलायतमा व्यापक प्रदर्शन

लकडाउन हटाउन माग गर्दै बेलायतमा व्यापक प्रदर्शन

अन्तराष्ट्रिय
असाेज ५ काठमाडाैं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ । जसका कारण हरेक दिन हजारौँ मानिसहरुको मृत्यु भईरहेको छ भने लाखौँ मानिसहरु संक्रमित बनेका छन् ।गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१५ वटा देशहरुमा फैलिसकेको छ । वैज्ञानिकहरु कोरोना विरुद्धको भ्याक्सीन बनाउन अहोरात्र खटिए पनि अहिलेसम्म पूर्णरुपमा सफलता हात पार्न सकेका छैनन् ।यसैबीच कोरोनाका कारण भएको लकडाउन जस्ता प्रतिबन्धले मानिसहरु मारमा परेको भन्दै बेलायतमा व्यापक प्रदर्शन भएको छ । लण्डनका सडकमा धेरै संख्यामा मानिसहरु जम्मा भएर व्यापक प्रदर्शन गरेका छन् । प्रदर्शनले हिंसाको रुप लिँदै गएपछि ३७ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनमा एक हजार भन्दा धेरै मानिसहरु सहभागी भएको बताइएको छ । कोरोना भाइरसका कारण अहिलेसम्म बेलाय...