आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाज

(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिखित जवाफसहित आफैं उपस्थित हुन सर्वोच्च अदालतको आदेश

(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लिखित जवाफसहित आफैं उपस्थित हुन सर्वोच्च अदालतको आदेश

समाचार, समाज
दुई चोइटामा विभाजित नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिखित जवाफसहित आफैं उपस्थित हुन सर्वोच्च अदालतले आदेश दिएको छ । अधिवक्ता समिर बलामीले हालेको निवेदनमाथि बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले म्याद प्राप्त भएको मितिले बाटाका म्याद बाहेक एक साताभित्र अदालतमा आफैं उपस्थित हुन प्रचण्डलाई आदेश दिएको हो । बलामीले हालेको निवेदन सोमबार दर्ता गरी मंगलबारका लागि पेसी तोकिएको थियो। मंगलबार इजलास नबसेपछि पेसी बुधबारका लागि सारिएको थियो । प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरि धम्कीपूर्ण अभिव्यक्ति दिएको दावी गर्दै अधिवक्ता बलामीले अवहेलनाको मुद्दा दायर गरेका थिए। न्यायाधीशहरुले जनभावना अनुसार फैसला नगरे जनताको अदालतबाट फैसला गर्ने अभिव्यक्ति दिएको भन्दै अवहेलनाको मुद्दा चलाउन रिटमा माग गिरएको छ। यसअघि प...
अख्तियार प्रमुख आयुक्तमा प्रेमकुमार राईलाई नियुक्त

अख्तियार प्रमुख आयुक्तमा प्रेमकुमार राईलाई नियुक्त

समाचार, समाज
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् । बुधवार दिउँसो कार्यबाहक प्रमुख जोशीले राष्ट्रपति भण्डारीलाई राजीनामा पत्र बुझाएका हुन् । आज संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियारका प्रमुख आयुक्तमा प्रेमकुमार राईलाई नियुक्त गरेकी छिन् । अख्तियारका प्रमुखमा राई आएसँगै कार्यबाहक जोशीले राजीनामा दिएका हुन् । त्यस्तै आज नै आज राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ११ संवैधानिक निकायका प्रमुख र पदाधिकारी गरी ३२ जनाको नियुक्ती गरिएको छ । त्यस्तै आज नै उनीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । ...
संवैधानिक परिषद आयोगका पदाधिकारीले आज राष्ट्रपति समक्ष शपथ

संवैधानिक परिषद आयोगका पदाधिकारीले आज राष्ट्रपति समक्ष शपथ

समाचार, समाज
 मंसिर ३० मा संवैधानिक परिषदको बैठकले सिफारिस गरेका विभिन्न संवैधानिक आयोगका पदाधिकारीले आज राष्ट्रपति समक्ष शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदको सिफारिस अनुसार विभिन्न आयोगका पदाधिकारीलाई आज नियुक्ती गर्दै शपथ ग्रहण गराउने छिन्। संवैधानिक आयोगका पदाधिकारीका लागि सिफारिस व्यक्तिहरुले संसदीय सुनुवाईमा परीक्षण हुनुपर्ने भए पनि प्रतिनिधिसभा विघटनपछि उनीहरुको सुनुवाई भने हुन सकेन। सभामुख अग्निप्रसाद सापकोटाले सुनुवाई गर्न नसकिने भन्दै संवैधानिक परिषदको सिफारिस आइतबार फिर्ता पठाएका थिए भने राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाले सभामुख सापकोटाले सिफारिस फिर्ता पठाएकोमा आपत्ति प्रकट गरेका थिए। मंसिर ३० मा बिहान बसेको संवैधानिक परिषद्को बैठक सभामुख सापकोटाले बहिस्कार गरेपछि सरकारले सोही दिन अध्यादेश जारी गर्दै...
काठमाडौं आसपासमा भूकम्पको धक्का महशुष

काठमाडौं आसपासमा भूकम्पको धक्का महशुष

समाचार, समाज
काठमाडौं आसपासमा भूकम्पको धक्का महशुष भएको छ । मंगलबार राति ९ बजेर ५९ मिनेट जाँदा मनाङको चुलु भन्ने स्थानमा केन्द्रविन्दु बनाएर गएको ४.२ म्याग्निच्यूडको भूकम्पले काठमाडौं आसपासका जिल्लामा धक्का महशुष भएको छ । विशेषगरी गण्डकी प्रदेशका जिल्लामा भूकम्पको धक्का महशुष भएको त्यहाँका स्थानीयले उल्लेख गरेका छन । काठमाडाैँ, ललितपुर, भक्तपुर, धादिङ, तनहुँ, गोरखा, कास्की लगायतको जिल्लामा भूक्म्पको धक्का महशुष भएको जनाइएको छ । ...
फागुन १२ गतेदेखि २० औं सत्याग्रह सुरू गर्ने डाक्टर गोविन्द केसीको घोषणा

