मङ्ल, मंसिर ९, २०८३
Tue, November 24, 2026
Shadow

समाचार

कोरोनाविरुद्धको चिनियाँ खोप ५० हजार जनामा परीक्षण

कोरोनाविरुद्धको चिनियाँ खोप ५० हजार जनामा परीक्षण

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
भदाै २१ काठमाडाैं । चीनमा बनाएईको कोरोनाभाइरस विरुद्धको खोप अहिले तेस्रो चरणमा परीक्षण भइरहेको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार चिनियाँ उक्त खोप झण्डै ५० हजार मानिसमा परीक्षण भइरहेको हो । उक्त खोपलाई चीनको राष्ट्रिय बायोटेक समूह नामक कम्पनीले विकास गरेको हो । कम्पनीद्वारा एक विज्ञप्ति जारी गर्दै कोभिड–१९ विरूद्धको उक्त खोप बहराइन, युएइ, मोरोक्को, पेरु, अर्जेन्टिनालगायतका देशहरुमा परीक्षण भइरहेको जानकारी गराएको छ ।चीनमा त्यस बाहेक अर्को खोप पनि विकास गरिएको छ । सो खोप सिनोभाक कम्पनीले विकास गरेको हो । यसको पनि तस्रो चरणको परीक्षण भइरहेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।  ...
स्वास्थ्यमन्त्री ढकालको परिवारका सदस्यमा कोरोना संक्रमण

स्वास्थ्यमन्त्री ढकालको परिवारका सदस्यमा कोरोना संक्रमण

समाचार, स्वास्थ्य
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका एक सदस्यलाई कोरोना भाइरसको संक्रमण भएको छ।परिवारका एक सदस्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि मन्त्री ढकाल क्वारेन्टिनमा बसेका छन्।क्वारेन्टिनमा बसेका मन्त्रीले मन्त्रालयको काम घरबाटटै गरिरहेका छन्। तीन दिन अगाडि उनको परिवारका सदस्यमा संक्रमण पुष्टि भएको थियो।भदौ २१, २०७७ मा प्रकाशित ...
ललितपुरमा झडपपछि पक्राउ परेका दुईजनामा कोरोना संक्रमण

ललितपुरमा झडपपछि पक्राउ परेका दुईजनामा कोरोना संक्रमण

समाचार, स्वास्थ्य
भदाै २१ काठमाडौं। गएको बिहीबार ललितपुरमा रातो मछिन्द्रनाथको रथ तान्नेक्रममा भएको झडपपछि पक्राउ परेका ९ जना मध्ये २ जनामा कोरोना संक्रमण देखिएको छ। ललितपुर प्रहरीको हिरासतमा रहेका उनीहरुमा कोरोना संक्रमण देखिएको स्रोतले बतायो। कोरोना संक्रमण देखिएपछि उनीहरुलाई बेग्लै हिरासतमा राखिएको महानगरीय प्रहरी परिसर ललितपुर स्रोतले जनाएको छ। स्रोतका अनुसार संक्रमितलाई अस्पताल कसरी पठाउने भन्ने विषयमा उनीहरुका आफन्तसँग छलफल भइरहेको छ। कुन अस्पताल लैजाने भन्ने पनि टुंगो नभएको स्रोतले जनाएको छ। गएको बिहीबार ललितपुरको पुल्चोकमा भएको भडपमा ९ जना पक्राउ परेका थिए। सो झडप नियन्त्रण गर्न खटिएका १९ जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको थियो। निषेधाज्ञा जारी रहे पनि ठूलो संख्यामा मानिसहरु रथ तान्न आएपछि प्रहरीले रोकेको थियो। प्रहरीले रोकेपछि त्यहाँ झडप भएको थियो। कोरोना महामारीका कारण काठमाडौं उपत्यकाक...
दशैंसम्म निषेधाज्ञा लम्ब्याउन ललितपुरका सीडीओको सुझाव

