आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

समाचार

लाङटाङ घुम्ने पर्यटकको संख्या बढ्यो

लाङटाङ घुम्ने पर्यटकको संख्या बढ्यो

आर्थिक, समाचार
रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जमा भ्रमण गर्नेहरुको संख्या गतबर्षको भन्दा दोब्बरले बृद्वि भएको लाङटाङ राष्ट्रिय निकुञ्ज स्रोतले जनाएको छ । निकुञ्जका अनुसार गतवर्ष कार्तिक महिनामा करिब दुई हजारको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गरेकोमा यस बषर्को कार्तिक महिना सम्ममा मात्रै ४ हजार ७ सय ९८ जनाले निकुञ्ज क्षेत्रको भ्रमण गरेका छन् । घुम्नका लागि काठमाडौंबाट छोटो र सजिलो पदमार्ग भएकाले बस्ती नजिकैबाट लाङटाङ ग्लासियर र हिमालको अवलोकन समेत गर्न सकिने हुँदा पर्यटकको रोजाइमा लाङटाङ पर्ने गरेको हो । भूकम्पले तहसनहस बनाएको पदमार्ग तथा होटलहरूको पुनर्निर्माण सम्पन्न भएसंगै पछिल्लो वर्ष लाङटाङ र गोसाइँकुण्ड क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक पनि बढदै गएका छन् । यस क्षेत्रमा सार्क मुलुकलगायत लाङटाङ क्षेत्र घुम्न आउने अन्य देशका पर्यटकहरूमा अस्ट्रेलिया, क्यानडा, इजरायल, फ्र...
नेकपाको सातै प्रदेश कमिटी सदस्यको नामावली आज सार्वजनिक गरिने

नेकपाको सातै प्रदेश कमिटी सदस्यको नामावली आज सार्वजनिक गरिने

राजनीति, समाचार
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले लामो समयको कसरतपछि सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको बैठकले सातै प्रदेश कमिटीका सदस्यहरुको सदस्यसूची टुंगो लगाएको हो । सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको र नामावली भने आज सार्वजनिक गरिने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराए । बैठकले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज भने तोकिसकेको छ । आगामीे बैठकमा केन्द्रीय समितिका सदस्यको कार्यविभाजन, जनवर्गीय सङ्गठनको एकीकरण र जिल्ला समितिका मुख्य नेतृत्वको चयनको प्रक्रिया अगाडि बढाइने पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिए । अर्काे बैठकको मिति भने तत्काल तय भएको छैन । यसअघि मङ्गलबार बोलाइएको बैठक योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमका कारण स्थगित भएको थियो । पार्ट...
च्याम्पियन्स लिग फुटबलमा अन्तर्गत अरु चार टोली नक आउट चरणमा प्रवेश गर्ने थप चार टोलि टुङ्गो लाग्यो

च्याम्पियन्स लिग फुटबलमा अन्तर्गत अरु चार टोली नक आउट चरणमा प्रवेश गर्ने थप चार टोलि टुङ्गो लाग्यो

खेलकुद, समाचार
काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गए रातिका खेलहरुपछि अरु ४ टोली नक आउट चरणमा प्रवेश गरेका छन् । पाँचौ चरणका खेल पश्चात जर्मनीको बोरुसीया डर्टमण्ड र शाल्का, स्पेनको एथ्लेटिको मड्रिड र पोर्चुगलको एफ.सी पोर्टोले अन्तिम १६ मा आफ्नो ठाँउ पक्का गरेका छन । लिगका एक खेल मात्रै बाँकी छँदा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पि.एस.जी) र इंग्लण्डको टोटनह्याम हट्सपरले पनि महत्वपूर्ण जित हासिल गरे । गएराती भएको खेलमा स्पेनको एथ्लेटिको मड्रिडले फ्रान्सको मोनाकोलाई २–० ले पराजित गर्दा यही समुहको अर्को खेलमा जर्मनीको बोरुसीया डर्टमण्ड र बेल्जीयमको क्लब ब्रुजले गोलरहित बराबरी खेले । एता समुह बि को खेलमा स्पेनको बार्सीलोनाले नेदरल्याण्ड्सको पि.एस.भि.लाई २–१ ले हराउँदा इंग्लण्डको टोटनह्याम हट्सपरले ईटालीको ईन्टर मिलानलाई १–० ले पाखा लगायो । यहि समुहबाट बार्सीलोना भने यसअघि नैं राउण्ड अफ...
‘नेपाल चेम्बर एक्स्पो २०१८’ मङ्सिर १३ बाट शुरु

