लकडाउनले काम गरेन !
असोज १६ काठमाडौं ।कोरोनाभाइरस संक्रमणका कारण नेपालमा चिकित्सकले समेत ज्यान गुमाएका छन् । दैनिक संक्रमितको संख्या दुई हजार पुग्न लागेको छ । तैपनि निषेधाज्ञा वा लकडाउन समाधान होइन भनेर सबैले बुझेका छन् । सुरक्षित रहेर आफ्नो व्यापार–व्यवसाय सञ्चालन गर्ने र कोरोनाका साथ जिन्दगी चलाउने मनस्थितिमा आमनागरिक देखिएका छन् ।
कर्णाली प्रदेश अस्पताल सुर्खेतका ५८ वर्षका चिकित्सकको कोरोना भाइरस संक्रमणका कारण बिहीबार मृत्यु भएपछि सबै नागरिक झस्किएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको खबरले पनि नेपालीलाई अत्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा यो परिमाण देखापरेको हो ।नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ भने पछिल्लो २४ घण्टामा का...