दशैंसम्म निषेधाज्ञा लम्ब्याउन ललितपुरका सीडीओको सुझाव

समाचार
भदाै २१ काठमाडाैं । ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नारायणप्रसाद भट्टले दशैंसम्म निषेधाज्ञा गर्नुपर्ने धारणा राखेका छन् ।प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरस सम्बन्धी कामहरूको अनुगमन र मूल्यांकन गर्नका लागि गठन भएको उपसमितिको बैठकमा प्रजिअ भट्टले चाडपर्व र जात्रासँग जनताको भावना गाँसिएको हुने भएकाले त्यो बेलामा मान्छेको भीडभाड बढ्न सक्ने र कोरोना नियन्त्रणभन्दा बाहिर जानसक्ने भन्दै यस्तो धारणा राखेका हुन् । उनले तीजका बेलामा संक्रमण बढ्न सक्ने भएकाले निषेधाज्ञा गरिएको स्मरण गरे । ‘तीजका बेला हामीले तत्काल आदेश जारी गरेका थियौं, त्यसैले व्यवस्थापन भएको थियो । अब फेरि चाडबाड आएका छन्, दसैँजस्तो ठूलो चाड आएको छ,’ उनले भने ।उनले चाडबाड र रीतिरिवाजमा मान्छेहरूको भावना जोडिएको बताए । साथै उनले रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडप र भीडतर्फ संकेत गर्दै ...
कोरोना भाइरसको जोखिमका कारण सीमित मानिसहरुको उपस्थितिमा मच्छिन्द्रनाथको रथ तान्दै

कोरोना भाइरसको जोखिमका कारण सीमित मानिसहरुको उपस्थितिमा मच्छिन्द्रनाथको रथ तान्दै

समाचार
भदाै २१ काठमाडाैं । ललितपुरको पुलचोकमा आइतबार रातो मच्छिन्द्रनाथको रथ तान्दै स्थानीय जनताहरु । यस वर्ष कोरोना भाइरसको जोखिमका कारण सीमित मानिसहरुले उपस्थितिमा रथ तानिएको छ । तस्वीर , रोशन सापकोटा, रासस
खोपले कसरी काम गर्छ  ?

खोपले कसरी काम गर्छ ?

समाचार, स्वास्थ्य
भदाै २१ काठमाडाैं । कोरोना भाइरस बिरुद्धको रुसले तयार गरेको खोपबारे विश्वमा चासो छ । कतिपयले उक्त खोपको विश्वसनियताबारे पनि प्रश्न उठाइरहेका छन् । यद्यपि पछिल्लो खबरले भने खोपबारे केही उत्साह जगाइदिएको छ । चर्चित मेडिकल जर्नल द लासेन्टमा प्रकासित एक अध्ययन अनुसार रुसले बनाएको कोरोना भाइरस बिरुद्धको खोपले सकारात्मक संकेत देखाएको छ । रुसले तयार गरेको ‘स्पुतनिक–५’ नामक उक्त खोप मान्छेमा परीक्षण गरिएको थियो, जसमा कुनैपनि गंभीर हानी देखिएन । जति व्यक्तिमा यो खोप परीक्षण गरिएको थियो उनीहरु सबैका एन्टीबडी विकसित भएको पाइयो ।रुसले पछिल्लो महिना कोरोना बिरुद्धको यस खोपलाई स्विकृति दिएको थियो । त्यसपछि विश्वभर यसबारे चर्चा–परिचर्चा भएको थियो । खोपको पहिलो चरणको परीक्षण कुल ७६ जनामाथि गरिएको थियो । ४२ दिनमा यसले राम्रो नतिजा दिएको छ । यस परीक्षणमा सहभागी सबै व्यक्तिमा २१ दिनभित्र एन्टीबडी वि...
बिहान १० देखि ५ बजेसम्म पसल खोल्न पाइने

बिहान १० देखि ५ बजेसम्म पसल खोल्न पाइने

आर्थिक, समाचार
भदौ २१ जनकपुरधाम । सर्लाहीमा निषेधाज्ञालाई खुकुलो बनाई विहान १० देखि अपरान्ह ५ बजेसम्म बजार खोल्न दिइएको छ ।आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई खुकुलो बनाई पसलहरु १० देखि ५ बजेसम्म खोल्न दिने निर्णय गरेको हो । प्रशासन कार्यालयले जिल्लाभर लाग्ने हाटबजार र मेला भने सञ्चालन नहुने, होटल र मदिराजन्य पदार्थ बिक्री गर्ने पसल पनि नखोल्ने निर्णय गरेको छ । उपभोग्य वस्तु र निर्माण सामग्रीको ढुवानी गर्ने साधन सूर्योदयदेखि सूर्यास्तसम्म सञ्चालन गर्न पाइनेछ ।प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार अब सोमबारदेखि आवतजावतमा मात्रै कडाइ गरिने भएको छ । जिल्लामा अत्यावश्यक काममा बाहेक यातायातका साधन भने सञ्चालन हुने छैन । कोरोना भाइरस संक्रमण फैलिन थालेपछि सर्लाहीमा साउन २६ गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको थियो । ...
आईपीएलको खेलतालिका सार्वजनिक, उद्घाटनमा मुम्बई र चेन्नई भिड्ने