‘नेपाल चेम्बर एक्स्पो २०१८’ मङ्सिर १३ बाट शुरु

आर्थिक, समाचार
काठमाडौं, १2 मङ्सिर- नेपाल चेम्बर अफ कर्मसले च्याम्बरको केन्द्रिय कार्यालय भवनमा मंगलवार पत्रकार सम्मेलन गरि ‘नेपाल चेम्बर एक्स्पो २०१८’ मङ्सिर १३ बाट शुरु हुने जनाएको छ । पत्रकार सम्मेलन माझमा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले निर्यात प्रवद्र्धन तथा बैदेशिक लगानी आकर्षण गर्ने उद्देश्यका साथ चौथो इन्टरनेशनल चेम्बर मेला गर्न लागिएको बताए । १ सय ९० वटा स्टल रहने सो मेलामा अटोमोबाईल, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, फ्लोरिङ एण्ड फर्निसिङ, होम अप्लाएन्स लगायतका स्टल रहने आयोजकले जानकारी दिएको छ । ५ दिन सम्म चल्ने सो मेलामा ब्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सुचना आदान प्रदान तथा नेपाली उत्पादनको बजारीकरणलाई जोड दिइएको अध्यक्ष श्रेष्ठले जानकारी गराए । उनले गुणस्तरीय सामान प्रयोग गर्न प्रोत्साहित गर्ने उदेश्यका साथ मेलामा उपभोक्ता हित सम्बन्धी जनचेतना अभिबृद्धिलाई प्र...
निर्देशक माधव राज खरेलले उचाले अन्तराष्ट्रिय फिल्म फेष्टिवलमा उत्कृष्ट चलचित्र निर्देशकको अवार्ड

निर्देशक माधव राज खरेलले उचाले अन्तराष्ट्रिय फिल्म फेष्टिवलमा उत्कृष्ट चलचित्र निर्देशकको अवार्ड

मनोरन्जन, समाचार
काठमाण्डौ – नेपाली चलचित्र जगतमा झण्डै दुई दशक विताएका चलचित्र निर्देशक माधव राज खरेलले राजधानीमा आयोजित नेपाल सांस्कृतिक अन्तराष्ट्रिय फिल्म फेष्टिवलमा उत्कृष्ट चलचित्र निर्देशकको अवार्ड उचालेका छन् । बेलायत, अमेरिका, अष्ट्रेलिया, जापान, जर्जिया, वंगलादेश, श्रीलंका, भारत, चीन, ताईवान लगायतका विभिन्न देशवाट सहभागी भएका फिल्म, डकुमेन्ट्री लागयएतका क्याटवरी मध्ये महिला सम्वन्धि चलचित्रहरुको क्याटागोरी अन्तगर्त वंगलादेश, वेलायत, अष्टे«लिया, जर्जिया, जापान, अमेरिका का उत्कृष्ट महिला सम्वन्धि बनेका फिल्महरुलाई पछि पार्दे खरेलको निर्देशनमा बनेको दुर्गामाण्डौले उत्कृष्ट महिला फिल्मको अवार्ड प्राप्त गर्न सफल भएको छ, कमला जोशीको रिसर्च एवं निर्माणमा वनेको दुर्गामाण्डौ छाउपडी, एकल महिला, वालविवाह र वोक्सी प्रथाका विषयमा वनेको महिला अधिकार सम्वन्धीको फिल्म हो । खरेलले गत साता मात्रै राष्ट्रिय ...
भाइको हत्या प्रकरणमा दाजु पक्राउ

भाइको हत्या प्रकरणमा दाजु पक्राउ

अपराध, समाचार, समाज
बेत्रावती, मंसिर ११ । प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ माँझगाउँका लक्ष्मण सिटौलाको हत्या अभियोगमा उनका दाजु बलरामलाई पक्राउ गरेको छ । कात्तिक २५ गतेदेखि हराइरहेका ३५ वर्षीय लक्ष्मण शनिबार वनगाउँको महादेवखोलामा मृत फेला परेका थिए । प्रारम्भिक अनुसन्धानका क्रममा लक्ष्मणको हत्यामा दाजु बलाराम संलग्न रहेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख वसन्त कुँवरले जानकारी दिए । बलरामलाई सोमबार जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दा अभियोगमा अनुसन्धानका लागि म्याद लिएको छ । उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले तीन दिनको म्याद दिएको छ । लक्ष्मणको शरीरको पछाडितर्फ टाउको, कम्मर, ढाडमा धारिलो हतियार प्रयोग गरेको पाइएको छ । दाजुभाइबीच सामान्य विषयमा विवाद हुँदा चिर्पट प्रहार गरी हत्या गरेको बलरामले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)...
मनाङको शतप्रतिशत जित, सशस्त्रलाई हराउँदै पुग्यो शीर्ष स्थानमा, सरस्वती सातौं स्थानमा

मनाङको शतप्रतिशत जित, सशस्त्रलाई हराउँदै पुग्यो शीर्ष स्थानमा, सरस्वती सातौं स्थानमा