फागुन १२ गतेदेखि २० औं सत्याग्रह सुरू गर्ने डाक्टर गोविन्द केसीको घोषणा

समाचार, समाज
चिकित्सा शिक्षा सुधार क्षेत्रका अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीले फागुन १२ देखि अनसन बस्ने घोषणा गरेका छन् । मंगलबार विज्ञप्ति जारी गर्दै आगामी तीन सातामा माग पूरा नभए २०७७ फागुन १२ गतेदेखि २० औं सत्याग्रह सुरू गर्ने उनले घोषणा गरेका हुन् । प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रूपमा संसद विघटन गरेकोमा संविधानको रक्षा गरिनुपर्ने र विधि र प्रक्रिया मिचेर अवैध रूपमा गरिएका संवैधानिक निकायहरूमा नियुक्तिका सिफारिस तत्काल रद्द गरियोस् भनेर उनले दुई बुँदे माग अघि सारेका छन् । ‘अख्तियारलगायतका संवैधानिक निकायहरूलाई निष्पक्ष रूपमा सबै भ्रष्ट व्यक्तिहरूमाथि आवश्यक छानबिन र कारबाही गरी आफ्नो संवैधानिक दायित्व निभाउन आग्रह गर्दै कुनै व्यक्ति विशेषको प्रतिशोध साँध्ने हतियार नबन्न खबरदारी पनि गर्न चाहन्छौं’, डा केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ’, उनले भने,‘यो अवस्थामा आ...
निर्वाचन आयुक्तहरूले राजनीतिक निकासपछि मात्रै निर्वाचनको तयारी गर्न आयोगलाई सुझाए

निर्वाचन आयुक्तहरूले राजनीतिक निकासपछि मात्रै निर्वाचनको तयारी गर्न आयोगलाई सुझाए

समाचार, समाज
निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले राजनीतिक निकासपछि मात्रै निर्वाचनको तयारी गर्न आयोगलाई सुझाएका छन् । निर्वाचनको तयारीका सन्दर्भमा सोमबार आयोगले पूर्व प्रमुख आयुक्तसँग छलफल गरेको थियो । सो छलफलमा पूर्व प्रमुख आयुक्तहरूले दलहरूसँगको सहकार्य गरेर मात्रै निर्वाचनमा अघि बढ्न सुझाएका हुन् । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आयोगले निर्वाचनको तयारी र निर्वाचनका सन्दर्भमा गरिरहेको कामबारे पूर्वप्रमुख आयुक्तहरूसँग छलफल गरेको जानकारी दिए । ‘निर्वाचनको तयारी र आयोगले गरेका कामका विषयमा पूर्वप्रमुख आयुक्त ज्यूहरूलाई जानकारी गराइयो, उहाँहरूबाट समेत केही सुझाव आए,’ आयोगका प्रवक्ता श्रेष्ठले भने । छलफलमा पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले देशमा राजनीतिक मुद्दा पेचिलो बनिरहेको बेला राजनीतिक विषयको समाधान दलबाटै आउनुपर्नेमा जोड दिए । उनले राजनीतिक समस्याको समाधानपछि मा...
३ दशमलव ७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस

३ दशमलव ७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस

समाचार, समाज
सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ । आज विहान २ बजेर ३४ मिनेटमा बझाङको गडराय आसपास केन्द्र भएर भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थराज दाहालले जानकारी दिए। उक्त भूकम्प ३ दशमलव ७ रेक्टर स्केलको रहेको जनाइएको छ। यसैगरी आइतबार राति १२ बजेर ४६ मिनेटमा नेपाल–भारत सीमा खलङ्गाको उत्तर पश्चिम १८ किलोमिटर टाढा आसपास केन्द्र भएर भूकम्प गएको उनले जानकारी दिए। उक्त भूकम्प ३ दशमलव ६ रेक्टर स्केलको रहेको केन्द्रले जनाएको छ। भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ। यसअघि गत पुस २८ गते दार्चुलाको सुनसेरा आसपास भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो भने पुस १९ गते पनि बैतडीको डिलाशैनी आसपास केन्द्र भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ। रासस ...
नेपालमा बर्ड फ्लू भित्रिएको पुष्टि