आईपीएलको खेलतालिका सार्वजनिक, उद्घाटनमा मुम्बई र चेन्नई भिड्ने

अन्तराष्ट्रिय, खेलकुद, समाचार
भदाै २१ काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आइतबार १३ औं संस्करणको प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो । खेल तालिका अनुसार उद्घाटन खेलमा साविक विजेता मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्ससँग खेल्नेछ । उद्घाटन खेल सेप्टेम्बर १९ मा अबुधाबीमा हुनेछ । कोरोना भाईरसको कारण आईपीएलको १३ औं संस्करण युएईमा आयोजना हुँदैछ । आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुनेछ । लिग चरणको २४ खेल दुबईमा हुनेछ । यस्तै २० खेल आबुधावी र १२ खेल सारजाहमा हुनेछ। प्ले अफ र फाइनल खेलको तालिका र भेन्यु भने सार्वजनिक गरिएको छैन । हेर्नुहाेस खेल तालिका ...
१५ दिनभित्र फ्रान्समा संक्रमणको स्थिती थप गम्भीर हुनसक्ने चेतावनी

१५ दिनभित्र फ्रान्समा संक्रमणको स्थिती थप गम्भीर हुनसक्ने चेतावनी

अन्तराष्ट्रिय, समाचार
भदाै २१ काठमाडाैं । फ्रान्समा अबको १५ दिनभित्र कोरोनाभाइरस संक्रमणको स्थिती थप गम्भीर हुनसक्ने चेतावनी दिइएको छ ।पछिल्ला केही दिनमा फ्रान्समा कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा बढिरहेको छ ।वेरनले एक टेलिभिजन च्यानललाई दिएको अन्तरवार्तामा राष्ट्रव्यापी लकडाउनको आवश्यकतालाई खारेज गर्दै फ्रान्ससँग भाइरससँग प्रतिस्पर्धा गर्न अन्य तरिका पनि भएको जानकारी दिएका छन् । उनले भने, ‘म लकडाउनको कल्पना गर्न सक्दिनँ । लकडाउन भक्भकी उम्लिरहेको खानालाई ढाकेको जस्तै थियो ।’फ्रान्समा कोरोनाभाइरस संक्रमितको संख्या बढेर ३ लाख ४७ हजार २ सय ६७ रहेको छ । यस्तै कोभिडका कारण मृत्यु हुनेको संख्या ३० हजार ७ सय ३० रहेको छ । ...
शिक्षामन्त्रालय विगत ६ महिनादेखि सचिवविहीन

शिक्षामन्त्रालय विगत ६ महिनादेखि सचिवविहीन

राजनीति, शिक्षा, समाचार
काठमाडौं। कोरोनाका कारण चालु शैक्षिक सत्र अन्योलमा रहेको छ। गत चैत ११ गतेदेखि लागू गरिएको लकडाउनका कारण यो शैक्षिक सत्र सुरु हुन पाएको छैन। एसईई लगायतका परीक्षाहरु स्थगित गर्दै रोकिएको पठनपाठन अझै सुचारु हुन सकेको छैन। गत असार १ गतेदेखि निजी विद्यायलयहरुले अनलाइनका माध्यामबाट पठनपाठन सूचारु गरेका छन्। सामुदायिक विद्यालयले पनि रेडियो र टेलिभिजनबाट पठनपाठन सुचारु गरेका छन्। सरकारले असार १ गतेदेखि बैकल्पिक सिकाइ प्रणाली लागू गरेपछि अहिले निजी र सामुदायिक विद्यालयले वैकल्पिक सिकाइ प्रणालीमार्फत अध्यापन गराइरहेका छन्। तर, रेडियो, टेलिभिजन र इन्टरनेटको पहुँच नपुगेको स्थानका विद्यार्थीको समस्या ज्यूँ को त्यूँ छ। संचार तथा सूचना प्रविधिमन्त्रालयको एक रिपोर्टका अनुसार नेपालमा करिव ८७ प्रतिशत जनसंख्यामा रेडियोको सुविधा पुगेको छ। यस्तै, ६७ प्रतिशतमा इन्टरनेटको सुविधा पुगेको छ भने करिव ७२ प्रति...