खेलकुद, समाचार
काठमाडौं, मंसिर ११ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत मनाङ–मर्स्याङ्दी क्लबको शतप्रतिशत नतिजा कायमै रहेको छ । यो सिजन उत्कृष्ट लयमा रहेको मनाङले आफ्नो चौथो खेलमा मंगलबार सशस्त्र प्रहरीको टिमलाई २–१ ले हरायो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा खेलको १९औं मिनेटमा एड्लाजा सोमाइदेको गोलबाट मनाङले सुरुवाती अग्रता लिएको थियो । २७औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दैै सशस्त्रका नवीन लामाले खेललाई बराबरीमा ल्याए । ४४औं मिनेटमा अन्जन विष्टले पेनाल्टीबाटै गोल गर्दै मनाङलाई फेरी अग्रता दिलाए । मध्यान्तरपछि दुवैतर्फवाट थप गोल हुन नसक्दा मनाङले जितसहित महत्वपूर्ण ३ अंक बटुल्यो । यो जितसँगै मनाङ ४ खेलबाट १२ अंकसहित शीर्ष स्थानमा पुगेको छ भने १० अंकको त्रिभुवन आर्मी क्लब दोस्रो तथा समान ९ अंकका थ्रीस्टार र संकटा क्लब क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् । स...
टी-१० क्रिकेटमा केरला नाइट्स पराजित हुदा सन्दिप महंगा वलर साबित

टी-१० क्रिकेटमा केरला नाइट्स पराजित हुदा सन्दिप महंगा वलर साबित

खेलकुद, समाचार
काठमाडौं । युएईमा जारी टी–१० क्रिकेट लिगमा नेपाली राष्ट्रिय क्रिकेटका उत्कृष्ट वलर सन्दीप लामिछाने रहेको केरला नाइट्सले हार व्यहोरेको छ । लिगको दोस्रो चरणअन्तर्गत हिजो भएको खेलमा सन्दिपले कुनैपनि विकेट लिन सकेनन । केरला लाई पन्जाबी लिजेन्ड्सले ३६ रनले हरायो । सारजाहमा भएको खेलमा पन्जाबले दिएको १ सय ८ रनको लक्ष्य पछ्याएको केरलाले ८ ओभर २ बलमा ७१ रन मात्रै जोड्न सफल भयो । पन्जाबविरुद्ध नेपालका लेग स्पिनर सन्दीप विकेटविहीन रहदा निकै महंगा साबित भएका सन्दीपले २ ओभर बलिङ गर्दै २८ रन खर्चिए । सन्दिपले अघिल्ला तीन खेलमा ६ विकेट लिएका थिए । जारी टि–१० लिगमा केरलाको यो दोस्रो हार हो ।...
योगदानमा आधारित सामाजिक सुरक्षा, श्रमको सम्मान र श्रममा लाग्न उत्प्रेरणा दिने : प्रधानमन्त्री ओली

योगदानमा आधारित सामाजिक सुरक्षा, श्रमको सम्मान र श्रममा लाग्न उत्प्रेरणा दिने : प्रधानमन्त्री ओली

आर्थिक, समाचार
काठमाडौं, मंसिर ११ । सरकारले निजी क्षेत्रमा काम गर्ने सबै श्रमिकलाई अवकाशपछि आजीवन निवृत्तिभरणको व्यवस्थासहित ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’ जारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारदाता र श्रमिकको योगदानमा स्थापना गरेको सामाजिक सुरक्षा कोषबाट वृद्धावस्था, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता र आश्रित परिवार सुरक्षा योजना कार्यक्रम लागु गरेको हो । मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमले श्रमको सम्मान र श्रममा लाग्न उत्प्रेरणा दिने जनाउनुभयो । कार्यक्रममा श्रम मन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले श्रमप्रति सम्मानको भाव विकसित हुने जनाउनुभयो । उहाले बौद्धिक क्षेत्रमा काम गर्नेलाई पनि कार्यक्रमले विस्तारै समे...
अध्यक्ष पुष्पकमल दाहाल संग अमेरिकी राजदूतको शिष्टाचार भेट

अध्यक्ष पुष्पकमल दाहाल संग अमेरिकी राजदूतको शिष्टाचार भेट

राजनीति, समाचार
काठमाडौं, मंसिर ११ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको शान्ति–प्रक्रिया र संविधान निर्माणमा अमेरिकी सरकार र जनताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । आफ्नै निवास खुमलटारमा शिष्टाचार भेटका लागि पुगेका नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्ल्यु बेरीलाई अध्यक्ष दाहालले नेपाल आर्थिक समृद्धिको युगमा प्रवेश गरेकाले सबैको सहयोग र सद्भाव आवश्यक रहेको जनाए । ‘जलविद्युत्, पर्यटन र कृषिमा आधारित उद्योग समृद्ध नेपालको प्राथमिक कार्यसूची रहेको छ’–दाहालले भने । अध्यक्ष दाहालले भर्खरै मात्र राजदूतको जिम्मेवारी पाएर नेपाल आएका राजदूत बेरीलाई भने–‘तपाइँको कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध अझै प्रगाढ बन्ने मैले विश्वास लिएको छु ।’ उनले नेपालको शान्ति–प्रक्रिया विश्वका लागि उदाहरणीय भएको पनि जनाए । उनीहरुबीच भएको द्विपक्षीय भेटमा दुई देशबीचको सम्बन्ध, नेपालमा ...