काठमाडौंका सडकहरु धमाधम कालोपत्रे ,कुरुप सडकहरुले मुहार फेर्न थाले
काठमाडौंका सडकहरुमा धुलो उडेकै कारण दुई वर्ष अगाडि प्रधानमन्त्री केपी शर्मा ओली निकै आलोचित भए। महिला सांसदले उनलाई आफ्नो स्कुटरमा बसेर काठमाडौंको सडकमा परिक्रमा गर्न समेत चुनौती दिएकी थिइन्।
प्रधानमन्त्रीको आलोचना बढेपछि मास्क लगाएको मान्छे सरकार विरोधी हो भनेर भन्न पनि प्रधानमन्त्री पछि हटेनन्। अहिले अवस्था फेरिएको छ। सडकमा हिँड्ने जो कोहीले मास्क अनिवार्य लगाएका छन्। बरु अहिले मास्क नलागउनेहरु भने सरकारका विरोधि ठहरिन सक्छन्। अहिले मास्क लगाउनु अनिवार्य बनेको छ, सडकका कारण नभएर कोरोना महामारीका कारण।
अहिले सडककै कारणले प्रधानमन्त्रीको आलोचना गर्नुपर्ने अवस्था छैन। अहिले पनि विभिन्न राजनीतिक दल प्रधानमन्त्री विरुद्ध सडकमा उत्रिएका छन्। प्रधानमन्त्रीले हठात प्रतिनिधिसभा विघटन गरेपछि दलहरु सडकमा उत्रिएका हुन्। तर विकासको नाममा अहिले प्रधानमन्त्रीको धेरै आलोचना भएको छैन।
यतिबेला क...