नेपालमा बर्ड फ्लू भित्रिएको पुष्टि

समाचार, समाज
 काठमाडौंको तारकेस्वरमा स्थानीय कृषकले पालेका पन्छीमा बर्ड फ्लुको संक्रमण भेटिए पछि पशु सेवा विभागले निगरानी बढाएको छ। शुक्रबार तारकेश्वर नगरपालिकाको वडा नं. ७ साङ्लेखोला, फुटुङका स्थानीय कृषकहरूले पालेका टर्की र हाँसमा बर्ड फ्लु भेटिएको थियो। विभागका निमित्त महानिर्देशक डाक्टर दमयन्त्री श्रेष्ठका अनुसार शिनबार आसपासका क्षेत्रमा पालिएका पन्क्षाीहरूकाे अवस्था कस्तो छ भनेर प्रभावित क्षेत्रमा थप अध्ययनका लागि पशुसेवा विभागको अध्ययन टोली पुगेको छ। यसअघि त्यहाँका टर्की र कुखुरा मरेपछि ल्याइएको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पीसीआर बिधिबाट परीक्षण गर्दा मिति शुक्रबार बर्ड फ्लु रोग पुष्टि भएको विभागले जनाएको छ। रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रम...
डोल्पास्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हुने गरेको तस्करी नियन्त्रणमा कडाइ

डोल्पास्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हुने गरेको तस्करी नियन्त्रणमा कडाइ

समाचार, समाज
छिमेकी मुलुक चीनसँग सिमाना जोडिएको डोल्पास्थित शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा हुने गरेको तस्करी नियन्त्रणको प्रयास बढाइएको छ । यो निकुञ्ज वन्यजन्तु र जडीबुटी चोरीको अखडा बन्दै आएको छ । निकुञ्ज ठूलो क्षेत्रमा फैलिएको तर सुरक्षा सीमितताको अभाव रहेकाले यहाँ तस्कारी मौलाउने गरेको हो । तस्करहरुलाई हतियार बुझाउन जिल्ला प्रहरी कार्यालय डोल्पाले वर्षेनी सार्वजनिक सूचना प्रकाशित गर्ने गरे पनि अटेर गर्ने गरेका छन् । अहिले भने उनीहरु निकुञ्जको कडा अनुगमनमा परेका छन् । पछिल्लो तथ्याङ्कअनुसार यहाँ तस्करीमा संलग्न रहेकाबाट ७० थान भरुवा बन्दुक, एक थान कटुवा पेस्तोल, १० थान इन्सास राइफलका गोली निकुञ्जले कब्जामा लिएको छ । पहिले वन्यजन्तु हेर्न धेरै टाढासम्म पुग्नुपर्नेमा आजभोलि सदरमुकाम नजिकै रहेको सुलिगाड आसपासको क्षेत्रमा सजिलै देख्न सकिने सर्वसाधारणहरु बताउँछन् । कम खाद्यान्न उत्पादन हुने डोल्...
गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै मनाङ जिल्लाको नासो गाउँपालिका क्षेत्रका थप जंगलमा पनि डढेलो

गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै मनाङ जिल्लाको नासो गाउँपालिका क्षेत्रका थप जंगलमा पनि डढेलो

समाचार, समाज
मनाङ । गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै मनाङ जिल्लाको नासो गाउँपालिका क्षेत्रका थप जंगलमा पनि डढेलो फैलिएको छ ।  मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरेका छन् । ‘जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रणमा भएन,’ नासो गाउँपालिका–८ ताचैका वडाध्यक्ष हुपजङ्ग गुरुङले भने । चारैतिर अग्ला डाँडाकाँडा अनि बीचमा रहेको बस्ती ताचै हो । यहाँ जम्मा ६३ घरधुरी छन् । तिल्चेबाट आगोले बाटो परिवर्तन गरी अचम्म लाग्ने गरी खोला नाघेर गाउँको इलाका प्रवेश गरेको स्थानीय युवा यज्ञ घलेले बताए । तीव्र वेगमा हावा चलेकाले आगो नियन्त्रणमा लिन कठिन भएको उनको भनाइ छ । उनले जिल्लास्थित सबै सुरक्षा निकाय तथा स्थानीय बूढाबूढी, केटाकेटी सबै मिलेर अग्नि रेखा बनाउन सफल भएको बताउँदै ...