आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

आजदेखि दशैँका कारण बन्द रहेका सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था खुल्ने

आजदेखि दशैँका कारण बन्द रहेका सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था खुल्ने

समाचार, समाज
दशैँका कारण बन्द रहेका सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था आजदेखि खुल्ने भएका छन् । दशैँ बिदा सकिएकाले आजदेखि सरकारी कार्यालय खुल्ने भएका हुन् । गएको ७ गते सप्तमीदेखि ५ दिन सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था बन्द रहेका थिए । आज दशैँ टीकाको तेस्रो दिन आज पनि मान्यजनको हातबाट टीका र जमरा लगाउने क्रम चलिरहेको छ । हिजो र अस्ति लगाउन नभ्याएका र टाढा(टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर कोजाग्रत पूर्णिमासम्म नै टीका लगाउने चलन छ । ...
जिप दुर्घटनामा तीनजनाको मृत्यु

जिप दुर्घटनामा तीनजनाको मृत्यु

समाचार, समाज
खोटाङमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्। उदयपुर र खोटाङको सिमानामा पर्ने बङ्सिलाघाटबाट चिसापानी आउँदै गरेको को १ ज ३४७० नम्बरको जिप दुर्घटना भएको हो। सोमबार साँझ भएको दुर्घटनामा मृत्यु हुनेमा बराहापोखरी गाउँपालिका–६ का ४५ वर्षीय दक्षुमान राई, ४० वर्षीय विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिका–८ की २० वर्षीया बृहस्पति राई रहेका छन्। ...
आज दशैंको टीकाको दोस्रो दिन पनि टीका, जमरा र आशीर्वाद ग्रहण गरी  मनाइदै

आज दशैंको टीकाको दोस्रो दिन पनि टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइदै

समाचार, समाज
दशैंको टीकाको दोस्रो दिन आज पनि टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइदै छ । विजया दशमीका दिन परिवारमा टीका लगाई पूर्णिमाको दिनसम्म आफ्नो कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा रहेपनि दशैंको टीकाको दोस्रो दिन पनि टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइदै छ । घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना गरी नौं दिनसम्म दुर्गा भवानीको पूजा आराधना गरिएको टीका, जमरा र प्रसाद विजयादशमीका दिन आफूभन्दा अग्रजको हातबाट थापेर आशीर्वाद लिइने परम्परा छ । ...
हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण

समाचार, समाज
हाँस्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण देखिएको छ । फेसबुकमार्फत गजुरेलले आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् । सामान्य टाउको दुख्ने, ज्वरो र ढाड दुखाइपछि आइतबार गरिएको पीसीआर परीक्षणमा सोमबार साँझ पोजेटिभ रिपोर्ट आएको उनले जानकारी दिएका छन् ।आफू र आफ्ना दाजुलाई पोजेटिभ देखिएको तर बच्चाबच्चीलाई कुनै लक्षण नभएको उनले बताएका छन् । आफूलाई पनि गाह्रो हुने कुनै लक्षण नदेखिए पनि बिहीबार देखिनै आइसोलेसनमा बसेको उनले बताए । उनले फेसबुकमा लेखेका छन ‘नमस्कार 🙏भर्खरै प्राप्त रिपोर्ट अनुसार, मेरो शरीरमा कोभिड १९ ‘पोजेटिभ’ देखिएको छ । गतहप्ता दाजुलाई अस्पताल लाने/ल्याउने गरेको थिएँ । गत बिहिबार सामान्य टाउको दुख्यो । शुक्रबार ९८° को ज्वरो देखियो । शनिबार ढाडको दुखाई महसुस गरेँ । त्यसपछि हिजो पिसिआर टेस्ट भयो । भर्खरमात्र कोभिड पोजेटिभ भनेर रिपोर्ट आएको हो । बिहिबारदेखि नै आईसोलेसन...
आज विजया दशमीको, टीका प्रसाद ग्रहणका साइत

आज विजया दशमीको, टीका प्रसाद ग्रहणका साइत

समाचार, समाज
आज विजया दशमी पर्व । सद्भावको चाड । एकताको चाड । हरेक नेपालीलाई एक ठाउँमा ल्याउने चाड । अर्थात, दशैँ । नेपालीहरुको ठूलो चाड हो दशैँ । यतिबेला घरघरमा दशैं आएको छ । एक वर्षको प्रतिक्षा आज समाप्त भएको छ । हरेक नेपालीको घरमा खुसी छाएको छ । शरद ऋतुको यो मनमोहक मौसममा बेग्लै रौनक छाएको छ । नीलो आकाशमा कोही चंगा उडाइरहेका छन्, कोही पिङमा मच्चिइरहेका छन्, शहरमा अस्थायी बसोबास गर्नेहरु घर–गाउँ फर्किएका छन् । सर्वत्र उल्लास छाएको छ । त्यसैले त, दशैँ आएको छ । त्यसैले त यसको महत्व अत्याधिक छ । नीलो आकाशमा रंगिचङ्गी चंगा, पिङमा मच्चिइरहेका केटाकेटी, गाउँ फर्केका जागीरे, लामो विछोडपछि भेटिएका परदेशी मायालु, गफिदै गरेका अधबैँसे । हो, साँच्चै दशैँ खास छ । यो महत्वपूर्ण चाडमा यसपटक कोरोनाको कारण उल्लसमय नभएतापनि मानिसहरुमा बेग्लै आनन्द छ । आज विजया दशमी । असोज शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दि...
नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु

नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु

समाचार, समाज
नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको आज मृत्यु भएको छ। घोडाघोडी नगरपालिका– ५ सरैयाकी आठ वर्षीया अर्चना विष्ट र नौ वर्षीया अस्मिता ढुंग्यालको कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुवै बालिका मृतावस्थामा भेटिएको जानकारी दिए। रासस ...
नवरात्रको नवौँ दिन सिद्धिदात्री भवानीको पूजा,आराधना

नवरात्रको नवौँ दिन सिद्धिदात्री भवानीको पूजा,आराधना

समाचार, समाज
आज नवरात्रको नवौँ दिन । आजकै दिन सिद्धिदात्री स्वरुप नवदुर्गा भवानीको पूजा तथा आराधना गरेर मनाईन्छ । देवी दुर्गाको नवौँ रुवरुपमा सिद्धिदात्रीको नामले चिनिनुहुन्छ । यस दिन शास्त्रीय बिधि बिधान वा पूर्ण निष्ठापूर्वक साधना गर्ने साधकको सबै प्रकारका सिद्धि प्राप्त हुने र पुरै संसार विजय गर्र्ने सामर्थ्य प्राप्त हुने कुरा शास्त्रमा उल्लेख गरिएकोछ । सिद्धिदात्रीले दाहिने भुजामा देवी जप माला र गदा तथा बायाँ भुजामा कमल पुष्प र शंख धारण गर्नुभएको छ । देवी सिद्धिदात्रीको वाहन सिंह हो । सिद्धिदात्री कमलको फूलमा बिराजमान हुनुहुन्छ । नवौँ दिनमा यस देवीको पूजा तथा आराधाना गर्नाले सिद्धि प्राप्त हुन्छ । उनी अन्तिम देवी हुन् र उहाँको ध्यान गर्नाले सबै प्रकारको व्रह्माण्डिक र अन्य विश्वव्यापी इच्छाहरू पूरा हुन्छन् । भगवान शिवले सिद्धिदात्री देवीको अनुग्रहबाट धेरै उपलब्धिहरू पनि प्राप्त गर्नुभएकोछ । ...
कोरोना सङ्क्रमणका कारण नवरात्रका अवसरमा पनि मन्दिर नखुलेपछि अधिकांश शक्तिपीठमा बाहिरबाटै भक्तजनले दर्शन गरिरहेका छन्

कोरोना सङ्क्रमणका कारण नवरात्रका अवसरमा पनि मन्दिर नखुलेपछि अधिकांश शक्तिपीठमा बाहिरबाटै भक्तजनले दर्शन गरिरहेका छन्

समाचार, समाज
नवरात्रका अवसरमा राजधानीका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेकामा यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण धेरै मन्दिर बन्द छन् । प्रसिद्ध शक्तिपीठका रुपमा रहेको पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिर चैतदेखि नै बन्द छ । नवरात्रका अवसरमा पनि मन्दिर नखुलेपछि यस वर्ष केही भक्तजनले बाहिरबाटै दर्शन गरेको काठमाडौँ महानगरपालिका–८ का वडाध्यक्ष दीनेशकुमार डङ्गोलले जानकारी दिए । यसैगरी पशुपति क्षेत्रकै जयवागेश्वरीलगायत शक्तिपीठमा पनि बाहिरबाटै भक्तजनले दर्शन गरिरहेका छन् । भौतिक दूरी कायम गरेर शनिबार बिहानसम्म मैतीदेवी मन्दिर प्रबन्ध समितिले निर्णय गरी खुला गरिएको थियो । शनिबार बिहान सात बजेपछि भने प्रहरीले माथिको आदेश छ भन्दै मन्दिर बन्द गरेको महानगरपालिका–३० का वडाध्यक्ष समेत रहेका मन्दिर प्रबन्ध समितिका अध्यक्ष दलबहादुर कार्कीले बताए । मन्दिरमा साङ्लो लगाएर एक/एक जना मात्र दर्शन गर्ने...
बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना

बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना

समाचार, समाज
आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँदैछन् । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गाभवानीको विशेष पूजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवीस्तोत्र पाठ गरिन्छ । विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनिमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउँछन् । “सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर...
यस बर्षको दशैको रौनक छैन:डा. डीआर उपाध्याय

यस बर्षको दशैको रौनक छैन:डा. डीआर उपाध्याय

समाचार, समाज
अघिल्लो बर्ष जस्तो यस बर्षको दशैको रौनक त्यति छैन । दसैं नेपालीहरूको सबैभन्दा ठूलो पर्व हो । कोरोना भाइरसको फैलिँदो संक्रमणका कारण यस बर्षको दशै खल्लो बनेको छ । कोरोना भाइरसको कारण यति बेला मुलुकको सम्पूर्ण माहोल दशैमय छैन । विश्वव्यापी संकटका रूपमा रहेको कोभिड–१९ को जोखिम बढिरहेको छ । बजारमा त्यति चहलपहल छैन । यो वर्षको दसैं हर्सोल्लासमय छैन । अहिलेको मुख्य बिषय भनेको स्वास्थ्य सावधानी अपनाउने र संक्रमणबाट जोगिने नै हो । बाँचे अर्को बर्ष उत्सवमय दशै मनाउँला । त्यसैले, यो दसैंलाई हामी सबैले बडो सावधानीका साथ मनाउनुपर्नेछ । आज सातौं दिन अर्थात् फूलपातीको दिन हो । दशै १५ दिनसम्म मनाइने चलन छ । दसौं दिन अर्थात् दशमीमा मान्यजनबाट टीका–जमरासहित आशीर्वाद लिने परम्परा छ, जुन नेपालीहरूको मौलिक प्रचलन हो । मुलुकका केही भागमा दसैंको पन्ध्रौं दिन अर्थात् पूर्णिमासम्म टिका लगाउने चलन र परम्परा छ ।...