उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या आउन थालेपछि मेयरले लेखे प्रम देउवालाई पत्र
काठमाडौंको फोहोर व्यवस्थापनमा दैनिकजसो समस्या आउन थालेपछि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले मंगलबार बञ्चरेडाँडा ल्यान्डफिल साइट र सो साइटसम्म पुग्ने बाटो तत्काल बनाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाउनुभएको छ ।
शहरी विकास विभाग, सडक विभाग र सरोकारवाला निकायसँग पटक पटक कुरााकानी गर्दा समेत समस्या समाधान हुन नसकेपछि प्रधानमन्त्री देउवाकै ध्यानाकर्षण गराउन मेयर शाक्यले पत्र पठाउनुभएको हो ।
पत्रमा लेखिएको छ , वञ्चरेडाँडा ल्यान्डफिल साइट हालसम्म पनि निर्माण सम्पन्न नभएको र सो साइटमा जाने बाटोसमेत निर्माण हुन नसकेको कारण उपत्यकाको फोहोरमैला व्यवस्थापनमा तत्काल ल्यान्डफिल साइट र बाटो निर्माण सम्पन्न गरी उपत्यकाकको फोहोरमैला व्यवस्थापन सहजताकासाथ आवश्यक कारबाही अगाडि बढाउन अनुरोध गर्दछु ।
मेयर शाक्यले भन्नुभयो, ‘उपत्यकाको फोहोर व्यवस्थापनमा दैनिकजसो समस्या आउन था...








